कैलाली, धनगढी उपमहानगरपालिका-४ एकताटोलबाट करिब ९ सय ग्राम अवैध लागूऔषध चरेस सहित सोही ठाउँ बस्ने ५० वर्षीय नर बहादुर धामीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
पर्सा, वीरगंज महानगरपालिका-२५ सिर्सियाबाट नियन्त्रित लागूऔषध नुर्फिन ८० एम्पुल, डाइजेपाम ८० एम्पुल र फेनारगन ८० एम्पुल सहित बारा कलैया उपमहानगरपालिका-१३ बलिरामपुर बस्ने ३७ वर्षीय निरज कुमार मेहतालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।