Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रथले किचेर २ को मृत्यु, १६ भन्दा बढी घाईते

जनता भ्वाइस by जनता भ्वाइस
January 25, 2022
in जनता स्पेसल, समाचार
0
रथले किचेर २ को मृत्यु, १६ भन्दा बढी घाईते
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बारा , ११ माघ ।
बेहुला चढ्ने रथले किचेर बारामा २ जनाकाे मृत्यु भएको छ। रथकै किचाईबाट १६ जना भन्दा बढी घाईते भएका छन् । आदर्शकोतवाल गाउँपालिका वडा नं.३ मा बेहुला चढ्नका लागी तयार गरिएको रथले किचेर उनिहरूको मृत्यू भएको हो ।

घाईते मध्ये ९ जनाको कलैया स्थित राज्यलक्ष्मी रिलिफ हस्पीटल प्राली र ७ जनाको बिरगंज स्थित न्यूरो अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए ।

दुर्घटनामा परि रथमा सवार आदर्श कोतवाल गाउँपालिका वडा नं.३ बतरा बस्ने बनारसी रामको १५ वर्षिया छाेरी निलम कुमारी राम र सिम्रौनगढ नगरपालिका वडा नं.७ जानकीनगर टोल बस्ने दिपेन्द्र रामकी श्रीमती २५ वर्षिया बालकुमारी राम रहेको डिएसपी थापाले जानकारी दिए ।
मृतकहरुको शव परिक्षणको लागी जिल्ला अस्पताल कलैयामा ल्याईएको डिएसपी थापाले बताए ।
सोही दुर्घटनामा परी गम्भीर घाईते भएका आदर्श कोतवाल गाउँपालिका वडा नं.३ बतराका २४ वर्षिय अरविन्द राम, १८ वर्षिय सियाराम राम, १२ वर्षिय जितेन्द्र राम, १० वर्षिय अजित राम सहिँत ७ जनालाई बिरगंज न्यूरो अस्पतालमा उपचारको लागी भर्ना गरिएको उनले बताए ।
सोही दुर्घटनामा घाईते मध्ये १२ वर्षिया सान्झा कुमारी, ५० वर्षिय सयल देवी राम, १७ वर्षिया श्रीपति कुमारी, १३ वर्षिय सागर राम, १८ वर्षिय नरेन्द्र राम सहिँत ९ जनाको राज्यलक्ष्मी रिलिफ हस्पीटल प्राली कलैयामा उपचार भईरहेको डिएसी थापाले जानकारी दिए ।

आदर्श कोतवाल गाउँपालिका वडा नं.३ बतरा टोल बस्ने लक्षु राम महरा चमारको छोरा सियाराम महरा चमारको बिहेमा ल्याइएको मोटर रथ गाउँ कै ब्रम्हस्थानमा पुजा गरी फर्किदै गर्दा उक्त दुर्घटना भएकाे थियाे ।
रथ नजिकै रहेका सोही दुर्घटनामा परी घाईते भएका १८ वर्षिय नरेन्द्र रामले चालक फेरिए पछि रथको गति अनियन्त्रित भएको बताए ।
ब्रम्हस्थानबाट केही अगाडी बढेको रथको चालकको सिटमा अर्को मानिस बसेको केही बेर मैं तिब्र गतिमा गुड्न सुरु भएको अस्पतालमा उपचाररत अवस्थामा रहेका रामले बताए । उनले अगाडी रहेका सबै मानिसलाई कुल्चिदै रथ केही पर रुखमा ठोकिएर पल्टिएको बताए । रथ पल्टिदा त्यसबाट च्यापिएर रथमा सवार दुबै महिलाको मृत्यु भएको पनि उनले बताए ।
रथको अगाडी र छेउछाउमा रहेका सबै मानिस घाईते भएको उनले जानकारी दिए । सोही जन्तीमा पाहुना बनेर आएकी बाजोपट्टीकी मतिया देवी रामले फिल्ममा देखाएको सिन जस्तै रथले मानिसलाई कुल्चेको बताईन् ।
रथमा सवार र रथको दायाँ, बायाँ, अगाडी रहेका सबै मानिस घाईते भएका उनले बताईन् । ‘सबै अंगभंग भएका छन् ।’ रथ चालकको बदमासीले ठुलो जनधनको क्षेती हुँने गरी दुर्घटना भएको उनले जानकारी दिईन् ।
रथले मानव भीडलाई अन्धाधुन्द रौंन्दे पछि गाउँमा भागदौड मच्चिएको थियो । धेरै मानिस भागदौडको क्रममा पनि घाईते भएको उनले जानकारी दिईन् ।
सोही दुर्घटनामा उनकै नाती पनि घाईते भएका छन् ।
घाईतेहरुको उपचारमा संलग्न राज्यलक्ष्मी रिलिफ हस्पीटल प्रालीका ईन्चार्ज समेत रहेका डा.ओमप्रकाश कुशवाहाले रथ दुर्घटनामा घाईते हुँनेहरु मध्ये अधिकांशको टाउको, हाँतखुट्टा, निधार लगायतमा गम्भिर घाउचोट लागेको छ । भने धेरैको हातखुट्टा फ्याक्चर भएको जानकारी दिए ।
राज्य लक्ष्मी अस्पतालमा मात्र १६ जना घाईते उपचारको लागी आएको उनले जानकारी दिए । त्यस मध्ये ४ जनालाई बिरगंज रेफर गरिएको उनले जानकारी दिए ।
‘कलैयामा उपचार सम्भव भएका बिरामीलाई उपचार गरीरहेका छौं,’ उनले भने, ‘केही घाईतेको अप्रेशन गर्ने तयारी समेत गरेका छौं ।’ यहाँ उपचार सम्भव नभएका बिरामीलाई मात्र बिरगंज रेफर गरिएको उनले जानकारी दिए ।
दुर्घटनामा घाईते भएकाहरु मध्ये अधिंकाश महिला तथा बालबालिका रहेको चिकित्सक कुशवाहाले जानकारी दिए । घाईतेहरुलाई राज्यलक्ष्मी रिलिफ हस्पीटल प्रालीका २ जना कन्सलटेन्ट सहिँत ६ जना विशेषज्ञ चिकित्सक तथा ३० जना स्वास्थ्यकर्मीहरु मिलेर उपचार गरेको कुशवाहाले जानकारी दिए ।
घाईतेहरुलाई आदर्श कोतवाल ईलाका प्रहरी कार्यालय, स्थानीय वासिन्दाको सहयोगमा घाईतेहरुको उद्दार गरी अस्पताल पुर्याईएको आदर्श कोतवाल गाउँपालिका ३ का वडाध्यक्ष विरेन्द्र यादवले जानकारी दिए ।
नम्बर प्लेट नभएको चार पाङ्ग्रे सवारीलाई रथ बनाएर बिहेवारीमा बेहुला बस्नको लागी ल्याईएको उनले जानकारी दिए ।
बिहेवारीमा नम्बर प्लेट नभएको रथ निर्वाध रुपमा सञ्चालन भईरहे पनि त्यसलाई नियमन गर्न, नियन्त्रण गर्न प्रहरी प्रशासनले चाँसो नदेखाएको सरोकारवालाले गुनाँसो गरेका छन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts

Previous Post

४० लाख जरिवाना भएका श्रेष्ठ रामेछापबाट पक्राउ

Next Post

क्रिप्टो करेन्सी कारोबारमा संलग्न विरुद्ध ३७ करोड बढिको बिगोसहित मुद्दा

Next Post
क्रिप्टो करेन्सी कारोबारमा संलग्न  विरुद्ध ३७ करोड बढिको बिगोसहित मुद्दा

क्रिप्टो करेन्सी कारोबारमा संलग्न विरुद्ध ३७ करोड बढिको बिगोसहित मुद्दा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.