Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

क्रिप्टो करेन्सी कारोबारमा संलग्न विरुद्ध ३७ करोड बढिको बिगोसहित मुद्दा

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in जनता स्पेसल, समाचार
0
क्रिप्टो करेन्सी कारोबारमा संलग्न  विरुद्ध ३७ करोड बढिको बिगोसहित मुद्दा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । क्रिप्टो करेन्सीको कारोबारमा संलग्न भएको आरोपमा एकै परिवारका चारजनाविरुद्ध राजश्व अनुसन्धान विभागले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । बिभागले ३७ करोड ६४ लाख ११ हजार १ सय रुपैयाँ बिगो दाबी गर्दै काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेकोहो ।

कैलालीको लम्किचुवा स्थायी घर भएका दिनेश खड्काबुबा नरबहादुर खड्का, उनकी दिदी भगवती र साथी अनिता धितालविरुद्ध मुद्दा दायर गरिएको हो ।

विभागका अनुसार दिनेशले आफू र परिवारका सदस्यको नाममा आफ्नो बैङ्क अकाउन्टबाट ९ करोड ७९ लाख ९८ हजार ५ सय ८१ रुपैयाँको क्रिप्टो करेन्सीको कारोबार गरेको दाबी गरिएको छ । साथै भगवतीको बैङ्क खाताबाट २० करोड ४२ लाख ९४ हजार ५ सय २६ रुपैयाँ कारोबार भएको विभागको दाबी छ ।

अनिताको खाताबाट ५ करोड ७७ लाख ६ हजार ८६ रुपैयाँ र नरबहादुरको बैङ्क खाताबाट एक करोड ६४ लाख ११ हजार एक सय ६६ रुपैयाँको कारोबार भएको विभागले जनाएको छ । क्रिप्टो करेन्सीको कारोबार ईस्कील, बाइनान्स नामक मोबाइल एप्लिकेन्सबाट भएको विभागले जनाएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

रथले किचेर २ को मृत्यु, १६ भन्दा बढी घाईते

Next Post

२४ घण्टामा थप १२ हजार ८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

Next Post
सिन्धुलीका आज थप चार जना संक्रमित थपिए

२४ घण्टामा थप १२ हजार ८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.