माघ ११, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ हजार ८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८ हजार १ सय ३ नमुनाको पीसीआर परीक्षण गर्दा ९ हजार ४३२ र सात हजार ८०६ नमुनाको एन्टिजेन परीक्षण गर्दा दुई हजार ५७६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यस्तै मंगलबार कोरोना भाइरसका कारण ८ जनाको ज्यान गएको छ ।





