वडा अध्यक्ष र वडा सचिवलाई कालो मोसो


माघ ११, काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अनेरास्वियु(क्रान्तिकारी)का कार्यकर्ताले वडा अध्यक्ष र वडा सचिवलाई कालोमोसो दलेका छन् । बित्थडचिर गाउँपालिका–८ का वडाध्यक्ष जयबहादुर मल्ल र वडा सचिव दत्तराम अवस्थीलाई विप्लव नेतृत्वको अनेरास्वियु (क्रान्तिकारी)ले कालो मोसो दलेको हो ।

कमिसन दिनेलाई मात्र उपभोक्ता समितिमा राखेको, मृतकको नाममा सामाजिक सुरक्षा भत्ता दुरुपयोग गरेको, वडाको योजना करोडौँ भ्रष्टाचार गरेको लगायत आधा दर्जनभन्दा बढी आरोप लगाउँदै कालो मोसो दलेको अनेरास्वियु(क्रान्तिकारी)को विज्ञप्तिमा उल्लेख छ ।

अनेरास्वियु(क्रान्तिकारी) सधैँ जनताको पक्षमा रहेको बताउँदै स्थानीयको रिपोर्ट र सङ्गठनको अध्ययनको आधारमा जनहितविपरित कार्य गरेको ठहर गर्दै कारबाही गरिएको अनेरास्वियु(क्रान्तिकारी)ले दाबी गरेको छ ।

तपाईको प्रतिकृया दिनुहोस्