नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुग्यो


नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । २०७८ मा सम्पन्न गरिएको जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको बुधबार तथ्यांक विभागले जानकारी दिएको हो ।

६८ सालको असार महिनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो । यो १० वर्षमा नेपालको जनसंख्या २७ लाखले बढेको छ । बढ्नेमा पुरुषको संख्या महिलाको तुलनामा कम छ ।

तपाईको प्रतिकृया दिनुहोस्