Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

लिखुतामाकोशीको  पालिका अध्यक्ष जित्ने एक्लो उम्मेद्वार म हो- भोजराज खड्का (सुन्दर)

जनता भ्वाइस by जनता भ्वाइस
April 19, 2022
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
लिखुतामाकोशीको  पालिका अध्यक्ष जित्ने एक्लो उम्मेद्वार म हो- भोजराज खड्का (सुन्दर)
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप – रामेछापको लिखु तामाकोशि गाउँपालिकाको  अध्यक्ष पदमा नेपाली काँग्रेसका युवानेता भोजराज खड्का (सुन्दर) को उम्मेदवारी घोषणाले  चर्चा बटुलेको छ । खड्काले लिखुतामाकोशी गाउँपालिकाको अध्यक्ष आफुले जित्ने दावि गर्दै आएका छन्  ।

नेपाली काँग्रेस लिखुतामाकोशी गाउँपालिका सभापति समेत रहेका भोजराज खड्का (सुन्दर) सहित सो पालिकाबाट कृष्ण महत र केशव महत समेत सिफारिस भएर आएका छन् ।

‘२०७४ सालको स्थानिय निर्वाचनमा नेपाली कांग्रेसको लज्जास्पद हारलाई अब जीतमा बदल्ने बेला भएको छ । कम्युनिष्टले आफ्नो लालकिल्ला सम्झेको पालिकामा उसको किल्ला म भत्काउँछु । लिखुतामाकोशी गाउँपालिकामा पालिका अध्यक्ष जित्ने एक्लो उम्मेद्वार म नै हो । नेपाली कांग्रेसको नेतृत्वमा पालिका सरकार नहुँदा यहाँको जनताले पाएको दुख कष्ट चिर्नका लागि मैले उम्मेद्वारी घोषणा गरेको हुँ। यो पालिकामा नेपाली कांग्रेसको तर्फबाट उम्मेद्वार भएर जीत हाँसिल गर्ने आधार र जीत पछि पालिकाको विकास योजना म सँग छ ।’ खड्काले भने ।

बानेश्वर क्याम्पस नेपाल विद्यार्थी संघका उपाध्यक्ष, नेपाली कांग्रेस रामेछापका जिल्ला सदस्य भै  भइसकेका काँग्रेसका लिखुतामाकोशी गाउँपालिका सभापति खड्का निर्वाचनमा माहौल वनाउन माहिर छन् । नियमित संगठन गर्ने र नागरीकको सुखदुखमा रमाउन जान्ने खड्कालाई नागरिकहरूले पनि रुचाएको देखिन्छ  । काँग्रेसमा लिखुतामाकोशी गाउँपालिका हाक्ने अनुहारमा उनको नाम चर्चामा छ । खड्काले निर्वाचन जित्ने कुरामा कार्यकर्ताहरु बढीनै आशावादी रहेका छन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

रामेछापमा पनि स्थानिय तहको निर्वाचनमा तालमेल गरेर जाने निर्णय

Next Post

एमाले केन्द्रीय सदस्य माधव ढुंगेलमाथि आफ्नै कार्यकर्ताले गरे हातपात

Next Post
एमाले केन्द्रीय सदस्य माधव ढुंगेलमाथि आफ्नै कार्यकर्ताले गरे हातपात

एमाले केन्द्रीय सदस्य माधव ढुंगेलमाथि आफ्नै कार्यकर्ताले गरे हातपात

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.