Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

एमाले भटौलीमा पहिरो, एकै पटक ३९ नेता – कार्यकर्ताहरुको सामुहिक राजिनामा

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in जनता स्पेसल, समाचार
0
एमाले भटौलीमा पहिरो, एकै पटक ३९ नेता – कार्यकर्ताहरुको सामुहिक राजिनामा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । नेकपा एमाले रामेछापका जिल्ला कमिटी सदस्य शिवहरी उप्रेती र मन्थली नगरकमिटी सदस्य सुर्दशन प्रसाई सहित नेकपा एमालेका ३९ जना नेता तथा कार्यकर्ताहरुले सामुहिक राजिनामा दिएका छन् । उनिहरूले साधारण सदस्य समेत नरहने गरी राजिनामा दिएका छन् ।

यहीँ वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनलाई लक्षित गरी नेकपा एमाले रामेछापले वडा कमिटीमा छलफल नै नगरी वडाका केही व्यक्तिहरु मात्रै राखेर टिकटको बिषयमा छलफल चलाएकोमा सहभागी मध्ये २० जनाले छलफल बहिष्कार गरेर हिडेका थिए । छलफलमा भाग नलिई बाहिरीएका पार्टीका नेता तथा कार्यकर्ताहरुको मतलव नै नराखी ५ जनाले वडा अध्यक्ष लगाएतका अन्य सदस्यहरुलाई उम्मेदवार वनाउने भन्ने निर्णय गरेपछि भटौलीमा रहेका एमालेका अन्य कार्यकर्ताहरु पार्टीप्रति आक्रोसित बनेका हुन् ।

यस अघि नेकपा एमाले रामेछापको अधिवेशनमा पनि नेकपा एमालले भटौलीका कार्यकर्ताहरुलाई पार्टी कमिटीमा सम्मानजनक पद नदिएको भन्दै कार्यकर्ताहरुमा नैराश्यता छाएको थियो । नेकपा एमालेले भटौलीमा रहेका कार्यकर्ताहरुको भावना अनुसार कुनै पनि काम गर्न नसकेको र पार्टी पंक्ती व्यक्ति प्रति हावी भएको भन्दै भटौलीका नेता तथा कार्यकर्ताहरुले नेकपा एमाले पार्टी छाड्ने निर्णयमा पुगेका हुन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

डोल्पाका दुई जना गाउँपालिका अध्यक्ष एमाले छाडेर एकीकृत समाजवादीमा प्रवेश

Next Post

लिखु गाउँपालिकाको अध्यक्ष पदमा उमेदवारी दिएका मिलन विरुद्ध दोहोरो नागरिकता लिएको भन्दै उजुरी

Next Post
लिखु गाउँपालिकाको अध्यक्ष पदमा उमेदवारी दिएका मिलन विरुद्ध दोहोरो नागरिकता लिएको भन्दै उजुरी

लिखु गाउँपालिकाको अध्यक्ष पदमा उमेदवारी दिएका मिलन विरुद्ध दोहोरो नागरिकता लिएको भन्दै उजुरी

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...