Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

लिखु गाउँपालिकाको अध्यक्ष पदमा उमेदवारी दिएका मिलन विरुद्ध दोहोरो नागरिकता लिएको भन्दै उजुरी

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in जनता स्पेसल, समाचार
0
लिखु गाउँपालिकाको अध्यक्ष पदमा उमेदवारी दिएका मिलन विरुद्ध दोहोरो नागरिकता लिएको भन्दै उजुरी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ओखलढुङ्गा। नेकपा एमालेको तर्फबाट ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकाको अध्यक्ष पदमा उमेदवारी दिएका मिलन विष्ट विरुद्ध दोहोरो नागरिकता लिएको भन्दै उजुरी परेको छ ।
उमेदवारी दर्ताको भोलिपल्ट मंगलबार उमेदवारको विरुद्धमा दाबी विरोध गर्ने समय रहेकोमा एमालेवाट अध्यक्ष पदका उमेदवार विष्टले दोहोरो नागरिकता लिएको भन्दै उजुरी परेको हो ।

विष्टले दोहोरो नागरिकता सँगै उनी विरुद्ध बैंकिङ कसुर सम्बन्धी मुद्दासमेत कायमै रहेको उजुरीमा दाबी छ । विष्टले ओखलढुङ्गा ठेगाना राखेर काठमाडौंबाट मिलन विष्ट नाम गरेर नागरिकता लिनुका साथै ओखलढुङ्गाबाटै होमबहादुर विष्टको नाममा गरि दोहोरो नागरिकता लिएको भन्दै उजुरी परेको हो ।

गाउँपालिकाका अध्यक्षका विरुद्धमा उजुरी परेको विषयलाई लिखु गाउँपालिकाका निर्वाचन अधिकृत राजेशकुमार थापाले उजुरी परेको पुष्टि गरेका छन् । उजुरीको विषयमा अनुसन्धान भइरहेको लिखु गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उमेदवारी दिएका व्यक्तिको विरुद्धमा उजुरी दिदा सोहि पदका अर्का उमेदवार वा निजले तोकेको आधिकारीक व्यक्तिले मात्र उजुर गर्न पाउने निर्वाचन आयोगको कानूनी प्रावधान छ । सोहि प्राबधान अन्तर्गत नेपाली कांग्रेसबाट लिखु गाउँपालिकाको अध्यक्ष पदमै उम्मेदवारी दर्ता गराएका अशोक कार्कीले उजुरी दिएका हुन् ।

त्यस्तै लिखु गाउँपालिकाका अन्य केहि वडा अध्यक्षका विरुद्धमा समेत उजुरी परेको जिल्ला निर्वाचन कार्यालय ओखलढुङ्गाले जनाएको छ । वडा अध्यक्षका उमेदवार केही नेपाल सरकारको कालो सूचिमा रहेको तथा केहि ठेक्कापट्टामा संलग्न रहि बेरुजु रहेको उजुरी परेको कार्यालयले जनाएको छ । उनीहरुको बारेमा समेत अनुसन्धान भैरहेको कार्यालयले जनाएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

एमाले भटौलीमा पहिरो, एकै पटक ३९ नेता – कार्यकर्ताहरुको सामुहिक राजिनामा

Next Post

जेठ १ देखि हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय

Next Post
जेठ १ देखि  हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय

जेठ १ देखि हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.