Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

एमालेको रामेछापको चुनावि प्रतिबद्धता सार्वजनिक

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
एमालेको रामेछापको चुनावि प्रतिबद्धता सार्वजनिक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । नेकपा एमाले रामेछापले  पार्टिको  तर्फबाट प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । “सामाजिक न्याय सन्तुलित विकास र सुशासनमा जोड” दिंदै बधबार सदरमुकाम मन्थलीमा पत्रकार सम्मलनको आयोजना गरि एमाले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेको हो ।

प्रतिबद्धता पत्र सार्वजनिक गर्दे एमाले जिल्ला अध्यक्ष आनन्द श्रेष्ठले पत्रकारका माझ आफनो पर्टिले जिम्मेवारपूर्वक जनता माझ जान चाहेको भन्दै पार्टि सरकारमा रहदा विगतमा गरेका राम्रा काम र भावि कार्ययोजनाहरुलाई पनि प्रतिबद्धता पत्र मार्फत  सार्वजनिक गरिएको जानकारी गराए ।

 नजिकिदै गरेको स्थानिय निकायको निर्वाचनलाई लक्षित गरि ल्याईएको प्रतिबद्धतापत्रमा जिल्लाका सबै स्थानिय निकायहरुको दिर्घकालीन विकास र तिनको कार्यान्वयनका लागि  जिल्ला पार्टिको तर्फबाट जारी गरिएको प्रतिबद्धतापत्रमा शिक्षा,स्वास्थ कृषि,खानेपानी,याताायतको दिगो विकास स्वरोजगार देखि शुसासन सम्म गरि  करिब २० वटा बुँदा लाई समावेश गरिएको छ । उक्त बुंदामा आफना उमेद्वारहरुले विजयी भएको खण्डमा  आगामि ५ बर्षमा गरिने कार्य योजना सहितको  स्पष्ट खाका तयार गरिएको छ । 

सामाजिक न्याय,सन्तुलित विकाश,संबृद्धि र शुसासनका लागि नेकपा एमालेलाई मतदान भन्ने मुल नारा सहित एमालेले तय गरेको १९ पेज लामो प्रतिबद्धता पत्रमा उसले सबै शिर्षकको बुँदागत रुपमा ब्याख्या गरेको छ । जस अनुसार उसले तय गरेका मुख्य शिर्षकमा  स्थानिय तहको पुर्वाधार विकाश र सेवा प्रर्वाह,शिक्षा तथा शैक्षिक पुर्वाधार,स्वास्थ र पोषण,खानेपानी,सडक पुर्वाधार ,विद्युतिकरण र आधुनिक उर्जा,जलश्रोत तथा सिंचाई,र कृषिको विकास र आधुनिकिकरणमा जोड दिएको छ ।

त्यसैगरि सामाजिक सुरक्षा कार्यक्रम विस्तार र ब्यवस्थापन,बन वाताबरण तथा विपद् ब्यवस्थापन,उद्योग बाणिज्य तथा आपुर्ति भुकम्प पछिको पुनः निर्माण र ब्यवस्थापन भुमि ब्यवस्थापन र शहरी विकास र बस्ति विकास,पर्यटन पर्वद्धन,सामाजिक संंघ संस्थाको ब्यवस्थापन बैक वित्तिय सस्थाको उचित ब्यवस्थापन देखि शुसासन सम्मका कुराहरुलाई पनि उसले आफनो घोषणा पत्रमा उल्लेख गरेको छ ।

विगत ५ बर्षेमा आफना जन प्रतिनिधिले गरेको कामको  अनुभबका आधारमा  उसले आगामि दिनमा आफना तर्फबाट जितेका सबै जनप्रतिनिधिहरुले मनोपली ढंगले काम गर्न नपाउने भन्दै उनिहरुले पार्टिले तय गरेको  प्रतिबद्धता पत्रलाई मुल आधार बनाएर काम गर्ने निति पार्टिले अबलम्बन गर्न लागेको जानकारी पनि एमालेले पत्रकार सम्मेलन मार्फत गरायो । प्रतिबद्धता सार्वजनिक गर्दे अध्यक्ष आनन्द श्रेष्ठले विगतका कमि कम्जोरी मार्फत शिक्षा प्राप्ती गरेको एमाले जनजीविकाका सवालमा गम्भिर र जिम्मेवार रहेको भन्दै त्यसको बास्तविक कार्यान्वयन र स्थानिय निकायको दिगो विकासका लागि पनि प्रतिबद्धता पत्र जिल्लाको दिघो विकासका लागि कोशे ढुंगा सावित हुने विश्वास पनि अध्यक्ष श्रेष्ठले गरे ।

पार्टिबाट जितेको कतिपय जनप्रतिनिधिहरुको ब्यवहारले विगतमा एमालेले पनि ठुलो अपजस भोग्नु परेकोले एमाले पार्टिले  पनि विगतको समिक्षा र आगामी ५ बर्षमा आफना मतदाताहरुलाई आर्कर्षित गराउने खालका सकरात्मक नितिहरुलाई पनि आफनो प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ । 

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

मन्थली नगरका एमालेका उम्मेदवार चुनाबी अभियानमा व्यस्त

Next Post

मन्थलीमा माईक्रो दुर्घटना, १० जना घाईते , २ को अवस्था गम्भिर

Next Post
त्रिशुलीमा बस खस्दा ३ को मृत्यू,  दर्जन भन्दा बढी बेपत्ता

मन्थलीमा माईक्रो दुर्घटना, १० जना घाईते , २ को अवस्था गम्भिर

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.