Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

श्रेणी बिहिन कर्मचारीको मातहतमा खटाईयो प्रावि दृतिय तहका शिक्षकहरू

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
श्रेणी बिहिन कर्मचारीको मातहतमा खटाईयो प्रावि दृतिय तहका शिक्षकहरू
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

यहि बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा खटाइएका शिक्षक कर्मचारी व्यवस्थापनप्रति रामेछापमा क्रियाशिल शिक्षकका पेशागत संस्थाहरुले आपत्ति जनाएका छन् ।

कर्मचारी व्यवस्थापनमा शिक्षकहरुको मान सम्मान आँच पुग्ने गरी जिम्मेवारी तोकिएकोमा असहमती जाहेर

गर्दै उनिहरूले जिल्ला निर्वाचन कार्यालय मन्थली रामेछापमा ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले निर्वाचन प्रयोजनका लागि खटाएका कर्मचारीहरूमा प्रावि दृतिय तहका शिक्षकहरूलाई १४ वटा मतदान केन्द्रमा श्रेणी बिहिन कर्मचारीहरूको मातहतमा रहने गरि सहायक कर्मचारीको रुपमा खटाएको कारण शिक्षहरूले आफ्नो मानमर्दन भएको भन्दै आफ्ना संगठनहरू समक्ष गुनासो राखेका थिए । सोहि आधारमा जिल्ला स्थित बिभिन्न पेशागत शिक्षक संघ संगठनका प्रमुख तथा प।रतिनिधिहरूको बैठक बसि निर्वाचन कार्यालयको उक्त निर्णय बिरुद्ध ध्यानाकर्षणपत्र बुझाईएको हो ।

उक्त पत्रमा  शिक्षकहरुको तहगत र श्रेणीगत स्तरलाई वेवास्ता गरी तोकिएको जिम्मेवारीले शिक्षकहरुको स्वाभिमान गिराएको शिक्षक संघ संगठनहरू ठहर छ  । यसरी हठात् मनोवल गिराउने कार्यले आम शिक्षकहरू चिन्तित रहेको पत्रमा उल्लेख छ ।

ध्यानाकर्षणपत्र बुझाउदै शिक्षक संघ संगठनहरूले कर्मचारी व्यवस्थापनमा शिक्षकको मान सम्मानमा आँच नपुग्ने गरी व्यवस्थापन गर्नका लागि समेत माग गरेका छन् ।माग पुरा नभएको खण्डमा शिक्षकहरु तोकिएको कार्य क्षेत्रमा गई कार्य सम्पादन गर्न वाध्य नहुने समेत पत्रमा लेखिएको छ । पत्रमा भनिएको छ यदि निर्वाचन कार्यालयले शिक्षकहरूको संघसंठनले गरेको माग पुरा नगरे  यसवाट पर्न सक्ने असरप्रति सम्वन्धितनिकाय नै पूर्ण जिम्मेवार रहने छ ।

ध्याकर्षण पत्रमा केन्द्रीय सदस्य एवं वागमती प्रदेश ने. रा शि संगठन ,अध्यक्ष नीर वहादुर कार्की,  केन्द्रीय सदस्य एवं एकिकृत अखिल नेपाल शिक्षक संगठन रामेछाप अध्यक्ष सोम प्रसाद भट्टराई, अर्थ महासचिव वागमती प्रदेश ने. शि.संघकी कमला थापा, ने शि. महासंघ रामेछापका सचिव  रामकृष्ण श्रेष्ठ,  ने. रा शि संगठन रामेछापका अध्यक्ष केशर वहादुर श्रेष्ठ, नेपाल शिक्षक संघ रामेछापका का. वा. अध्यक्ष प्रविणा पौडेल लगायतले हस्ताक्षर गरेका छन् ।

ध्यानाकर्षण पत्र बुझ्दै मुख्य निर्वाचन अधिकृत दिवाकर भट्टले कर्मचारी व्यवस्थापनको सन्दर्भमा कमजोरी भएको भन्दै त्यसलाई सच्याएर कार्यालय अगाडी बढ्न तयार रहेको बताए । उनले भने- हामी सबैले काम गर्दा जिम्मेवारपूर्ण तरिकाले काम गर्न पर्ने हो । हाम्रा संयन्त्रहरूको गैरजिम्मेवारीपनका कारण यो अवस्था आएको हो । तसर्थ यसलाई हामीले सच्याउने निर्णय गरिसकेका छौँ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

मन्थलीमा माईक्रो दुर्घटना, १० जना घाईते , २ को अवस्था गम्भिर

Next Post

रामेछापको बिजुलिकोटमा एमालेले बाड्न ल्याएको मल प्रहरीको नियन्त्रणमा

Next Post
रामेछापको बिजुलिकोटमा एमालेले बाड्न ल्याएको मल प्रहरीको नियन्त्रणमा

रामेछापको बिजुलिकोटमा एमालेले बाड्न ल्याएको मल प्रहरीको नियन्त्रणमा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.