Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

गोकुलगंगा ३ रस्नालुमा माओवादीका वडा अध्यक्षका उम्मेदवार माथि सांघातिक आक्रमण

जनता भ्वाइस by जनता भ्वाइस
May 12, 2022
in जनता स्पेसल, समाचार
0
गोकुलगंगा  ३ रस्नालुमा माओवादीका वडा अध्यक्षका उम्मेदवार  माथि सांघातिक आक्रमण
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । गोकुलगंगा गाउँपालिका वडा नं. ३ रस्नालुमा एमालेका कार्यकर्ताले माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार यमबहादुर कार्की भूपाल माथि सांघातिक आक्रमण गरेका छन् । आक्रमणबाट बडाध्यक्षका उम्मेदवार सहित तीन जना माओवादी कार्यकर्ता घाइते भएका छन् ।

घाइते मध्ये वडाध्यक्षका यमबहादुर कार्की भूपालको अवस्था गम्भीर रहेका बताइएको छ । उनको पालिका अस्पतामा उपचार हुन नसकेपछि काठमाडौंको ट्रमा सेन्टरमा लगिएको छ । रोसन कार्की, विक्रम कार्की र रुद्र भूजेल सामान्य घाइते भएका छन् । गए राती १ बजे घर नजिकै छिमेकीको घरमा बसीरहेका कार्की सहितका माओवादी कार्यकर्तामाथि एमाले कार्यकर्ताहरुले आक्रमण गरेको माओवादीबाट उपाध्यक्षका उम्मेदवार विष्णु कार्कीले जानकारी दिए ।

निर्वाचन हार्ने निश्चित भएपछि हतोत्साहित भएर रवीन सुनुवार नेतृत्वमा आएका एमाले कार्यकर्ताले उम्मेदवार कार्की सहितका माओवादी कार्यकर्तामाथि आक्रमण गरेको माओवादीका गोकुलगंगा–उमाकुण्ड निर्वाचन परिचालन समितिका इञ्चार्ज सेवक कार्कीले बताए ।
घटनाको जानकारी पाए लगतै घटना स्थलमा प्रहरी पुगेपछि आक्रणकारी फरार भएको र उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नयव उपरीक्षक राजकुमार थिङले जानकारी दिए । घाइते उम्मेदवार यमबहादुर कार्कीको टाउकोमा चोट लागेको र रगत जमेर अवस्था गम्भीर हुन सक्ने भएकाले उपचारको लागि काठमाडौं पठाइएको डिएसपी थिङले बताए ।

निर्वाचन मत परिणाम आफ्नो पक्षमा आउने नदेखेपछि एमालेका उम्मेदवारले माओवादी र कांग्रेस कार्यकर्तामाथि आक्रणमा उत्रिएको गाकुलगंगा गाउँपालिका कांग्रेसका सभापति मणीकुमार लामाको आरोप छ । एमाले कार्यकर्ताले बाटोमा राखेको ३ वडा मोरसाइकलमा समेत तोडफोड गरेको जिल्ला प्रहरी कार्यलय रामेछापले जानकारी दिएको छ । मौन अवधिमा राति हिडेका दुई पक्षका कार्यकर्ताबीच बाटोमा भेट हुँदा दुई पक्षबीच झगढा भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । मौन अवधिमा समूह बनाएर राति हिड्नु निर्वाचन आचारसंहिता विपरीत कार्य भएको प्रहरीको भनाई छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कुबुकास्थलीमा राप्रपा र एमालेद्वारा कांग्रेसका वडा अध्यक्ष माथि खुकुरी प्रहार

Next Post

रामेछापमा हवाई फाएर, चार मतदान केन्द्रमा मतदान स्थगीत

Next Post
रामेछापमा हवाई फाएर, चार मतदान केन्द्रमा मतदान स्थगीत

रामेछापमा हवाई फाएर, चार मतदान केन्द्रमा मतदान स्थगीत

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.