Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

पार्टीको अस्तित्व जोगाउन सफल यी ५ वडा अध्यक्षहरु

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
पार्टीको अस्तित्व जोगाउन सफल यी ५ वडा अध्यक्षहरु
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । जिल्लामा २ नगरपालिका र ६ गाउँपालिका गरी ६४ वटा वडा रहेका छन् । जस मध्ये नेपाली काँग्रेस र नेकपा माओवादीका २ र समाजवादीका एक नेताले पार्टीको अस्तित्व जोगाउन सफल भएका छन् । नेपाली काँग्रेसका नेता धु्रव चौलागाईले सुनापती गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका नेता चण्डेश्वर चौलागाईलाई हराउदै आप्mनो पार्टीको अस्तित्व जोगाउन सफल भएका छन् । काँग्रेस नेता चौलागाईले ९ सय ३२ मत ल्याएर विजय भए भने नेकपा माओवादी केन्द्रका उम्मेदवार चौलागाईले ९ सय १७ मत मात्र पाए । काँग्रेस नेता चौलागाईले १५ मतको अग्रतामा बिजय हासिल गरेर सुनापतीमा पार्टीको प्रतिनिधित्व गर्दै पार्टीको अस्तित्व गुम्नबाट बचाएको छ ।
त्यस्तै गरी खाँडादेवी गाउँपालिकामा पनि नेपाली काँग्रेसका उम्मेदवार नारायण कार्कीले पार्टीका अस्तित्व गुम्नबाट जोगाउन सफल भएका छन् । काँग्रेस नेता कार्कीले पनि पालिकामा रहेको ९ वटै वडा मध्ये ८ वटा वडामा नेपाली काँग्रेस शुन्य भइरहेको अवस्थामा वडा नम्बर ६ मा जित हात पारेर पार्टीको अस्तित्व जोगाएका छन् । उनले नेकपा एमालेका उम्मेदवार गोपाल कार्कीलाई १ सय २७ मतले हराउदै बिजय भएका हुन । काँग्रेस नेता कार्कीले ७ सय ४ मत ल्याउदा एमाले नेता कार्कीले ५ सय ७७ मत मात्र ल्याउन सफल भए ।
नेकपा माओवादी केन्द्रका नेता रामकुमार श्रेष्ठले पनि खाँडादेवी गाउँपालिकामा आप्mनो पार्टीको अस्तित्व जोगाउन सफल भएका छन् । पार्टीको प्रतिनिधित्व शुन्य भएको अवस्थामा गाउँपालिकाको वडा नम्बर १ राकाथुममा माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार श्रेष्ठले ८६ मतले नेकपा एमालेका नेता प्रेमबहादुर श्रेष्ठलाई हराउदै पार्टीको अस्तित्व गुम्नबाट जोगाएका छन् । एमाले उम्मेदवार श्रेष्ठले ७ सय १८ मत ल्याउदा नेकपा एमालेका नेता प्रेमबहादुर श्रेष्ठले ६ सय ३२ मत मात्र ल्याउन सफल भए ।
त्यसै गरी मन्थली नगरपालिका ११ मा पनि नेकपा माओवादी केन्द्रका उम्मेदवार भिमबहादुर थापामगरले पार्टीको अस्तित्व गुम्नबाट जोगाएका छन् । नगरपालिकामा रहेको १४ वडामा पार्टीको प्रतिनिधित्व शुन्य हुनबाट मगरले जोगाएका छन् । माओवादीका उम्मेदवार थापामगरले नेकपा एमालेका उम्मेदवार कृष्णबहादुर पुलामीलाई ६ सय २३ मत अन्तरले हराउदै आप्mनो पार्टीको अस्तित्व जोगाउन सफल भएका हुन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार भिमबहादुर थापामगरले १ हजार १ सय ८८ मत ल्याउदा नेकपा एमालेका उम्मेदवार कृष्णबहादुर पुलामी मगरले ५ सय ६५ मत मात्र ल्याउन सफल भए ।
त्यस्तै गरी जिल्लामै नेकपा एकीकृत समाजवादी पार्टीको अस्तित्व मन्थली नगरपालिका वडा नम्बर ५ मा रविन कार्कीले जोगाएका छन् । जिल्लाको सबै स्थानीय तहमा नेकपा एकीकृत समाजवादी पार्टीको प्रतिनिधितत्व शुन्य भइरहेको अवस्थामा रविन कार्कीले नेकपा एमालेका उम्मेदवारलाई २५ मतले पराजय गदै आफ्नो पार्टीको अस्तित्व जोगाएको छ । समाजवादीका कार्कीले ४ सय ४४ मत पाउदा नेकपा एमालेका उम्मेदवार गनेश कार्कीले ४ सय १९ मत मात्र प्राप्त गरेका थिए ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

मन्थलीमा प्रमुख र उपप्रमुखमा एमाले विजयी

Next Post

रामेछापमा पहिलो काँग्रेस, दोस्रोमा एमाले, कसले कुन पालिका जित्यो?

Next Post
रामेछापमा पहिलो काँग्रेस, दोस्रोमा एमाले, कसले कुन पालिका जित्यो?

रामेछापमा पहिलो काँग्रेस, दोस्रोमा एमाले, कसले कुन पालिका जित्यो?

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.