Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

महोत्तरीमा बाढीको बितण्डा, सयौँ बिघा धान खेत डुबानमा, पिडित भन्छन्- यसपालि त भोकमारी लाग्ला जस्तो छ

जनता भ्वाइस by जनता भ्वाइस
September 6, 2022
in जनता स्पेसल, समाचार
0
महोत्तरीमा बाढीको बितण्डा, सयौँ बिघा धान खेत डुबानमा, पिडित भन्छन्- यसपालि त भोकमारी लाग्ला जस्तो छ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महोत्तरी । बर्षासँगै बाँध भरिएर पानी कुलोमा सोझिँदा महोत्तरी एकडारा–६ कि सरस्वती यादव अहिले निक्कै चिन्तित् छन । रातु नदीबाट सोझै कुलोमा थेग्नै नसक्ने पानी खेतमा पसेपछि सरस्वतीको करिब एक बिघा खेत डुबानमा परेको छ । 

अव्यवस्थित कुलोमा आएको पानी खेत र बारीमा पसेपछि त्यहाँ लगाइएका तरकारी र खेतमा क्षति हुन पुगेपछि  सरस्वती चिन्तित् बनेकी हुन् । 
वाँध र कुलो व्यवस्थित हुन नसक्दा सरस्वती मात्र हैन रामवती मण्डलको पनि उस्तै अवस्था छ । बर्षात्को कारण बर्सेनि डुबानको समस्या झेल्दै आएकी मण्डलले अघिल्ला वर्षको तुलनामा यस वर्ष बढी क्षति व्यहोर्नुपरेको बताउँछिन् । 

थोरै खेतमा हुने उत्पादनबाट ५ जनाको परिवार धान्दै आएकी रामवतीलाई यसपालि कसो गर्ने होला भन्ने चिन्ता थपिदै गएको छ । ‘अब खै यसपालि त भोकमारी नै लाग्ला जस्तो छ,’ उनले भनिन् । सरस्वती र रामवतीको जस्तो खेतबारी डुवान मात्र हैन एकडारा –६ गनरापुरामा कयौँ घरसमेत बाढीको चपेटामा परेका छन ।

गनरापुराका कै  रविशंकर दासको परिवार यतिबेला घर न घाटको बनेका छन । कुलोसँगै जोडिएको उनको घर डुमानमा परेको छ । पानी पस्न नपाएको एउटा कोठामा परिवारका सबै सदस्य बसेर गुजरा गरिरहेको दासले बताए ।  

बाढीले खेत गेग्रानमा परिणत भएका छ । लगाइएको धानबाली नष्ट भएको छ भने खेल पोखरीजस्तै देखिएका छन् । बाढीले सडक सञ्जाल पनि नोक्सान गरेको छ । 

‘सानो वर्षापछि आएको बाढीले त बितन्डा मच्चाइरहेको छ भने ठूलो वर्षा भएमा के हुन्छ होला,’ ७० बर्षिय सुरदेव यादव चिन्ता व्यध्m गर्छन् । अघिल्लो बर्ष रातु नदीको २ सय घर परिवारलाई नोक्सान पुर्‍याएको थियो ।

हामीलाई यो कुलोले निक्कै समस्या बनाउदै आएको छ । बसेनि यही कुलाको  कारण धेरै घरबारविहीन बन्नुपरेको थियो,’ विगत सम्झिँदै जगदिश दास भन्छन् । 

कुलोमा आउने वाढीले एकडाराको गनरापुरा मात्र हैन पर्सा, बटुलिया, कन्कार, सखुवा, हलखोरी,  थरवाइ, सक्री, नेनी, बासुपट्टीलगायत स्थान डुबानमा पर्ने गरेका छन् । 

यस वर्ष आएको बाढीले करिब तीन सय बिघा खेत डुबानमा परेको छ भने ३० घरपरिवार  जोखिममा छन् । स्थानीय सरकारले आफूहरुको समस्यालाई बेवास्ता गरेको पीडितहरुको गुनासो छ । तर, उनीहरुको समस्याप्रति आफूहरुको ध्यानाकर्षण भएको एकडाराका गाउँपालिकाका अध्यक्ष दिपनारायण यादवले बताए । 

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

तामाकोशी नदिमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु

Next Post

माओवादी केन्द्र रामेछापले सिफारिस गर्‍यो संघ र प्रदेशको उम्मेदवार

Next Post
माओवादी केन्द्र रामेछापले सिफारिस गर्‍यो संघ र प्रदेशको उम्मेदवार

माओवादी केन्द्र रामेछापले सिफारिस गर्‍यो संघ र प्रदेशको उम्मेदवार

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...