Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

माओवादी केन्द्र रामेछापले सिफारिस गर्‍यो संघ र प्रदेशको उम्मेदवार

जनता भ्वाइस by जनता भ्वाइस
September 6, 2022
in जनता स्पेसल, समाचार
0
माओवादी केन्द्र रामेछापले सिफारिस गर्‍यो संघ र प्रदेशको उम्मेदवार
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । आगामी ४ मंसिरमा हुने निर्वाचनको लागि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रामेछाप जिल्ला समितिले उम्मेदवार सिफारिस गरेको छ । भदौ २० गते बसेको रामेछाप जिल्ला समितिको बैठकले संघ र प्रदेशको लागि उम्मेदवार सिफारिस गरेको हो ।

बैठकले प्रतिनिधिसभाको लागि प्रत्यक्षमा ६ जनाको नाम सिफारिस गरेको छ । जसमा बहालबाला सांसद श्याम कुमार श्रेष्ठ पोलिष्टव्यूरो सदस्य युवराज चौलागाईं, पूर्वसांसद डिल्लीमान तामाङ, पूर्वदोरम्बा सैलुङ गाउँपालिका अध्यक्ष कमान सिंह मोक्तान, पूर्वसांसद लक्ष्मी गुरुङ र विक्रम राना मगर रहेका छन् ।

समानुपातिक तर्फ ५ जनाको नाम सिफारिस भएका छन् । जसमा नरेशबाबु श्रेष्ठ, श्याम नारायण श्रेष्ठ, सुनिता गौतम, उद्धव रम्तेल र श्रीबहादुर माझी रहेका छन् ।

प्रदेशसभा तर्फ प्रत्यक्षमा ९ जनाको नाम सिफारिस भएको छ । जसमा प्रदेशसभा ‘क’ तर्फ पूर्वसांसद तारानारायण श्रेष्ठ, पूर्ण बहादुर कार्की, प्रदिप रावत, रविन्द्र पौडेल र शिशिर खड्गी रहेका छन् । त्यस्तै प्रदेशसभा ‘ख’ तर्फ अम्बिका प्रसाद गजुरेल, दिपक राज प्रसाईं, धावा लामा र मान बहादुर तामाङ रहेका छन् ।

समानुपातिक तर्फ प्रदेशसभामा १४ जनाको नाम सिफारिस भएको छ । जसमा प्रदेशसभा ‘क’ तर्फ इन्दिरा बख्रेरल, केशर कुमार कालिकोटे, नारायण नेपाली, बिष्णु कुमार कार्की, भक्तराज थापा, मदन कुमार कालिकोटे, सरिता कार्की (रसाइली) र सरोज कटुवाल रहेका छन् । भने प्रदेशसभा ‘ख’ तर्फ कर्णखर चौलागाईं, गंगा बुढाथोकी, टिकामालबुके, दिपक हेल्मु, धनमाया श्रेष्ठ र नेत्र मोक्तान रहेका छन् ।

यसअघि जिल्लाका ८ वटा स्थानीय तहका पार्टी समितिहरुले पनि उम्मेदवार सिफारिस गरेका थिए । जिल्लाका ८ स्थानीय तह सहित सम्पर्क समन्वय समिति समेत गरी ९ स्थानीय समितिले प्रतिनिधिसभामा चौंलागाईंको नाम सिफारिस गरेका थिए । प्रतिनिधिसभामा श्रेष्ठको पक्षमा ७ र गुरुङको पक्षमा ४ वटा स्थानीय समितिहरुले संस्थागत मत सहित सिफारिस पठाएका थिए। रामेछाप जिल्ला माओवादीको प्रभाव क्षेत्र मानिदै आएको छ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

महोत्तरीमा बाढीको बितण्डा, सयौँ बिघा धान खेत डुबानमा, पिडित भन्छन्- यसपालि त भोकमारी लाग्ला जस्तो छ

Next Post

रामेछाप उद्योग बाणिज्य संघका कोषाध्यक्ष कठायत जेल चलान

Next Post
रामेछाप उद्योग बाणिज्य संघका कोषाध्यक्ष कठायत जेल चलान

रामेछाप उद्योग बाणिज्य संघका कोषाध्यक्ष कठायत जेल चलान

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.