रामेछाप । रामेछाप जिल्लामा एक हजार भन्दा बढीले म्यादी प्रहरीको लागि आवेदन दिएका छन् । आउँदो मंसिर ४ गते हुन लागेको प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनको लागि सरकारले माग गरेको देशभरिको कूल एक लाख १५ हजार म्यादी प्रहरी परिपूर्ति गर्न हाल ७७ वटै जिल्ला प्रहरी कार्यालय मार्फत धमाधम आवेदन लिईरहेको छ।
रामेछापमा एक हजार भन्दा बढिले आवेदन दिएको प्रहरी नायब उपरीक्षक एवं रामेछाप जिल्ला प्रहरि प्रमुख राजकुमार थिङले जानकारी दिए । उनका अनुसार ३०८ जना महिला र बाँकी पुरुषले आवेदन दर्ता गरेका छन् । ‘दर्ता भइरहेको छ, अझै थपिने क्रममा छ।’
निर्वाचनमा पनि गत स्थानीय तहमा काम गरेका म्यादीलाई प्राथमिकता हुने उनले बताए । ९२६ जना पहिलेकै हो । अहिले ४ वटा मतदान केन्द्र थप भएका छन्, सोसंख्या थपिन सक्छ-उनले भने ।’
निर्वाचनमा शान्ति, सुरक्षा कायम गर्न काम गर्ने उनीहरुले ४० दिनको ८६९ रुपैयाँको दरले एक मुस्टमा ३४ हजार ७६० रुपैयाँ प्राप्त गर्ने छन् । साथै खाध्यन्न बापतको प्रतिव्यक्ति एक मुस्टमा ७ हजार २ सय पाउने छन् ।