दोलखाका १० मतदान केन्द्रमा मंसिर १५ गते पुनः निर्वाचन


मंसिर १२

दोलखा ।जिल्ला निर्वाचन व्यवस्थापन समितीको आज बसेको बैठकले दोलखाका १० मतदान केन्द्रमा मंसिर १५ गते पुनः मतदान गर्ने निर्णय गरेको हो । ।

बैठकले निर्वाचन आयोगले रद्ध गरेको १० मतदान केन्द्रमा पुनः मंसिर १५ गते निर्वाचन गर्ने निर्णय गरेको सहायक निर्वाचन अधिकृत शिव प्रसाद पोखरेलले जानकारी दिनुभयो ।

बैतेश्वर गाउँपालिका वडा नम्बर ६ को बैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख, ग वडा नम्बर २ को जनज्योति माध्यमिक विद्यालय पुतलीकाठका मतदान केन्द्र क र ख, वडा नम्बर ३ को कालीढुंगा मावि मतदान केन्द्रमा क, ख र ग मतदान केन्द्र र तामाकोशी गाउँपालिका ३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्र क र ख गरी १० मतदान केन्द्रमा पुन मतदान गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखालाई निर्देशन दिएको थियो । आयोगको निर्देशन अनुसार जिल्ला निर्वाचन व्यवस्थापन समितीको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो

तपाईको प्रतिकृया दिनुहोस्