रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं ५ को वडा कार्यालयको भवन निमार्णमा स्थानीले विरोध जनाएका छन् । नागरिकको सुविधालाइ वेवास्था गर्दै वडा अध्यक्षले बढिजसो वडा वासीलाई पायक नपर्ने स्थानमा वडा कार्यालय भवन बन्न लागेको भन्दै स्थानियले बिरोध जनाएका हुन् ।
सोमबार स्थानियले बिरोध प्रदर्शन गर्दै वडा कार्यालय नागरिकलाई पायक पर्ने पाउँमा बनाउनुपर्ने माग राखेका छन् । हाल संचालनमा रहेको वडा कार्यालय वडाको एक छेउमा पर्ने भएकाले नागरिकलाई कार्यालयको सेवा लिन असहज हुने भएकाले वडाको बिच केन्द्रमा पर्ने गरी वडा कार्यालय निमार्ण गर्न स्थानियले माग गरेका छन् ।
स्थानियको मागलाइ बेवास्था गर्दै वडा कार्यालय सोहि स्थानमा निमार्ण गर्न लागेपछि स्थानियहरु बिरोधमा उत्रिएका हुन् ।
यसबिषयमा यसअघि वडा कार्यालय निमार्णका बिषयमा बिबाद भएपछि वडा कार्यालय निणर्य बिहिन हुन पुगेको थियो । हाल झुटो सर्वदलिय, सर्वपक्षिय बैठक बसी सोहि ठाउँमा भवन निमार्ण गर्ने निर्णय भएको सार्वजनिक भएपछि स्थानिय ,राजनितिक दल,सरोकारवाला तथा स्थानियहरुले उक्त निर्णयको बिरोध गरेको स्थानियले बताए ।
स्थानियको गुनासो तथा मागलाई बेवास्था नगरि भवन निमार्ण कार्य अघि बढेमा चरणबद्ध रुपमा बिरोद्ध तथा आन्दोलनका कार्यक्रम गर्ने सोहि वडाका वडा अध्यक्षका प्रत्यासी राजनारायण श्रेष्ठले बताए ।