रामेछाप । नेपाल सशस्त्र प्रहरी बलले मन्थलीमा विपद् पूर्व तयारी कृत्रिम घटना अभ्यास ‘डेमो’ पर्दशनी गरेको छ । विपद्को बेला कसरी सचेतका साथ उद्धार, उपचार, र पीडितहरू सुरक्षा सम्मलाई व्यावहारिकता दिन उक्त डेमो प्रदर्शन गरिएको हो ।
बिहीबार मन्थली स्थित आकाशेको पुलको छेउमा भएको उक्त डेमोमा सशस्त्र,नेपाल प्रहरी, मन्थली नगरपालिकाको विपद् व्यवस्थापन शाखा, मन्थली माविको एनसिसि सहितको टोलीका विद्यार्थी, नेपाल रेड्क्रश सोसाइटी जिल्ला शाखा रामेछापको समन्वय उक्त डेमो प्रदर्शन गरिएको थियो ।
बिहीबार प्रदर्शनी गरिएको उक्त ‘डेमो’मा पहिरोले घर–बास, जनधनको क्षति गर्दाको उद्धार, नदीमा आएको बाढीले बगाउँदाको उद्धार, नदीमा आएको बाढीले बस्ती बगाउँदाको उद्धार, नदीमा आएको बाढीले मान्छे बगाउँदाको उद्धार जस्ता विपद् जन्य घटनाको उद्धार गरिएको थियो ।