Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेपाल पब्लिक क्याम्पस संघ रामेछापको अध्यक्षमा डा. भरत सर्वसम्मत चयन

Kumar Shrestha by Kumar Shrestha
December 31, 2023
in जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
नेपाल पब्लिक क्याम्पस संघ रामेछापको अध्यक्षमा डा. भरत सर्वसम्मत चयन
78
SHARES
2k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । नेपाल पब्लिक क्याम्पस संघ रामेछापको प्रथम जिल्ला अधिवेशनले डा. भरत कुमार श्रेष्ठलाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ । अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
शनिवार जिल्लाको मन्थली नगरपालिका वडा नं. १ स्थित मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको सभा हलमा भएको अधिवेशनले सोही क्याम्पसका प्रमुख डा. श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा मेघ प्रसाद भट्टराई, सचिवमा दिवाकर खड्का, सहसचिवमा लक्ष्मी श्रेष्ठ र कोषाध्यक्षमा राजेन्द्र घिमिरेलाई चयन गरेको छ । साथै सदस्यहरूमा जगदीश बस्नेत,फुलकुमारी गिरी, लक्ष्मीलाल श्रेष्ठ, कृष्णप्रसाद घिमिरे र पूर्णचन्द्र पौडेल चयन भएका छन् ।
गुणस्तरीय शिक्षा नै आजको आवश्यकता भएकोले जिल्लामा रहेका क्याम्पसहरूमा गुणस्तरीय पठन पाठनका लागि आफूले पनि सक्दो सहयोग गर्ने संघिय सांसद पूर्ण बहादुर तामाङले बताए । उनले भने क्याम्पसको गुणस्तरको जिम्मा प्राध्यापकज्यू हरुले लिनुस्, विद्यार्थीको सहभागिता बढाउनुस् । बाँकी कामको लागि कहाँ जानु पर्छ म सँगै जान्छु । को सँग के माग्नु पर्छ म सँगै गएर माग्छु ।
कार्यक्रमका अवसरमा प्रदेश सांसद तारानारायण श्रेष्ठ, रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपाने, लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महत, नेपाल पब्लिक क्याम्पस संघ बागमती प्रदेशका अध्यक्ष शैलेन्द्र कुइँकेल, सिद्धेश्वर शिक्षा पब्लिक क्याम्पसका प्रमुख ज्ञानबहादुर खत्री, पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे लगायतले मन्तव्य राखेका थिए ।
रामेछाप जिल्लामा ११ वटा पब्लिक क्याम्पसहरू संचालनमा भएका थिए । तर हाल ९ वटा मात्र नियमित सञ्चालनमा रहेका छन् ।
नेपाल पब्लिक क्याम्पस संघ बागमती प्रदेश समितिका सहसचिव एवं अधिवेशन संयोजक सन्देश घिमिरेको अध्यक्षतामा अधिवेशन संचालन गरिएको थियो ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

लगातार छैटौँ पटक गौरीशङ्करले जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि

Next Post

सुकाजोरको सार्वजनिक सुनुवाइ सम्पन्न

Next Post
सुकाजोरको सार्वजनिक सुनुवाइ सम्पन्न

सुकाजोरको सार्वजनिक सुनुवाइ सम्पन्न

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.