Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मधेसमा ८६ लाख वृक्षरोपण गरिने

जनता भ्वाइस by जनता भ्वाइस
June 30, 2025
in समाचार
0
मधेसमा ८६ लाख वृक्षरोपण गरिने
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम । मधेस प्रदेश सरकारले चुरेक्षेत्रको विनास रोक्न तथा पर्यावरणको सुरक्षाका लागि वृक्षरोपण अभियान सुरु गर्ने भएको छ । अभियानअन्तर्गत मधेस प्रदेश सरकारले ८६ लाख बिरुवा रोपिनेछ ।,

प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयका सचिव उद्धवबहादुर घिमिरेले उक्त अभियानअन्तर्गत प्रदेशका सडकपेटीमा मात्र चार लाख बिरुवा रोप्ने लक्ष्य रहेको जानकारी दिए । “चालु आर्थिक वर्षमा ५० किमी सडकपेटी तथा २७८ हेक्टर क्षेत्रफलमा वृक्षरोपण हुनेछ,” घिमिरे भने ।

मन्त्रालयबाट प्राप्त जानकारीअनुसार ८६ लाख बिरुवामध्ये ६२ लाख बिरुवा प्रदेश सरकारको बजेटबाट तथा बाँकी सङ्घीय सरकारको ससर्त अनुदानमार्फत उत्पादन गरिने बताइएको छ । ती बिरुवाहरू सर्वसाधारणलाई निःशुल्क रुपमा वितरण गरिने उनको भनाइ छ ।

उत्पादन भएका बिरुवामध्ये करिब आठ प्रतिशत बिरुवा सरकारी वनक्षेत्र तथा डिभिजन वन कार्यालयको मातहत रहने क्षेत्रमा रोपिने छ भने बाँकी ८० प्रतिशत बिरुवा निजी जग्गामा रोपिने छ । यसमार्फत हरियाली विस्तारसँगै वातावरणीय सन्तुलन कायम गर्ने सरकारको दिगो लक्ष्य छ ।

यस अभियानले वनजङ्गलको संरक्षण, चुरेक्षेत्रको संरक्षण हुने, नदी तथा भूमि कटान रोकथाम हुने र पर्यावरण सुरक्षा तथा सुधारमा सकारात्मक योगदान पुग्ने प्रदेश सरकारको विश्वास छ ।

डिभिजन वन कार्यालय धनुषा जनकपुरधामका वन अधिकृत अनिल साहका अनुसार धनुषा जिल्लाअन्तर्गत जनकपुर–ढल्केवर सडक खण्डको दुवै क्षेत्रको पेटीमा चार हजार ४०० बिरुवा रोप्न सुरु भइसकेको छ । रासस

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

भत्किएको पुल वर्ष दिनमा पनि बनेन, जोखिमपूर्ण यात्रा गर्न बाध्य

Next Post

शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीचको छलफल निष्कर्षबिहिन

Next Post
शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीचको छलफल निष्कर्षबिहिन

शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीचको छलफल निष्कर्षबिहिन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.