Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कुलिङ पिरियड हटाउने घटना विश्व इतिहासकै लाजमर्दो राजनीतिक ठगी हुनुपर्छ : बाबुराम भट्टराई

जनता भ्वाइस by जनता भ्वाइस
July 1, 2025
in ब्यानर समाचार, समाचार
0
कुलिङ पिरियड हटाउने घटना विश्व इतिहासकै लाजमर्दो राजनीतिक ठगी हुनुपर्छ : बाबुराम भट्टराई
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संघीय निजामती सेवा विधेयकमा संसदको राज्य व्यवस्था समितिबाट पारित ‘कुलिङ अफ पिरियड’ प्रावधान जालसाजीपूर्ण ढंगले हटाइएको घटनालाई विश्व इतिहासकै लाजमर्दो राजनीतिक ठगीको संज्ञा दिएका छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै भट्टराईले लेखेका छन्, “‘कूलिंग अफ पिरियड’ भनिने सरकारी कर्मचारीहरूले अवकाश वा राजीनामा पछि अर्को ठूलो सरकारी भाग खान २ बर्ष पर्खनुपर्ने संसदीय समितिले पारित गरेको प्रावधान जालसाजीपूर्ण ढंगले हटाएर संसदबाट पारित गराएको घटना नेपाल मात्र हैन विश्व इतिहासकै निकृष्ट र लाजमर्दोमध्ये एक राजनीतिक ठगीको घटना हुनुपर्छ!”

उनले यो घटनाले उच्च तहको कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वबीचको साँठगाँठ उजागर गरेको बताए। “उच्च तहको कर्मचारी र राजनीतिक नेतृत्वको साँठगाँठमा यो देशमा कति ठूला राज्यदोहनकारी, राष्ट्रघाती र जनविरोधी अपराधहरू हुँदै आएका रहेछन् वा हुनसक्नेरहेछन् भन्ने यो जिउँदो र ताजा प्रमाण हो। यसको जति भर्त्सना र निन्दा गरे पनि कम हुन्छ,” उनले थपे।

भट्टराईले यस्ता समस्याको समाधानका लागि टालटुले सुधारले नपुग्ने भन्दै राज्य प्रणालीको अग्रगामी पुनर्संरचना आवश्यक रहेको जोड दिए। “हामीले त्यत्तिकै अब टालटुले सुधारले हुन्न बरू देशको समग्र राजनीति र राज्यप्रणालीकै अग्रगामी, लोकतान्त्रिक, समाजवादी पुनर्संरचना गरौं भनेर केही बर्षदेखि नयाँ वैकल्पिक राजनीतिवारे चिच्याउँदै आएको हैन है!!” उनले लेखेका छन्।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

एक हजार ७४ किलो गाँजासहित चार जना पक्राउ

Next Post

अब बुकीपाटन पुग्न पदमार्ग र काठेपुल

Next Post
अब बुकीपाटन पुग्न पदमार्ग र काठेपुल

अब बुकीपाटन पुग्न पदमार्ग र काठेपुल

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.