मन्थली ४, असोज
रामेछापमा तत्कालिन संघिय समाजवादी फोरम नेपाल र तत्कालिन नयाँशक्ति पार्टी नेपाल रामेछापबिच समायोजन तथा एकता भएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरि एकता घोषणा गरीएको हो ।
पार्टीका केन्द्रिय वरिष्ठ नेता अशोक कुमार राईको प्रमुख आतिथ्येता र पार्टीका केन्द्रिय उपाध्यक्ष नवराज सुवेदिको विशेष आतिथ्येतामा कार्यक्रम गरि पार्टी समायोजन भएको घोषणा गरिएको हो ।
गत वैशाख २३ गते तत्कालिन उपेन्द्र यादव नेत्रित्वको संघिय समाजवादी फोरम र बाबुराम भट्राई नेत्रित्वको नयाँ शक्ति पार्टीबिच एकता भएपश्चात प्रदेश हुुदै जिल्ला पार्टी एकतामा लागेको हो ।
रामेछाप जिल्ला ३ नं प्रदेशकै पहिलो पार्टी एकता भएको जिल्ला घोषणा भएको छ ।
सोही अवसरमा सात पदादिकारी चयन पनि गरेको छ । पदादिकारीमा तत्कालिन संघिय समाजवादी फोरम नेपालले अध्यक्ष सहित ३ जना र तत्कालिन नयाँशक्ति पार्टी नेपालको तर्फबाट सचिव सहित ४ जनाको टुङगो लागाएको हो ।
सोनाम लामाको नेत्रित्वमा ३९ सदस्यिको जिल्ला कमिटि सहितको समाजबादी पार्टी रामेछाप बनेको हो ।
राष्ट्रिय वैकल्पिक पार्टीको रुपमा स्थापित पार्टीहरु समय र परिस्थितिको माग र जनताको चाहान अनुसार पार्टी एकता गर्नुपरेको नव अध्यक्ष सोनाम लामाले जनता भ्वाइस्संग बताउनुभयो । उहाँका अनुसार अब देशैभरि पार्टी एकताको कामले तिव्रता पाउने जानकारी दिनुभयो ।
यसैबिच आज रामेछापको मन्थलीमा जातिय पहिचा झल्कने भेषसहित ¥याली निकालेको थियो ।