भगवती न्यौपाने कपिलवस्तु
नगर समृद्ध बनाउन भौतिक विकासका पुर्वधार सगै लक्षीत वर्गका कार्यक्रम गर्न आवश्यक रहेको वडा नम्वर ७ का वडा अध्यक्ष विष्णु गिरिले बताउनु भएको छ । वाणगंगा नगरपालिका वडा नम्बर ७ कार्यलय मोतिपुर द्धारा आयोजित जेष्ठ नागरिक समान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
जेष्ठ नागरिक समाजका समानिय व्यक्तित्व भएको बताउनु भयो । उहाँले ७० वर्ष नाघेको २०० भन्दा बढि जेष्ठ नागरिकलाई च्यावनपरास दिदै यसबाट सबैलाई औषधीको काम गर्ने बताउनु भयो । अब नगरलाई समृद्ध बनाउन वडामा तीनवटा प्रमुख योजना बनाएको बताउनु भएको छ ।
लक्ष्मणघाट सुन्दरताका साथै विद्युतिय शव दहन गृह निमार्ण गर्ने , कोईलिपुल नजिककै आधुनकि तरिकाको पशुहाड बजार, र विदेशी पर्यटक भित्राउने गरि वडाको खारखानीमा पिक्नीक स्पोट, फुलवारी, शिवको मन्दिर, त्रिशुल, सुपादेउरालीको मन्दिर बनाउने बताउनु भयो । साथै उहाँले जिल्लामा नभएको नमुना स्मार्ट ट्वाईलेट, बनाउने बताउनु भएको छ । वडालाई सुन्दर बनाउन र पैसा पनि कमाउने माछापोखरी, बसपार्क पनि बनाउने बताउनु भएको छ ।
कपिल आरोग्य मन्दिर कपिलधामका सल्लाकार सदस्य आत्मराम आर्चायले वडाले गरेको कामको प्रशम्सा गदै रोगबाट बच्न मनलाई शुद्ध बनाउन आवश्यक रहेको बताउनु भयो । वडा अध्यक्ष गिरिको अध्यक्ष ,वडा सदस्य सावित्रा थारुको स्वागत मनतव्यमा भएको कार्यक्रमको सञ्चालन वडा सचिव कृष्ण प्रसाद खनालले गनुृ भएको थियो ।
उक्त कार्यक्रममा समाजसेवि एवं पूर्व गाविसा अध्यक्ष नेत्र गिरी, वडा सदस्यहरु, बुद्धिजिवी, २०० भन्दा बढि जेष्ठ नागरिकहरुको उपस्थित रहेको थियो ।