मंसिर १
नेपाली कांग्रेसका उपसभापती विमलेन्द्र निधीले आगामी मंसिर १४ मा हनु लागेको उपर्निवाचनमा नेपाली कांग्रेसलाई जिताउन आग्रह गर्नुभएकोे छ । आइतबार रामेछापको सदरमुकाम मन्थलीमा नेपाल प्रेस युनियन रामेछापले आयोजना गरेको पत्रकार भेटघाटमा पुर्व उप–प्रधान तथा गृहमन्त्री समेत रहनुभएका निधीले सो कुरा बताउनुभएको हो । उहाँले वर्तमान दुई तिहाईको सरकार अधिनायक बादतर्फ उन्मुख भएर एकर्फि नियम, कानुन, विधेक बनाउदै अघि बढि रहेको बताउदै त्यस्लाई रोक्न उपर्निवाचनमा कांग्रेसलाई जिताउन अपिल गर्नुभएको हो । नेता निधीले रामेछापको प्रितीमा आफ्नो पार्टीको उम्मेदवारलाई भारि मतले विजय गर्न आग्रह गर्नुभएको हो ।
उहाँले वर्तमान दुई तिहाइको सरकारलाई राष्ट्रियत स्वाधिन्ता, वतन्त्रता महत्वपुर्ण विषय भएकोले यसलाई सरकारले गम्भिर रुपमा कुनीतिक पहलबाट टुङग्याउनुपर्नेमा जोडदिनुभएको थियो । उहाँले भारतले अतिक्रमण गरेको भुमी नेपालको भएको बताउनुभएको छ । उहाँले सडक आन्दोलनबाट समस्या समाधान नभयपनी राष्ट्रिता देखीने भएकाले त्यो आवश्यकता भएको बताउनुभएको छ ।
नेता निधीले आफ्नो पार्टीभित्र गुट रहेको छ भन्ने भ्रम भएको भन्दै यसलाई गुठ नमै प्रतिस्प्रधा भएको दाबी गर्नुभयो । नेता निधीले आगामी दिनमा कांग्रेसले कडा पतिपक्षीको भुमिका खेलने आसवश्न दिनुभयो ।
नेता निधीले सरकार आफैले गरेको कामबाट आफ्ना पार्टीका कार्यकर्ता सन्तुष्ट नभएको आरोप लागाउनुभएको छ ।
नेता निधी रेडियो तामाकाशीले शनिवार गरेको आफ्नो दोस्रो साधारण सभामा रेडियोको निमन्त्रणमा रामेछाप आउनुभएको थियो । उहाँ आइतबार अपरान्न चार बजे काठमाण्डौ र्फकीनुभएको छ ।