Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मन्थलीका स्थानीय त्रसीत नहुदा हुन्छ : नगर प्रमुख बस्नेत

Milan Ghimire by Milan Ghimire
November 19, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
मन्थलीका स्थानीय त्रसीत नहुदा हुन्छ : नगर प्रमुख बस्नेत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मंसिर ०३

मन्थली नगरपालिकका नगरप्रमुख रमेश कुमार बस्नेतले मन्थलीका स्थानीय आतिनु पर्ने अवस्थामा नरहेको बताउनुभएको छ । मंगलबार रामेछापको सदरमुकाम मन्थलीमा आठौं कर दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख बस्नेतले सो कुरा बताउनुभएको हो । उहाँले सन् १९८५ देखी नै रामेछापको मन्थलीमा विद्युतको निर्माण सम्बन्धी अनुसन्धान भैरहरेको बताउदै यो नौलो कुरानभएको जिकिर गर्नुभयो । उहाँले याँहाको नागरिकाको हितमा रहेर मात्रै विकास निमार्ण गर्ने पनि बताउनुभयो । आफुले विकास निर्माणको काम क्रमै शान्ति गरेको बताउदै सरकारी तथा गैरसरकारी निकायले पनि विकासमा भुमीका खेलेको जानकारी दिनुभयो ।
नगरप्रमुख बस्नेतले जिल्लाका सबैले आफुले तिर्न पर्ने कर समयमै समयमित तरिकाले तिर्न‘पर्ने धारण राख्नुभयो ।
कार्यक्रममा बोल्दै उद्ययोग वाणिज्य संघ रामेछापका प्रतिनीधिले सिन्धुलीबाट आयत हुने विभिन्न सामाग्रीमा सिन्धुलीका सम्बन्धीत निकायले विभिन्न बहानामा दु :ख दिने गरेको गुनासो गनुभयो । उहाँले खुलेआम रुपमै सिन्धुलीलाई गर्न दिनेकाम रामेछापका ब्यवासायीहरुका गाडीलाई सन्धिुली प्रहरीले नदिने गरेको बताउनु भयो ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसीले जिल्लामा कर तिर्न नागरिकाले खेलेको भुमीकाको कदर गर्दै आगामी दिनमा पनी यस्तै कामको अपेक्षा गर्ने धाराण राख्नुभयो । उहाँले सिन्धुलीले गर्दै आएको हेपाहा प्रवृतिको सोही ठाँउका प्रशासनसंग कुटनीतिक पहलबाट सहजता बनाउने प्रतिबद्धता जनाउनु भयो ।

त्यस्तै आन्तरिक राज्वस्व विभागका कर अधिकृत डम्बर बहादुर पराजुलीले कर सबैलाई जरुरी हुने बताउदै चाँडै रामेछाप र दोलखामा स्थानीयहरुको सहजताका लागि कर कार्यालय स्थापना हुने जानकारी दिुनभयो । उहाँले रामेछाप जिल्लामा २० लाख रुपैयाँ भन्दा मुनीको कारोबार गर्ने ब्यापारी धेरै रहेको बाउदै आगामी दिनमा यस्लाई बढाउदै लानुपर्ने धारण राख्नुभयो ।

त्यस्तै नेकपाका नेता चित्र बहादुर कार्कीले जिल्लाका प्रशासनलाई दत्तचित बनाउदै नागरिकाहरुलाई कर भार नभै देशको विकासको पहरेदार आर्थिक स्रोत भएको बुझाउनु पर्ने धारण राख्नुभयो ।

त्यस्तै नेपाली कांग्रेसका नेता कुमार श्रेष्ठले कर सबैले तिरिरहेको तर सिन्धुली प्रशासनले रामेछापका उद्योगिहरुलाई अचानोमा पार्ने गरेको बताउनुभयो । उहाँले सुनकोसी जलविद्युतको त्रास मन्थली बासीमा धेरै परेकाले तत्काल टुङगोमा पु¥याउन सम्बन्धीत निकायको ध्यानाकर्षण गनुभयो ।

बिहान मन्थलीको देवकोटा चोक बाट ¥यालीसहित सुरुभएको कर दिवस मन्थलीको मदनआश्रीत चोकमा पुगी कटहरको बोट सम्म पुगकेको थियो । ¥यालीमा पाँच सय भन्दा बढी स्थानीयको सहभागीता रहेको थियो ।
स्वच्छ कर प्रशासन : विकास र सुशासन नाराका साथ मनाइएको कार्यक्रमा विभिन्न रामेछापको उद्योगी ब्यापारी ब्यवासायीको सक्रिय सहभागिता रहेको थियो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

जिल्ला आयोजना कार्यान्वयन ईकाई रामेछापले पुन: दरखास्त माग गर्यो

Next Post

मन्थली बचत नेपाल राजस्व कार्यालयबाट सम्मानित

Next Post
मन्थली बचत नेपाल राजस्व कार्यालयबाट सम्मानित

मन्थली बचत नेपाल राजस्व कार्यालयबाट सम्मानित

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.