Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

राष्ट्रिय सभामा १८ जना नयाँ अनुहार फेरिँदै, अर्थमन्त्री खतिवडा दोहोरिने सम्भावना

Milan Ghimire by Milan Ghimire
January 5, 2020
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
राष्ट्रिय सभामा १८ जना नयाँ अनुहार फेरिँदै, अर्थमन्त्री खतिवडा दोहोरिने सम्भावना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पुस २०

काठमाण्डौ । राष्ट्रिय सभाले आउँदो फागुनमा कुल सदस्य सङ्ख्याको एक तिहाई नयाँ अनुहार पाउँदैछ । दुई वर्षे कार्यकाल सकेर एक तिहाई सदस्य बाहिरिँदै गर्दा बाँकी कार्यकालका लागि नयाँ १८ जनाले राष्ट्रिय सभामा प्रवेशको मौका पाउँदैछन् ।

राष्ट्रिय सभा चुनाव आउँदो माघ ९ गतेका लागि तोकिएको छ । आइतबार उम्मेदवारी दर्ता हुँदैछ। राष्ट्रिय सभा चुनावका लागि ११ दलले निर्वाचन आयोगमा दल दर्ता गराएका छन् ।

दल दर्ता गराउनेमा सत्तारुढ नेकपासहित प्रमुख प्रतिपक्षी काङ्ग्रेस, समाजवादी पार्टी, राजपा, नेपाली जनता दल, ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल सङ्घीय समाजवादी पार्टी, राप्रपा र राप्रपा (संयुक्तं)ं छन् ।

राष्ट्रिय सभाको कुल ५९ सदस्यमध्ये एक तिहाई अर्थात् १९ जना दुई वर्षे कार्यकाल सकेर बाहिरिन लागेका हुन् । जसमध्ये १८ जना चुनावमार्फत छानिने छन् भने एक जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछन् ।

राष्ट्रिय सभामा सातवटै प्रदेशबाट मतभारका आधारमा सदस्य छानिने व्यवस्था छ । जसअनुरुप अहिले प्रदेश १ बाट तीन जना, प्रदेश २ बाट चार जना, प्रदेश ३ बाट दुई जना, गण्डकी प्रदेशबाट दुई जना, प्रदेश ५ बाट तीन जना, कर्णाली प्रदेशबाट दुई जना र सुदूरपश्चिम प्रदेशबाट दुई जना गरि कुल १८ जना चुनावमार्फत छानिने छन् ।

नेकपा र राजपाका उम्मेदवारको जित निश्चित

प्रदेश २ बाहेक अरु प्रदेशमा नेकपा एक्लैको स्पष्ट बहुमत छ । प्रदेश २ मा भने आफ्नो स्पष्ट बहुमत नहुँदा राजपासँग तालमेल गरेर चुनावमा जाने सहमति दुवै दलले गरिसकेका छन् । त्यसैले नेकपाले छानेका उम्मेदवारहरुको जित निश्चित जस्तै छ । अब चुनावमार्फत औपचारिकता दिने काम मात्रै हुने छ ।

राष्ट्रिय सभामा अहिले काङ्ग्रेसका १३ जनाको सहभागिता छ । जसमध्ये पहिलो पटक एक तिहाई सदस्य १९ जनाको पदावधि सकिँदा काङ्ग्रेसका सात जना बिदा हुँदैछन् । सात जनालाई बिदा गर्दा काङ्ग्रेसले एक सिटमा पनि जित हात पार्न सक्ने अवस्था छैन । यस्तै समाजवादी पार्टीका दुई जनामध्ये एक जना बिदा हुँदैछन् ।

मंसिर ९ गते हुने चुनावबाट काङ्ग्रेस र समाजवादीका सदस्य बिदा हुँदा नेकपालाई फाइदा हुने देखिन्छ । नेकपाका आठ जना दुई वर्षे कार्यकाल सकेर बिदा हुँदै गर्दा त्यसमा आठ जना थपिएर १६ जना प्रवेश गर्दै छन् । राजपाले भने आफ्नो गुम्न लागेको दुई वटा सिट नेकपासँगको तालमेलबाट पक्का गरेको छ ।

राष्ट्रिय सभाका १८ सिटमा हुने चुनावमा काङ्ग्रेसले एक सिट पनि जित्ने अवस्था छैन । ५९ सदस्यीय राष्ट्रिय सभामा १३ सिट पाएको काङ्ग्रेसलाई चिठ्ठा तान्दासमेत घाटा लागेको थियो । १९ जनाले आ–आफ्नो क्लस्टरमा चिठ्ठा तान्दा सात जना काङ्ग्रेसका सांसद दुई वर्षे कार्यकालमा परेका थिए ।

मंसिर ९ गते हुने राष्ट्रिय सभा चुनाव एकल सङ्क्रमणीय प्रणालीबाट हुनेछ । यसअघि पनि यही प्रणालीबाटै चुनाव भएको थियो । तर अहिले भने एउटा क्लस्टरमा एक जना मात्र निर्वाचित गर्नुपर्ने भएकाले प्रदेश सभा र पालिकामा जसको बहुमत छ, त्यही पार्टीले जित्ने निश्चित छ । प्रदेश सभा र पालिकामा अहिले नेकपाको स्पष्ट बहुमत छ । यो चुनावबाट काङ्ग्रेस अब राष्ट्रिय सभामा ६ सिटमा खुम्चिने पक्का छ ।

कुन दलबाट को–को बाहिरिँदै ?

पहिलो दुई वर्षको कार्यकाल पूरा गरेर बाहिरिनेमा सत्तारुढ नेकपाबाट हरिचरण शिवाकोटी, बलराम बाँस्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालिबहादुर मल्ल र खेमराज नेपाली हुनुहुन्छ ।

यस्तै काङ्ग्रेसबाट राष्ट्रिय सभामा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, सचेतक सरिता प्रसाईँसहित विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रसाद उपाध्याय र धनकुमारी खतिवडाको कार्यकाल पनि सकिँदैछ ।

राजपाका वृशेषचन्द्र लाल र रमेशप्रसाद यादव तथा समाजवादीका रामप्रित पासवान पनि दुई वर्षको कार्यकाल सकेर बिदा हुँदैछन् ।

राष्ट्रिय सभा सदस्यको पहिलो पटक एक तिहाई सदस्यको पदावधि दुई वर्ष, अर्को एक तिहाईको चार वर्ष र बाँकी एक तिहाईको छ वर्ष पदावधि हुने व्यवस्था गरिएको छ ।

राष्ट्रपतिबाट मनोनित हुनुभएका अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल पनि यही अवधिमा सकिँदै छ । तर खतिवडालाई फेरि पनि सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने सम्भावना रहेको नेकपा स्रोतले जनाएको छ ।

कसरी चुनिन्छन् राष्ट्रिय सभा सदस्य ?


राष्ट्रिय सभा सदस्यका मतदाता गाउँपालिका अध्यक्षरउपाध्यक्ष, नगरपालिका मेयररउपमेयर, प्रदेश सभाका सदस्य हुन् । यो चुनावमा पहिलो हुने निर्वाचित हुने अर्थात् धेरै मत प्राप्त गर्ने नै विजयी हुने निर्वाचन प्रणालीबाटै उम्मेदवारको चयन हुनेछ ।

राष्ट्रिय सभाको आगामी चुनावबाट महिला सात, दलित दुई, अल्पसङ्ख्यक दुई र अन्य सात जना निर्वाचित हुनेछन् ।

यो चुनावमा पनि अन्य चुनावमा जस्तै दल दर्तादेखि प्रक्रिया सुरु गरि सदस्यहरुको पदावधि सकिनभन्दा ३५ दिनअघि नै नतिजा बुझाउनु पर्ने व्यवस्था ऐनले गरेको छ । त्यहीअनुसार आउँदो माघ ९ गते चुनाव गर्न लागिएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताउनु भयो ।

राष्ट्रिय सभा सदस्यका लागि हुने यो चुनावमा निर्वाचन मण्डलमा सम्मिलित प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयरले सङ्घीय कानुन बमोजिम मतदान गर्न पाउने छन् । निर्वाचन मण्डलमा रहेका सबै तहका व्यक्तिहरुको मतको भार भने फरक–फरक हुने छ ।

ujyaloo

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts

Previous Post

कपिलवस्तुमा राष्ट्रिय च्याउ जागरण अभियानको

Next Post

राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारहरुको मनोनयन दर्ता

Next Post
राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारहरुको मनोनयन दर्ता

राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारहरुको मनोनयन दर्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.