Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

एमसीसी संसदबाट पारित हुन्छ, सरकार नीति गत भ्रष्टचारमै जोड्तोडले लागेको छ : पौड्ल

Milan Ghimire by Milan Ghimire
January 18, 2020
in जनता स्पेसल, समाचार
0
एमसीसी संसदबाट पारित हुन्छ, सरकार नीति गत भ्रष्टचारमै जोड्तोडले लागेको छ : पौड्ल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

माघ ०४

रामेछाप । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले इण्डोप्यासिफिक रणनीति अन्र्तगत (एमसीसी) संसदबाट पास हुने बतानुभएको छ । शनिबार रामेछापको मन्थलीमा नेपाल पेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलन बोल्दै उहाँले यस्तो बताउनुभएको हो । केन्द्रीय सदस्य पौडेलले एमसीसी पास नगर्ने कुनै कारण नभएकाले कुनै पनि हालतमा संसदबाट पास हुने बताउनुभयो । उहाँले अहिलेको सरकार नीतिगत भ्रष्टचारमा लिप्त रहेको आरोप लगाउदै प्रतिपक्षीको भुमिकामा कांग्रेस खरो रुपमा उत्रिन नसकेको स्वकार गर्नुभयो ।

दुइतिहाइको सरकारले जनतामा कुनै पनि उपयुक्त काम नगरेको उहाँको भनाई थियो ।

उहाँले सुरुवाती चरणमा नेपाली जनता सरकारप्रती आशावादी रहेपनि त्यो आशा सरकारको काम गराइले निराशामा परिणत भएको टिप्पणी गर्नुभयो । केपी ओलि नेतृत्वको सरकारले जनताको हक अधिकारलाई विभिन्न ऐन कानूनहरु निमार्ण गरि मानवअधिकार, सञ्चार तथा सुचनाप्रविधी विधेयक जस्ता विभिन्न विधेयकहरु ल्याएर जनताको अधिकार कुण्ठित गर्ने खेलमा लागि परेको पनि स्पष्ट पार्नुभयो ।

पौड्लले कांग्रेस भित्र आन्तरिक विवाद रहेको तर हाल बाहिर चार्चमा आएको जस्तो नभएको दाबी गर्नुभयो । आन्तरिक विवाद चाडै समस्याहरु हल गरेर प्रतिपक्षीको भुमीका निर्वाह गर्ने आश्वसन दिनुभयो । कांग्रेस संसदमा रहुन जेलसम्म सुचना प्रविधि लगायत मानवअधिकार हनह हुने कुनैपनि ऐन संसदबाट पारीत हुन नदिने चेतावनी दिनुभयो । उहाँले सरकारले बहुमतको आडमा संविधानलाईनै लत्याउने काम गरेको भन्दै सरकारी रवैयाप्रति आक्रोस ब्यक्त गनुभयो । कांग्रेसका नेता कुनै एक गुटको अभिभावक भएर अहिलेको कम्युनिस्ट विरुद्ध लड्न नसकिने भन्दै उहाँले कम्युनिस्ट सरकार विरुद्ध लड्ने हो भने पहिले पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

दुई आयोगमा पदाधिकारी नियुक्तिबारे छुट्टाछुट्टै छलफल गर्द

Next Post

सोलुखुम्बुमा केन्द्रीय प्रसारण लाइन उद्घाटन कार्यक्रममा गोली चल्यो : दर्जनौँ सवारी साधनमा आगजनी

Next Post
सोलुखुम्बुमा केन्द्रीय प्रसारण लाइन उद्घाटन कार्यक्रममा गोली चल्यो : दर्जनौँ सवारी साधनमा आगजनी

सोलुखुम्बुमा केन्द्रीय प्रसारण लाइन उद्घाटन कार्यक्रममा गोली चल्यो : दर्जनौँ सवारी साधनमा आगजनी

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.