Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

एमसीसी नेपाल र छिमेकी राष्ट्रको अहितमा छैन : राप्रपा अध्यक्ष कमल थापा

Milan Ghimire by Milan Ghimire
January 19, 2020
in जनता स्पेसल, समाचार
0
एमसीसी नेपाल र छिमेकी राष्ट्रको अहितमा छैन : राप्रपा अध्यक्ष कमल थापा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

माघ ४,

राप्रपा अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको अनुदान सहायता राष्ट्रको हितमा रहेको बताउनु भएको छ ।

उहाँले अन्तरदेशीय प्रसारणलाइन, सडक स्तरोन्नति लगायतका संरचना निर्माणका लागि आउन लागेको अनुदान रकम स्वीकार गर्नु नेपालको हितमा रहेको बताउनुभएको हो ।

थापाले अमेरिकाले नेपालकै आग्रह अनुसार एमसीसी परियोजनमार्फत् पाँच वर्षभित्र नेपालमा करिब ६० अर्ब रुपैयाँ खर्च गर्ने सहमति गरेको बताउनुभयो ।

‘एमसीसी सम्झौता सदनबाट पास भएपछि नेपालमा कुनै पनि किसिमको सैन्य गतिविधि हुँदैन । यो अपरिपक्व अभिव्यक्ति हो । यसलाई पनि अरुण तेस्रो जस्तो धरापमा पार्न खोजिएको छ ।’ थापाले भन्नुभयो ‘यो नेपाल र छिमेकी राष्ट्रको अहितमा छैन। यसलाई पास गरेर जानु नै नेपालको हितमा हुनेछ’ ।

राप्रपा निकट ट्रेड युनियनद्वारा शनिबार मकवानपुरमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले वागमती प्रदेश सरकारले सुरुङ मार्गको निर्माण प्रक्रिया अगाडि बढाउन सुझाव समेत दिनुभएको छ ।

साथै उहाँले सत्तारुढ नेकपाभित्रको आन्तरिक विवादको असर संघीय सदनमा देखिएको भन्दै सभामुख चयन प्रक्रिया तोकिएको समयमै अगाडि बढाउन जरुरी रहेको बताउनु भयो । नेकपालाई सभामुख चयन प्रक्रिया अगाडि बढाएर सदन सूचारु गर्न आग्रह गर्नुभयो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

सोलुखुम्बुमा केन्द्रीय प्रसारण लाइन उद्घाटन कार्यक्रममा गोली चल्यो : दर्जनौँ सवारी साधनमा आगजनी

Next Post

विश्वलाई नेपालका हिमालहरु सुरक्षित र सफा छन् भन्ने सन्देश दिन सक्नुपर्छ मन्त्री भट्टराई

Next Post
विश्वलाई नेपालका हिमालहरु सुरक्षित र सफा छन् भन्ने सन्देश दिन सक्नुपर्छ  मन्त्री भट्टराई

विश्वलाई नेपालका हिमालहरु सुरक्षित र सफा छन् भन्ने सन्देश दिन सक्नुपर्छ मन्त्री भट्टराई

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.