Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सभामुखपछि उपसभामुखको चर्चा सुरु, राजपासँगै काङ्ग्रेस पनि दौडमा

Milan Ghimire by Milan Ghimire
January 22, 2020
in समाचार
0
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

माघ ८,

काठमाण्डौ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपांं) का उम्मेदवार अग्नि सापकोटा सभामुख बन्ने निश्चित भएसँगै उपसभामुखको चर्चा सुरु भएको छ ।

अरु दलले सभामुखमा उम्मेदवारी नदिएपछि सापकोटा सभामुख बन्ने पक्का भएको हो । अब १२ गतेको संसद बैठकले सापकोटालाई औपचारिकरुपमा सभामुख घोषणा गर्नेछ ।

सभामुख पदमा नेकपाबाहेक कसैको दाबी नपरे पनि उपसभामुखका लागि भने मुख्य विपक्षी दल नेपाली काङ्ग्रेसको दाबी रहने बताइएको छ । यस्तै राष्ट्रिय जनता पार्टीले पनि उपसभामुखमा दाबेदारी रहने बताइसकेको छ ।

गएको पुस २ गते सत्तारुढ दल नेकपा र राजपाबीच राष्ट्रिय सभा चुनावका लागि सहकार्य गर्ने सहमति भएसँगै उपसभामुखमा नेकपाले राजपालाई सघाउने सङ्केत देखिएको छ ।

सभामुखको उम्मेदवारी दर्ताका क्रममा सापकोटाको समर्थकमा राजपा नेता लक्ष्मणलाल कर्ण बस्नुले उपसभामुख राजपालाई दिने नेकपा र राजपाबीच भित्री सहमति भएको देखाएको छ ।

सभामुखको उम्मेदवार बनेका सापकोटाको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ र समर्थकमा कर्णसहित देव गुरुङ र ओनसरी घर्तीमगर बन्नु भएको थियो । फरक दलबाट राजपा नेपाल सभामुखको समर्थक बनेपछि उपसभामुख उसैले लिने पक्का देखिएको हो ।

तर राजपा नेपालका महासचिव केशव झाले उपसभामुखका लागि नेकपासँग छलफल नभइसकेको बताउनु भयो । ‘पुस २ गते भएको सहमति राष्ट्रिय सभा चुनावमा सहकार्य गर्ने भन्ने हो । उपसभामुखको बारेमा कुनै छलफल भएको छैन तर यसबारेमा छलफल हुन नसक्ने भन्ने पनि होइन’ उहाँले भन्नुभयो ।

दुवै दलबीच राजनीतिक विषयमा सहमतिका साथ अघि बढ्ने सहमति भएकाले उपसभामुखको विषयमा फरक दलकै हुनु पर्ने भएकाले राजपाले पाउने सम्भावना भने यथावत् रहने उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, ‘पहिला सभामुख चयन गरौँ, त्यसपछि उपसभामुखको पालो आउँछ । समय आएपछि यसबारेमा छलफल भएर निर्णय होला ।’

सभामुखका उम्मेदवारलाई राजपाका नेताले समर्थन गर्नुले दुवै दलबीच आगामी दिनमा सहकार्य गरेर अगाडि बढ्न सकिने सन्देश दिएको महासचिव झाले बताउनु भयो ।

नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले पार्टीले अहिले नै उपसभामुख कसलाई समर्थन गर्ने भन्ने बारेमा निर्णय गरि नसकेको बताउनु भयो ।

सभामुख र उपसभामुख फरक–फरक दल र फरक–फरक लिङ्गको हुनुपर्ने संवैधानिक प्रावधान रहेकाले सभामुख नेकपाको तर्फबाट हुने पक्का भएपछि उपसभामुख फरक दलको हुनै पर्छ ।

अब १२ गतेको संसद् बैठकबाट सभामुख निर्वाचित भएपछि मात्रै उपसभामुखको गृहकार्य अघि बढ्ने गुरुङले बताउनु भयो । राजपा नेपालसँग पार्टीले राष्ट्रिय सभाको चुनावमा सहकार्यका लागि सहमति गरिसकेको भन्दै उहाँले आउँदा दिनमा उहाँहरुसँगै सहमति भएर अघि बढ्न सकिने अवस्था यथावत् नै रहेको बताउनु भयो ।

पार्टीे अहिले राष्ट्रिय सभा चुनाव र सभामुख चयनको विषयमा मात्रै केन्द्रित रहेकाले उपसभामुखको प्रक्रिया प्रारम्भ भएपछि त्यही बेला यसबारे आवश्यक निर्णय हुने गुरुङ बताउनु हुन्छ ।

उपसभामुखमा राजपाको दाबेदारी रहने चर्चासँगै पार्टीभित्र कसलाई उपसभामुखको उम्मेदवार बनाउने भन्ने चर्चा पनि चल्न थालेको छ । सभामुख नेकपाबाट पुरुष हुने पक्का भएपछि फरक दल र फरक लिङ्गको आधारमा उपसभामुख अब महिला हुनु पर्नेछ । राजपाभित्र उपसभामुखको उम्मेदवारको रुपमा चन्दा चौधरी र अमृता अग्रहरीको नाम चर्चामा छ ।

उपसभामुख राजपाले पाउने निश्चित भए अग्रहरी भन्दा चौधरी नै उपसभामुखमा पार्टीबाट सिफारिस हुने सम्भावना रहेको राजपाका एक नेताले बताए । चौधरी पार्टी नेता महन्थ ठाकुर निकट रहेकाले सम्भावना उनैको देखिएको ती नेताको दाबी छ । तर अध्यक्ष मण्डलले निर्णय गरेर पठाउने भएकाले निर्णयपछि मात्रै त्यसबारे जानकारी हुनेछ ।

काङ्ग्रेस पनि दौडमा

काङ्ग्रेस पनि उससभामुख पदको दौडबाट बाहिर छैन । सभामुखमा उम्मेदवार नदिएको काङ्ग्रेसले उपसभामुखमा उम्मेदवारी दिने तयारी गरेको छ । उपसभामुख आफूले पाउने रणनीतिअनुरुप नेकपासँग काङ्ग्रेसले छलफल सुरु गरेको छ ।

मङ्गलबार नेकपाका कार्यवाहक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भेट गर्नु भएको छ । भेटमा उपसभामुखमा काङ्ग्रेसलाई प्रस्ताव गर्न पौडेलले अध्यक्ष प्रचण्डसँग आग्रह गर्नु भएको बुझिएको छ ।

नेकपाले राजनीतिक संस्कार देखाउन पनि मुख्य विपक्षी दललाई उपसभामुख दिनु पर्ने पौडेलले बताउनु भएको थियो । जवाफमा अध्यक्ष प्रचण्डले यसबारेमा पार्टीभित्र छलफल गरेर मात्रै अघि बढ्न सकिने जवाफ दिनु भएको छ ।

काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले उपसभामुखका लागि काङ्ग्रेसले उम्मेदवारी दिने बताउनु भयो । ‘संसदीय दलले यसबारेमा निर्णय गरिसकेको छैन, तर उपसभामुखमा हाम्रो उम्मेदवारी रहन्छ,’ उहाँले भन्नुभयो । उपसभामुखका लागि काङ्ग्रेसले कसलाई अघि बढाउने भन्ने बारे पनि छलफलपछि मात्रै निर्णय हुने उहाँले बताउनु भयो ।

१२ गतेको संसद् बैठकले सभामुख निर्वाचित गर्ने र त्यसपछि सभामुखले सपथ लिएपछि बस्ने संसद् बैठकले उपसभामुखको निर्वाचन प्रक्रिया अघि बढाउनेछ ।

ujyaaloonline

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

मन्थली नगरपालिकामा माघ १० गते सार्वजनिक बिदा

Next Post

उर्जा क्षेत्र समृद्धिको आधार भएकाले ठूला विद्युत आयोजनामा सरकारको ध्यान : उर्जामन्त्री पुनु ,,रामेछाप र काभ्रेका धेरै स्थान डुुबान्मा ,,, काभ्रेका मात्रै करिब १ हजार जनसंख्या विस्थापित

Next Post

उर्जा क्षेत्र समृद्धिको आधार भएकाले ठूला विद्युत आयोजनामा सरकारको ध्यान : उर्जामन्त्री पुनु ,,रामेछाप र काभ्रेका धेरै स्थान डुुबान्मा ,,, काभ्रेका मात्रै करिब १ हजार जनसंख्या विस्थापित

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.