Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

चालू हिउँदे अधिवेशन आफ्नो जिम्मेवारी बहन गर्न असफल

Milan Ghimire by Milan Ghimire
March 18, 2020
in जनता स्पेसल, समाचार
0
चालू हिउँदे अधिवेशन आफ्नो जिम्मेवारी बहन गर्न असफल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत ,५ ,

रामेछाप । सामान्यतः संसदको हिउँदे अधिवेशनलाई विधेयक अधिवेशन भन्ने गरिन्छ । विधेयक अधिवेशन कानुन निर्माणमा केन्द्रित हुन्छ ।

तर, संघीय संसदको चालू अधिवेशन भने नाममात्रको विधेयक अधिवेशनमा सीमित भएको छ ।

कानुन निर्माणको जिम्मेवारी रहेको विधेयक अधिवेशनमा सांसदहरु आफ्नो मुख्य दायित्वमै असफल देखिएका छन् ।

जारी अधिवेशन समाप्त हुने समय नजिकिँदै गर्दा दुईओटा विधेयकमात्र पारित हुनुले हिउँदे अधिवेशन आफ्नो मुख्य जिम्मेवारी बहन गर्नबाट चुकेको देखिन्छ ।

त्यसो त संसदमा अहिले विधेयकको चाङ छ । ३३ ओटा विधेयक प्रक्रियामा, ६ ओटा दर्ता, एउटा सैद्धान्तिक छलफलमा र तीनओटा विधेयक समितिको प्रतिवेदन पेस भएको अवस्थामा छन् ।

प्रतिनिधिसभाबाट ८ ओटा विधेयक पारित भएपनि दुवै सदनबाट हालसम्म दुईओटा विधेयकमात्र पारित भएका छन् ।

यस्तै, जरुरी सार्वजनिक महत्वको प्रस्ताव, संकल्प र ध्यानाकर्षण प्रस्तावको अवस्था पनि उस्तै छ ।

विगतको परम्परालाई हेर्ने हो भने जारी अधिवेशन अब धेरै दिन चल्ने अवस्थामा छैन । किनभने, वैशाख २० गते सरकारले सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएकाले त्यसअघि नै बजेट अधिवेशन आह्वान भइसक्नुपर्छ ।

गर्नुपर्ने काम धेरै भएपनि यो अधिवेशन बढीमा चैत तेस्रो सातासम्ममात्र चल्ने अवस्था छ ।

‘कोरोना’ संक्रमणको त्रासले सांसदहरुकै मागअनुसार बैठक ७ गतेसम्मका लागि रोकिएको छ । त्यसपछि पनि बैठक सहजरुपले सुचारु हुने सम्भावना कम छ ।

हाल प्रतिनिधिसभामा ३३ र राष्ट्रियसभामा १२ ओटा विधेयक विचाराधीन छन् ।

नागरिकता र संघीय निजामती सेवासम्बन्धी विधेयक अतिआवश्यक र तत्काल पारित गर्नुपर्ने भएपनि जारी अधिवेशनबाट पारित हुने अवस्था छैन ।

जारी अधिवेशन पुस ४ गते आह्वान भएपनि पाँच हप्ता सभामुख चयनमै बित्यो । त्यसपछि पनि संसद सहज ढंगले अगाडि बढ्न सकेन ।

प्रतिपक्ष दल नेपाली कांग्रेसले लगातार तीन दिन बैठक अवरुद्ध गर्‍यो भने विधेयक पारितका लागि गणपूरक संख्या नपुगेर चार बैठक स्थगित गर्नुपर्‍यो ।

अधिवेशनले गर्नुपर्ने थुप्रै काम बाँकी रहेकाले जारी अधिवेशन नाममात्रैको विधेयक अधिवेशनमा सीमित भएको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

लामो बिदामा बालबालिकालाई घरमै कसरी हेरविचार गर्ने ?

Next Post

सिनेमा हल, जीम र डान्स बार बन्द गर्ने सरकारको निर्णय

Next Post
सिनेमा हल, जीम र डान्स बार बन्द गर्ने सरकारको निर्णय

सिनेमा हल, जीम र डान्स बार बन्द गर्ने सरकारको निर्णय

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.