वैशाख, ०४
रामेछाप । आज (बिहिबार) गरिएको १५ जनाको ¥यापिट टेष्ट रिपोर्ट नेगेटिभ आएको छ । यस अघि ३७ जनाको रिपोर्ट पनि नेगेटिभ आएको थियो ।
जिल्लामा छिमेकी मुलुक भारत र अन्य विभिन्न देशबाट आएकाहरु मध्येबाट गरिएको टेष्टमा उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापमा प्रमुख जितेन्द्र कर्णले जनता भ्वाईसलाई जानकारी दिनुभयो ।
यसैबिच उहाँले ६९ जनालाई क्वारेन्टाइनमा राखिएको जानकारी दिनुभयो । कोरोना संक्रमणको सम्भावित जोखिमतालाई ध्यानमा गर्दै जिल्लाका ८ वटै स्थानीय तहमा हालसम्म ३ सय १ शैया क्वारेन्टाइन र ५८ शैयाको आइसोलेसन कक्ष स्थापना गरिएको जानकारी बताउनभएको हो ।
बिहिबारसम्म जिल्लाको मन्थली नगरपालिकामा ७ जना, रामेछाप नगरपालिकामा २६ जना, सुनापति गाउँपालिकामा १६ जना, खाँडादेवी गाउँपालिकामा ६ जना, गोकुलगंगा गाउँपालिकामा ८ जना र लिखुतामाकोशी गाउँपालिकामा ६ जनालाई क्वारेन्टाइनमा राखिएको उहाँको भनाई छ ।
६७ जना होम क्वारेन्टाईनमा बसेका छन् । जस्मा मन्थली नगरपालिकामा २२, रामेछाप नगरपालिकामा ७, दोरम्बा गाउँपालिकामा ७, सुनापति गाउँपालिकामा ६, खाँडादेवी गाउँपालिकामा ११ र गोकुलगंगा गाउँपालिकामा ५ शैयाको आइसोलेसन कक्ष स्थापना गरिएको कर्णले बताउनुभयो ।
त्यस्तै मन्थली नगरपालिकामा ३६, रामेछाप नगरपालिकामा ७०, दोरम्बा गाउँपालिकामा १६, खाँडादेवी गाउँपालिकामा ४३ , गोकुलगंगा गाउँपालिकामा ३४, उमाकुण्ड गाउँपालिकामा ५३ र लिखुतामाकोशी गाउँपालिकामा ४९ शैया क्वारेन्टाइन स्थापना गरिएको कर्णले जानकारी दिनुभयो ।
कर्णले भारत लगायत विदेशबाट फकिर्एका सर्वसाधारणलाई स्वास्थ्यकर्मीको सम्पर्कमा आउन र सभ्य नागरिकाको पहिचान दिन पनि आग्रह गर्नुभएको छ । साथै हाल सम्म जिल्लामा कुनै संक्रमित ब्यक्ति नपाएको भन्दै जिल्ला बासिमा विपदबाट न आतिन आग्रह गर्नुभयो ।