वैशाख ०४,
रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकामा पहिलो चरणको दुरत परीक्षण सुरु गरेको छ । विश्वभरि आतङ्कित बनेको कोरोना भाईरस संक्रमणको पहिलो चरणको ¥यापिड टेष्ट सुरु भएको पालिकाका प्रमुख खड्ग सुनुवारले जनता भ्वाईसलाई जानकारी दिनुभयो ।
पालिकाले विदेशबाट आएर होम क्वारेन्टाइनमा बसेकाहरुको बिहिबारदेखि दु्रत परीक्षण गर्न सुरु गरेको हो । जसमा बिहिबार ६ नम्बर वडास्थित फर्पू स्वास्थ्य चौकीमा ४ जनाको परीक्षण गरिएको छ । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
त्यस्तै ५ नम्बर वडा नामाडीमा पनि विदेशबाट आएका १२ जना होमक्वारेन्टाइनमा बसेका छन् । उनीहरुको नामाडी स्वास्थ्य चौकीमा परीक्षण भइरहेको गोकुलगंगा गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक जागिर रायले जानकारी दिनुभयो ।
पालिकाले बिहिबार मात्रै रामेछाप अस्पतालबाट ४२ वटा दू्रत परीक्षण किट लगेर परीक्षणको काम सुरु गरेको संयोजक रायको भनाई छ । पालिकामा बाहिरबाट आएकाहरु सबैको परिक्षण गर्ने पालिकाको तयारी छ ।
स्वास्थ्य कार्यालय रामेछापका अनुसार हालसम्म जिल्लाका विभिन्न स्थानमा गरिएको ५२ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ