Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कृषि उत्पादनको व्यवस्थापन र अनुदान उपलब्ध गराउन इन्सेकको माग

Kumar Shrestha by Kumar Shrestha
April 28, 2020
in समाचार
0
कृषि उत्पादनको व्यवस्थापन र अनुदान उपलब्ध गराउन इन्सेकको माग
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter


रामेछाप । बैशाख १६ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले कृषि उत्पादनको व्यवस्थापन र किसानलाई अनुदान उपलब्ध गराउन सरकारसँग माग गरेको छ । इन्सेक बागमती प्रदेशले एक विज्ञप्ति प्रकाशित गरि सरकारसँग सो माग गरेको हो ।
विश्वमा माहामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणको डसले गरिएको बन्दाबन्दिका कारण कृषकले उत्पादन गरेको कृषि उपजले बजार नपाएको प्रदेश संयोजक कृष्ण गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अहिले देशका प्रमुख बालि धान, मकै, दलहन तथा तरकारी खेतिको मौसम सुरु भएको भए पनि किसानले सहज रुपमा आफ्नो काम गर्न नपाएको विज्ञप्तिमा जानाइएको छ । मुख्य खाद्यबाली तथा तरकारी बाली लगाउने समयमा देशभर रासायनिक तथा प्राङ्गारिक मलको अभाव भएको समेत इन्सेकले जनाएको छ ।
किसानहरूलाई सहज रूपले रासायनिक मल, प्रांगारिक मल र गुणस्तरीय बिउबिजन तथा सिँचाईको व्यवस्था गर्नु राज्यको दायित्व भएको बताउँदै किसानहरूलाई चाहिने मल, बीउबिजनलगायतका कृषि सामग्रीमा अनुदान उपलब्ध गराउन इन्सेकले माग गरेको छ ।
लकडाउन सुरु भएको एक महिना पुगिसक्दा पनि कृषकले खेतिका लागि आवश्यक मल, बीउ नपाएको बागमती प्रदेशस्थित इन्सेक प्रतिनिधिहरूले पठाएको प्रतिवेदनबाट सूचना प्राप्त भइरहेको जनाउँदै त्यसको तत्काल व्यवस्था गर्न इन्सेकले माग गरेको छ ।
अझ कृषकको उत्पादनले बजार नपाउँदा काभ्रे, मकवानपुर, चितवन, धादिङ, नुवकोट लगायत जिल्लाका कृषकहरू मर्कामा परेका विज्ञप्तिमा जनाइएको छ । कृषकले उत्पादन गरेको ताजा तरकारी बारिमै कुहिएको तथा पशुपालक किसानले उत्पादन गरेको दुधले बजार नपाउँदा किसान मर्कामा परेको विज्ञप्तिमा जनाइएको छ । यसगरी घाँस र दाना उपलब्ध नहुँदा किसानलाई पशुपंक्षि बचाउन समेत गारो भएको विज्ञप्तिमा उल्लेख छ ।
इन्सेकले किसानको उत्पादनलाई बजारमा पुर्याउने र कृषकलाई सर्वशुलभ रूपमा आवश्यक मल, बिउको व्यवस्था गर्न संघीय, प्रदेश तथा स्थानीय तीनै तहका सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
यसैबीच, संविधानले प्रदत्त गरेको अभिव्यक्ति स्वतन्त्रता विरुद्ध बिचार र अभिव्यक्ति कुण्ठित हुने गतिविधि देखिएकोले मानव अधिकार र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न समेत सरकारको विज्ञप्ति मार्फत सरकारलको ध्यानाकर्षण गराइएको छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

माकुनेको बुइ चढेर सत्ता हत्याउने प्रचण्डको छिर्के दाउ

Next Post

क्रियाशील पत्रकार महिलाकी अध्यक्ष माथी प्रहरिले गर्यो अभद्र व्यवहार

Next Post
क्रियाशील पत्रकार महिलाकी अध्यक्ष माथी प्रहरिले गर्यो अभद्र व्यवहार

क्रियाशील पत्रकार महिलाकी अध्यक्ष माथी प्रहरिले गर्यो अभद्र व्यवहार

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.