Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आज साँझ ७ बजे सबै नेपालीको घर घरमा दिप प्रज्वलन

जनता भ्वाइस by जनता भ्वाइस
May 7, 2020
in समाचार
0
आज साँझ ७ बजे सबै नेपालीको घर घरमा दिप प्रज्वलन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वैशाख २५,

रामेछाप । सरकारले आज (बिहिबार) साँझा ७ बजे दीप प्रज्वलन गर्न सबैमा नेपालीमा आवह्ववान गरेको छ । कोरोना भाइरस महामारी संग जुधिरहेको बेला कोरोना विरुद्धको संघर्षमा ऐक्यवद्धता जनाउन २५६४ बुद्ध जयन्तिको अवसर पारेर यस्तो आवह्ववान गरेको हो ।

विश्व शान्तिका अग्रदूत सिद्धार्थ गौतमको जन्मजयन्तिको अवसर पारेर सारा नेपालीको घर घरमा दियो बाल्न सरकारले आग्रह गरेको हो ।
कोरोनाको महामारी विरुद्ध स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षकर्मी, स्वयंसेवक, संक्रिमित ब्यक्तिहरुको कामना सहित दियो बाल्न लागिएको छ । मृत्यु भएकाहरुको आत्माको शान्तिको कामना गरिने छ । आज सरकाले सार्वजनीक विदा पनि दिएको छ ।


कोरोना भाइरस संक्रमितको संख्या बुधबार मात्रै एकै परिवारका १७ जनामा पुष्टि भएर ९९ जना पुगेको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।

यसैबिच राष्ट्रपति विद्यादेवी भण्डारीले २५६४ औँ बुद्धजयन्तीका उपलक्ष्यमा विश्वभरका बौद्धमार्गी एवं स्वदेश तथा विदेशमा रहेकाशान्ति र अहिंसाप्रेमी प्रति शुभकामना व्यक्त गर्नुभएको छ । आजको यस दिनले विविधताबीच एकताको खोजी गर्दै आपसी मेलमिलापका साथ शान्ति र प्रगतिका पथमा अघि बढ्न हामी सबैलाई उत्साह, उमङ्ग र प्रेरणा प्रदान गर्ने अपेक्षा उहाँले बुद्धजयन्तीको शुभकामना सन्देशमा व्यक्त गर्नुभएको छ ।


बौद्धदर्शनका प्रवत्र्तक तथा शान्तिदूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

यसैबिअ प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीनै बुद्धको जन्मस्थल रहेको बताउनुुभएको छ । २५६४ ओं बद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गदै प्रधानमन्त्री ओलीले बुद्ध दर्शनले विश्व शान्तिमा पुर्‍याएको योगदानको पनि प्रशंसा गर्नुभयो । ओलीले बुद्ध लुम्बिनीमा जन्मिएको अनेक प्रमाण रहेको बताउनुभयो । फाइल फोटो

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

आज शान्तिका अग्रदुत गौतमको जन्मजयन्ति

Next Post

लकडाउनमा पनि पोकलीमा विकास निर्माणको काम धमाधम

Next Post
लकडाउनमा पनि पोकलीमा विकास निर्माणको काम धमाधम

लकडाउनमा पनि पोकलीमा विकास निर्माणको काम धमाधम

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.