वैशाख २५, प्रवीण मुनाल
ओखलढुंगा । लकडाउनको समयमा पनि पोकलीमा विकास निर्माणको काम धमाधम भइरहेको छ । कोरोना भाईरसको नियन्त्रण र रोकथामको लागि सरकारले लकडाउन गरिरहेको अवस्थामा पनि विकास निर्माण लगायतका काम अघि बढाउन सरकारले निर्देशन छ । त्यसै अनुसार सँगै पोकलीमा पनि विकास निर्माणको काम अघि बढेको हो ।
ओखलढुंगाको लिखु गाँउपालिका ९ मा रहेको झरना वरिपरि अहिले पुर्वाधार निर्माणको काम भइरहेको छ । संघिय सरकारको सहयोगमा अहिले २५ लाख बजेटमा स्थानीय मजदुरद्धारा झरना पुग्ने सिँडी निर्माण लगाएतको काम धमाधम भइरहेको पोकली झरना सेवा समाजका अध्यक्ष मिलन बिष्टले जानकारी दिए ।
आवस्यक स्वस्थ सतर्कतका उपाय अपनाएर पोकलीमा पुर्वाधार निर्माणको काम सञ्चालन भइरहेको उनले बताए । आगामी असार अगावै निर्माण सम्पन्न गर्ने गरि अघि बढेको कामको गाँउपालिका र समाजको टोलीले बेला बेलामा अनुगमन गरिरहेको उनको भनाई छ । लकडाउनका बिच पनि काम गुणस्तरयुक्त र अझ आकर्षक रहेको समाजका अध्यक्ष बिष्टले बताएका छन् ।