काठमाडौं । सिन्धुपाल्चोक र नुवाकोटको सिमाना पर्ने चिसापानीमा दुई दिने पर्यटन पत्रकारीता सम्बन्धि तालिम सुरु भएको छ ।
पत्रकार महासंघ वागमती प्रदेशको आयोजनामा सुरु भएको उक्त तालिमको उद्घाटन नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपल पोख्रेलले गरेका हुन् ।
पत्रकार महासंघ वागमती प्रदेका अध्यक्ष शिव देवकोटाको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रका असरमा बोल्दै अध्यक्ष पोखरेलले पर्यटन र अर्थ एक अर्काका परीपुरक भएकोले आर्थिक लाई मजवुद बनाउन पर्यटनका समाचारहरुलाई बढि भन्दा बढि प्रकाशन र प्रसारण गर्नुपर्ने बताए। उनले अहिलेको सञ्चार माध्यममा कस्ले के वोल्यो भनेर बढि स्थान पाउने गरेको भएपनि यसले कुनै अर्थ नराख्ने बताए ।
सो अबसरमा बोल्दै पत्रकार महासंघका लेखा समितिका संयोजक लेखनाथ न्यौपानेले हाम्रा मिडियाहरुमा राजनैतिक समाचारहरु बढि आउने तर पर्यटन सँग सम्बन्धित समाचारहरु कम आउने भएकाले पनि पर्यटन क्षेत्र ओझेलमा पर्न लागेको बताए ।
त्यस्तै पत्रकार महासंघका केन्द्रीय सदस्य ध्रुव रावलले पनि कार्यक्रमका बोल्दै अन्य प्रदेशको तुलनामा यस प्रदेशमा तालिमका कार्यक्रमहरु बढिनै भएको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे । सो अबसरमा प्रशिक्षक कुवेर चालिसे र पत्रकार महासंघ नवाकोटका अध्यक्ष कपिलदेव खनाल लगाएतले आ आफ्नो मन्तब्य राखेका थिए । तालिममा वागमती प्रदेश अन्तर्गतका ९ वटा जिल्लाका १८ जना पत्रकारहरुको सहभागिता रहेको छ ।
रामेछाप । नेपाल बिद्यार्थी संघबाट प्रतिनिधित्व गरेर स्वतन्त्र विद्यार्थी युनियनमा निर्वाचित प्रतिनिधिहरु सम्मानित भएका छन् ।
मंगलबार मन्थलीमा गिरिजाप्रसाद कोइराला फाउन्डेसन रामेछापले स्वर्गीय नेपाली काङ्ग्रेसका निवर्तमान सभापति गिरिजाप्रसाद कोइरालाको १३ औं स्मृति दिवसको अवसर पारेर नेपाल बिद्यार्थी संघबाट प्रतिनिधित्व गरेर स्वतन्त्र विद्यार्थी युनियनमा निर्वाचित प्रतिनिधिहरुलाइ सम्मान गरेको हो ।
गिरिजाप्रसाद कोइराला फाउन्डेसन रामेछापका अध्यक्ष दिपक खड्काको अध्यक्षतामा सम्मपन्न कार्यक्रमलाई सम्भोधन गर्दै नेपाली कांग्रेस नेता तथा महाधिवेशन प्रतिनिधि धुर्बहरी ढुङेलले गिरिजाप्रसाद कोइरालाले कहिले पनि पछि फर्केर हेर्ने काम नगरेको र आफ्नो मुद्दामा अडान भएर बस्ने नेताको रुपमा आफ्नो पहिचान बनाएको बताए ।
ढुङेलले कोइराला संग लामो समय संगै जेल जीवन बिताएको कुरा स्मरण गर्दै कोइराला जतिको आटिलो नेता अब नेपालमा नजन्मने बताए । कार्यक्रममा नेपाली काङ्ग्रेसका उपसभापति लेखबहादुर कार्की , कांग्रेसका नेताहरु कुमार श्रेष्ठ पत्रकार महासंघका अध्यक्ष बद्री नयाँघरे नेबि संघका जिल्ला सभापति बिनोद बुढाथोकी लगाएतले बोल्दै गिरिजाप्रसाद कोइरालाले देशलाई निकास दिएर बिदा भएको भन्दै कसैले कहिलै बिर्सन नसक्ने भन्दै निर्वाचित स्ववियु प्रतिनिधि हरुलाइ बधाई दिएका छन ।
रामेछाप । राष्ट्रिय युवा सङ्घ नेपाल रामेछाप जिल्ला कमिटीको अध्यक्षमा सुरेन्द्र कार्की चयन भएका छन् ।
मङ्गलवार सदरमुकाम मन्थलीमा सम्पन्न भएको युवा सङ्घको सातौँ अधिवेशनले कार्कीको नेतृत्वमा ४७ सदस्यीय नयाँ जिल्ला कमिटी बनाएको हो ।
अधिवेशनले युवा सङ्घको उपाध्यक्षमा मनिता सुनुवार, सचिवमा शिव सागर मगरलाई चयन गरेको छ ।
त्यसै गरी सहसचिवमा रामहरि कार्की र बलराम थापा मगर चयन हुँदा कोषाध्यक्षमा दीपक भण्डारी चयन भएका छन् ।
सोमबार राष्ट्रिय युवा सङ्घ नेपालका अध्यक्ष एवं एमाले केन्द्रीय सदस्य किरण पौडेलले राष्ट्रिय युवा सङ्घ नेपाल रामेछापको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गरेका थिए ।
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो पटक संसद्बाट विश्वासको मत पाएका छन् ।
प्रधानमन्त्री प्रचण्डले सोमबार पुनः विश्वासको मत लिएका हुन् । यसअघि उनले पुस २६ गते विश्वासको मत लिएका थिए ।
आज प्रतिनिधिसभा बैठकमा २६२ जना सांसद उपस्थित थिए । जसमध्ये प्रचण्डको पक्षमा १७२ मत खसेको थियो ।
रामेछाप । सुनापति–शैलुङ अन्तराष्ट्रिय अल्ट्रा म्याराथन प्रतियोगितामा सोलुका धावक सुमन कुलुङ प्रथम भएका छन् । शनिबार भएको ५५ किलोमिटर लामो म्याराथन ५ घण्टा २६ मिनेट ५८ सेकेन्डमा पूरा गरी कुलुङ प्रथम भएका हुन् ।
प्रतियोगितामा वेदबहादुर सुनुवारले दोस्रो स्थान हासिल गरे । उनले उक्त दुरी ५ घण्टा २९ मिनेट ४० सेकेण्डमा पूरा गरेका थिए । त्यसैगरी धावक दुर्गाराज बुद्धले ५ घण्टा ४४ मिनेट २० सेकेण्डमा उक्त दुरी पूरा गरेर तृतीय स्थान हासिल गरेका थिए ।
सुनापतिबाट बिहान ७ बजे सुरु भएको प्रतियोगिताका धावकहरु सुनापति डाँडा, खाँडादेवी मन्दिर, गाल्वा, अग्लेश्वर, दोरम्बा, डाँडाकटेरी, धारा, राजभीर गुफा, छांगा, घलेडाँडा हुँदै शैलुङ पुगेका थिए ।
यसैगरी २५ किलोमिटर लामो सुनापति–शैलुङ अन्तराष्ट्रियअल्ट्रा म्याराथन भने मोहन देव जोशीले जितेका छन् । जोशीले उक्त दुरी ३ घण्टा ८ मिनेट ३९ सेकेण्डमा पूरा गरेका थिए । उक्त म्याथनमा देवराज महतराले ३ घण्टा १० मिनेट १० सेकेन्डमा उक्त दुरी पूरा गरेका थिए भने तृतीय स्थान होमलाल श्रेष्ठले हासिल गरेका थिए । उनले उक्त दुरी ३ घण्टा १४ मिनेट ५ सेकेण्डमा पूरा गरेका थिए ।
राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम) र परिषद्का सदस्य सचिव टंकलाल घिसिङलगायतले शुभारम्भ गरेका थिए ।
रामेछाप । रामेछाप नगरपालिका भित्र संचालनको तयारीमा रहेका योजनाहरु मध्य आधा योजना पनि संझौता हुन सकेका छैनन् । कार्यालयको ढिलासुस्ति संगै उपभोक्ताहरुले देखाएको कम चासोका कारण प्रस्तावित मध्य अधिकाँश योजना संझौता हुन नसकेका हुन ।
तर नगरपालिकाको बैठकले भने समयमानै योजना संझौता प्रस्तावित निति भित्र बसेर योजना फर फारक गर्न र सबै वडा कार्यालयले प्रस्तावित योजनाको संझौता गर्नका लागि समयमानै सर्वजनिक सूचना र औपचारिक रुपमा जानकारी गराई सकेको छ ।
तर पनि हाल सम्म कुल संख्याको आधा भन्दा कम योजना मात्र सझौताका लागि सकेको नगरका योजना शाखाका प्रमुख नारायण कार्किले बताए ।
योजना संझौताका काम बाँकि रहेको भएपनि रामेछाप नगरपालिकाले संझौता भई काम सकिएका योजनाहरुको स्थलगत रुपमा अनुगमन गर्नै कामलाई भने महत्वका साथ अगाडि बढाई रहेको नगरकि उप प्रमुख बाला कुमारी कार्किले बताइन्।
अहिले सम्म संचालित योजना र संझौेता हुन बाँकि रहेका कामको गतिलाई नियाल्दा नगरको विकासले गत बर्षको भन्दा बढी गतिलिने अबस्था नदेखिएको नगरपालिकाका ईन्जिनियर प्रविण गिरिले बताए ।
नेपाल विद्यालय कर्मचारी परिषद् जिल्ला कार्य समिति रामेछापले विभिन्न माग सहित ध्यानाकर्षणपत्र बुझाएको छ । परिषदले आज शिक्षा तथा समन्वय ईकाई रामेछापमा ध्यानाकर्षणपत्र बुझाएको हो ।
राज्यले बिधालयमा भएका कर्मचारीलाई दिएको सेवासुविधा ज्यादै न्युन भएको भन्दै नेपाल कर्मचारी परिषदको केन्द्रीय परिपत्र अनुसार ध्यानाकर्षण पत्र बुझाईएको परिषद रामेछापका अध्यक्ष रमेश तामाङले बताए ।
विधालय कर्मचारीले बुझाएको ध्यानाकर्षणलाई सम्बन्धित निकायमा यथासक्य छिटो पुर्याउने ईकाईका प्रमुख भरत भट्टराईले बताए ।
ध्यानाकर्षण पत्र यस्तो छ :
श्रीमान प्रमुखज्यू ,
शिक्षा विकास तथा समन्वय इकाइ
मन्थली, रामेछाप
विषय – तलबमान कायम गरी दरबन्दीमा समायोजन गर्नका लागि ध्यानाकर्षणका साथै सम्बन्धित निकायमा परिपत्र गरिदिनु हुन।
शिक्षा ऐन २०२८ बमोजिम सामुदायिक विद्यालयहरुमा नियुक्ति भई सेवा गरिरहेका हामी विद्यालय कर्मचारीहरुलाई शिक्षा ऐन २०२८ को वास्ता नगरी लामो समयसम्म विद्यालयहरुको आन्तरिक श्रोतबाट पारिश्रमिक लिनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भयो । जसले गर्दा विद्यालय कर्मचारीहरुको भविष्य अन्यौलतातिर धकेलिदै गयो । तर सङ्गै कार्यरत शिक्षकहरुलाई २०४६ सालको जनआन्दोलन पश्चात स्वतः स्थायी भई सेवा सुविधाको अवसर प्राप्त भयो । सोही कुराबाट प्रेरित भएर २०४७ सालबाट विदयालय कर्मचारीहरु सङ्गठित भई विभिन्न खालका सङ्घ संगठन तथा समुह बनाई पेशागत हकहितको लागि संघर्ष गर्न थाले । विद्यालय कर्मचारीहरुको लामो समयको संघर्षपछि २०६७ सालमा भएको शिक्षा नियमावलीको छैठौ संसोधनले सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको लागि निश्चित अनुदान उपलब्ध गराउने व्यवस्था भयो, जसले गर्दा विद्यालय कर्मचारीहरुलाई थोरै भए पनि राहतको व्यवस्था भयो तर पूर्ण सेवा सुबिधाको व्यवस्था भने भएन । जुन अनुदान द्वारा हालसङ्घिय सरकारले सामुदायिक विद्यालयमा कार्यरत कार्यालय सहयोगीलाई रु.८,०००\- र लेखापाललाई रू.१३,५००\- मात्रै हुने गरी थोरै रकम उपलब्ध गराउदै आएको छ । जबकी सोही पद र हैसियतका निजामति सेवाका कर्मचारी (कार्यालय सहयोगी) लाई मासिक २४,७१०\- र लेखापाल (ना.सु. मासिक रु. ३४,७३०\- पोशाक भत्ता रु. १०,०००\- महंगी भत्ता रू.२,०००\-तथा दुर्गम भत्ता लगायतका विविध सुबिधाहरुको व्यवस्था नेपाल सरकारले दिईदै आएको छ ।
विद्यालयमा सँगै सेवा गरेको भएपनि शिक्षक र विद्यालय कर्मचारीबीच पनि सेवा–सुविधाका हिसाबले ठूलो भिन्नता रहँदै आएको छ ।एउटै विद्यालयमा कार्यरत शिक्षक र विद्यालय कर्मचारी बिच हुने विविध खालको विभेदलाई विगतका शिक्षा ऐनमा विद्यालय कर्मचारीसम्बन्धी व्यवस्था नहुँदा सँगै काम गरेपनि शिक्षकले पेन्सनलगायतका सुविधा पाउँदा विद्यालय कर्मचारीहरु भने बृद्वाबस्थामा खाली हात विदा हुँदै घर फर्किनुपर्ने बाध्यता रहदै आएको छ । संघिय सरकारले विद्यालय कर्मचारीहरुलाई आवश्यक सुविधा दिनको लागि सधै आनाकानी गरिरहेको छ । संघिय सरकारले विद्यालय कर्मचारीलाई स्थायी प्रक्रियामा लाने र शिक्षकहरु सरह सुविधा उपलब्ध गराउने आश्वासन दिदै विगत लामो समयदेखि श्रम ऐनले तोकेको न्युनतम पारिश्रमिक पनि नदिएर श्रमशोषण गरिरहेको कुरा अवगत नै छ ।
वितेका दशकमा मात्रै हेर्ने हो भने देशमा कैयौ पटक सरकार फेरिए । कयौ राजनितिक दलले सरकार चलाय तर विद्यालय कर्मचारीको समस्या भने जस्ताको त्यस्तै रह्यो । शिक्षक र निजामति तर्फका कर्मचारीहरुको बर्षैपिच्छे पारिश्रमिक बढिरहँदा सामुदायिक विद्यालयका कर्मचारीको सेवा सुबिधा तथा पारिश्रमिकको विषयमा कुनै पनि सरकारको पालामा सम्बोधन हुन सकेन । तर पनि हामी विद्यालय कर्मचारीहरु भोको पेट लिएरै भए पनि विद्यालयको काम काजमा सकृयताका साथ साँझ, बिहान, दिउसो, शनिवार, वर्षे विदा, हिउदे विदा, चाडपर्व विदा केही नभनी निरन्तर लागिरह्यौ ।
विद्यालय कर्मचारीहरुको समस्या ज्यूँ का त्यूँ रहनुको कारण के होला ? राज्य सञ्चालकहरु किन विद्यालय कर्मचारीको विषयमा गम्भीर नभएका होलान् ? किन सरकारले विद्यालय कर्मचारीहरुको श्रम शोषण गरिरहेको छ ?किन विद्यालय कर्मचारीहरुलाई सौतेनी व्यबहार गरिन्छ ? सरकारले विद्यालय कर्मचारीको श्रमको मूल्याङकन् किन गर्दैन ? यस्ता यावत प्रश्नको उत्तर नपाउँदाको छटपटि वयान गरी साध्य छैन ।
सरकारले नै श्रमिकको मासिक न्युनतम तलब १५ हजार रुपैंया तोकेको भए पनिसरकारकै निर्णयबाट समेत वञ्चित वर्ग हो विद्यालय कर्मचारी । दिन प्रतिदिन महङ्गी बढिरहेको बेला मासिक रू.८,०००\-र रू.१३,५००\- पारिश्रमिक लिने विद्यालय कर्मचारीको घरव्यवहार चलाउन, छोराछोरी पढाउन, र बिरामी हुँदा उपचार खर्चको जोहो गर्नको लागी साह्रै समस्या भएको छ । आज के खाउँ ? भोलि के लाऊँ ? परिवार कसरी पालौ ? भन्ने अवस्थामा रहेका विद्यालय कर्मचारीबाट के खालको कार्य सम्पादन हुने होला ? भन्ने तर्फ किन सरकार सोच्दैन । हामी विद्यालय कर्मचारीलाई चाहि महङ्गी नबढेको हो र? निरीह विद्यालय कर्मचारी र कार्यालय सहयोगी भने केही हुन्छ कि भन्ने आश गरेर बसेको दयनीय अवस्था छ । “पाकेछ अब झर्छ भनेर मुख आँ गर्दै आँपको फेदमा बस्नु” भने जस्तै सारा विद्यालय कर्मचारी र कार्यालय सहयोगी सेवा सुविधाको आशामा बसेको लामो समय भै सकेको छ । कहिले सम्म यही अवस्थामा बस्नु पर्ने हो भन्ने यकिन कुरा कँही कतैबाट नआउनु भनेको हामी विद्यालय कर्मचारीहरु प्रति गरिएको बेवास्तापन हेपाहा प्रवृत्ति नै हो ।
विगत लामो समय देखि सरकारले विद्यालय कर्मचारीका विषयमा कुनै पनि कुरामा ध्यान दिईएन । सरकारले वर्षैपिच्छे बजेट बनाउँदा विद्यालय कर्मचारीका हक हितमा कहिल्यै पनि गम्भीर भई सोचेको भेटिएन । मासिक ३६ हजार रुपैंया तलब खाने सरकारी ओहोदाको कर्मचारी र मासिक ८,०००\- तलब खाने विद्यालय सहयोगी बिचको तलब स्केललाई आधार मानेर प्रतिशतमा तलब निर्धारण गर्दा विद्यालय कर्मचारी माथि पटक पटक ठुलो अन्याय भएको छ । विद्यालय कर्मचारीका सवालमा थुप्रै समस्या छन् । सरकारको कोषबाट तलब खाने एउटा नेपाली नागरिक मासिक ८,०००\- रुपैंयाबाट गुजारा गरिरहेको छ भन्ने कुरा भन्दा या सुन्दा साह्रै लज्जास्पद कुरा हुन्छ । ता की उच्च ओहोदाका निजामति कर्मचारीहरु र यो देशको सरकार सञ्चालकहरुले बिद्यालय कर्मचारीको तलवको कयौ गुणा बढी रकम बैठक भत्ता बापत लिने गर्दछ । सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी र कार्यालय सहयोगीको यो विवशता समाधानका बारेमा विधि सम्मत निकाश निकाल्ने जिम्मा सरकारकै हो । त्यसैले सरकारले बेलैमा सोच्नुपर्ने देखिन्छ ।
आर्थिक वर्ष २०७८\०७९ को बजेट भाषणबाट नेपाल सरकारका दरबन्दी तथा करारमा नियुक्ति भई कार्य गरिरहेका सम्पुर्ण शिक्षक तथा निजामति कर्मचारीहरुलाई तलब भत्ता वृद्वि गरियो तर सोही सामुदायिक विद्यालयमा झिनो अनुदानबाट तलब भत्ता प्राप्त गरी कार्य गरिरहेका बिद्यालय सहयोगी जो बिहान अरु शिक्षकहरुभन्दा पहिले विद्यालयमा आई कक्षा कोठाहरु खोली सम्पुर्ण कक्षाकोठाहरु सरसफाई गर्ने र साँझमा सबै शिक्षकहरु घर गईसकेपछी सबैभन्दा अन्तिममा कक्षाकोठाहरु बन्द गरी घर जानुपर्दछ । त्यस्तै बिद्यालयको लेखा कर्मचारी (लेखापाल) जसले विद्यालय सञ्चालन गर्नको लागि सम्पुर्ण ठेक्का नै लिए झै गरी विद्यालयको आर्थिक क्षेत्र, प्रसाशनिक क्षेत्र, परीक्षा, पुस्तकालय आदिको सम्पूर्ण जिम्मा लिई बिहान, बेलुकी, साँझ, शनिवार तथा सार्वजनिक विदा केही नभनि कार्य गर्नुपर्दछ । निजामति तर्फको कार्यालय सहयोगी (पियन) को समेत मासिक पारिश्रमिक २४,७१०\- हुँदा हामी विद्यालयको कर्मचारीहरु (जसले विद्यालयको सम्पुर्ण कार्यभार सम्हाल्नुपर्दछ) को पारिश्रमिक श्रम ऐनले तोकेअनुसार न्युनतम पारिश्रमिक पनि नहुँदा हामीलाई साह्रै हिनताबोध भएको छ ।यसरी विद्यालय कर्मचारीहरुलाई धेरै कामको भार थमाएर उचित सेवा सुविधा उपलब्ध नगराउदा हामी विद्यालय कर्मचारीहरुको पेशा सङ्कटमा परेको महसुस भएको छ । आ.ब. २०७८\०७९ को बजेट भाषणले हामी विद्यालय कर्मचारीहरुलाई आफ्नो सेवा क्षेत्रमा रही कार्य सम्पादन गर्न “नखाँउ भने दिनभरीको सिकार खाउ भने कान्छा बाउको अनुहार” भनेझै भएको छ ।
त्यसैले नेपाल बिधालय कर्मचारी परिषद राष्ट्रिय समिती२०७९ फागुन ८ र ९ गते को तेस्रो राष्ट्रिय सम्मेलन को घोषणा पत्र- २०७९ एवम् गत भाद्र १ गते देखि गरियको आन्दोलन एवम् भाद्र १३ गते देखिको वार्ता अनि तेसबाट निस्कियको निकासका रुपमा पुर्व शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री माननीय देबेन्द्र पौडेल ज्यु को मन्त्री स्तरीय निर्णय अनुसारको नेपाल सरकार को निजामती सहायक लेखापाल र कार्यालय सहयोगी प्रथम स्तर को तलब निम्नानुसार तोकिएको र हाल सम्म भाद्र देखि नेपाल सरकार अर्थ मन्त्रालय को योजना तथा बजेट महाशाखा मा राखियको व्यहोरा जानकारी गराउदै तत्काल उक्त तलबमान लाई आगामी बजेटमा सम्बोधन गराउनका निम्ति आवश्यक परिपत्र गरिदिनु हुन यो ध्यानाकर्षण पत्र पेश गर्दछौ।
यदि यसरी पेश गरियको ध्यानाकर्षण पत्र लाई कुनै सम्बोधन नगर्ने वातावरण बनेमा देश ब्यापी बिधालय बन्द जस्तो कार्यक्रम नेपाल विद्यालय कर्मचारी परिषद् केन्द्रिय समितिले निकट दिनमै गर्ने योजनाभएको हुदा यसबाट पर्ने असरको सम्पुर्ण जिम्मेवारी सरोकारवाला निकाय रहने समेत जानकारी गराइन्छ। साथै भाद्र १३ गते देखि को वार्ता र सहमति अनुसारको निर्णय को छाया प्रती समेत सम्लग्न गरियको छ।
हाम्रा मागहरू :
१. पूर्ण सेवा सुविधाको ग्यारेन्टी तत्काल गर्नु पर्ने ।
क) विद्यालय कर्मचारी सहायक (लेखापाल) हरू का लागि रू. ३४,७३०/- + २०००/- ३६,७३०/-
ख) विद्यालय सहयोगीहरू का लागि रू. २४,७१०/- + २०००/- २६,२१०/-
२. संघीय शिक्षा ऐन / शिक्षा ऐन, २०२८ को संशोधनमा प्रबन्ध गरिनु पर्ने ।
क) सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरूलाई दरबन्दीमा समायोजन गरी एक पटकका लागि प्रक्रिया पुयाई स्थायी प्रक्रियामा लगिनु पर्ने,
ख) संघीय शिक्षा ऐन जारी हुँदाका बखतसम्म अविच्छिन्न सेवामा कार्यरत विद्यालय कर्मचारीहरू लाई एक पटकका लागि उमेर हद नलाग्ने प्रबन्ध गर्नु पर्ने,
ग) ६० वर्ष उमेर पुगेका विद्यालय कर्मचारीहरूलाई प्रचलित कानुन बमोजिम शिक्षक सरहको सेवा सुविधा उपलब्ध गराई स-सम्मान अवकाशको व्यवस्था गर्नु पर्ने,
घ) विद्यालय कर्मचारीहरूलाई उच्च शिक्षा अध्ययनका लागि अध्ययन विदा, सन्तति वृत्ति आदिको प्रबन्ध गरिनु पर्ने
ङ) विभिन्न समयमा गरिएका सहमति, सम्झौता तथा पटक पटक सर्वोच्च अदालतबाट दिइएको निर्देशन कार्यान्वयनमा ल्याउनुपर्ने।
सचिव अध्यक्ष
मिथुन थापा मगर रमेश तामाङ
नेपाल विद्यालय कर्मचारी परिषद् नेपाल विद्यालय कर्मचारी परिषद्
जिल्ला कार्य समिति रामेछाप । जिल्ला कार्य समिति रामेछाप ।
बोधार्थ
१) नेपाल विद्यालय कर्मचारी परिषद् वागमती प्रदेश कार्य समिति
२) नेपाल शिक्षक महासङ्घ जिल्ला कार्य समिति रामेछाप ।
रामेछाप । चैत्र ५ गते हुन लागेको स्ववियु निर्वाचनमा तालमेल गरेर चुनावमा भाग लिएका मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसका विद्यार्थी संगठनले घोषणा पत्र एवं प्रतिबद्धता सार्वजनिक गरेको छ ।
मन्थलीमा पत्रकार सम्मेलन गर्दै नेविसंघ, अखिल (क्रान्तिकारी) र अनेरास्ववियूले आज १३ बुँदे घोषणा पत्र सार्वजनिक गरेको हो ।
स्वतन्त्र बिद्यार्थी यूनियन मन्थलीको सहिद स्मृति वहुमुखी क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारी सहितको गठबन्धन बाट अविनाश कार्कीको अध्यक्षतामा ८ सदस्यिय प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन् ।
यसरी गठबन्धको तर्फबाट उमेद्वारी दिनेहरुमा सचिब कोषाध्यक्ष र सदस्यहरुमा क्रमश तेज बहादुर श्रेष्ठ,कविता खरेल,अनोज भुजेल, मनिषा काफ्ले, युवराज बुढाथोकी,बिनोदकुमार माझी, बिनिता माझी रहेका छन् । निर्वाचन तालिका अनुसार चैत्र ५ गते विहान ८ बजे देखि ४ बजे सम्म मतदान हुने छ ।
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघले आफना नव निर्वाचित पदाधिकारीहरुलाई सपथ तथा गोपनियताको सपथ ग्रहण गराएको छ । उसले बुधवार एक औपचारिक कार्यक्रमका वीच आफना नव निर्वाचित पदाधिकारीहरुको सपथ संगै पदस्थापन गराएको हो ।
सपथ कार्यक्रममा निर्वाचन अधिकृत राम प्रसाद पौडेलले अध्यक्ष नविन थापालाई र अध्यक्ष थापाले बाँकि पदाधिकारीहरुलाई सपथ गहण गराउनु भएको थियो । सपथ लगत्तै नव निर्वाचित पदाधिकारी हरुलाई संघका निर्वतमान अध्यक्ष केशब प्रसाद घिमिरेले पदस्थापन पनि गराउनु भएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिंदै रामेछाप उद्योग वाणिज्य संघले ब्यवसायिहरुको हक हित र अधिकारका लागि काम गर्नुका साथै अन्य पक्षसंग समेत समन्वयात्म्क रुपमा काम गर्न आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा नव निर्वाचित अध्यक्ष नविन कुमार थापाले आफनो समुहको जितले सबै ब्यवसायीहरुको जित भएको भन्दै आफनो कार्यकालमा आफुले सबै पक्षलाई समेटेर अघि बढ्ने धारणा राख्नु भयो । उहाँले पुर्व अध्यक्ष लगायतका अग्रजहरुको राय सल्लाह अनुसार आफुले काम गर्ने विश्वास दिलाउँदै सबै पक्षलाई सहयोगको लागि आग्रहपनि गर्नु भयो ।
कार्यक्रममा पुर्व अध्यक्षहरु लोक बहादुर श्रेष्ठ,पशुपति बहादुर खड्का र श्याम थापा,नेपाल पत्रकार महासंघका अध्यक्ष बद्री नयाँघरे लगायतका बक्ताहरुले पनि नब निर्वाचित पदाधिकारीहरुलाई शुभकामना दिंदै सबै संग समन्वय गरेर काम गर्नका लागि सुझाब दिनु भएको थियो । नब निर्वाचित पदाधिकारीको पहिलो बैठक आजै बसेको जानकारी संघका बरिष्ठ उपाध्यक्ष प्रकाश श्रेष्ठले दिनु भयो ।
रामेछाप । जिल्ला अदालत रामेछापले जवरजस्तीकरणी उद्योग सम्बन्धी मुद्धाका आरोपि पवन कठायतलाई सफाई दिने फैसला सुनाएको छ । जिल्ला न्यायाधिश ईन्दिरा शर्माको ईजलासले सोमबार सुनाएको फैसला पछि जवरजस्ती करणी उद्योग गरेको आरोपमा मुद्धा ब्यहोर्दे आएका पवन कठायततलाई आरोप प्रमाणीत नहुने ठहर गरेकाछ ।
सोमबार साँझ फैसला संगै फैसलाको प्रतिक्षामा अदालत परिसरमा बसेका विनु यादव र उनका सहयोगीले न्यायाधीश शर्मा र उहाँको फैसला प्रति आपत्ति जनाउदै नारा जुलुस सहित अदालत परिसरमा प्रर्दशन र तोडफोड गरेका थिए । उनिहरुले गरेको राखेका केहि गमला फुटाउनुका साथै मुलढोका नजिक राखिएका पानीको घडा पनि ढालेका थिए ।
पति सगको सम्बन्ध विच्छेद पछि अदालतमा विष पिउने देखि रंग फाल्ने सम्मको प्रदर्शन गर्दै आएकी विनु यादवले उनका सहयोगी समेतलाई साथ लिएर न्याय सम्पादन प्रति प्रश्न उठाउदै तोडफोडमा उत्रिएका थिए । सो क्रममा उनिहरुले अदालतमा आगो लगाउने र गोली नहाने सम्म बाहिर नजाने भन्दै केहि वेर प्रदर्शन गरेका थिए । केहि बेर प्रदर्शनको क्रममा विनु यादवले पटक पटक आफुले अन्याय भोग्नु परेको भन्दै आफुले जहिल्यै पिडामा वस्नु परेको कुरा वताएकी थिईन । अदालत परिसरमा केहि बेरको प्रदर्शन पछि यादवलाइ उनका कानुन व्यवसायीले सम्झाउदै बाहिर लगेका थिए । यादव वाहिरीदा समेत उनका समर्थकले अदालत परिसरमा गालि गलौज गर्दै थिए ।
यादवले आफ्नै काका ससुरा पवन कठायतले गत बैशाख ७ गते आफ्नै घरमा जवरजस्ती करणी गर्ने उद्योग गरेको आरोपमा उनी विरुद्ध मुद्धा दायर गरेकी थिईन । उक्त मुद्धाको प्रारम्भिक सुनुवाई गर्दै जिल्ला न्यायाधीश शर्माको ईजलासले कठायतलाई पुर्पक्षकालागि भदौ अन्तिम साता थुनामा राख्ने आदेश दिएको थियो । उक्त आदेश विरुद्ध कठायतले उच्च अदालत पाटनमा पुनारावेदन गरेका थिए । उच्च अलालतले उनलाई सामान्य तारेखमा छाड्ने आदेश दिएको थियो ।
यसअघी यादवले उनका पति प्रदीप कठायतले दिएको सम्बन्ध विच्छेदको मुद्धामा रामेछाप जिल्ला अलालतका तत्कालिन जिल्ला न्यायाधीश बद्री प्रसाद ओलीले सम्बन्ध विच्छेद गराइ दिए पछि यादवले जिल्ला अदालतमै विष सेवन गरेकी थिईन । यादवले न्याय नपाएको भन्दै केहि अघी सर्वोच्च अदालत परिसरमा रातो रङ्ग समेत फालेर प्रदर्शन गरेकी थिईन ।
रामेछाप ।स्ववियु सभापतिको विषयमा नेविसंघले अनेरास्ववियुको सभापतिका उमेद्वार विरुद्ध आधिकारीक रुपमा कुरा उठाएपछि क्याम्पस प्रशासनले निर्धारित समयमा आधिकारीक जवाफ दिन नसकेका कारण मन्थली क्याम्पसले आइतबार ५ बजे सम्मका लागि तय गरेको दावी विरोध लगाएतका कामहरु अघि बढ्न सकेका छैनन् ।
निर्वाचन कार्यतालिका अनुसार अनेरास्ववियुले मन्थली नगरपालिकामा युवा परिषदको उपाध्यक्षका रुपमा तलवि कर्मचारीको रुपमा काम गर्दे आएका आफना सभापति पदका उमेद्वार पुष्कर भट्राइलाई उमेद्वार बनाएको भन्दै नेविसंघले भट्टराईका नाममा दावि विरोध पेश गरेको थियो । दावि विरोध पछि नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सचिब दीपक खड्काको नेतृत्वमा नेविसंघको टोली भटराईको उमेद्वारी खारेज गर्नु पर्ने माग राख्दै मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत र प्रमुख जिल्ला अधिकारी समक्ष पुगेका थिए ।
सो क्रममा मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले उपाध्यक्ष भट्राईको राजिनामा फागुन २१ मा स्वीकृति भईसकेकोले उक्त विषयले नगरपालीका संग सरोकार नराख्ने भन्दै त्यसको लिखित प्रमाण टोलीलाई देखाई दिएका थिए ।
प्रमुख प्रशासकिय अधिकृत हरी प्रसाद चापाईगाईको जवाफले मात्र चित्त नबुझेपछि काँग्रेस पार्टि सचिब खड्का नेतृत्वको टोलीले प्रजिअ शोभाखर रेग्मीलाई भेटेर भट्टराईको उमेद्वारी खारेजको माग गरेको थियो । सोहि विषयमा क्याम्पस प्रशासनले निर्णय दिन नसके आजका सबै चुनावि कार्यक्रमहरु हरु रोकिएका र त्यसलाई निकाश दिनका लागि प्रयास भईरहेको क्याम्पस प्रमुख भरत कुमार श्रेष्ठले बताउनु भयो । १० बजे देखि दिउँसो २ बजे सम्म उमेद्वार विरुद्ध दावि विरोधको कार्यक्रम र ५ बजे सम्म अन्तिम मतदाता नामावली प्रकाशनको कार्यक्रम रहेको र सहमतिको प्रयासको बावजुद पनि राति ८ बजे सम्म पनि समस्याले निकास पाउन नसकेको क्याम्पस प्रमुख श्रेष्ठले जानकारी दिनु भयो ।
मन्थली नगरपालिकाले नगर युवा परिषदको नियुक्ति दिएका एमाले कार्यकर्ता पुष्कर भट्राईलाई नगरपालिकामा नियम विपरित नियुक्ति दिएर खुल्ला राजनिति गर्न छुट दिनु आपत्तिजनक विषय भएको नेपाली काँग्रेसका सचिब दीपक खड्काले बताउनु भयो । उहाले भन्नुभयो तलवि कर्मचारीका रुपमा काम गर्दे आएका सचिब भट्राईले खरिदार तहको तलब सुविधा बुझ्दै आएका छन् ।
तर मन्थली नगरपालिकाकाका प्रमुख प्रशासकिय अधिकृत हरी प्रसाद चापागाईले भने मन्थली नगरपालिकाले गत भदौ १२ गते कार्यपालिकाले कार्यविधि बनाएर मेयरको निजि सचिवालयमा काम गर्ने गरि खरिदार स्तरको सुविधा पाउने गरि नियुक्ति दिएकोले उनको नियुक्तिलाई अबैध भन्न नमिल्ने र फागुन २१ गतेको मितिमा उपाध्यक्ष भट्राईको राजिनामा स्वीकृत भईसकोले नगरपालिका संग बाँकि विषय नजोडिने बताउनु भयो ।
खोटाङ । प्रदेश १ को नाम ‘कोशी’ राखिएको विरोधमा आह्वान गरिएको बन्दका कारण खोटाङमा यातायातका साधन ठप्प बनेको छ । गत फागुन १७ गते प्रदेशको नाम ‘कोशी’ राखिएकोमा भर्त्सना गर्दै जनता समाजवादी पार्टी नेपाल, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद, किरात राई यायोक्खा लगायतको सहकार्यमा आइतबार जिल्लाभर बन्द आह्वान गरिएको हो । पहिचानको आधारमा नामाकरण गराउनका लागि दवाव सिर्जना गर्न गठित प्रदेश १ पुःन नामाकरण संयुक्त संघर्ष समितिको आह्वानमा जिल्लामा बन्द गरिएको जसपाका प्रदेश समिति सदस्य नेता नविन राईले बताए ।
संयुक्त बन्दका कारण जिल्लाबाट छुट्ने छोटो तथा लामो दूरीको सवारी साधन चल्न पाएका छैनन् । बन्दकर्ताले मोटरसाईकल समेत नियन्त्रणमा लिएर पार्किङ गराइरहेका छन् । सवारी साधन चल्न नदिन बन्दकर्ता बिहान साढे तीन बजेदेखि दिक्तेलको किरातचोकमा सडकमा पुगेका थिए । बन्दकर्ता दिक्तेलको किरातचोक र अल्छेढुंगास्थित मध्यपहाडी लोकमार्गमा बसेर सवारी आवागमनमा रोक लगाइरहेका छन् । यातायात ठप्प हुँदा यात्रु भने मारमा परेका छन् ।
बन्दकर्ताले दिक्तेलबजारका पसल समेत बन्द गराएका छन् । बजार बन्द गराउन बन्दकर्ताको एक टोली खटिएका थिए । दिक्तेल बजार र आसपासका शैक्षिक संस्थामा पनि बन्दको प्रभाव परेको छ । दिक्तेल बाहिरका शैक्षिक संस्थामा भने आंशिक प्रभाव परेको छ । साविकको सदरमुकाम दिक्तेलको तुलनामा अन्य ठाउँमा बन्दको प्रभाव कम देखिएको छ ।
प्रदेशको नामाकरण सच्याउन र पुःन नामाकरणको मागमा पहिचान पक्षधर पार्टी तथा जातीय संघसंगठनले बन्द आव्हान गरेका हुन् । इतिहास, भूगोल, सभ्यता र संस्कृतिको आधारमा प्रदेशको नामाकरण गर्नका लागि दवाव सिर्जना गर्न बन्द आव्हान गरिएको किरात राई यायोक्खा खोटाङका अध्यक्ष युगसन किरातले बताए ।
प्रदेशको पुःन नामाकरणका सन्दर्भमा खोटाङमा जनता समाजवादी पार्टी नेपाल, नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद, किरात राई यायोक्खा, किरात सेवा समाज, नेपाल जनजाति युवा संघ, नेपाल तामाङ घेदुङ संघ, नेवा देयःदवु, नेपाल तमु छ्योज्धी, नेपाल शेर्पा संघ, नेपाल मगर संघ, नेपाल भुजेल सेवा समाज, नेपाल माझी सेवा समाज, किरात चाम्लिङ राई खाम्वातिम, किरात साम्पाङ राई जुम्लेखा र किरात राई फन्सिकिमले संयुक्त संघर्ष थालेका छन् ।
सिन्धुली । ओखलढुंगाबाट काठमाण्डौका लागि छुटेको यात्रुबाहक बस सिन्धुलीको फिक्कल गाउँपालिका ४ कुईभिरमा दुर्घटना भएको छ ।
उक्त दुर्घटनामा परि ५ जनाको घटना स्थलमै मृत्यु भएको छ भने अन्य २४ जना घाईते भएका छन् । दुर्घटनामा परी घाईते भएका मध्ये धेरैको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
आईतबार बिहान सिद्धिचरण नगरपालिका ४ रुम्जाटारबाट यात्रु लिएर हिँडेको बा २ ख ६५९६ नम्बरको बस अचानक ब्रेक फेल भएर सडककै भित्तामा ठोक्किदा दुर्घटना भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी मृत्यु हुनेहरुको पहिचान हुन बाँकी रहेको छ ।
दुर्घटनाका घाईते केहीलाई उपचारका लागि नजिकको स्वास्थ्य संस्थाहरुमा पठाईएसकिएको छ भने उद्धार कार्य जारी रहेको छ ।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको निर्वाचनमा गठबन्धनको प्यानलै विजयी भएको छ। ।नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र निकट व्यवसायीहरूको नवीन थापा मगरको टिम नै विजयी निर्वाचित भएको हो ।
अध्यक्षमा निर्वाचित मगरले १ सय ३२ मतान्तरले एमाले निकट व्यवसायी नवराज ढुङ्गेललाई पराजित गरेका छन । मगर ६७१ मत पाएर निर्वाचित हुँदा उनका प्रतिद्वन्द्वी ढुङ्गेलले ५३९ मत पाएका छन् ।
वरिष्ठ उपाध्यक्षमा ६४१ मत सहित प्रकाश कुमार श्रेष्ठ निर्वाचित हुँदा उनका प्रतिद्वन्द्वी सुमिका श्रेष्ठले ५६२ मत पाएकी छन् ।
वाणिज्य उपाध्यक्षमा राम सुदिश साह सोनार (सुदिश) ६५५ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी रामहरि उप्रेतीले ५३७ मत पाएका छन् ।
उद्योग उपाध्यक्षमा आकाश रिजाल ६५२ मत पाएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी चन्द्रबहादुर मानन्धरले ५३८ मत पाएका छन् ।
महासचिवमा ६०९ मत पाएर कुमार श्रेष्ठ निर्वाचित हुँदा उनका प्रतिस्पर्धी सुरेश उदासले ५८५ मत पाएका छन् ।
सचिवमा गठबन्धनकै यज्ञप्रसास सुवेदी ६९९,कोषाध्यक्षमा झनकबहादुर बुढाथोकी (उत्तम), आजिवान सदस्यमा प्रमोदकुमार श्रेष्ठ ६५०, महिला सदस्यमा जया सुवेदी ६७६ मत पाएर निर्वाचित भएका छन् ।
खुल्ला सदस्यमा पनि गठबन्धनकै अर्विनकुमार श्रेष्ठ ६२२,राजु श्रेष्ठ (विजय) ६३०, वासुदेव फुयाँल ७१९, श्यामकुमार श्रेष्ठ ६८० र हरेराम क्षेत्री ६१९ मत ल्याएर निर्वाचित भएका छन् ।
रामेछाप । मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा आउँदो चैत्र ५ गते हुने लागेको स्ववियु निर्वाचनमा काँग्रेस निकट नेपाल विद्यार्थी सङ्घ (नेविसंघ), माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) विद्यार्थी संगठन र एकीकृत समाजवादी पार्टी निकट (अनेरास्ववियू) रामेछापले अभिनाश कार्कीको सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् ।
आज शनिवार नेपाली काँग्रेस रामेछापका पार्टी सभापति एवं सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) सहित नेपाली काँग्रेस र माओवादीका नेताहरू सहित पुगेको टिमले विद्यार्थी नेता कार्कीलाई सभापतिको उम्मेदवार बनाएर उम्मेदवारी दर्ता गरेको हो ।
संयुक्त गठबन्धन मार्फत चुनावमा भाग लिएको काँग्रेसले सभापति लिँदा सचिवमा भने क्रान्तिकारीका तेज बहादुर श्रेष्ठ र कोषाध्यक्षमा महिलालाई अगाडि सार्दै एकीकृत समाजवादी निकट विद्यार्थीकी नेतृ कविता खरेललाई उम्मेदवार बनाइएको छ ।
त्यस्तै नेविसंघले मनीषा काफ्ले र युवराज बुढाथोकीलाई सदस्यको उम्मेदवार बनाएको छ । क्रान्तिकारी विद्यार्थी सङ्घले विनीता माझी र अनोज भुजेललाई उम्मेदवार बनाउँदा एक कोषाध्यक्ष सहित एक सदस्य पाएको गठबन्धनको अनेरास्ववियूले विनोद बुढाथोकीलाई सदस्यको उम्मेदवार उठाएको छ ।
क्याम्पसमा १० जना समानुपातिकको बन्द सूची सहित पेस गरेको गठबन्धनको संयुक्त टिमले आफूहरूको जित सुनिश्चित रहेको बताए ।
रामेछाप । किसानहरुले उत्पादन गरेको बस्तु बजारसम्म पुर्याउने उद्धेश्यले रामेछाप नगरपालिकाले कृषि एम्बुलेन्स संचालन गर्ने भएको छ ।
किसानहरुले उत्पादन गरेको सबै उत्पादीत बस्तु वजारसम्म लैजान किसानहरुलाई समस्या परेको गुनासो किसानहरुले गरेपछि रामेछाप नगरपालिकाले कृषि एम्बुलेन्स खरिद गरी किसानले उत्पादन गरेका बस्तु घरघरमा पुगेर संकलन गरेर बजारसम्म पुरयाएर बिक्री गरी किसानलाई रकम उपलव्ध गराइने रामेछाप नगरपालिकाका कृषि शाखा प्रमुख कृष्ण भुजेलले जानकारी दिए ।
पालिका भित्र किसानले उत्पादन गरेको बस्तु सडक भएता पनि नियमित यातायातका साधनहरु संचालन नहुँदा किसानहरुले डोकोमा बोकेर वजारसम्म पुर्याउनु पर्ने वाध्यता थियो । उक्त वाध्यतावाट किसानहरुलाई छुटकारा दिलाउन नगरपालिकाले यस चालु आर्थिक वर्षमा कृषि एम्बुलेन्स खरिद गर्न लागेको रामेछाप नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निरज पौडेलले जानकारी दिए ।
नौ वटा वडा रहेको रामेछाप नगरपालिका भित्र किसानहरुले व्यवसायीक रुपमा जुनार र सुन्तला खेती गर्दै आएका छन् । यसवाहेक किसानहरुले काक्रो, टमाटर, फर्सी, काउली, अकबरे खोर्सानी, अदुवा, आलु, स्कुस, लौका, घिरौला, मुला लगाएतका तरकारी बाली लगाउँदै आएका छन् । यसवाहेक गेडागुडी, खसी, बोका, बाख्रा र बंगुर व्यवसाय गर्ने किसानहरुको संख्या पनि उत्तिकै रहेको छ ।
गाउँगाउँमा सडक संञ्जालले छोएता पनि नियमित वजारसम्म चल्ने यातायातका साधनहरु संचालन नहुँदा थोरै उत्पादन गर्ने किसानहरुले खेत तथा पाखो बारीमा नै उत्पादीत वस्तु खेर जाने गरेको छ । उत्पादन धेरै गर्ने किसानहरुले भने उत्पादीत वस्तु डोको र नाम्लोको भरमा बजारसम्म पुर्याएर विक्रीवितरण गर्न वाध्य हुनु परेको रामेछाप नगरपालिका–६ ओख्रेनीका किसान टीकावहादुर तामाङ्गले बताए ।
उनले भने– सदियौं देखीको पिडा सहदै आएका किसानहरुले अब राहातको अनुभुती पाउने कुराले हामीहरुलाई सारै खुशी लागेको छ । ढिलै भएता पनि नगरपालिकाले किसानको समस्या सुनेर कृषि एम्बुलेन्स खरिद गर्न लागेको छ । यसवाट आफुजस्ता तमाम नगरपालिकाका किसानले लगाएको तरकारी, गेडागुडी वजारको अभावमा अब फाल्नु पर्ने छैन ।
रामेछाप । बाल बालिकाहरुको पढाई संगै खेल विधामा पनि अघि बढाउन मन्थली माविले विद्यालय हाता भित्र संचालन गरेको ११औ अदिति घिमिरे कप प्रतियोगिता सम्पन्न भएको छ ।
शुक्रबार एक औपचारीक कर्याक्रमका विच विभिन्न खेलमा विजयी भएका र खेल विधामा उत्कृष्ठ स्थान ल्याउन सफल छात्र छात्राहरुलाई पुरस्कृत गर्दे कार्यक्रम सम्पन्न भएको हो ।
विद्यालयले आफनो शैक्षिक क्यालेण्डर अनुसार गत बसन्त पन्चमिको दिनबाट तीन दिन सम्म अदिति घिमिरे कप संचालन गरेको थियो । जस अन्र्तगत भलिबल,कपडी,एथेलेटिक्स,हाईजम ,त्रीपलजम लगायत १ दर्जन विधाका खेल खेलाईएको थियो । खेलको समापन संगै सहयोगी दातृ अदिति घिमिरेको अनुरोधमा रोकिएको खेलको समापन र पुरस्कार वितरणको काम शुक्रबार संचालन गरिएको विद्यालय प्रशासनले जनाएको छ ।
११ बर्ष अघि स्थानिय समाजसेवी सुहृत घिमिरेले बाल बालिकाहरुको पढाई संगै खेल विधामा पनि अब्बलता हासिल गर्न सकुन भन्ने उदेश्यका साथ हरेक बर्ष संचालन गर्ने गरि आफनी छोरीको नामबाट अद्धिति कप खेलकुद कार्यक्रम संचालन गरिदिएका थिए । सोहि शिर्षकबाट गरिएको कार्यक्रमका लागि करिब ७ लाख खर्च भएको विद्यालयका प्रअ टंक प्रसाद दाहालले बताए ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तेज प्रसाद सुबेदीको अध्यक्षतामा भएको उक्त कार्यक्रमका विजयी र उत्कृष्ठ खेलाडिहरुलाई अदिति घिमिरे कप प्रतियोगिताकी प्रमुख संरक्षक रेखा घिमिरेले शिल्ड,मेडल,प्रमाण पत्र र र नगद पुरस्कार वितरण गरेकी थिईन् । सोहि अबसर पारेर संरक्षक रेखा घिमिरेले विद्यालयमा अध्ययनरत करिब एक दर्जन जति जेहन्दार र विपन्न छात्र छात्राहरुलाई छुट्टै शिर्षकमा करिब ६४ हजार रुपैयाँ नगद छात्रबृति पनि वितरण गरेकी थिईन् ।
रामेछाप २६ फागुन । ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिकाले संचालन गरेको प्रथम अध्यक्षकप भलिवल प्रतियोगितामा रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका तेस्रो भएको छ । विहिबार सम्पन्न भएको प्रतियोगिता अन्र्तगत भएको प्रतिस्पर्धामा गोकुलगंगा गाउँपालिकाले मेडल,कप,प्रमाण पत्र र एक लाख नगद जित्न सफल भएको हो ।
प्रतियोगितामा ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाले आयोजक चम्पादेवी गाउँपालिकालाई हराउदै प्रथम स्थान लिन सफल भएको थियो । प्रथम उपाधी विजेता चिशंखुगढी गाउँपालिकाले नगद दुई लाख सहित शिल्ड मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गरेको छ भने दोश्रो हुन सफल भएको चम्पादेवी गाउँपालीकाले नगद एक लाख ५० हजार रुपैयाँ सहित शिल्ड मेडल र प्रमाण –पत्र प्राप्त गरेको थियो । त्यसैगरि प्रतियोगिता अन्र्तगत ओखलढुंगाको लिखु तामाकोशी गाउँपालिका सान्त्वना हुन सफल भएको छ । उसले ४० हजार नगद सहित शिल्ड मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गरेको हो
रामेछाप । नेपाल बिद्यार्थी संघ मन्थली सहित स्मृती बहुमुखी क्याम्पस इकाई समितिले क्याम्पसलाई पुस्तक ३ सय थान हस्तान्तरण गरेको छ । नेविसंघले नेपाली कांग्रेस रामेछापका जिल्ला सदस्य एवं बिद्यार्थी बिभागका सयोजक कमान सिं खड्का(दिपेन्द्र) को सहयोगमा उक्त पुस्तक क्याम्पसलाई हस्तान्तरण गरेको हो । नेविसंघ क्याम्पस इकाइको सभापती युवराज थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेपाली कांग्रेस रामेछापका जिल्ला उपसभापती लेखबहादुर कार्कीले पुस्तकालयलाई व्यवस्थापन गर्न झन सहज भएको बताए । नेविसंघले सहयोग गरेको पुस्तकले बिद्यार्थीलाई भविस्यमा ठुलो सहयोग पुर्याउने बताए । नेपाल बिद्यार्थी संघ स्थापना कालदेखी प्रजातन्त्र र बिद्यार्थीको पक्षमा लडेर आएको संगठन भएकोले सधै बिद्यार्थीको पक्षमा रहने बताए ।
बिद्यार्थीको मुद्धा नेविसंघ भन्दा अन्य बिद्यार्थी संगठनले हिजो पनि नउठाएको र भोलि पनि नउठाउने भन्दै इतिहास हेर्न बिद्यार्थीलाई आग्रह गरे । क्याम्पसको रक्षा र बिद्यार्थीको भविश्यको लागी नेविसंघको बिकल्प अन्य बिद्यार्थी संगठन हुन नसक्ने भन्दै स्ववियुको निर्वाचनमा नेविसंघको उमेरद्वारहरुको पक्षमा मतदान गर्न आग्रह गरे ।
इकाई सभापती थापामगरले नेबिसंगले रचनात्मक र सकारात्मक कार्य गर्दै बिद्यार्थीको पक्षमा वकालत गर्दै आएको बताए । नेविसंघले क्याम्पस सरसफाई देखी पुस्तकालय व्यवस्थापन खानेपानी व्यवस्थापन गर्दै आएको भन्दै सधै बिद्यार्थीको पक्षमा काम गर्दै आएको बताए ।
कार्यक्रममा क्याम्पस प्रमुख भरतकुमार श्रेष्ठ,नेविसंघले नेपाली कांग्रेस रामेछापका जिल्ला सदस्य एवं बिद्यार्थी बिभागका सयोजक कमान सिं खड्का(दिपेन्द्र), नेविसंघ रामेछापका सभापती बिनोद बुढाथोकी, नेताहरु विमल पौडेल, सरोज श्रेष्ठ लगाएतको सहभागिता रहेको थियो ।
रामेछाप – नेपाल कराते महासंघ रामेछापको अध्यक्षमा शुक्र माझी चयन भएका छन् । खेलकुद विकास समिति रामेछापको बिहीबार सम्पन्न बैठकले माझीलाई महासंघकाे अध्यक्ष पदमा चयन गरेको हो ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सरोज गाहामगरको विशेष उपस्थितिमा बसेको बैठकले शुक्र माझीको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको खेलकुद विकास समिति रामेछापले जनाएको छ ।
समितिकाे उपाध्यक्षमा मकर बहादुर श्रेष्ठ (क्वान मुकान) र ज्ञानबहादुर थापामगर (वादोरियो) सचिवमा मनीकुमार सुनुवार (सितोरियो) रहेका छन् । त्यस्तै कोषाध्यक्षमा कुमार चौलागाई (गोजुरियो) चयन भएका छन् भने सदस्यहरुमा राजु भुजेल (सितोरियो), इन्द्र रोजन मगर (वादोरियो), विमल सिजाली मगर (सितोरियो), रोजी वि.क. (सितोरियो), उत्तम कुमार श्रेष्ठ (सितोरियो) र सदिक्षा खड्का (सितोरियो) सदस्यमा चयन भएका छन् ।
त्यस्तैगरि निर्वतमान अध्यक्ष हिमालय योन्जन, गोपाल बहादुर माझी र सरोज गाहमगरलाई सल्लाहकार समितिमा मनोनयन गरेको छ ।
जिल्लामा पछिल्लो समय खेलकुदका गतिविधि बढेसंगै महासङ्घले शुक्र बहादुर माझी, मकर बहादुर श्रेष्ठ, ज्ञान थापा मगर, मणिकुमार सुनुवार र सन्जना माझीलाई महासङ्घको विधान अनुसार प्रदेश समितिका लागि पनि सिफारिस गरेको छ ।
रामेछाप । फागुन २७ गते हुन गईरहेको रामेछाप उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदको उम्मेद्वार नविन थापा मगरले आफुलाई कालो सूचिमा परेको प्रमाणित गरेर देखाउन चुनौती दिएका छन ।
निर्वाचनको मुखमा आफु विरुद्ध हल्ला फैलाएको भन्दै उक्त हल्लाको पछि नलाग्न उनले आफ्ना मतदाताहरुलाई आग्रह समेत गरेका छन ।
थापा मगरले बुधबार एक विज्ञप्ती प्रकाशित गरि फागुन २७ गते सम्पन्न हुन गईरहेको रामेछाप उद्योग वाणिज्य संघको निर्वाचनमा आफु र आफनो टीमले जित्ने माहोल निर्माण भईरहेको बेला फागुन २४ गते प्रकाशित एक अनलाईन खबरले मेरा विरुद्ध हुँदै नभएको कुराको हवाला दिंदै संप्रेषण गरेको समाचार प्रति आफनो गम्भिर ध्यानाकर्षण भएको बताए ।
निर्वाचनको तयारी संगै आम उद्योग ब्यवसायीहरुको दिर्घकालिन हक हित र अधिकारका लागि प्रतिबद्धतापत्र जारी गरि जिल्लाब्यापि रुपमा प्रचार प्रसार अभियानमा सहभागि भईरहेको बेला आदरणिय मतदाताहरुले म माथि अपार मायाँ सद्भाब र विश्वास प्रर्कट गर्नु भएको देखेर हतोत्साहित भएका मेरा प्रतिस्पर्धि साथिहरुले मिडियाको दुरुपयोग गरि गरेको निकृष्ट प्रचारले आफुलाई दुःखित बनाएको बताएका छन ।
काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) बाग्मती प्रदेशको पाचौँ प्रादेशिक भेला चितवनको राप्तीमा सम्पन्न भएको छ । राप्ति नगरपालिका क्षेत्रसहित परेवाकोट, कमिनचुली, राष्टिय निकुञ्ज, भासमणि ताललाई संरक्षणगरि पर्यटन प्रवद्र्धन गर्न स्थानीय सरकारलाई माग गर्नेसहितका १३ बुँदे घोषणापत्र जारी गर्दै प्रादेशिक भेला राप्तीमा मंगलबार सम्पन्न भएको हो ।
भेलाद्वारा जारी घोषणापत्रमा राप्ती नगरपालिकासंग जोडिएको पर्यटकीय स्थल खगेन्द्रमल्ली सामुदायिक बन कुचकुचे हुँदै लोथर ड्याग सम्म जीप सफारी संचालन गरी ब्यवस्थापन गर्ने सकेको खण्डमा पर्यटन प्रवद्र्धन हुने भएकोले सो स्थानबाट जीप सफारी संचालनको लागि पनि स्थानिय नगरपालिका र स्थानिय सरकारसंग माग गरको छ ।
त्यस्तै चितवन जिल्लामा बसोवास गर्दै आइरहेका अल्पसंख्यक चेपाङ जातिको कला संस्कृति प्रचारप्रसार र प्रवद्र्धनमा विशेष ध्यान दिन तीनै तहका सरकार समक्ष जोडदार माग गरेको छ भने आदिवासी जनजाति कुलमा जन्मिएर पत्रकारिता पेशा अंगालेका पत्रकारलाई पहिचान गरी उनीहरुको वृद्धिविकास र समावेशितालाई कार्यान्वयन गर्न समेत तीनै तहका सरकारलाई आग्रह गरेको छ ।
उक्त भेलाले पूर्ण समावेसी सञ्चार व्यवसायिक पत्रकार र प्रेस स्वतन्त्रताको पक्षमा पनि निरन्तर खबरदारी गर्ने जनाएको छ । भेलामा प्रमुख अथितिको रुपमा उपिस्थत भएका राप्ती नगरपालिकाका नगरप्रमुख शमशेर लामाले आदिवासी जनजातिहरु एक हुन नसक्दा बागमती प्रदेशलाइ नेवा-ताम्सालिङ राज्य बनाउनु नसकिएको बताए ।
त्यस्तै नगरको उपप्रमुख देवेन लामाले आदिवसी जनजातिको हक अधिकारका लागि आफू अहोरात्र खट्न तयार रहेको बताएका थिए ।
घोषणा पत्रसहित :
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघकोअध्यक्ष पदको लागि ३ जनाको उम्मेदवारी दर्ता गरेका छन ।
संघको अध्यक्ष पदका लागि नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र लगायतको संयुक्त व्यवसायी एवम समावेशी समुहको तर्फबाट नविन थापा मगरले उम्मेद्वारी दर्ता गराए भने नेकपा एमालेको तर्फबाट नवराज ढुङ्गेलले उम्मेद्वारी दर्ता गराएका छन । यो सँगै केशवप्रसाद घिमिरेले समेत स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् ।
संयुक्त व्यवसायी एवम समावेशी समुहको तर्फबाट उम्मेदवार बनेका थापामगर निवर्तमान वरिष्ठ उपाध्यक्ष हुन् । उनले संघको अन्य पदमा समेत रहेर जिम्मेवारी निर्वाह गरिसकेका छन ।
एमालेका तर्फबाट उम्मेदवार बनेका ढुङ्गेल निवर्तमान महासचिव हुन् भने स्वतन्त्र उम्मेदवार बनेका घिमिरे निवर्तमान अध्यक्ष हुन ।
त्यस्तै संघको बरिष्ठ उपाध्यक्षका लागि प्रकाशकुमार श्रेष्ठ र सुमिका श्रेष्ठले उम्मेद्वारी दर्ता गराएका छन । संघको वाणिज्य उपाध्यक्षमा राम सुदिश साह र रामहरी उप्रेती, उद्योग उपाध्यक्षमा आकाश रिजाल र चन्द्रबहादुर मानन्धर, महासचिवमा कुमार श्रेष्ठ र सुरेश उदास, सचिवमा यज्ञ सुवेदी र राजु थापा, कोषाध्यक्षमा झनकबहादुर बुढाथोकी (उत्तम) र सरोजकुमार तामाङले उम्मेद्वारी दर्ता गराएका छन ।
त्यस्तै संघको आजिवन सदस्यमा किश्वर पौडेल र प्रमोदकुमार श्रेष्ठ, महिला कार्य समिति सदस्यमा जया सुवेदी र लक्ष्मी श्रेष्ठ, सदस्यमा क्रमश अर्वीनकुमार श्रेष्ठ, कृष्ण गहतराज, देवचन्द्र कठेत, रविन्द श्रेष्ठ, राजु श्रेष्ठ (विजय), रुद्रकुमार श्रेष्ठ, वासुदेव फुयाल, श्यामकुमार श्रेष्ठ, सन्तोषदाश कथनीया र हरेराम क्षेत्रीले उम्मेद्वारी दर्ता गराएका छन ।
रामेछाप । जिल्लाको उमाकुण्ड गाउँपालिका अध्यक्ष शेर बहादुर सुनुवारले हाईड्रोपावरको दादागिरी स्थानिय सरकारका लागि सह्य नहुने बताएका छन् ।
जिल्लाको उमाकुण्ड गाउँपालिकाले पालिका भित्र भए गरेका विकास निर्माण लगाएत विभिन्न कामको बारेमा जानकारी दिने क्रममा अध्यक्ष सुनुवारले सम्बृद्ध पालिका र सुःखि नागरिकको लागि पालिका भित्रका हाईड्रोपावरको दादागिरी बाधक रहेको बताउदै उक्त कार्य स्थानिय सरकारको लागी सह्य नहुने बताएका हुन् ।
अध्यक्ष सुनुवारले पछिल्लो उदाहरणका रुपमा एक हप्ता अघि ‘दुगड् हाइड्रो पावरमा घटेको घटनाले पीडित पक्षको मात्र नभएर सिङ्गो पालिकालाईनै मर्माहत बनाएको बताए । दुगडको लापरबाहिले एक जना मज्दुरको ज्यान जानुका साथै २८ दिने शिशुसहितको परिवार विचल्लीमा परेको भन्दै ‘दुगड् हाइड्रो’ पावरको काम प्रति आक्रोश व्यक्त गरे ।
उनले भने ‘दुगड् हाइड्रो’ पावरको मात्र नभएर पालिकामा संचालित अन्य हाईड्रोपावरले पनि स्थानियहरुलाई पेलेर काम गरेको बताए। उनिहरुले स्थानिय प्रशासन र सर्बदलिय सहमतिका आधारमा गरेको लिखित प्रतिबद्धता पनि पुरा नगरि आफ्नो स्वार्थ अनुकुल काम गरेको भन्दै उनिहरुको दादागिरी स्थानिय सरकारका लागि पनि सह्य नहुने बताए ।
रामेछाप र सोलुखुम्बुको सीमा भएर बहने लिखु नदीमा निर्माणाधीन र निर्माण सम्पन्न भएका नौ जलविद्युत आयोजना रहेका र उनिहरु कसैले पनि आफनो प्रतिबद्धता अनुसार काम नगर्दा स्थानियहरु मर्कामा परेको पनि अध्यक्ष सुनुवारले बताए ।
केहि दिन अघि मात्र गाउँपालिकाको मध्यमार्गी सडक अन्र्तगतको ४ करोड रुपियाँको ठेक्का संझौता हुनु पालिकाका लागि पनि गर्वको विषय भएको भन्दै उक्त योजनाका लागि पालिकाले काम हेर्नका लागि छुट्टै अनुगमन समिति बनाइएको बताए । गाउँपालिकाले स्थानिय हरुका मागमा आधारमा सडक पूर्वाधार विकासका काममा जोड दिंदै आएको पनि सो अबसरमा जानकारी गराईएको थियो ।
त्यस्तै सदरमुकाम मन्थलीबाट गाउँपालिकाको केन्द्रसम्म जोड्ने सडक कालोपत्रे गर्ने सुनिश्चितता भइसकेको जानकारी पनि सनुवारले गराएका थिए ।
काठमाडाैं । मन्त्रिपरिषद्को निर्णयअनुसार ‘जनयुद्ध’ र जनआन्दोलनका सहिदहरूको नाम राजपत्रमा प्रकाशन हुने भएको छ ।
सोमबार बसेकाे मन्त्रिपरिषद्को बैठकले ‘जनयुद्ध’ र जनआन्दोलनमा ज्यान गुमाएकाहरूको नाम राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको हो ।
रामेछाप । दुगर्ड हाइड्रोपावर कम्पनीमा कार्यरत उद्योग बहादुर कटुवालको परिवारले बाध्य भएर कम्पनीसँग सम्झौता गरेको छ ।
गत बिहीबार उपचार नपाएर ज्यान गुमाएका कटुवालको ५ दिनपछि बाध्य भएर कम्पनीसँग सम्झौता गरेको मृत्युकका परिवारले बताएको छ ।
रामेछापको उमाकुण्ड गाउँपालिका र सोलुखुम्बुको लिखु पिके गाउँपालिका सीमा भएर बहने लिखु नदीमा निर्माणाधीन जलविद्युत आयोजनामा दुई वर्ष देखि कार्यरत उमाकुण्डको प्रिती घर भएका कटुवालको मुटु रोगबाट एक्कासि निधन भएको थियो । उनको कम्पनीको लाचारीपनले ज्यान गएको भन्दै आफन्तले शव बुझेका थिएनन् । तर, आज ५ औँ दिनपछि मृतककी श्रीमती र २८ दिने शिशुको स्वास्थ्य समेत थप जोखिममा परेपछि बाध्य भएर सम्झौता गर्नु परेको मृतकका कटुवालका भान्जा कविराज कार्कीले बताए ।
यस अगाडि मृतकको परिवारले नगद २५ लाख सहित मृतकका ४ जना छोराछोरीको पठनपाठन सहितको माग गर्दै शव बुझ्न मानेका थिएनन् । अहिले नगद ५ लाख र तीन महिनापछि इन्सुरेन्स बापतको १० लाख रुपैयाँमा सम्झौता भएको कार्किले बताए ।
रामेछाप । बैंक इन्स्योरेन्स ग्रुप (-Bank &Insurance group Ramechhap) BIG रामेछापको अध्यक्षमा मोहन धमला चयन भएका छन् । शनिबार भएको साधारण सभाबाट धमला अध्यक्षमा चयन भएका हुन् ।
त्यस्तै उपाध्यक्षमा एन आ सि एसिया बैंक लि.का उज्ज्वल देवकोटा, महासचिवमा प्रभु बैंक लि.का बिमल दाहाल, कोषाध्यक्षमा नेपाल लाइफ इन्स्योरेन्स कं.लि. का रामचन्द्र सुबेदि,. सचिबमा एन एम बि बैंक लि.का प्रदीप कुमार कार्कि चयन भएका छन ।
अध्यक्षमा चयन भए पश्चात अध्यक्ष धमलाले बैंक र इन्स्योरेन्सका कर्मचारीलाई पर्ने हरेक समस्यामा आफू सदैव लागि पर्ने बताएका छन् । बैंक र इन्स्योरेन्सका कर्मचारीलाई जुनसुकै बेला समस्या परे पनि खबर गर्न अध्यक्ष धमलाले बताएका छन । बैंक इन्स्योरेन्स ग्रुप (-Bank &Insurance group Ramechhap) BIG का सदस्यहरूलाई परेको समस्यामा आफू दिलोज्यानले खटिने उनले बताए ।
रामेछाप । खानेपानी तथा सरसफाइ डिभिजन नं–४ का प्रमुख डिभिजन ईन्जिनियर हुपेन्द्र जोशी एक पम्प उत्पादन निजि कम्पनिको आमन्त्रणमा कार्यलयको काम भद्रगोल बनाएर भारत भ्रमणमा लागेका छन । उनि जुनियर कर्मचारीलाई निमित्तको जिम्मेवारी दिएर भ्रमण गएका हुन ।
भारत भ्रमणमा जानु अघि प्रमुख जोशिले कार्यालयका ईन्जिनियर र लेखा अधिकृत हुँदा हुँदै नियम विपरित आफना विश्वास पात्र मानिने कम्प्युटर अपरेटर खुम्ब बहादुर मगरलाई कार्यालयको निमित्त प्रमुख दिएर मोजमस्तीका लागि निस्केका हुन । पटक पटक अनेकानेक विवादमा आईरहने उनि कार्यलयमा कहिल्यै भेटिदैनन । उनले न योजनाका काम गरेका छन न कार्यलयमा आफ्नो जिम्मेवारी निर्वाह गर्न सकेका छन । उनको कार्यलय प्रतिको व्यवहारले ’दिन कटनी, मानो पचनी’ भन्ने उखानलाई सप्रसङ्ग ब्याख्या गरिरहेको छ ।
सरकारी नियम अनुसार कुनै पनि कार्यालय प्रमुखले कार्यालय छाडेर बाहिर जानु अघि प्राविधिक कार्यालयको हकमा दोस्रो बरियतामा रहेको ईन्जिनियर र ईन्जिनियर नभए सब ईन्जिनियर र सब ईन्जिनियर पनि नभए प्रशासन तर्फको सिनियर ब्यक्तिलाई निमित्त प्रमुखको जिम्मेवारी दिएर बाहिरिनु पर्ने प्रावधान रहेको छ । तर डिभिजन ईन्जिनियर जोशिले उक्त प्रावधानलाई लात हानेर कानुन विपरित काम गरेर कानुनको वर्खिलाप गरेका छन ।
रामेछाप सिन्धुली र दोलखा गरि तीन जिल्लाको मुख्य कार्यालय मन्थलीमा रहेको र उक्त कार्यालयको प्रमुखले झनै जिम्मेवारीपुर्ण काम गर्नु पर्नेमा गैर जिम्मेवार काम गरेर कार्यालय बाट हुने नागरिकको काममा समस्या आउँदा पनि नियमक कार्यालयले भने प्रमुख जोशिको कामका बारेमा कुनै वास्ता गरेको छैन् ।
कार्यालयमा स्थाई प्राविधिक कर्मचारी समेतको अभाब रहेको र अस्थाई तथा करारकका कर्मचारी हरुको काममा कार्यालय प्रमुखले विश्वास नगरेका कारण कतिपय नयाँ योजनाहरु पनि सम्झौता हुन सकेका छैन्न भने कतिपय चालु योजनाहरुको काम पनि अघि बढ्न सकेका छैनन् ।
रामेछापमा मात्र नभएर दोलखा र सिन्धुलि जिल्लामा पनि प्रमुख जोशिको गैर जिम्मेवारपूर्ण कामको बारेमा जनस्तरबाट गुनासोको भारी आएपछि उनलाई खानेपानी प्रदेश कार्यालयले धादिङमा सरुवा पनि गरेको थियो । तर प्रदेश सचिव स्तरको २०७९ पुस ७ मा बसेको बैठकको निर्णय भन्दै धादिङमा भएको सरुवा बदर गरी जोशीलाई मन्थलीमानै पदस्थापना गरेपछि उनको मनोबल बढेको देखिन्छ । पावर र पहुँचका आधारमा कामै नगरि तलब भत्ता पचाउने र भ्रमणमा जागिरको समयसिमा कटाउने उनको सोच प्रष्ट देखिन्छ ।
जोशिको विभेदपुर्ण र अब्यवहारिक निर्णयका कारण कार्यालयमा कार्यरत अधिकांश कर्मचारीहरुमा असन्तुष्टि चुलिदा कतिपय उपभोक्ता समिति हरुको काम तामेलिमानै समस्या उत्पन्न भएको छ । आर्थिक वर्ष०७९÷८० मा प्रदेशतर्फ रामेछापमा ४४, दोलखामा ६४ र सिन्धुलीमा ४९ गरी कुल जम्मा १ सय ५७ वटा योजना संचालनमा रहेका छन् । ति योजना मध्ये धेरै योजनाको कामले गति लिन सकेका छैनन् ।
ब्यवहार र स्वभाबमा अपरिपक्क अनि घमण्डी स्वभाव रहेका डिभिजन प्रमुख जोशिको काम नियम विपरित हुनु स्वभाविक रहेको गुनासो मन्थली नगरपालिका १ का उपभोक्ता प्रबल सुवेदी गर्छन । कार्यालयले गर्ने धेरै काम हरु भद्रगोल अबस्थामा रहेका छन् । फिल्डमा खटिने कर्मचारी, इन्जिनियर पनि गाउँ गएका छैनन् । यतिबेला उपभोक्ता समितिहरूले काम धमाधम गर्नु पर्ने बेला कार्यालय प्रमुखले बजेट छैन, भनेर काम रोक्नु पनि सर्व साधारणको लागि दुर्भाग्य पुर्ण कुरा रहेको सुवेदीले बताए । त्यस बाहेक प्रमुख जोशिले कमिसनका लागि नियम विपरित गएर सेटिङमा लाखौका योजना संचालन गर्ने अनुमति दिएको उदाहरण आफुले देखाउन सक्ने पनि सुवेदीको दावि रहेको छ ।
प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मी पनि खानेपानी डिभिजन–४ बाट प्रमुखको कामका बारेमा पटकपटक गुनासो आएको स्वीकार्छन । नियम विपरित गएर कम्प्युटर अपरेटरलाई निमित्त प्रमुख दिनु गलत भएको समेत प्रजिअ रेग्मी बताउछ । उनी भन्छन – ’प्राविधिक तर्फका कार्यालयको हकमा प्रमुखले निमित्त दिंदा आफु भन्दा मुनिको ईन्जिनियर र ईन्जिनियर नभए सब ईन्जिनियर र त्यो पनि नभएर प्रशासन तर्फको सिनियर ब्यक्तिलाई निमित्त दिएर जानु पर्ने हो । तर कार्यालय प्रमुखले यसो गरेर गलत काम गर्नु भएको छ । यस बारेमा उहाँ कार्यालयमा हाजिर हुना साथ कार्वाहिको लागि आवश्यक प्रकृया अघि बढाईने छ । ’
रामेछाप । नेपाल मगर संघ दोरम्बा शैलुङ्ग गाउँपालिकाको आयोजनामा भएको माघे संक्रान्तिको सार्वजनिक कार्यक्रममा उपाध्यक्ष भन्दा वडा सदस्यलाई पहिलो रोहमा आसनग्रहण गराइएको विषय चर्चाको विषय बनेको छ ।
टोकरपुरमा आयोजित माघी सक्रान्ति मेलामा अतिथि आसन ग्रहण कार्यक्रममा दोरम्बा शैलुङ्ग गाउँपालिका–३ का निर्वाचित वडा सदस्य समेत रहेका एमालेका नेता तुला प्रसद कँडेल भन्दा पछिल्लो रोहमा उपाध्यक्ष खमला थापामगरलाई आसन ग्रहण गराइएको थियो ।
आयोजकले गाउँपालिकाको उपाध्यक्ष भन्दा वडा सदस्यलाई पहिलो रोहमा राखेको विषय यति बेला सामाजिक सञ्जालमा बहसको विषय बन्न पुगेको छ ।
रामेछाप । सरकारले शोक बिदा दिएको दिन मन्थली नगरपालिकाका कार्यकारी अधिकृत भने सरकारी गाडीमा पारिवारिक घुमफिरमा मस्त भए । उनले सार्वजनिक बिदाको दिन परिवारसहित घुम्न निस्किँदा सरकारी गाडी लिएर गएको पाइएको हो ।
आईतबार पोखरामा भएको विमान दुर्घटनामा परी मृत्यु भएकाहरुको शोकमा सोमबार सरकारले सार्वजनिक बिदा दिएको मौका छोपेर मन्थली नगरपालिकाका कार्यकारी अधिकृत हरि प्रसाद चापागाई सरकारी गाडी लिएर घुम्न गएका हुन् । उनी आज सरकारी नम्बर प्लेटको गाडी लिएर परिवारसहित घुम्नका लागि भालुखोप डाँडामा पुगेका थिए ।
कार्यकारी अधिकृत चापागाई नगरपालिकाको बा २ झ १७७२ नम्बरको गाडी लिएर बिदा मनाउन गएका हुन् ।
उनको साथमा अर्को सरकारी नम्बर प्लेटको प्रदेश नम्बर ३–०१ ००२ झ ५२२८ नम्बरको गाडी पनि देखिएको छ । उक्त गाडी कुन कार्यालयको हो भन्ने यकिन भइसकेको छैन ।
रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा झण्डै ३० प्रतिशत बजेट खर्च गरेको छ । गाउँपालिकाको हिउँदे गाउँ सभामा गाउँ कार्यपालिका कार्यालयले सो कुराको जानकारी दिएको हो । सो अवधिमा २९.७१ प्रतिशत बजेट खर्च भएको गाउँपालिका जनाएको छ । गाउँपालिकाको कूल ५९ करोड ७९ लाख रुपैँया बजेट रहेकोमा १७ करोड ७६ लाख ८१ हजार रुपैँया खर्च भएको छ । चालु तर्फ ३९.१२ प्रतिशत र पुँजीगत तर्फ १५.७३ प्रतिशत बजेट खर्च भएको गाउँपालिकाले जनाएको छ । सबैभन्दा बढी कार्यालय सञ्चालन तर्फको बजेट ४४.९९ प्रतिशत अर्थात् १३ करोड २३ लाख ९२ हजार मध्ये ५ करोड ९५ लाख ६१ हजार रुपैँया खर्च भएको छ । सबैभन्दा कम आर्थिक विकास तर्फको ८.५८ प्रतिशत रकम मात्र खर्च भएको छ । आर्थिक विकास तर्फ ५ करोड १५ लाख ५० हजार रुपैँया मध्ये ४४ लाख २० हजार रुपैँया मात्र खर्च भएको छ ।
यसै गरी पूर्वाधार विकास तर्फ १८.९४ प्रतिशत रकम खर्च भएको छ । सो शीर्षकमा १७ करोड ६५ लाख रुपैँया बजेट विनियोजन भएकोमा ३ करोड ३४ लाख ३३ हजार रुपैँया खर्च भएको छ । सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा २ करोड २३ लाख ७६ हजार रुपैँया विनियोजन भएकोमा ४८ लाख ६४ हजार रुपैँया खर्च भएको छ । जुन विनियोजित रकमको २०.८१ प्रतिशत हो । सामाजिक विकास तर्फ ३५.२२ प्रतिशत अर्थात् ७ करोड ५४ लाख रुपैँया खर्च भएको छ । सो शीर्षकमा २१ करोड ४० लाख ४६ हजार रुपैँया बजेट विनियोजन गरिएको थियो । पूर्व तयारी नगरी योजना बनाउँदा कतिपय काम गर्न समस्या भएको गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले बताउनुभयो । उहाँले गाउँपालिकाले गर्ने काममा व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर हेरिदिन सबैलाई अनुरोध गर्नुभयो । त्यसो गरियो भने योजना अनुसारको काम गर्न सकिने उहाँको भनाइ छ । गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवारले गाउँपालिकाका काम प्रति कतिपय नागरिकका गुनासो भएका बताउँदै त्यसलाई सम्बोधन गरेर गाउँपालिका अघि बढ्ने बताउनुभयो । राम्रो काम गर्नेलाई प्रोत्साहित गर्न गाउँपालिकाले सम्मान कार्यक्रम सुरु गरेको उहाँले बताउनुभयो ।
रामेछाप। रामेछापको खाँडादेवी गाउँपालिकाले १२ औँ हिउँदे अधिबेशन तथा सम्पन्न गरेको छ । शनिवार गाउँपालिकाको सभा हलमा चालु आर्थिक वर्षको १७ वटा प्रस्तावहरू माथि छलफल गरी बिभिन्न कार्यक्रमहरु पास समेत गरेको छ । गाउँ सभामा खाडाँदेवी गाउँपालिकाले भने खर्च बिबरण प्रस्तुत गरेको छैन ।
केहि कार्यपालिका सदस्य र कर्मचारीले भने खर्च न्युन भएको कारण सार्वजनिक नगरेको बताए । गाउँसभा तथा हिउदे अधिबेशनमा गाउँपालिकाले पत्रकारहरुलाई समेत जानकारी नगराई सम्पन्न गरेको छ ।
बजेट सार्वजनिक गर्न नसक्ने अवस्था आएको कारण पत्रकारहरुलाई जानकारी नदिएको कर्मचारीहरुले बताएका छन् । यस विषयमा गाउँपालिका अध्यक्ष प्रमुख प्रशासकिय अधिकृत र लेखापाललाई बारम्बर सम्पर्क गर्न खोज्दा उनीहरु सम्पर्कमा आउन चाहेनन् ।
जिल्लाको सदरमुकामसमेत रहेको मन्थली नगरपालिकाले अहिलेसम्म जम्मा २७ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । नगरपालिकाले ६ महिनाको अवधिमा जम्मा एक अर्ब १३ करोड ५ लाख ४३ हजार ३४ रुपियाँ बजेटको २७ प्रतिशत अर्थात् ३० करोड ७१ लाख ६८ हजार ५ सय ४२ रुपियाँ बजेट खर्च गरेको छ । सोमबार नगरपालिकाको १२ औँ अधिवेशन तथा हिउदे अधिवेशन सम्पन्न गर्दै उक्त कुरा बताएका हुन् ।
नगर प्रमुख लब श्रेष्ठले पुस २२ गतेसम्म चालु तर्फ ७५ करोड ५५ खाल ६९ हजार बजेट रहेकोमा ३४ प्रतिशत अर्थात् २५ करोड ७९ लाख ५१ हजार २ सय ८६ रुपियाँ बजेट खर्च भएको बताउनुभयो । त्यसै गरी पुँजीगत तर्फ ३७ करोड ४९ लाख ७४ हजार ३४ रुपियाँ बजेट रहेकोमा १३ प्रतिशत अर्थात् ४ करोड ९३ लाख ९ हजार ८५ रुपियाँ बजेट खर्च भएको बताउनुभयो ।
नगरपालिकाले भुक्तानी प्रणालीलाई सहज बनाउन डिजिटल माध्यम ईटीएफ प्रणालीबाट भुक्तानी प्रणाली सुरु गरिएको उहाँले बताउनुभयो । ‘यस आर्थिक वर्षमा नगरपालिकाले ४ करोड ६३ लाख रुपियाँ आम्दानी हुने अनुमान गरेकोमा अहिलेसम्म एक करोड ६३ लाख ३२ हजार रुपियाँ आम्दानी भएको छ, यसलाई हेर्दा लक्ष्य अनुरूप आन्तरिक राजश्व संकलनमा विशेष ध्यान दिन आवश्यक छ’, नगर प्रमुख श्रेष्ठले भन्नुभयो ।
उहाँले पूर्वाधार विकासका लागि नगरपालिकाका १४ वटा वडामा यस वर्ष ३ सय ७६ वटा योजना छुट्टिएकामा १ सय ७५ वटा योजना मात्र हालसम्म सम्झौता भएको र ती मध्ये ३६ वटा योजनाको कार्य सम्पन्न भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘‘६ महिनाको अवधिमा ५० प्रतिशत बढी योजना सम्झौता नै नहुनु कार्यसम्पादनको हिसाबले सन्तोषजनक नरहेको नगरप्रमुख आफैले बताउनु भयो ।”
रामेछाप नगरपालिकाले चालु आर्थिक वर्षमा हालसम्म १८.७८ प्रतिशत मात्र बजेट खर्च गर्न सकेको छ । बुधवार रामेछाप नगरपालिकाको सुकाजोरमा सम्पन्न बाह्रौं अधिवेशनमा उक्त कुराको जानकारी गराइएको हो । अधिवेशनपछि आयोजित पत्रकार सम्मेलनमा चालु आर्थिक वर्षका लागि विनियोजित चालु तर्फको रु ४६ करोड ९८ लाख २३ हजार ४ सय ३४ रुपैया र पूँजीगत तर्फ ३१ करोड ७ लाख ६० हजार ५ सय ५६ रुपैया गरी कुल ७८ करोड ५ लाख ८४ हजार वजेट बिनियोजित भएपनि हालसम्म चालु तर्फ १२ करोड २४ लाख ४९ हजार ३ सय २० र पूँजीगत तर्फ २ करोड ४१ लाख ५५ हजार ३२ रुपैया गरी कुल १४ करोड ६६ लाख,४ हजार ३ सय ५२ रुपैया खर्च भएको जनाइएको हो । यसरी हेर्दा चालु तर्फ २० प्रतिशत र पूँजीगत तर्फ ७.७८ प्रतिशत खर्च भएको पाइएको कार्यक्रमका अबसरमा जानकारी गराइएको हो ।
नगर अधिवेशन पछि नगर प्रमुख लवश्री न्यौपानेको अध्यक्षतामा आयोजना गरिएको पत्रकार सम्मेलनका अवसरमा उहाँले आपूmहरु निर्वाचित भएदेखि नै कामलाई गति दिएको तर वीचमा दशै तिहार एवंं संघ र प्रदेशको निर्वाचनका कारण लागेको आचारसंहिताले सोचे अनुसारको उपलब्धि हासिल गर्न नसेको भएपनि अर्को वर्ष भने यस्तो नहुने वताउनुभयो । सो अवसरमा बोल्दै नगरपालिकाका प्रवक्ता समिर कार्कीले केही योजनाहरु निर्माण ब्यवसायीमार्फत भइरहेको हुनाले प्रगति कम देखिएका भन्दै अधिकांश वडाका योजनाहरु कार्यान्वयनका चरणमा रहेको, योजना सम्पन्न भइसकेपनि कति योजनाहरुको भुक्तानी माग नभएका कारणले वर्तमान अबस्थामा उपलब्धि नदेखिए पनि माघको पहिलो हप्ता भित्र धेरै उपलब्धि देखिने बताउनुभयो ।
रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाले चिकित्सकसहितको स्वास्थ्य सेवा सुरु गरेको छ ।गाउँका बिरामीलाई गाउँमा नै स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले चिकित्सकसहितको स्वास्थ्य सेवा सुरु गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्षमा निर्वाचित भएर आए सँगै गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले घरघरमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्य लिएको बताउदै आएका थिए ।
निर्वाचित भएको करिब नौ महिनापछिगाउँपालिकाले करार सेवामा मेडिकल अधिकृत नियुक्त गरी चिकित्सकसहितको सेवा सञ्चालनमा ल्याइएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश श्रेष्ठले बताउनुभयो । ‘स्वास्थ्य क्षेत्रमा सुधार गरी नागरिकलाई छिटो छरितो ढङ्गले प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्न चिकित्सक नियुक्त गरिएको हो ।” उहाँले भन्नुभयो ।
उहाँका अनुसार पालिका स्तरको अस्पतालको काम गर्ने गरी मेडिकल डाक्टरलाई स्वास्थ्य चौकी पकरबासमा काममा खटाइएको छ । गाउँका मानिसलाई उपचारको लागि ठूलो खर्च गरेर सहर जान नपरोस् भनी गाउँमा नै चिकित्सकसहितको सेवा सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताउनुभयो । ‘चिकित्सक नियुक्त भएसँगै पकरबास स्वास्थ्य चौकीबाट पालिका स्तरको अस्पतालबाट पाइने सेवा नागरिकले पाउँछन् ।” अध्यक्ष श्रेष्ठले भन्नुभयो ।
खाँडादेवी गाउँपालिकामा अहिले १५ वटा भन्दा बढी स्वास्थ्य संस्था मार्फत सेवा प्रवाह भइरहेको छ । गाउँपालिकामा आठ वटा स्वास्थ्य चौकी, चार वटा सामुदायिक स्वास्थ्य एकाइ, एउटा आधारभूत स्वास्थ्य सेवा केन्द्र, एउटा ग्रामीण आँखा केन्द्र र एउटा (आयुर्वेद) नागरिक आरोग्य केन्द्र गरी १५ वटा स्वास्थ्य संस्था सञ्चालनमा छन् । खाँडादेवी गाउँपालिकाले वडा नं ६ माकादुमको गोगन पानीमा पालिका स्तरको अस्पताल बनाउँदै छ। सो अस्पताल भवनको निर्माण कार्य भइरहेको छ । गाउँपालिकाले पालिकाभित्रका अन्य वडाका स्वास्थ्य संस्थामा टेलिमेडिसिन सेवा सञ्चालन गर्ने तयारी पनि गरेको छ ।
रामेछाप। खाँडादेवी गाउँपालिकामा सरकारी अनुदानमा ब्यापक अनियमितता भएको खुलासा भएको छ । गाउँपालिका भित्र बागमती प्रदेश सरकार र गाउँपालिकाले करोडौं रकम बिभिन्न शीषर्कमा अनुदान रकम बितरण गरेको थियो । अनुदान लिएका संस्था र फर्महरु यतिबेला अधिकांश बन्द भएको छ ।
अनुदान रकम दिदा आप्mना आफन्त र पार्टी कार्यकर्ता छनौट हुँदा समस्या आएको नागरिकहरुको भनाई छ । अनुदान रकम दिदा बिषेश गरी पार्टीको कार्यकता हो होइन भनेर हेर्ने र नाता भित्रको मान्छे हो कि होइन भन्ने सोचका कारण सरकारले लगानी गरेको करोडौं रकम दुरुपयोग भएको स्थानीय दिपेश खत्रीले बताए ।
उनले भने “बागमती प्रदेश सरकारको आर्थिक मामिला मन्त्री कैलाश ढुङ्गेल रहदा र गाउँपालिका अध्यक्ष प्रेम तामाङ रहदा अधिकांश फर्महरुमा अनुदान रकम बितरण गरियो । अनुदान बितरण गर्नका लागि आप्mना नेता र कार्यकर्ताहरुलाई उहाँहरुले फर्म दर्ता गर्न भने । उक्त फर्ममा एमालेका नेता कार्यकर्ता भन्दा अरु राखेनन् । बस्न खोज्दा पनि बस्न दिइएन । उनीहरुको उद्देश्य भनेको अनुदान रकम ल्याउने र खाने उद्देश्यले फर्म दर्ता भएको थियो, कृषि कार्य गर्ने होइन । अनि दिगो कसरी हुन्छ । जतिपनि फर्ममा अनुदान रकम दियो । ती सबै बन्द छन् । कुनै पनि फर्महरु सञ्चालनमा छैनन् । अनुदान रकम पूरा नआएसम्म बाख्रा राखे अनुदान पाए पछि बाख्रा बेच्ने काम गर्नेहरुले पैसा पनि पाएन । जसले माटोमा खेलेका छन् उनीहरुले पाएन । जो जनप्रतिनिधि छन् पार्टीको परिचित नेता कार्यकर्ता छन् । उनीहरुले अनुदान रकम पाए । त्यसरी बितरण गरिएको अनुदान सदुपयोग कसरी हुन्छ उनले भने ।”
त्यस्तै गरी स्थानीय बिनोद श्रेष्ठले भने– “अनुदान लिनका लागि फर्म खोले, जग्गा भाडामा लिए, अनुदान पाएपछि सबै छाडेर हिडे । मैले पनि जग्गा भाडामा दिएको थिए । पहिलो वर्षको भाडा दिए । त्यसपछि दिएन । कहिले बन्द गरे पत्तै छैन । हुने खानेहरुले पहूँचको भरमा पैसा खान फर्म खेले तर हामी जस्ता सर्वसाधरण भने झन् मर्कामा प¥यौ उनले भने ।”
गाउँपालिकाले अहिले अनुदानको दुरुपयोग भएको भन्दै नदिने बताएको छ । कृषि पेशामा रहेको कृषकहरुलाई अनुदान दिन पर्ने ठाउँमा कार्यकर्तालाई खल्तीमा अनुदान दिदा अहिले असली कृषकलाई भने समस्या परेको छ ।
बागमती प्रदेश सरकारको तत्कालीन आर्थिक मामिला मन्त्री कैलाश ढुङ्गेलले र कृषि मन्त्रालयबाट विभिन्न शीर्षकमा आनुदान ल्याएर फर्म सञ्चालन गरेकाहरूले केही समय अनुदान देखाउन फर्ममा बाख्रा, गाई र टनेलमा तरकारी खेती देखावटी गरेको भएपनि अहिले ती फर्म खाली भएका छन् भने टनेल बनमाराले भरिएका छन्।यसरी अनुदान प्राप्त गर्नेमा अधिकांश राजनीति दलका नेता तथा कार्यकर्ता रहेका छन् भने तत्कालीन जनप्रतिनिधिहरु पनि संलग्न रहेको खुलासा भएको छ । पालिकाको वडा नं ३ डफ्खामा बागमती प्रदेश सरकारको २५ लाख अनुदान र स्थानीयको लाखौं रुपैयाँ रहेको सित्खा कृषि विकास प्रा.लिले देखावटी बाख्रा पालन गरेर अनुदान रकमको दुरुपयोग गरेको हो।
एमाले नेता एवं वडाध्यक्ष पुष्कर कार्की, वडा सचिव तेजबहादुर श्रेष्ठ,एमाले केन्द्रीय प्रतिनिधि शम्भु श्रेष्ठ, एमाले रामेछाप जिल्ला कमिटी सदस्य राजेश कार्की,हालका वडा सदस्य दुर्गा माझी र स्थानीय नेता भिम श्रेष्ठलगायतको संलग्नतामा खोलिएको उक्त प्रा.लिले स्थानीय स्तरमै पाइने लोकल प्रजातीका बाख्रा राखेर फर्म सञ्चालन गरेका थिए ।केहि समय बाख्रा राखेको भएपनि हाल फर्ममा बाख्रा छैनन् ।
राज्यको अनुदान नलिइ व्यक्तिगत लगानीमा सञ्चालित कृषि फर्महरूले भने राम्रो व्यापार गरिरहेका छन् । अनुदान लिएका फर्महरु सित्खा पुल तरेपछि भिरपानी जाने बाटो वरपर मात्र दर्जनौं छन् तर सबै अनुदान पश्चात बन्द छ ।यस बारेमा पालिकासँग जानकारी लिंदा पालिकासँग अनुदान फिर्ता गराउने अधिकार नभएको र कानुनी प्रक्रियाको लागि जानकारी गराउने पालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बाताए ।
श्रेष्ठले भने– “अनुदान रकमको दुरुपयोग भएको छ । राम्रो भएको छ भन्न मिल्दैन । दुरुपयोग भएको छ भनेर हामीले कारवाही गर्ने अधिकार हामीसँग छैन । हामीले गाउँपालिकाबाट केहि गर्ने अवस्था छैन । अनुदान बितरण र अनुगमन फितलो हुँदा यस्तो समस्या देखा परेको हो । हामी उक्त रकम न फिर्ता गराउन सक्छौं न कारवाही गर्न सक्छौं । अनुदान दिने समयमा बिचार गर्दा यो समस्या आएको हो । यस भन्दा अघि अनुदानमा दिएको रकम दुरुपयोग भएको देखेर आपूmले यस वर्षदेखि अनुदान रकम नदिने निर्णय गरेको बताए ।”
अनुदान दिएर कहिले पनि कृषकले प्रगति नगर्ने र अनुदान खेर जाने हुनाले पालिकाले यो सेवा बन्द गरेको पनि अध्यक्ष श्रेष्ठले जानकारी दिए । अनुदानको नाममा राज्यले लगानी गरेर करोडौं रुपैयाँ बालुवामा पानी हालेझैं भएको श्रेष्ठको तर्क छ । राज्यले अनुदानको नाममा लगानी गरेको करोडौं रुपैयाँ अनुगमन र निगरानीका साथै अनुदान दुरुपयोग गर्नेमाथि कडाई नगर्ने हो भने बर्सेनी राज्यको लगानीको कुनै औचित्य देखिदैन ।
रामेछाप । पोखरामा भएको बिमान दुर्घटनामा ज्यान गुमाएका नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य त्रिभुबन पौडेल लगाएत अन्य यात्रुहरुको आत्माको चिरशान्तिको कामना गर्दै नेपाल पत्रकार महासंघ रामेछापले मन्थलीको देवकोटा चोकमा दिप प्रज्वलन गरेको छ ।
यती एयरलाइन्सको आइतबार भएको जहाज नेपालपत्रकार महासंघका केन्द्रिय सदस्य लगाएत ७२ जनाले ज्यान गुमाएका थिए । उक्त घट्नामा मृतक भएका पत्रकार पौडेल लगाएत अन्य यात्रुहरुको सम्झनामा आज सांझ पत्रकार महासंघ रामेछाप लगाएत देशै भरका पत्रकार महासंघले यात्रुहरुको आत्माको चिरशान्तिको कामना गर्दै दिप प्रज्वलन गरेका हुन् ।
पत्रकार महासंघ रामेछापले पत्रकार पौडेल सहित ७२ जना यात्रुको सम्झनामा आत्माको चिरशान्तिको कामना गर्दै ७२ वटै मैन बत्ती बालेका थिए । नेपाल पत्रकार महासङ्घ रामेछापमा आबद्ध र सक्रिय पत्रकारहरूले दुर्घटनामा दुःख व्यक्त गर्दै दीप प्रज्वलन गरेका हुन् ।
रामेछाप । मन्थली अस्पताल तोडफोड गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रामेछापले तिन जनालाई नियन्त्रणमा लिएको छ । मन्थली अस्पतालका अनुसार शुक्रबार रातको नौं दश बजेको समयमा लागुपदार्थ सेवन गरेको केहि ब्यक्ति आई अस्पतालमा भर्ना भएपछी अस्पतालका केहि कर्मचारीलाई दुर्व्यवहार गर्नका साथै उपचारका केहि सफन समेत तोडफोड गरेका थिए ।
उनिहरुले झण्डै दुईलाख पर्ने मेसिनको तार जवरजस्ती चुडाएर हिडेका थिए । उनिहरुलाई प्रहरीले अहिले प्रक्राउ गरी जिल्ला प्रहरी ल्याउदै गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । प्रहरीले भने बेहोसी अवस्थामा मेसीनको तार चुडालेर हिडेको बताएका छन् । यर्थात केहो सोधपुछ पछी मात्र जानकारी गराउने प्रहरीले जनाएको छ ।
रामेछाप । लिखु तामाकोशी गाउँपालिकाले स्वास्थ्यको पहुँचमा पुग्न नसकेका ग्रामिण भेगमा नागरिकलाई गाउँमै विशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ ।
गाउँपालिका र नेपाल छारेरोग संघ र काठमाण्डौं मोडल अस्पतालको संयुक्त आयोजना र तामाकोशी अस्पतालको सहयोगमा नादहको झट्टेश्वर माध्यमिक विद्यालयमा शिविरको आयोजना गरेको हो । पालिकाभित्र हालसम्म सुविधा सम्पन्न एउटा पनि अस्पताल नहुँदा बिरामीले सहज तरिकाले उपचार पाउन सकेका थिएनन् । उक्त शिविरवाट ७ सय नागरिकले निःशुल्क स्वास्थ्य जाँच र औषधी पाएका छन् ।
सामान्य विरामी हुँदा त गाउँमै रहेको स्वास्थ्य चौकीमा उपचारको लागि जाने गर्दथे । गाउँमा उपचार सम्भव नभएका भित्री रोग भएका बिरामीहरु भने उपचार गर्न सदरमुकाम मन्थलीसम्म जानुु पर्ने वाध्यता थियो । यसपटक भने जनप्रतिनिधिहरुले गाउँका सबै नागरिकको स्वास्थ्यमा पहुँच पुगोेस् भन्ने उद्धेश्यले गाउँमै बिशेषज्ञ सहितको दुइदिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरेका हुन ।
शिविरमा स्त्रीरोग, छारेरोग, हाडर्जोनी, नाक कान घाँटी, बालरोग र नसा च्यापिएका लगाएतका ८ प्रकारका रोगहरुको उपचार गरिएको छ । खर्चको अभावमा अस्पताल जान नसकेका लिखु गाउँपालिकाका नागरिकलाइ गाउँमै बिशेषज्ञ डाक्टर र औषधी सहितको सेवा पाएपछि उनीहरुमा खुशी छाएको छ । गाउँमा अस्पताल नहुँदा सामान्य विरामी भएपनि त्यतीकै वस्नु पर्ने वाध्यता थियो । अहिले गाउँमा डाक्टर सहित निःशुल्क सेवा पाउँदा आफुलाई ज्यादै खुशि लागेको लिखु तामाकोशी गाउँपालिका–४ की दिपा महतले बताइन ।
पैसाको अभावमा धेरै वर्षदेखी ढाड र कम्मरको दुखाई सँगै घुडा दुखेर हैरान खेप्दै आएकी फट्याङ्ग्री तामाङ पनि गाउँमा आएको निःशुल्क स्वास्थ्य शिविरले फुरुङ्ग परेकी छिन् । उनी भन्छिन्– पैसा नहुँदा वर्षौैदेखी रोग पालेर बसेको थिए । अहिले गाउँमै जाँच गराउन पाउँदा निकै खुशी छु । समयको पनि बचत भयो, पैसा पनि जोगियो । यस्तै गरि पालिकाले समयसमयमा स्वास्थ्य शिविर राख्न पनि जनप्रतिनिधिसँग आग्रह गर्ने बताइन ।
स्वास्थ्य शिविरमा उपचार लिन आउने गम्भिर प्रकृतीका विरामीलाई थप उपचारको लागि काठमाण्डौं मोडेल अस्पतालसँग सहकार्य गरेर राजधानी पठाउने व्यवस्था मिलाइएको लिखु तामाकोशी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख किशोरी शाहले जानकारी दिए । उनले भने– गम्भिर प्रकृतीका विरामीको हामीले रेकर्ड राखेर उनीहरुको समयसमयमा जानकारी लिने व्यवस्था मिलाएका छौं । जतिसक्दो चाडो उनीहरुलाई थप उपचारको लागि सुविधासम्पन्न अस्पतामा पठाउने तयारीमा लागेका छौं ।
यसअघि पनि पालिकाले तामाकोशी अस्पतालसँग सहकार्य गरेर गाउँमै निःशुुल्क आँखाको परिक्षण गरेको थियो । परिक्षणको क्रममा ८ सय ९ जना विरामीले आँखा परिक्षण गराएका थिए । जसमा आँखाको मोतिया बिन्दु भएका ३६ जना विरामीको निःशुल्क आँखाको शल्यक्रिया समेत भएको थियो । गाउँमा सवै नागरिकहरुले स्वास्थ्य सेवा पुर्याउन पालिकाले आगामी वर्ष पनि स्वास्थ्य घुम्ती शिविर संचालन गर्ने लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष केशब महतले जानकारी दिए ।
गाउँबाट विरामी भएर उपचारको लागि शहरका अस्पतामा झर्ने अधिकासं विरामीहरुले डाक्टरलाई रोगको बिषयमा भन्न लजाउने गर्दछन् । डाक्टर गाउँमा नै गएर उपचार गर्दा उनीहरुले आफुलाई लागेको रोगको बिषयमा खुलेर भन्न सक्ने भएकाले पनि ग्रामिण भेगमा बेलाबेलामा स्वास्थ्य शिविर गर्नु जरुरी देखिएको तामाकोशी अस्पतालका डा.सुमन कर्माचार्यले बताए ।
रामेछाप । जिल्ला समन्वय समितिले सातौं जिल्ला परिषद सम्पन्न गरेको छ । समन्वयले बिहिबार र शुक्रबार दुई दिनमा जिल्ला परिषद सम्पन्न गरेको हो । जिल्ला परिषदमा जिल्लामा रहेका आठ वटै स्थानिय तह र सरकारी कार्यलयहरुले जिल्लामा सञ्चालीत योजनाका बारेमा जानकारी गराएका थिए । साथै आगामी योजनाका बारेमा छलफलसमेत गरेको थियो । बिहिबार सरकारी कार्यालयहरु र गाउँपालिका नगरपालिकाले आफ्नो प्रतिबेदन प्रस्तुत गरेको थियो भने शुक्रबार सो बिषयमा राजनितिक दल तथा जनप्रतिनिधिहरुले सुझाब राखेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रतिनिधि सभाका सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम) ले काम गर्दा कुनै पनि कार्यलय प्रमुखहरुले कसैको दबाब र प्रभाबमा परेर काम गर्न नहुने भन्दै नियम अनुसार काम गर्न आग्रह गरे । तामाङले कानून सम्मत रुपमा काम गर्दा कुनै कठिनाई परे आफु सहयोग गर्ने बताए । काम गर्ने क्रममा कुनै पनि राजनीतिक दल वा तिनका नेता तथा कार्यकर्ता कसैले अनावश्यक दबाब र प्रभाव पार्न खोजे आफूलाई सिधै जानकारी गराउन पनि तामाङले आग्रह गरे ।
जिल्लाका सबै आठ वटै स्थानीय तहका प्रमुख, तथा उपप्रमुख, प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मी, सुरक्षा प्रमुख र राजनितिक दलहरु समेतको रोहबरमा साँसद तामाङले परवर्तित समय संगै कार्यालय प्रमुख हरुले गर्ने सबैखालेकाम समय अनुकुल जनमैत्री र जनमुखि बनाउन आग्रह गरे ।
सोहि कार्यक्रलाई सम्बोधन गर्दै निर्वाचनमा नागरिकको घर दैलोमा जाँदा जनता सामु धेरै बाचा गरिएको स्मरण गर्दै ती बाचाहरू मध्ये ४० प्रतिशत पूरा गर्न सके नागरिकले समृद्धिको अनुभूति गर्ने बताएका छन् । तामाङले भने ‘ हामिले निर्वाचनको समयमा कति बोलेको छौँ जनतासामु ती सबै कुरा मध्ये ४० प्रतिशत काम गर्न सकेमा पनि त्यो आफुहरुको सन्तुष्टिको विषय बन्ने पनि बताए । पषिदका सहभागि स्थानिय निकायका प्रमुख तथा उप प्रमुखहरुलाई पनि प्रमुख अतिथि तामाडले जनताको काममा ईमन्दार भएर लाग्नु पर्नै र विकासको लागि थप बजेट ल्याउनका लागि आफु लगायत सबै माननियहरु संग समन्वय गरेर काम गर्ने बताए ।
जिल्ला समन्वय प्रमुख चिना कार्किको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाली काँग्रेसका उप सभापति लेख बहादुर कार्कि नेकपा एमालेका प्रचार विभाग प्रमुख प्रकाश कार्कि नेकपा माओवादीका उद्धब रम्तेल नेकपा समाजबादीका झम्क कडेल राप्रपका दिपक कार्की लगायतका बक्ताहरुले परिषदलाइै रामेछापको विकास मोडलको नमूना बनाउन सुझाब दिएका थिए ।
रामेछाप । अम्बरआदर्श बचत तथा ऋण सहकारीले यस आर्थिक बर्षमा ५ लाख ६५ हजार ४ सय २५ नाफा कमाएको छ । आज सम्पन्न साधारण सभामा सहकारी सो जनकारी गराएको हो । २१ बर्ष अघि सानो लगानिमा सिमित ब्यक्तिहरुले शुरुगरेको संस्था केहि बर्ष देखी सक्रिय रुपमा अघि बढेको छ ।
सहकारीले साबिक रामेछाप गाविस र सदरमुकाम आसपास कार्यक्षेत्र बनाएर काम गरेको छ । आफ्ना सेयर सदस्यहरुको सामाजिक र आर्थिक अवस्था सुधार गर्न सहकारीले बिभिन्न खाले योजनाहरु अघि सारेका छन् ।
सहकारीका अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा भएको २१ औं साधारण सभाको उद्घाटन कार्यक्रमा सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका रामेछाप नगरपालिकाका नगरप्रमुख लबश्री न्यौपानेले सहकारीले उत्पादन क्षेत्रमा बिशेष ध्यान दिनुपर्ने बताए। सहकारीको काम पैसा संकलन गर्ने र ऋण दिने मात्र काम गरेको भन्दै अब उत्पादन संग जोडिएर काम गर्न पर्ने बताए ।
सहकारीले साना ब्यपारी र सर्वसाधरण नागरीकको जिवनस्तर उकास्न ठुलो सहयो पुर्याउन सक्ने भन्दै उदेश्य अनुरुप काम गर्न आग्रह पनि गर्नु भयो । नागरिक सग बचत संकलन गर्न संगै बचत गर्ने बानि गराउन पनि सहकारीले महत्वपुर्ण भुमिका खेलेको बताए।
रामेछाप । जिल्लाको गोकुलगंगा गाउँपालिकाको १२ औँ गाउँ सभा (हिउँदे अधिवेशन) सम्पन्न भएको छ । आर्थिक वर्ष २०७८/०७९ का लागि विनियोजित नीति तथा कार्यक्रमको समिक्षा, चालु आर्थिक वर्षका लागि विनियोजित नीति तथा कार्यक्रमको अर्धवार्षिक प्रगतिको समिक्षा, विभिन्न विधेक तथा ऐनहरु माथि छलफल, गत आर्थिक वर्षमा गाउँपालिकामा देखिएको बेरुजु रकमको अशुल उपर गर्नु पर्ने लगायतका विषयहरु माथि छलफल गर्दै गाउँपालिकाको केन्द्र रस्नालुमा १२ गाउँ सभा सम्पन्न भएको हो ।
सभाका अध्यक्ष एवं गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजी बहादुर खड्काले गत आर्थिक वर्षमा भएको चालु तथा पुँजीगत खर्चको विवरण प्रस्तुत गर्दै चालु र पँजीगत गरी ६० करोड ८७ लाख ६३ हजार २० रुपैयाँ खर्च भएको तथ्यांक सार्वजनिक गरेका छन् । त्यस्तै अध्यक्ष खड्काले चालु आर्थिक वर्षका लागि विनियोजित नीति तथा कार्यक्रम र ६ महिनाको अवधिमा भएको खर्च विवरण समेत प्रस्तुत गरेका छन् ।
अध्यक्षले खड्काले आफूहरु निर्वाचित भएर आएपछि दुई ठूला चाड पर्व, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन लगायतका कारण आर्थिक वर्ष २०७९/०८० को लागि विनियोजित नीति तथा कार्यक्रम कार्यान्वयनमा समस्या आएको बताए ।
गाउँ सभामा गाउँपालिका उपाध्यक्ष उषादेवी कार्कीले आर्थिक वर्ष २०७९/०८० को लागि विनियोजित नीति तथा कार्यक्रम सहित बजेटमा केही परिमार्जन सहित संशोधनको लागि सभामा पेश गरेकी थिइन् । संसोधनको लागि सभामा पेश गरिएको संशोधित बजेट सर्वसम्मत रुपमा पाश भएको छ ।
गाउँसभाका सचिव एवं गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत होम बहादुर थापाले चालु आर्थिक वर्षको लागि विनियोजित नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको लागि अहिले द्रुत गतिमा काम भइरहेको बताएका छन् । उनले चालु आर्थिक वर्षका लागि विनियोजित विभिन्न योजनाहरुलाई चाँडै सम्पन्न गराउनको लागि वडा–वडामै पुगेर सम्झौता गरेर कार्यान्वयनलाई सहज बनाइएको पनि बताए ।
यस्तो छ चालु आर्थिक वर्षको अर्धवार्षिक प्रगति
गत आ.व. २०७८/०७९ को अन्तिममा स्थानिय तहको दोश्रो निर्वाचन सम्पन्न भई हामी निर्वाचित भई आएकोले गत वर्ष पुरानै पदाधीकारीहरुले छनौट र संचालन गरेको बाँकी योजाना तथा कार्यक्रमहरुको स्थलगत अनुगमन गरी भूक्तानी दिने कार्य भएको र गत वर्ष गोकुलगंगा गाउँपालिकाको दैनिक प्रशासन संचालन र विकास कार्यमा चालु खर्च तर्फ कुल रु. २७ करोड ३३ लाख १५ हजार १ सय बहत्तर र पुँजीगत खर्च तर्फ कुल रु. ३३ करोड ५४ लाख ४८ हजार ६ सय ४८ गरी जम्मा रु. ६० करोड ८७ लाख ६३ हजार ८ सय २० खर्च भएको देखिन्छ ।
उपस्थित महानुभावहरु,
अव म हामी निर्वाचित भई आए पश्चात भए गरेका मुख्य मुख्य कार्यहरु र चालु आ.व. २०७९/०८० को हालसम्मको आय व्ययको विवरण यस गरिमामय सभामा प्रस्तुत गर्दछु ।
१. वर्षादको कारण विग्रीएका सडक पूर्वाधारहरुको मर्मत सम्भार कार्य दशै तिहार अगाडीनै सम्पन्न गरी सडक सचारु गरिएको छ ।
२. यस वर्ष गोकुलगंगा गाउँपालिकाबाट ठेक्का प्रकृयाद्धरा कार्यन्वयन हुने ११ वटा आयोजनाहरु मध्ये कार्यालयको लागि लिफ्ट सहितको ५ तले सुविधा सम्पन्न प्रशासकीय भवन रु. ९ करोड चौवन्न लाखको लागतमा निर्माण सम्पन्न गर्ने गरी कार्य प्रारम्भ भइ २० प्रतिशत भौतिक तथा वित्तिय प्रगती भएको छ । खानेपानी व्यवस्थापनका लागि एक घर एक धारा कार्यक्रम अर्न्तगत पाइप तथा फिटिङका सामाग्री खरीद कार्य, तारजाली खरिद कार्य, ज्यामकिरी विद्यालय भवन निर्माण कार्य, श्री मा.वि. फर्पु पहिरो नियन्त्रण कार्य, भीम आ.वि. घेराबार निर्माण कार्य, बुर्के टगम देउराली सडक स्तरोन्नती, भिमसेनथान ललीबुक लुते फर्पु वडा भवन सडक स्तरोन्नती, भिमसेनथान क्षेत्रीगाउँ धारापानी सडक स्तरोन्नती र भित्तरी, सिस्नेरी लिसेखोला सडक स्तरोन्नती समेत १० वटा आयोजनाहरुको ठेक्का व्यवस्थापन र ठेकेदार संग सम्झौता गरी निर्माण कार्य प्रारम्भ भईसकेको छ । साथै धौले चाके, कोश्याङखर्क, जटापोखरी पाँचपोखरी पर्यटकीय सडकको ड्रईङ, डिजाइन र स्टीमेट गरी बातावरणीय प्रभाव मुल्याङ्कन कार्य अन्तिम चरणमा पुगी ठेक्का व्यवस्थापनको तयारीमा रहेको छ ।
३. वडास्तरका विभिन्न संघ सस्था र उपभोक्ता समिति मार्फत संचालन गरिने कुल ३११ मध्ये २२९ वटा योजना तथा कार्यक्रमहरुको घुम्ती सेवा मार्फत सम्बन्धीत वडाहरुमा गई २०७९ चैत्र मसान्त भित्र कार्य सम्पन्न गर्ने गरी सम्झौता भई कार्य प्रारम्भ भएको छ ।
४. शिक्षा, स्वास्थ्य, कृषि, पशुपंक्षी तथा मत्स्य विकास, महिला बालबालिका तथा समाज कल्याण लगायतका विषयगत शाखाहरुको कार्यक्रमहरु कार्ययोजना बमोजिम संचालन भई रहेको छ ।
५. कार्यालयको दैनिक सेवा प्रवाह सेवाग्राहीमैत्री हुने गरी मातहतका वडा कार्यालय र स्वास्थ्य चौकीहरु समेतबाट चुस्त, दुरुस्त र पारदर्शी रुपमा गर्ने व्यवस्था मिलाइएको छ
६. दोश्रो त्रैमासिक अवधीको सामाजिक सुरक्षा भत्ता बैकिङ प्रणाली मार्फत वितरणका लागि रकम निकासा भई सकेको छ ।
७. उपरोक्तानुसार गोकुलगंगा गाउँपालिकाको दैनिक प्रशासन संचालन र विकास कार्यमा यस आ.व. २०७९/०८० मा देहाय बमोजिमको आयव्यय भएको देखिन्छ ।
चालु तर्फ ३३,८७,८०,००० (प्रगति ३३.९८ प्रतिशत)
पुजिँगत फर्त ३१,२१,६६,००० (प्रगति ६.५९ प्रतिशत)
उपस्थित महानुभावहरु,
शिक्षा क्षेत्रको विकास विना अन्य क्षेत्रको विकास नहुने तथ्यलाई मनन गरी गुणस्तरीय शिक्षाका लागि सामुदायिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष, प्रधानध्यापक लगायतका शिक्षक शिक्षिकाहरुको क्षमता अभिबृद्धीका लागि आश्यक तालिम र प्रशिक्षणको व्यवस्था, गाउँपालिका र प्र.अ. विच कार्य सम्पादन सम्झौता गरी न्युन शिक्षक दरबन्दी भएका विद्यालयहरुमा निजिश्रोतमा कार्यरत शिक्षकहरुको पारीश्रमिकको लागि कमश उचित बजेट व्यवस्थापन गर्न आवश्यक ठानेको छु ।
गाउँबासीहरुलाई सरल र सहज रुपमा स्वास्थ्य सुविधाका लागि गोकुलगंगा अस्पताललाई १५ सैयाको अस्पतालको रुपमा स्तरोन्नती गर्नका लागि स्वास्थ्य चौकी रस्नालुबाट हुदै आएको स्वास्थ्य सेवालाई निरन्तरता दिन वडा कार्यालय रस्नालुमा एक एक जना अहेव, अनमी र कार्यालय सहयोगीको व्यवस्था गरी स्वास्थ्य चौकी रस्नालुका अन्य स्वास्थ्यकर्मी, स्वास्थ्य सामाग्री लगायत सम्पुर्ण सामानहरु गोकुलगंगा अस्पतालमा मर्ज गरी सेवा प्रवाहको व्यवस्था मिलाउनका साथै सबै स्वास्थ्य चौकीहरुबाट गुणस्तरीय स्वास्थ्य सेवा र निशुल्क रुपमा वितरण हुने औषधीहरु वितरणको व्यवस्था मिलाएको छ । अति विपन्न विरामीहरुको उपचारको लागि आश्यक सिफारिश र आर्थिक सहायताका साथै सत्केरीहरुलाई निशुल्क एम्बुलेन्सको सेवा मिलाएको छु ।
गत विगतमा यस गाउँपालिकाबाट कृषि, पशु विकास र विभिन्न व्यवसाय संचालनका लागि अनुदान वितरण गरिएकोमा सोको प्रभावकारी रुपमा उपलब्धी हासिल भएको नपाईएकोले विगतमा अनुदान लिने संघ सस्था, समूह र व्यक्तीहरुको विवरण तयार गरी निजहरुले लगेको अनुदान उद्देश्य अनुरुप खर्च भए नभएको अवस्थाका साथै सोबाट भएको उपलब्धी समेतको स्थलगत अनुगमन प्रतिवेदन लिई सोही आधारमा निजहरुलाई पुरस्कार र दण्ड सजायको व्यवस्थाको साथै आगामी दिनमा अनुदानलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउने तयारी गरेको छु ।
यस गाउँपालिका क्षेत्रका बैदेशिक रोजगारीबाट फर्केका युवा, अति विपन्न, दलित, सिमान्तकृत व्यक्तिहरुका साथै बेरोजगार युवा युवतीहरुको लगत संकलन गरी उनीहरुको भाषा धर्म, संस्कृति र पुख्यौली पेशाअनुसारको उद्यम व्यवसायको लागि सिप विकास तालिमको प्रबन्ध मिलाई गरीवी निवारण र आय आर्जनको लागि आगामी वर्षमा कार्यकम संचलन गर्ने व्यवस्था मिलाउने सोचमा छु ।
ठेक्का, उपभोक्ता समिति लगायत जुन सुकै विधिबाट गाउँपालिका मार्फत संचालन हुने आयोजना र कार्यक्रमहरुलाई कानुन सम्मत, विधि सम्मत रुपममा निश्पक्ष र पारदर्शी रुपमा संचालनको व्यवस्था मिलाउदै उक्त कार्यमा हुने सबै खाले अनियमितताको अन्त्य गर्ने प्रयत्न गरेको छु । यस्ता कार्यहरुमा यहाँहरुको साथ र सहयोगको अपेक्षा गर्दछु ।
धन्यबाद !
काजि बहादुर खड्का
अध्यक्ष, गोकुलगंगा गाउँपालिका
रामेछाप । जिल्लामा सञ्चालित मातृ शिशु स्वास्थ्य कार्यक्रम (वन हर्ट वल्ड वाइट) अपारदर्शी भएको भन्दै सरोवारवालाहरुले बहिस्कार गरेका छन् । सन् २०१८ देखी स्वास्थ्य कार्यालय रामेछापको मातहतमा रहेर आयोजना सञ्चालन भएको आयोजकले दावी गरेको भए पनि सरोकारवाला निकाय संग कुनै प्रकारको समन्वय नभएको सरोकारवाला निकायले दावी गरेको छ । मातृ शिशु स्वास्थ्य कार्यक्रमका प्रमुख राजेश लोहोनीले प्रस्तुत गरेको विवरण चित्त बुझ्दो नभएको भन्दै सरोकारवाला निकायहरुले कार्यक्रम बहिस्कार गरेको हो ।
जिल्ला समन्य समितिका सयोजक आयोजनाको अध्यक्ष रहने कानुनी ब्यवस्था रहेको छ । आयोजनाको अध्यक्षलाई समेत जानकारी नगराई कार्यक्रम शुरु गरेको भन्दै जिल्ला समन्वय समितिका प्रमुख चिना कार्की (खड्का)ले कार्यक्रम छाडेर हिडेपछी पत्रकार र सरोकारवाला निकायले गरेको प्रश्नको जवाफ नआएपछी कार्यक्रम स्थगित भएको हो ।
मातृ शिशु स्वास्थ्य कार्यक्रमका अध्यक्ष समेत रहेका जिल्ला समन्वय समिति रामेछापका सयोजक चिना कार्कीले आफुलाई सानो कार्यक्रम रहेकोले भन्दै सभाहलमा बोलाएपछी आफु उपस्थित हुन साथ कार्यक्रमको अध्यक्षता गराएको बताउनु भयो । कार्यक्रमको अध्यक्षता गराउन साथ कार्यक्रमको र आयोजनाको विषयमा आफुले बुझ्न खोज्दा सहि जवाफ आयोजना प्रमुखले नदिएपछी करडौं रकमको लगानीमा भएको कार्यक्रम सम्पन्न भएको भन्दै आफ्नो अध्यक्षतामा कार्यक्रम गर्न नसक्ने उहाँले बताउनु भयो ।
समन्वय समितिका प्रमुख कार्कीले भन्नु भयो ३ करोड १९ लाख ६३ हजार ३ सय ३९ रुपैंया बराबर रकम खर्च गरेको कार्यक्रम प्रमुखले विबरण पेश गरेपछी आफु विना जानकारी कार्यक्रममा बस्न उपयुक्त नभएको भन्दै कार्यक्रम छाडेर हिडेको बताउनु भयो । आयोजकले गाउँपालिका, नगरपालिका लगाएत संघ संस्था संग सहकार्य गरेर काम गरेको दावी गरेपछी गाउँपालिकाका जनप्रतिनिधि र सम्बन्धीत सहकार्य गरेको संस्थाका प्रतिनिधि नराखी कार्यक्रम समापन गर्न आफु नसक्ने भन्दै गाउँपालिका जनप्रतिनिधि लगाएत सम्बन्धीत संघ संस्थाका प्रमुखहरुलाई कार्यक्रममा समाबेश गर्न आफुले सुझाब दिएको समन्वय प्रमुख कार्कीले बताउनु भयो ।
गाउँपालिकाका लगाएत सम्बन्धीत संघ संस्थाकाप्रमुखहरु सहित बसेर कार्यक्रमको पारदर्शीताको विषयमा छलफल गरेर मात्र कार्यक्रम समापन गर्न सकिने समन्वय प्रमुख कार्कीले बताउनु भयो ।
समन्य प्रमुख संगै पत्रकार महासंघ लगाएत सरोकारवाला संघ संस्थाका प्रतिनिधिहरुले पनि कार्यक्रम पारदर्शी नभएको भन्दै कार्यक्रम छाडेर कार्यक्रम तत्काल स्थगित गर्न माग गर्दै कार्यक्रम बाट बाहिरिएका छन् । पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्रि नयाँघरेले भने स्वास्थ्य सम्बन्धी सबै कार्यक्रम आफुले गरेको दावी गरे पनी आयोजना प्रमुखले त्यो औचित्य हिन दावि प्रस्तुत गर्नु भयो । पारदशीताको विषयमा कुरा गर्दा जवाफ आउदैन त्यसकारण विना छलफल कार्यक्रम सम्पन्न भएको आफुहरुले भन्न नसकिने हुदा कार्यक्रम स्थगित गर्न भन्दै आफुहरु कार्यक्रम छाडेर हिडेको बताउनु भयो ।
स्वास्थ्य कार्यलय मार्फत कार्यक्रम सञ्चालन भएको भए पनि आयोजनाकोे विषयमा आफुलाई खासै जानकारी नभएको स्वास्थ्य कार्यलय रामेछापका प्रमुख जितेन्द्र शाहले जानकारी दिनु भयो ।
रामेछाप । रामेछापका जीवन कार्की राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । उनि नेपाल जेसीज वर्ष २०२३ का लागि राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
९ जना प्रतिस्पर्धी रहेको राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष पदमा ४ जना निर्वाचितमा सबै भन्दा दोस्रो मतका साथ कार्की विजयी भएका हुन ।
कार्की यस अगाडि २०२१ मा जेसिज रामेछापको अध्यक्ष बनेका थिए । २०२२ मा राष्ट्रिय उपाध्यक्ष रहेका थिए ।
राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा रजनी थापा, जीवन बहादुर कार्की, कुमारसिंह सावा र रश्मि बस्नेत निर्वाचित भएका हुन् ।
जेसिज वर्ष २०२३ को लागि राष्ट्रिय अध्यक्षमा विकास मानन्धर निर्वाचित
जेसिज वर्ष २०२३ को लागि राष्ट्रिय अध्यक्षमा विकास मानन्धर निर्वाचित भएका छन् ।
राष्ट्रिय उपाध्यक्षमा राधिका भुसाल, राजाराम गौतम, अनुप सुनुवार, भीम कुनुवार, स्वस्तिका आचार्य (सिटौला), तेजप्रसाद उप्रेती, चिरञ्जीवी शर्मा, सोनी श्रेष्ठ, सरोज अधिकारी, गौरव पौडेल, चन्द्र मुनी भुसाल र वीर बहादुर मेगा निर्वाचित भएका छन् ।
युवाहरूको क्षमता विकास, सामाजिक सेवा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनहरू गर्ने जेसिज पछिल्लो समय युवाहरू रोजाइमा पर्दै आएको छ ।
रामेछाप ।रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं. ७ भुजीमा शनिबार अपराह्न बोलेरो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइतेहरूमध्ये ३ जनाको अवस्था गम्भिर छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार लिखु तामाकोसी गाउँपालिका १ दुरागाउँबाट उमाकुण्ड ७ भुजीतर्फ जाँदै गरेको बा ११ च ७५९२ नम्बरको उक्त बलेरो एकराते पहरा फास्तुमा दुर्घटनामा परेको थियो । कच्ची सडकमा अनियन्त्रित भई करिब ५० मिटर तल उक्त जिप खसेको बताइएको छ । बोलेरोमा यात्रा गर्ने सबै ११ यात्रु नै घाइते भएका हुन्।
प्रहरी निरीक्षक राजुप्रसाद ढकालका अनुसार घाइते हुनेमध्ये लिखु तामाकोसी १ का वडा सदस्य विमल सुनुवार, दुरागाउँकै विमला सुनुवार र राजकुमार थापालाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको छ । ४ जना घाइतेहरूलाई गाडी मार्फत् काठमाडौंतर्फ पठाइएको र अन्य ४ जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।
धादिङ । दुई ठूला पहाडको मुनि छ आहाले गाउँ । परबाट हेर्दा जम्माजम्मी छरसात घर देखिन्छ । एउटा घरबाट उभिएर हेर्दा अर्कोघर मुस्किलले देखिन्छ । यो गाउँ सोमबार बिहानदेखि शोकमय बनेको छ ।
वृद्ध दम्पतीको हत्यापछि धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ को आहाले गाउँ नै शोकमय बनेको हो । ७४ वर्षीय विष्णुबहादुर आलेमगर र ६७ वर्षीया निरमाया आलेमगर सोमबार बिहान हत्या गरिएको अवस्थामा भेटिएका थिए । विष्णुबहादुरलाई घर बाहिर खाटमा सुतिरहेकै अवस्थामा निधारमा तिखो हतियार प्रहार गरेर एकै झड्कामा प्राण लिएको देखिन्छ भने निरमायालाई घरभित्रै लछारपछार पार्दै पिटीपिटी हत्या गरेको घटनास्थलको दृष्यले देखाउँछ ।
घटनास्थल पुगेर फर्किएका जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्री भन्छन्, “हत्या नै भएको हो भन्ने आधार छन्, बोझिलो हतियार प्रयोग गरेर हत्या गरेको देखिन्छ । के कारण हत्या भयो भन्ने कुरा हामी अनुसन्धानमै छौँ ।” यी दम्पतीको एक छोरा एक छोरी छन् । छोरा बुहारी नै काठमाडौँमा डेण्टल क्लिनिक चलाएर बस्छन् । छोरी ज्वाईँको पनि आफ्नै व्यवसाय छ । शुक्रबार साँझ छोरा कुमारले फोन गरेर स्वास्थ्य चेकजाँचका लागि आमाबुबालाई काठमाडौँ बोलाएका रहेछन् । आमाले अहिले केही समस्या छैन, केही दिनमा काठमाडौँ आउँछु भनेका रहेछन् तर, त्यही शुक्रबार साँझको फोन वार्तालाप नै अन्तिम बन्यो । “शुक्रबार साँझ ७ः३० बजेतिर कुरा गरेको थिए । शनिबार विश्वकप हेर्न लागेकाले गर्दा कुरा गर्ने मेसो मिलेन । आइतबार साँझ फोन गर्दा फोन उठेन, केही बेरमा आमाको मोबाइल अफ भयो”, विष्णुबहादुर र निरमायाका छोरा कुमारले भने, “हत्यारा पत्ता लगाएर कानुनअनुसार कारबाही गरियोस् ।”
छोरा कुमारसँगको कुराकानीअनुसार सधैँजसो आमाबुबाको छोरासँग फोनमा कुराकानी हुन्थ्यो । सन्चो विसन्चोको कुरा हुन्थ्यो । पटकपटक काठमाडौँ आएर बस्नुस् भनेर छोरा कुमारले भनेका पनि रहेछन् । “तर, बूढाबूढी हामी गाउँमै बस्छौँ भन्थे र त्यही झुप्रो घर छोड्न मान्नुभएन”, कुमारले भने, “आज यस्तो भोग्नुपर्यो ।”
शुक्रबारको कुराकानी पछि शनिबार छोरा कुमारले फोन नै गर्नुभएन । आइतबार साँझ फोन गर्दा पहिलोपटक फोन उठेन । केहीबेरपछि फोनको स्विच अफ भन्यो । कुनै कारण फोन अफ भयो होला भन्ने सोचे र छोरा कुमारले त्यति खोजी गर्नुभएन । एक्कासि सोमबार बिहान टेलिफोनमार्फत घटना सुनेको कुमारले सुनाए । उनले भने, “हतारिएर घर आइपुग्दा प्रहरी र स्थानीयले घर छेकेर बसिरहेको रहेछ ।”
आइतबार यी दम्पतीलाई छिमेकीले पनि कसैले ख्याल राखेनन् । घरबाहिर पनि देखिएन । सधैँजसो गोठालो जाने, घाँस काट्न जानेसँग पनि आइतबार यी दम्पतीको भेट भएन । आइतबार पनि नभेटेका छिमेकीले सोमबार बिहान घाँस काट्न जाने बेला बोलाउन घर पुग्दा मात्रै दम्पतीलाई मृतावस्थामा फेला पारेको पहिलोपटक घटनास्थल पुग्ने बताउँछन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धान, छोरासँग फोनमा भएको कुराकानी र छिमेकीसँगको कुराकानीअनुसार शव सोमबार बिहान भेटिए पनि घटना शनिबार राति नै भएको हुनसक्ने अनुमान लगाउन सकिन्छ । विष्णुबहादुर हुलाक कार्यालयको जागिरबाट पेन्सनवाला थिए । भूकम्पपछि जस्ता र काठको फल्याकले बारेको छाप्रो घरमा नै विष्णुबहादुरको दम्पतीको दैनिकी चलेको थियो । छिमेकीका अनुसार विष्णुबहादुर सधैँजसो घर बाहिर पिँढीमा रहेको खाटमा नै सुत्ने रहेछन् । घटना भएको रात पनि त्यही खाटमा मृत भेटिएको हो । गाउँकै सोझा र भलाद्मी मानिने विष्णुबहादुर दम्पतीको हत्याले अहिले गाउँ नै शोकमा परेको छ ।
मङ्गलबार परिवारले जिल्ला प्रहरी कार्यालयमा घटनाबारे जाहेरी दिएका छन् । घटनास्थलमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धानको टोलीले तालिमप्राप्त कुकुरको प्रयोग गरेर अनुसन्धान गरेको छ । घटना भएलगत्तै गाउँ पुगेको जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरी निरीक्षक रमेश थापासहितको प्रहरी टोली अहिले पनि घटनास्थलमै बसेर घटनाको सूक्ष्म अध्ययन गरिरहेको छ ।
सोमबार राति सदरमुकाम धादिङबेँसी ल्याइएको दम्पतीको शव मङ्गलबार दिउँसो परीक्षणको लागि काठमाडौँ लगिएको छ । वृद्ध दम्पती मात्रै बस्दै आएको घर यतिबेला सुनसान छ । उनीहरूले पालेको बाख्रा, खसीबोका र भैँसी गोठमै अलजिल्लामा छ । सधैँजसो घरमा काम गरिरहने, घर वरपर देखिइरहने दम्पती नदेख्दा छिमेकीको पनि हातमा काम आएको छैन ।
रामेछाप – नेपाल प्रहरिको सेवा प्रवाह जनअपेक्षा अनुरुपको हुने बागमति प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक किरण बज्राचार्यले बताएकी छन् । सोमबार जिल्ला प्रहरी कार्यालय रामेछापमा नवनिर्मित कार्यालय प्रमुख तथा सिनियर अफिसरको आवास भवन उद्घाटन गर्दै बज्राचार्यले यस्तो बताएकी हुन ।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षक बज्राचार्यले भौतिक पुर्वाधारको विकास भएसँगै प्रहरीको सेवा प्रवाहमा थप सहयोग पुग्ने बताएकि छिन् । बज्राचार्यले प्रहरीको सेवा नजअपेक्षा अनुरुप हुनेमा विस्वास समेत व्यक्त गरिन । भौतिक संरचनाकाे विकास सँगै आवश्यक फर्निचरको व्यवस्था समेत गर्नुपर्ने आवस्यकता अाैल्याइन् । त्यसैगरी नेपाल प्रहरीले लामो समयसम्म कार्यालय भवन विनानै सेवा प्रवाह गर्नुपर्ने अवस्था रहेकाे भन्दै बज्राचार्यले भनिन – द्धन्द्धको समय र भुकम्पका कारण प्रहरीका भवनहरु ध्यस्त हुन पुगेपछि ,विभिन्न ठाँउमा कतै टेण्ट, कतै पाल, कतै टिन मुनि बसेर समेत प्रहरीले सेवा प्रवाह गर्न बाध्य भएकाे बताइन् । भौतिक विकास भएसँगै , सेवा प्रवाहमा सहजता आएकोमा उनीले खुसि व्यक्त गरिन् । त्यसैगरि प्रहरीको काम समाजमा शान्ति सुरक्षा कायम गर्ने भएको र त्यसका लागि विभिन्न सामाजिक क्षेत्रमा क्रियाशिल व्यक्तिहरुलाइ साथ दिन उनीले अनुरोध गरेकी छन ।
कार्यक्रमा जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरिक्षक राजकुमार थिङले भवन निर्माण सम्पन्न भएसँगै सेवा प्रवाहलाइ अझ परिस्कृत गर्देै शिघ्र सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमा भवन निर्माण समयमै सम्पन्न गर्न सफल भएकोमा निर्माण कम्पनिका संचालक दिपक थापा लगाएत भवन निर्माणको कार्यलाइ विभिन्न क्षेत्रबाट सहयोग गर्ने प्राविधिकहरु समेतलाइ कार्यक्रमका प्रमुख अतिथि बागमति प्रदेशका प्रहरी प्रमुख किरण बज्राचार्यले प्रशंसापत्र प्रदान गरेकी थिइन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मी , रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशव प्रसाद घिमिरे, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेले शुभकामना दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय रामेछाप परिसरमा निर्मित भवन थापा निर्माण सेवा प्रा.ली रामेछापले संझौता गरेको १६ महिनामा ३ करोड,७ लाख, ५४ हजार लागतमा निर्माण सम्पन्न गरेको हो । नवनिर्मित भवनहरुमा कार्यालय प्रमुखको निवास २ तल्लाको रहेको छ जसमा ६ वटा कोठाहरु रहेका छन् भने सिनियर प्रहरी अधिकृतको निवास ३ तल्ला रहेको छ । जसमा महिलाको लागि छुट्टै एक कक्ष सहित ११ वटा कोठाहरु रहेकाे प्राविधिक प्रतिवेदनमा उल्लेख छ ।
काठमाडौं – महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला न्याय माग्न पुगेकी विनु यादव सर्वाेच्च अदालतकै गेटबाट प्रहरीको नियन्त्रणमा परेकी छन् ।
पतिबाट आफूमाथि हिंसा भएको र त्यसविरुद्ध न्याय माग्न जाँदा कतैबाट नपाएको गुनासोसहित मंगलबार उनी सर्वाेच्च अदालत पुगेकी थिइन् । तर, ट्याक्सीबाट ओलिर्नेवित्तिकै सुरक्षाकर्मीको घेरामा परेकी उनले आफू बोकेर गएको रातो रंग सर्वाेच्च अदालतको गेटमा फ्याँकिन् । घोलिइरहेको रातो रंग गेटमा पोखेकी उनलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएर गाडीमा राखेको थियो ।
आफूमाथि भएको हिंसा र न्याय नपाएको विरोधमा रातो रंग फ्याँकेकी उनले प्रहरीको गाडीभित्रबाट कराइन्, ‘सबै बिक्यो, अदालत बिक्यो, न्यायाधीश बिक्यो, मैले कहाँबाट न्याय पाउने ? १६ दिने अभियान चलाइराख्दा खै पीडितलाई न्याय ?’
उनले भनेजस्तै ३१औं अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्धको १३ दिने अभियान संसारभर चलिरहेको छ । तर, दैनिकजसो महिला हिंसामा परेको, हत्या भएको, न्याय नपाएको घटना सार्वजनिक भइरहेका छन् ।
न्यायकै लागि सर्वाेच्च अदालत पुगेकी सिरहाकी विनु प्रहरी नियन्त्रणमा परेकी हुन् । प्रहरीले नियन्त्रणमा लिन थालेपछि उनले चिच्याउँदै भनिन्, ‘‘मलाई न्याय चाहियो ।’
उनको मुद्दा पाटन उच्च अदालतमा विचाराधीन छ । तर, न्यायका लागि भन्दै उनी सडक संघर्षम उत्रिन थालेकी छन् ।
केही महिनाअघि रामेछाप जिल्ला अदालतको इजलासमै विष सेवन गरेर आत्महत्या प्रयाससमेत गरेकी उनले आफूमाथि पतिसहित घरपरिवारबाट शारीरिक र मानसिक रुपमा हिंसा भएको बताउँदै आएकी छन् । काका ससूरा पवन कठायतले आफूमाथि बलात्कार प्रयास गरेको उनको आरोप छ ।
विनुसँगै ज्यास्मिन ओझालाई पनि प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
रामेछाप । प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्षबाट निर्वाचित सदस्यहरुलाइ मुख्य निर्वाचन कार्यालय रामेछापले प्रमाणपत्र वितरण गरेको छ ।
मंसिर ४ गते सम्पन्न भएको निर्वाचनको प्रत्यक्ष तथा समानुपातिक मतगणना सम्पन्न भएपछि एक कार्यक्रम गरी निर्वाचितलाई प्रमाणपत्र वितरण गरेको हो ।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित पुर्णबहादुर तामाङ ‘कान्छाराम’ प्रदेश सभामा निर्वाचित प्रदेश सभा (क) का प्रदेश सभा सदस्य तारा नारायण श्रेष्ठ र प्रदेश सभा (ख) का प्रदेश सभा सदस्य युवराज चौलागाईंलाई मुख्य निर्वाचन कार्यालयका प्रमाणपत्र वितरण गरेको मुख्य निर्वाचन अधिकृत इन्दिरा शर्माले बताइन।
रामेछाप । रामेछापको समग्र विकासमा एक ढिक्का भएर लाग्ने नवनिर्वाचित प्रतिनिधि सभाका सदस्य पुर्णबहादुर तामाङ कान्छारामले प्रतिबद्धता व्यक्त गरेका छन। नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापले आयोजना गरेको शुभकामना तथा मतदाताका लागि प्रतिबद्धता कार्यक्रमलाइ सम्बोधन गर्दै उनले सो बताएका हुन् ।
त्यस्तै रामेछाप प्रदेश सभा (क) का प्रदेश सभा सदस्य तारा नारायण श्रेष्ठ र प्रदेश सभा (ख) का प्रदेश सभा सदस्य युवराज चौलागाईंले पनि गठबन्धले निर्वाचन अघि गरेको सम्पुर्ण प्रतिबद्धता अक्षरंस पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन।
केन्द्रमा गठबन्धनको अवस्था जे जस्तो भए पनि रामेछापको विकासका लागि रामेछाप बाट निर्वाचित प्रतिनिधिको गठबन्धन आफ्नो कार्यकाल भरी रहिरहने साझा उद्घोषण उनिहरुले गरेका छन।
त्यस्तै नागरिकको हितमा काम गरि मतदाताको मतको सम्मान गर्न निर्वाचित प्रतिनिधिहरुलाइ नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाघरेले आग्रह गरे। साथै विकास विरोधी र जनताको हित बिपरित काम गर्ने कोसिस मात्र गरे पनि रामेछापका पत्रकार एक ढिक्का भएर त्यसको विरुद्धमा कलम चलाउने नयाघरेले बताए।
रामेछाप । रामेछापको प्रदेश सभा ‘क’ मा सत्तागठबन्धनका साझा उम्मेरद्वार एव नेकपा माओवादी केन्द्रका जिल्ला सचिब तारानारायण श्रेष्ठ बिजय भएका छन् । सत्तागठबन्धनका साझा उम्मेरद्वार श्रेष्ठले नेकपा एमालेका उम्मेरद्वार शान्तिप्रसाद पौडेललाई १ हजार ९ सय ९१ मतले हराउदै विजय भएका हुन् ।
श्रेष्ठले १७ हजार १ सय ४८ मत प्राप्त गर्दा पौडेलले १५ हजार १ सय ५७ मत प्राप्त गरेका थिए ।
रामेछाप । गठबन्धनका उम्मेरद्वार एव. नेपाली कांग्रेसका सभापती पुर्णबहादुर तामाङ्ग (कान्छाराम) ले नेकपा एमालेका उम्मेरदवार कैलाश ढुङ्गेललाई ९ सय २९ मतले पछि पार्दै अग्रता लिएको छ ।
जम्मा ४ हजार ७ सय ८९ मत गणना गर्दा कान्छाराम तामाङ्गले ९ सय २९ मतले अग्रता लिएका छन । कांग्रेस उम्मेरदवार तामाङ्गले २ हजार ४ सय ४७ मत ल्याउदा एमाले उम्मेरदवार ढुङ्गेलले १ हजार ५ सय १८ मत प्राप्त गरेको मुख्य निर्वाचनको कार्यालय रामेछापले जनाएको छ ।
त्यस्तै प्रदेश सभा “क” मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेद्वार तारा नारायण श्रेष्ठ ४ सय ६४ मतले अगाडी छन् ।
बिस्तृत जानकारीका लागि https://janatavoice.com हेर्नु होला ।
रामेछाप । गठबन्धनका उम्मेरद्वार एव. नेपाली कांग्रेसका सभापती पुर्णबहादुर तामाङ्ग (कान्छाराम) ले नेकपा एमालेका उम्मेरदवार कैलाश ढुङ्गेललाई ५ सय ३८ मतले पछि पार्दै अग्रता लिएको छ ।
जम्मा ३५ सय ३१ मत गणना गर्दा कान्छाराम तामाङ्गले ५ सय ३८ मतले अग्रता लिएको छ । कांग्रेस उम्मेरदवार तामाङ्गले १७ सय १९ मत ल्याउदा एमाले उम्मेरदवार ढुङ्गेलले ११ सय ८१ मत प्राप्त गरेको मुख्य निर्वाचनको कार्यालय रामेछापले जनाएको छ । यो मत उमाकुण्ड गाउँपालिका १,२,३ सम्मको हो ।
रामेछाप । रामेछाप जिल्लाको मतगणना आज बेलुकी ९ः३० बजे देखि मात्रै हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।
आज बिहान ६ बजे सम्म सबै मतपेटिका मतगणना स्थलमा आई पुगेको भए पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना कार्यलाई ढिलासुस्ती गरिरहेको छ ।
रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं ५ सुनारपानी स्थित भैरवी मा।वि। मतदान केन्द्रमा खटिएका सहायक मतदान अधिकृतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पकरबास प्रा।वि।का शिक्षक मुनबहादुर थापालाई नगरपालिकाको वडा नं ५ स्थित भैरवी मा।वि। को ‘ग’ मतदान केन्द्रमा खटिएको बेला जाँड खाएर होहल्ला गरेपछि शुक्रवार मतदान केन्द्रबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी राजु प्रसाद ढकालले जानकारी दिए ।
प्रहरी नियन्त्रणमा लिएका थापालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ ।
रामेछाप । एमालेको चुनावी प्रचार प्रसारमा सरकारी नम्बर प्लेटको सवारी प्रयोग गरे पछि प्रहरीले उक्त गाडी नियन्त्रणमा लिएको छ।
खाडाडेवि गाउपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले प्रयोग गर्दै आएको उक्त गाडी एमालेको प्रचारप्रसारका लागि प्रयोग गरिएको भेटिएपछी गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख राजकुमार थिङले जानकारी दिए।
सरकारी नम्बर प्लेटको बा २ झ ३४१५ नम्बरको गाडी रामेछापको साँघुटारबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
रामेछाप । रामेछापबाट प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उमेदवार चन्द्रवहादुर राउतले नेपाली काँग्रेसका उमेदवार पूर्णवहादुर तामाङ (कान्छाराम) लाई समर्थन गर्दै आफ्नो उमेदवारी फिर्ता लिएका छन् ।
बुधबार मन्थलीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै राउतले पाटीबाट उमेदवार चयन गर्ने विषयमा भएको निर्णय प्रति असहमति हुदाँ हुदै नेपाली काँग्रेस जिताउनु पर्ने महत्वपूर्ण अवस्थालाई मध्येनगर गर्दै मैले आजको मितिबाट आफ्नो चुनाव चिन्ह क्यामेरामा भोट नहाली गठवन्धनका उमेदवार पूर्णवहादुर तामाङ (कान्छाराम) लाई रुख चिन्हमा मतदान गरी विजय गराउन मतदातामा आग्रह गर्दछु । उनले क्यामेरा चिन्ह पाएका थिए । अव क्यामेरामा मत माग्ने नभै सवै गठवन्धनका उमेदवारलाइ सहयोग गर्नका लागि मत माग्ने उनले वताए ।
आफुले २०३६ साल देखि त्याग गरेको मात्र नभै नेपाली काँग्रेस बाहेक अन्य पार्टीले मुलुकको हित नगर्ने भएकाले पनि मैले आफ्ना असन्तुष्टिलाई थाति राखेर पुन काँग्रेसमै क्रियासिल हुने प्रण गरेको छु राउतले भने । राउत काँग्रेसका पूर्व जिल्ला सचिव हुन ।
कार्यक्रममा नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति रामचन्द्र खड्का र जिल्ला सभापति तथा प्रतिनिधिसभा सदस्यका लागि गठवन्धनका उमेदवार पूर्णवहादुर तामाङ (कान्छाराम) ले राउतले निर्वाचनको सन्मुखमा पार्टी र उमेदवार प्रति गरेको सहयोगको उच्च कदर गर्दै भविश्यमा सवैको सल्लाहमा उच्च स्थान दिने वताए ।
रामेछापबाट प्रतिनिधिसभा सदस्यमा ४ जनाले स्वतन्त्र उमेदवारी दर्ता गराएका थिए । राउतको फिर्ता पछि अव स्वतन्त्र ३ जनाको उमेदवारी कायम रहेको छ ।
रामेछाप । जिल्ला निर्वाचन कार्यालय रामेछापले शिक्षकको पेशा र मर्यादाको अपमान गरेको भन्दै ध्यान नेपाल शिक्षक महासंघ रामेछापल त्यसको बिरोध गरेको छ । बिहिबार पत्रकार सम्मेलन गरी नेपाल शिक्षक महासंघ रामेछापले शिक्षकको पेशालाई निर्वाचन कार्यालयले अपमान गरेको भन्दै आफ्नो ध्यानआर्कषण पत्र जारी गरेको छ ।
नेपाल शिक्षक महासंघ रामेछापले निर्वाचन कार्यालयले गल्ती नसच्याए मंसिर ४ गते हुने निर्वाचनमा शिक्षकहरु निर्वाचन गराउन मतदान क्रेन्द्रमा समेत नजाने भन्दै ध्यानआर्कषण पत्र निकालेको छ । नेपाल शिक्षक महासंघ रामेछापले विहिवार जारी गरेको ध्यानाकर्षण पत्रमा निर्वाचनमा खटाइएका शिक्षकहरुको मान मर्यादा र क्रमलाई भुलेर बेवास्ता गरी मान मर्दन तथा अपमान जिल्ला निर्वाचन कार्यालय रामेछापले गरेको भन्दै त्यस प्रति गम्भीर ध्यानाकर्षण भएको पत्रकार सम्मेलनका क्रममा जनाएको हो ।
महासंघका अध्यक्ष राम बहादुर श्रेष्ठद्वारा हस्ताक्षरीत ध्यानाकर्षण पत्रमा शिक्षकको मर्यादा क्रमको बिषयमा पटक –पटक निर्वाचन आयोगलाई ध्यानाकर्षण गराउनका साथै ज्ञापन पत्र मार्फत जानकारी गराइसकिएको भएपनि सो को वेवास्था गरेको भन्दै निर्वाचन कार्यालयले मर्यादा क्रम नसच्याए निर्वाचनमा शिक्षकहरु निर्वाचन गराउन नजाने बताए ।
कर्मचारी खटाउने सूचिमा शिक्षको मर्यादा क्रमलाई ध्यानमा राखि परिमार्जन गर्नको लागि अनुरोध गरिएको तर उक्त अनुरोधलाई नमानि वर्तमान सूचिलाई नै कामय गरी पठाउन खोजेको खण्डमा शिक्षकहरु अपमानित भएर यस निर्वाचन कार्यमा सघाउन नसक्ने ध्यानआर्कषण पत्रमा उल्लेख गरेको छ ।
ध्यनाकर्षण पत्र पढ्दै शिक्षक महासंघ रामेछापका अध्यक्ष श्रेष्ठले भने – निमावि दोस्रो श्रेणी को शिक्षक जो उप सचिव सो सरह हुन्छ उसलाई सहायक मतदान अधिकृत र निजामति कर्मचारीको ना सु सो सरहको ब्यक्तिलाई मतदान अधिकृत वनाइएको, प्रावि प्रथम तहको शिक्षकलाई सहायक कर्मचारी वनाइएको (जसले मावि तृतिय श्रेष्णीको तलब खान्छ)
उहाले भन्नुभयो “मलाई पनि मतदानमा सहायक कर्मचारीका रुपमा खटाइएको छ तर म महासंघको अध्यक्ष भएका कारण मैले मेरो नाम हटाई पाँउ भनि निवेदन दिएको छु, म कुनै हालतमा पनि जान्न ।
सो अबसरा बोल्दै नेपाल शिक्षक संघ रामेछापका अध्यक्ष रामकृष्ण श्रेष्ठले ,मुख्य निर्वाचन अधिकृतको कार्यालयले शिक्षकहरुलाई अपहेलना गरेको भन्दै यो निर्णय नसच्याए शिक्षक संघका कुनै पनि शिक्षकहरु खटाएको ठाउमा नजाने बताएका छन् ।
रामेछापमा करिव ६ सय भन्दा बढि शिक्षकहरु निर्वाचनका लागि खटाइएको छ । जिल्लामा ९६ मतदान स्थलका २ सय २६ मतदान स्थलहरु रहेका छन् ।
रामेछाप । नेकपा एमाले रामेछापका प्रभावशाली नेता रामकृष्ण लामा सहित ४२ जना नेता कार्यक्रताहरु आईतबार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । लामा वागमति प्रदेश सचिवालय सदस्य हुन ।
लामो समय देखि एमालेमा सक्रिय राजनीति गर्दै आएका पश्चिमी रामेछापका प्रभावशाली नेता रामकृष्ण लामा २०५४ को स्थानीय तहको निर्वाचनमा खनियापानी गाविसमा अध्यक्ष निर्वाचित भएका थिए । एमालेको जिल्ला समितिमा धेरै बर्ष काम गरेका उनी हाल बागमती प्रदेशको सचिवालय समितिमा थिए ।
त्यसैगरी जिल्ला समिति सदस्य पासाङ डोल्मा लामा सहित पूर्व जिल्ला सदस्यहरु, पालिका स्तरका नेताहरु, विभिन्न भातृ संगठनका नेताहरु समेतले एमाले परित्याग गरेका छन् । लामा सहितका एमाले कार्यकर्ताहरुको परित्याग पछि सुनापति गाउँपालिका गठवन्धनको अझ सुदृढ बनेको छ । गएको स्थानीय निर्वाचनमा धेरै मतान्तरले अरु दल भन्दा पछि परेको एमालेलाइ लामा लगाएतबाट भएको पार्टी परित्यागले थप संकटमा परेको छ ।
एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रदेश गर्ने नेता तथा कार्यकर्ताहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका थिए ।
कार्यक्रममा नेता लामाले एमाले गुटको राजनीति भन्दा माथि उठन नसकेको , राजनीतिमा लामो अवधि काम गरेकालाई पाखा लगाएर पैसाको बलमा आसेपासेलाई टिकट दिएकोले उक्त पार्टीमा रहन नसकेको वताएका थिए ।
स्मरणीय छ, रामेछापको प्रदेश १ (ख ) मा एमालेले लामा लगाएतका अग्रज नेताहरुलाई पन्छाएर गैरसरकारी क्षेत्रमा काम गर्ने मिलन घिसिङलाई उमेदवार वनाएको छ । घिसिङको उमेदवारी पछि एमालेका जिल्ला स्तरका नेताहरु असन्तुष्ट छन् । लामा लगाएतले पार्टी परित्याग गर्ने तह सम्म पुगे भने केहि मौन रहेको वताइएको छ । यसअघी मन्थली नगरपालिका १० चनखुमा प्रभावशाली स्थानीय नेता भालु मगर सहितका नेता कार्यकर्ताहरु एमाले छोडेर नेपाली काँग्रेसमा प्रदेश गरेका थिए ।
निर्वाचन नजिकिदै गएको बेला एमालेमा देखिएको असन्तुष्टि र पार्टी परित्यागले गठवन्धनबाट प्रतिनिधिसभा सदस्यका उमेदवार काँग्रेसका पूर्णवहादुर तामाङ ( कान्छाराम ) र प्रदेश सभा सदस्यका उमेदवार माओवादी केन्द्रका युवराज चौलागाई अझ फराकिलो मतान्तरले विजय हुने आँकलन स्थानीयले गर्न थालेका छन् ।
रामेछाप – रामेछापको गर्जाङदेखि देवीटारसम्मको १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएको छ। गोकुलगंगा गाउँपालिका-१ गर्जाङदेखि मन्थली नगरपालिका-१३ फलासीको न्यु खिम्ती सबस्टेसनसम्मको प्रसारण लाइन पूरा भएपछि खिम्ती खोलामा बनेको उपल्लो खिम्ती र माथिल्लो खिम्ती जलविद्युत् आयोजनाबाट उत्पादित १९ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको छ ।
नेपाल विद्यत् प्राधिकरणले बनाएको ३१ किमि लामो प्रसारण लाइन ०७३ सालदेखि निर्माण थालिएको थियो । कोभिड महामारीले निर्माण सामग्री आयात गर्न भएको ढिलाइ र स्थानीय अवरोधका कारण निर्धारित समयमा आयोजना पूरा हुन सकेको थिएन । स्थानीय अवरोध सुल्झाएर आयोजना निर्माण गत महिनामा मात्र सकिएको थियो ।
गर्जाङ-खिम्ती १३२ केभी प्रसारण हुँदै लाइन समयमै पूरा नहुँदा माथिल्लो खिम्ती र अपर खिम्तीको १९ मेगावाट
बिजली करिब ७ महिनासम्म खेर गएको थियो । हिमालय ऊर्जा कम्पनीले उत्पादन गरेको उक्त बिजुलीलाई चार महिनाअघि जिरी सबस्टेसनबाट मकैबारी सिँगटीसम्मको ३३ केभी प्रसारण लाइनबाट राष्ट्रिय प्रसारणमा जोडिएको थियो । अब भने सिधै १३२ केभीबाट उक्त विद्युत् प्रवाह गरिएको हिमालय ऊर्जा कम्पनीका सञ्चालक सरोज उपाध्यायले बताए । १ सय ५ वटा टावर रहेको प्रसारण लाइनले रामेछाप र दोलखाका विभिन्न भाग छुन्छ । करिब २ करोड अमेरिकी डलर लागतमा निर्मित प्रसारण लाइनबाट २ सय मेगावाट विद्युत् प्रवाह हुने प्राधिकरणले जनाएको छ ।
खिम्ती खोलामा निर्माणाधीन पिपल्स हाइड्रोबाट उत्पादित विद्युत्समेत अबसोही प्रसारण लाइनबाट न्यु खिम्ती पुऱ्याउने लक्ष्य छ ।
काठमाडौं । चुनाव प्रचारका लागि गृहजिल्ला डडेल्धुरामा रहेका प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले चुनाव जितेमा आफूले प्रधानमन्त्री बन्ने अवसर पाउने बताएका छन् ।
शुक्रबार गृहपालिका गन्यापधुरा गाउँपालिकामा आयोजित आमसभालाई सम्बोधन गर्दै देउवाले जनताले जिताएर पठाएमा मात्र आफू आगामी दिनमा प्रधानमन्त्री बन्न पाउने बताए ।
“तपाईंहरूको सहयोगले भोलिका दिनमा पनि प्रधानमन्त्री हुने मौका पाउनेछु,” देउवाले भने ।
उनले संविधानलाई जोगाउनुपर्ने अहिलेको आवश्यकता भएको पनि बताए । संविधान च्यात्न खोज्ने ओलीजीबाट सजक हुन आवश्यक छ,” उनले भने ।
स्वतन्त्र न्यायपालिकाका लागि गठबन्धन लागिपरेको उनको भनाइ छ ।
“न्यायपालिका स्वतन्त्र हुनुपर्छ । त्यसमा गठबन्धन लागेको छ । नेपालमा स्थायित्व र स्थिरताका लागि हामी लागेका छौँ,” देउवाले भने ।
रामेछाप । एमालेले जित्दा मात्र परिवर्तनकारी शक्तिको माग पूरा हुने नेकपा एमाले केन्द्रीय सदस्य कैलाशप्रसाद ढुङ्गेलले बताए। रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको टोकरपुरमा आयोजित चुनावी कार्यक्रममा बोल्दै नेता ढुङ्गेलले मुलुकको राष्ट्रियता, राष्ट्रिय अखण्डता, स्वाभिमान र विकासको लागि सूर्य चिन्हमा मतदान गर्न अनुरोध गरे । ‘एमालेलाई हराउन विदेशीको इसारामा मिल्दै नमिल्ने दल मिलेर आएका छन्’, रामेछापबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका ढुङ्गेलले भने ।
अहिलेको अप्राकृतिक गठबन्धन मङ्सिर ४ पछि नटिक्ने ढुङ्गेलले दाबी गरे । ‘ गठबन्धन मङ्सिर ४ पछि दन्त्य ओखर जस्तै कुटुक्क फुट्छ’, ढुङ्गेलले भने ।
बालबालिका, युवा, अपाङ्गता भएका नागरिक, दलित, एकल महिला सीमान्तकृत समुदाय, ज्येष्ठ नागरिक सबैको भरोसाको पार्टी एमाले भएको उनले दाबी गरे ।
रामेछाप । राष्ट्रिय परिचयपत्र वितरणको कार्य अब वडा तहबाटै हुने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले मन्थलीमा अभिमुखीकरण कार्यक्रम गरी परिचयपत्र वितरण कार्यलाई वडा तहसम्म पु¥याउने जानकारी दिएको हो ।
अबको एक हप्तापछि जिल्लाको १२ देखि १५ वटा वडा मार्फत परिचयपत्रको काम सुरु गरिने राष्ट्रिय परिचयपत्र तथा पञ्जी करण विभागका महानिर्देशक तीर्थराज भट्टराईले बताए । ‘पहिलो चरणमा रामेछापमा रहेका ६४ मध्ये १२ देखि १५ वटा वडाबाट काम सुरु हुन्छ, अहिले एउटा वडामा दुई वटा स्टेसन मार्फत नागरिकको विवरण प्रविष्ट गर्ने तयारी छ’, उनले भने ।विभागले तीन महिनाभित्र सबै वडामा काम सक्ने लक्ष्य राखेकाले आवश्यकताका आधार फेरी १० वटा सम्म स्टेसन थपेर काम गरिने उनले बताए । उनका अनुसार एउटा स्टेसनबाट दैनिक कम्तीमा ४० जनाको विवरण प्रविष्ट हुन्छ, एउटा वडामा १० देखि १५ दिनमा विवरण प्रविष्ट गरिसक्नेगरी तयारी गरिएको छ ।
जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्काले अहिले स्मार्ट परिचयपत्र अत्यावश्यक रहेकाले यो परिचयपत्र बनाउने काममा सहयोग पु¥याउन सबै जिल्लाबासीलाई आग्रह गरिन् । नागरिकलाई सहज रूपमा राष्ट्रिय परिचयपत्र प्रदान गर्ने उद्देश्यले सम्बन्धित स्थानीय तहसँगको समन्वय र सहयोगमा वडा तहबाटै परिचयपत्रको काम गर्न लागिएको रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले बताए ।
रामेछाप । नेपाली काँग्रेस रामेछापका उपसभापति लेख बहादुर कार्कीले अहिले एमालेबाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वार रहेका कैलाश ढुंगेलले पिच भएको कालो सडक देख्ने बित्तिक्कै सबै मैले बनाएको हो भन्दै जनतालाई ढाँट्दै हिडेको आरोप लगाएका छन् ।
शुक्रबार लोकतान्त्रिक बाम गठबन्धनले गेलुमा आयोजना गरेको चुनाबी सभामा आफ्नो भनाई राख्ने क्रममा उपसभापति कार्कीले अहिले भोट माग्न हिडेका कैलाश ढुंगेलले बर्षौ अघि देखि राज्यको लगानीमा पिच भएका पक्की सडक सबै आफूले बनाएको भनेर जनतालाई ढाँट्दै हिडेको आरोप लगाएका हुन् ।
एमालेबाट रामेछाप प्रदेश सभा (९) मा उम्मेद्वार रहेका मिलन कुमार घिसिङले एउटा एनजिओ मार्फत समाज विकास गर्छु भन्दै करोडौ रकम झ्वाम पारेर अहिले त्यहि रकम हेडक्वाटरमा बुझाएर टिकट ल्याएर चुनाब लडेको बताउँदै त्यस्ता व्यक्तिबाट रामेछाप प्रदेश सभा (ख) को विकास नहुने धारणा राखे । रामेछापमा लोकतान्त्रिक बाम गठबन्धनको जित निश्चित भइसकेको दाबी गर्दै अहिले नेकपा एमाले जिल्लामा आफ्नो पक्षमा रहेको मतलाई संरक्षण गर्न मात्रै हिडेको उनले बताए ।
उनले लोकतान्त्रिक बाम गठबन्धनका प्रतिनिधि सभा सदस्यका उम्मेद्वार पुर्ण बहादुर तामाङ कान्छाराम र रामेछाप प्रदेश ९ख० का उम्मेद्वार युवराज चौँलागाईलाई अत्याधिक मतले निर्वाचित गराउन अनुरोध गरेका छन् ।
रामेछाप । नेपाली काँगेस भित्र भालु मगरको प्रबेश गरेका छन ।मन्थली नगरपालिका वडा नं. १० चनखु नेकपा एमाले वडा कमिटीका अध्यक्ष समेत रहेका मगर चनखुका १ सय ३७ भन्दा बढि मानिसहरु लिएर काँग्रेस प्रवेश गरेको पार्टि उपसभापति लेख बहादुर कार्कीले जानरकारी दिए ।
गठबन्धनको चुनावी सभाका अबसरमा मगरलाई प्रतिनिधि सभा सदस्यका उमेद्वार एबं नेपाली काँग्रेस रामेछापका सभापति पूर्ण बहादुर तामाङ (कन्छाराम) ले पार्टि भित्र स्वागत गरेका छन । मगर यहि बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट वडा सदस्यमा काग्रेस सँग पराजित भएका थिए ।
रामेछाप । सत्ता गठवन्धनबाट आमागी मंसिर ४ मा हुने निर्वाचनका लागि घर दैलो गर्दै हिडेको नेपाली काँग्रेस र माओवादी केन्द्रका उमेदवारको पक्षमा जनलहर बढ्दै गएको छ । चुनावी प्रचारका लागि घर दैलो गर्दै मंगलबार रामेछाप नगरपालिका ३ देउरालीमा पुगेको गठवन्धनको टोलीलाई स्थानीय बासिन्दाले भव्य स्वागत गरेका छन् ।
देउरालीमा कार्यकर्ता भेलाका लागि पुगेका नेताहरुलाई समेत आश्चर्य हुने गरी उमेदवारको पक्षमा जनसागर उर्लिएको छ । गाउँको टाढा टाढाबाट आफ्ना उमेदवार संग साक्षात्कार गर्नका लागि देउरालीबासी वडा कार्यालय नजिक भेला भएका थिए ।
प्रतिसभा सदस्यका उमेदवार नेपाली काँग्रेसका जिल्ला सभापति पूर्णवहादुर तामांग (कान्छाराम) र प्रदेश सभा सदस्य १(१) का उमेदवार तारानारायण श्रेष्ठ सहितका नेताहरु घर दैलो र कार्यकर्ता भेटघाट गर्दै मंगलबार देउराली पुगेका थिए । उनिहरुले देउरालीका नागरिकका आवश्यकता पुरा गर्नका लागि पार्टीको घोषणा पत्र बमोजिमको काम गर्ने वताए । कार्यक्रममा उमेदवारहरुका अतिरीक्त माओवादी केन्द्र र नेपाली काँग्रेसका विभिन्न नेताहरुले धारणा राखेका थिए । उनीहरुले एमालेको सर्वसत्ताबाद चरित्रलाई जरै देखि फाल्न र संविधानको रक्षा गरी नागरिकलाई विकास र सुशासन दिनका लागि नेपाली काँग्रेस र माओवादी केन्द्रका उमेदवारलाई मतदान गर्न आग्रह गरेका थिए ।
यसैविच गठवन्धनका उमेदवारहरुले मंगलबारनै साँघुटार र गोठगाउँमा समेत घरदैलो कार्यक्रम गरेका थिए । सोमबार हिमगंगा पुगेका उमेदवारहरुलाई स्थानीयले त्यस क्षेत्रका समस्या सुनाउदै समस्या समाधानका लागि आमागी निर्वाचनमा गठवन्धनलाई सघाउने आश्वासन दिएका थिए ।
गठवन्धन संग प्रतिस्पर्धामा रहेको नेकपा एमालेले पनि मंगलबार लिखु तामाकोशी गाउंपालिकाको धोविमा चुनावी सभा गरेको छ । गाउंपालिका स्तरिय चुनावी सभामा एमालेका केन्द्रीय सदस्य कमलप्रसाद चौलागाई, प्रतिनिधिसभाका उमेदवार कैलाश प्रसाद ढुंगेल, केन्द्रीय सदस्य माधव ढुंगेल, जिल्ला अध्यक्ष आनन्द श्रेष्ठ र प्रदेश सभा १(१) का उमेदवार शान्तिप्रसाद पौडेलले आ आफ्ना धारणा राखेका थिए । एमालेले धोविमा गरेको चुनावी सभामा पनि कार्यकर्ताको उपस्थिति बाक्लो देखिएको थियो ।
रामेछाप । नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वार रहेका पुर्ण बहादुर तामाङ कान्छारामले रामेछापबाट सत्ता गठबन्धनलाई जिताएर पठाए विकासको उपहार लिएर गाउँ-गाउँ आउने बताएका छन् ।
शनिबार दिउँसो गोकुलगंगा गाउँपालिकाको वडा नं १ चुचुरेमा वडा स्तरीय चुनावी सभामा आफ्ना प्रतिबद्धता व्यक्त गर्ने क्रममा उनले प्रतिनिधि सभामा आफूलाई, रामेछाप प्रदेश सभा (क) मा तारानारायण श्रेष्ठ र रामेछाप प्रदेश सभा (ख) मा युवराज चौलागाईंलाई अत्याधिक मत दिएर जिताउन आग्रह गर्दै गाउँ(गाउँमा विकासको उपहार लिएर आउने प्रतिबद्धता जनाएका हुन् ।
बिगत एक दशक भन्द लामो समय देखि आफू जिल्लाका सबै भुभागमा पुग्दा त्यहाका समस्यासँग आफू जानकार रहेको बताउँदै समग्र जिल्लाको समस्यालाई निर्वाचित भएपछि समधान गर्ने योजना आफूसँग रहेको पनि उम्मेद्वार तामाङले बताए
मंसिर ४ को निर्वाचनमा आफूले एमालेका उम्मेद्वारलाई दोब्बर मतले पराजित गर्ने दाबी समेत उनले गरे । त्यस्तै रामेछाप प्रदेश सभा (क) का उम्मेद्वार तारानारायण श्रेष्ठले रामेछाप प्रदेश सभा (क) लाई बिकास गर्न प्रचुर मात्रामा रहेका प्राकृतिक स्रोतलाई समुचित रुपमा प्रयोग गरेर समृद्ध बनाउन सकिने योजना सहित आफू उम्मेद्वार भएको बताउँदै आम मतदाताई जिताउन आग्रह गरे ।
नेपाली काँग्रेस गोकुलगंगा- १ चुचुरेका वडा सभापति धनकुबेर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व गृह राज्य मन्त्री श्याम कुमार श्रेष्ठ, संविधान सभा सदस्य आङटावा शेर्पा, नेपाली काँग्रेस रामेछापका निबर्तमान पार्टी सभापति लवश्री न्यौपाने, प्रदेश सभा तर्फ नेपाली काँग्रेसबाट समानुपातिकका उम्मेद्वार उज्वलराम घिमिरे, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि ध्रुबहरी ढुंगेल, नेकपा माओबादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य प्रेम कुमार कार्की (सेवक), नेपाल लोकतान्त्रिक खेलकुद संघ रामेछापका अध्यक्ष रमेश खड्का लगायतले धारणा राखेका थिए ।
त्यस्तै शनिबार बिहान उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देलका वडा सभापति ङापेम्बा शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्यको उम्मेद्वार रहेका पुर्ण बहादुर तामाङ कान्छाराम, रामेछाप प्रदेश सभा (क) का उम्मेद्वार तारानारायण श्रेष्ठ, नेपाली काँग्रेस बागमती प्रदेश सदस्य भिमसेन बस्नेत, नेकपा माओवादी केन्द्र उमाकुण्ड गाउँपालिका वडा नं १ वडा कमिटीका अध्यक्ष अमृत कार्की लगायतले धारणा राखेका थिए ।
आइतबार गोकुलगंगाको ठोसे र रस्नालुमस कार्यक्रम रहेको नेपाली काँग्रेस रामेछापका सचिब दिपक खड्काले बताए । कार्यक्रम सोमबार देखि सुरु भएको हो ।
रामेछाप । लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदमा पूर्णबहादुर तामाङ (कान्छाराम) उमेदवार भएपछि जिल्लामा विकासको अधुरो कुरा पुरा हुनेमा आशावादी देखिएका छन् ।
राज्यले ध्यान दिन नसकेको विकास निर्माणको काम र समाजसेवा गर्दै १२ बर्ष विताएका कान्छारामलाई यो पटक मतदाताको चाहना संसद वनाउने रहेको छ ।
‘व्यक्तिगत खर्चमा त यति धेरै काम गर्दै आएको व्यक्ति पदमा पुगेपछि जिल्लाबासीको समस्यामा पक्कै पनि कानमा तेल हालेर वस्नेछैन भन्ने विश्वास मतदाताले राखेका छन् ।
पक्की सडक, कृषिमा आधुनिकीकरण, सहज शिक्षा र स्वास्थ्यको लागि जिल्लामा धेरै काम गर्न बांकी रहेकोले त्यसका लागि योग्य तिनै कान्छाराम देखिएको समुदायका अगुवाहरु बताउछन् ।
उम्मेद्वार कान्छारामको समाजसेवाको भावनाले उनलाई निकै उचो बनाएको छ । व्यक्तिगत कुनै लाभको आशा नगरी उनले जिल्लाका कयौं सडक निर्माण गरेका छन् भने खानेपानी , विद्यालय, मठमन्दिर र गुम्बा वनाउन, सहयोग गरेका छन् ।
स्वास्थ्य क्षेत्रमा कान्छारामले गरेको सहयोग जिल्लामा मात्र हैन, देशकै लागि उदाहरणीय छ । आफ्नो परिवारको सम्पत्तिबाट उनले जिल्लाका विभिन्न स्थानबाट गुड्ने गरी १३ वटा एम्बुलेन्स निशूल्क उपलव्ध गराएका छन् भने मृतकको शव वोक्नका लागि एउटा शव वहान उपलव्ध गराएका छन् ।
रामेछाप । राजनीतिक बिचौलियाको धन्दा गर्ने नेकपा एमाले बाट देशको विकाश सम्भब नभएको नेकपा माओवादीका केन्द्रिय सदस्य एव पुर्ब गृहराज्य मन्त्री श्यामकुमार श्रेष्ठ (कुशल)ले बताएका छन् ।
लोकतान्त्रीक गठबन्धनको चुनावी सभालाई गोकुलगंगा गाउँपालिका १ चुचुरेको शिवालयमा सम्बोधन गर्दै राजनीतीक बिचौलीयाको भन्दा गर्ने र राजतन्त्रको एजेन्डा बोकेर हिड्ने एमाले बाट देश बिकास सम्भब नभएको बताएका हुन ।
हिजो पनी कांग्रेस र माओवादीको एकता बाट संबिधान जारी सम्भब भएको र एमालेको नेतृत्वमा बनेको सरकारले संबिधान जलाउन खोज्दा पनी कांग्रेस र माओबादी मिलेर रक्षा गरेको भन्दै अब विकास पनी कांग्रेस माओवादी बाट मात्र सम्भब हुने माओवादी नेता श्रेष्ठले बताए ।
२०७४ सालको निर्वाचनमा एमाले उम्मेरदवार बोकेर आएको र मन्त्री समेत बनाएको भएपनी उनिहरुले रामेछापको समस्या नबुझेर बिचौलीयहरु खडा गर्ने र योजना हाल्ने मात्र काम गरेको आरोप लगाउर्दै अहिले रामेछापमा बिकास बिकास भनेर हिड्ने कान्छाराम र तारानारायण श्रेष्ठलाई लिएर आएको बताए ।
कांग्रेसले माओवादीलाई र माओबादीले कांग्रेसलाई भोट नदिने हो भने राजाबादी शक्ति शक्तिशाली बन्ने भन्दै पुराना सबै कुरा भुलेर लोकतान्त्रीक गठबन्धनलाई भोट हाल्न पर्ने बताए । सबै नागरिकले प्रतिनिधि सभा तर्फ रुख चिन्हमा र प्रदेश सभा तर्फ गोलाकार भित्र हस्याहतौडामा भोट हलेर लोकतान्त्रीक गठबन्धनका उम्मेरदवारलाई जिताएर पठाउन आग्रह गरे ।
रामेछाप- नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वार रहेका पुर्ण बहादुर तामाङ (कान्छाराम) ले लिखुकरिडोरमा निर्माणाधिन हाइड्रोपावरबाट पीडित रहेका स्थानीयको समस्या समधान गर्न पीडित जनतालाई लिएर आन्दोलन गर्ने बताएका छन् ।
शनिबार मतदाता भेटघाट अभियानमा उमाकुण्डको वडा नं १ गुम्देल पुगेका कान्छाराम सहितको टोली समक्ष स्थानीयले बर्षौ देखि हाइड्रोपावरबाट आफुहरु पीडित भएको गुनासो राखेपछि स्थानीयको माग संबोधन गर्ने क्रममा कान्छारामले स्थानीयको समस्या समाधानको लागि आन्दोलन नै गर्नु पर्ने भएपनि आफू तयार रहेको बताएका हुन् ।
दुगड ग्रुपले संचालन गरेका हाइड्रोपावरले जनतालाई बेवास्ता गरेर सामाजिक उत्तरदायित्वको रकम समेत खर्च नगरी एकलौटी ढंगबाट अगाडि बढेको कुरा आफूलाई पुर्ण रुपमा जानकारी रहेको धारणा राख्दै नागरिकको सबै समस्याको समधान गर्ने जिम्मेवारी आफूले लिने बताए ।
गुम्देलका हरेक विकासलाई आफू निर्वाचित भएपछि पहिलो प्राथमिकतामा राखेर बहुबर्षे योजनामा समावेस गर्ने प्रतिबद्धता जनाए ।
रामेछाप । नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं पुर्व गृह राज्य मन्त्री श्याम कुमार श्रेष्ठ कुशलले एमालेले राजा फर्काउने एजेण्डा बोकेर हिडेको आरोप लगाएका छन् ।
बिहिबार रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं ४ मा लोकतान्त्रिक बाम गठबन्धनको वडा स्तरीय चुनावी सभा तथा मतदाता भेटघाट कार्यक्रममा भनाई राख्ने क्रममा मंसिर ४ मा हुने निर्वाचनमा राजा आउ देश बचाउ भन्ने पार्टी सँग एमालेले गठबन्धन गरेर राजा फर्काउने एजेण्डा बोकेर हिडेको आरोप लगाएका हुन् ।
लामो संघर्षपछि बनेको संविधानलाई नै ध्वस्त पार्ने गरि दुई दुई पटक संसद भंग गरेर देशलाई जनप्रनिधि बिहिन बनाउन खोज्ने केपी ओलीले फेरि राजा फर्काउने एजेण्डा सहित चुनावी अभियानमा एमाले हिँडेकाले एमालेलाई देशबाटै हराउन मतदातालाई आग्रह गरे ।
नेपाली काँग्रेसको तर्फबाट प्रतिनिध सभा सदस्यको उम्मेद्वार रहेका पुर्ण बहादुर तामाङ कान्छाराम र नेकपा माओवादी केन्द्रबाट रामेछाप प्रदेश सभा क्षेत्र (क)का उम्मेद्वार रहेका तारानारायण श्रेष्ठ बिगुल सहितको टोलीलाई लिएर निवर्तमान सांसद समेत रहेका श्याम कुमार श्रेष्ठ कुशल चुनाबी आभियानमा हिडेका छन् ।
रामेछाप । नेकपा एमाले रामेछाप प्रतिनिधिसभा सदस्यका उम्मेदवार कैलाश प्रसाद ढुङ्गेलले गठबन्धन सत्ताको आडमा एमाले विरुद्ध लागेकोले यस तर्फ सचेत रहन कार्र्यकर्तालाई सचेत गराएका छन ।
।
निर्वाचनको मुखमा जनतालाई हरियो घाँस देखाउँदा पछि लाग्ने बाख्रा जस्तो ठानेर गठबन्धनका उम्मेदवारहरु पैसाको धोक्रो बोकेर हिँडिरहेको भन्दै नागरिक हरुलाई कम्जोर नठान्न पनि आग्रह गरे । उनले सहभागि कार्यकर्ताहरुलाई पार्टीमा कुनै गुनासा भए सबै खाले गुनासाहरुलाई थाति राखेर निर्वाचनमा लाग्न पनि आग्रह गरे ।
कसैसंग कुनै पनि कारणबस गुनासाहरु पनि हुन सक्छन् । तर ति सबै गुनासाहरुलाई मङ्सिर ४ पछि मात्र छलफल गर्न सकिने भन्दै पार्टि र राष्ट्रको प्रतिष्ठा संग जोडिएकोले सबै कुराहरूलाई छाडेर निर्वाचनको महासंग्राममा लाग्न पनि उनले आग्रह गरे ।
समृद्ध नेपाल, सुखी नेपाली बनाउने मिसन र भिजन एमाले सँग मात्रै भएकाले एमालेका उम्मेदवारलाई निर्वाचन जित्न कुनै समस्या नरहेको भन्दै उनले उक्त कुराहरुलाई नेता कार्यकर्ताहरुले गाउँमा गएर बुझाउन पनि निर्देशन दिए । विगतमा आफु जन प्रतिनिधि र मन्त्री हुँदाको अनुभबका आधारमा गाउँपालिकाको ६४ वटा वडाका नागरिकलाई सम्बोधन हुने गरि कार्य योजना आफूले बनाएको भन्दै उक्त योजनामा साथ दिन पनि कार्यकर्तालाई आग्रह गरे।
काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २८ लाख रुपैयाँ घुससहित रामेछापस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नं ४ का इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापालाई पक्राउ गरेको छ ।
उनीहरुबाट १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेक गरी २८ लाख रुपैयाँ बरामद गरिएको अख्तियार स्रोतले जानकारी दिएको छ । रामेछापको इन्छिनगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कामको भुक्तानीवापत उनीहरुले रकम लिएको खुलेको अख्तियारको भनाइ छ ।
अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले अख्तियारको केन्द्रीय कार्यालयको टोली रामेछापमा रहेको पुष्टि गरे ।
अख्तियारको टोलीले इन्जिनियर सत्याल र प्लम्बर थापालाई मन्थली नगरपालिका-१ स्थित खानेपानी कार्यालयको क्वार्टरबाट पक्राउ गरेको हो ।
रामेछाप । लोकतान्त्रिक बाम गठबन्धनबाट रामेछापले मंगलबार प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। नेकपा माओवादी र नेपाली कांग्रेस गठबन्धन रामेछापले कृषि तथा पशुपालन सिंचाइ, खानेपानी तथा वातावरण संरक्षण, पूर्वाधार विकास शिक्षा जस्ता विविध विषयलाई समेटिएर प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो ।
प्रतिबद्धता पत्रमा ने.क.पा. एमालेका नेता केपी शर्मा ओलीले संविधानको मूल मर्म र भावनाबिपरित अनि जनताको अभिमतप्रतिकुल स्वेच्छाचारी, तानाशाही र प्रतिगामी हर्कत गर्दै पटक पटक संविधान बिपरित संसद विघटन गर्ने दुस्साहस गरेको आरोप लगाईएको छ । जसकारण संविधानले परिकल्पना गरेको लोकतान्त्रिक समाजवाद प्राप्तिको लक्ष्यमा पहिलो पाईलामै ठेस लागेको प्रतिबद्धता पत्रमा जनाईएको छ ।
प्रतिगमनको बिरुद्ध दृढताका साथ उभिने नेपाली कांग्रेस, नेकपा माओवादी (केन्द्र) लगाएतका गठबन्धनरत दलहरु जनतासमक्ष आफ्ना साझा प्रतिबद्धताका साथ अमूल्य मतको अपेक्षा गरिएको छ । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा रामेछाप जिल्लामा लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट साझा उमेदवारको रुपमा प्रतिनिधि सदस्यको लागि नेपाली कांग्रेसबाट पूर्णबहादुर तामाङ (कान्छाराम) र प्रदेश सभा ‘क’ बाट नेकपा माओवादी केन्द्रका तारानारायण श्रेष्ठ ‘विगुल’ र प्रदेश सभा ‘ख’ मा माओवादी केन्द्रबाट युवराज चौलागाई उम्मेदवार रहेका छन् ।
हेर्नुहोस् प्रतिबद्धता पत्र:
रामेछाप । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि जिल्लाका राजनीतिक दल, तिनका उम्मेदवारका लागि चुनावी सरगर्मी शुरु भइसकेको छ । विषेश गरी नेका माओवादी गठबन्धन र नेकपा एमाले वीच नै प्रतिस्पर्धा हुने निश्चित जस्तै रहेको रामेछापमा नेका र गठबन्धनले सोमबारबाट र एमालेले आगामी मंगलबारबाट गाउँ अभियान सञ्चालन गर्ने भएको छ ।
सत्ता गठवन्धनका उम्मेदवारलाई आउँदो मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदमा भारी मतान्तरले विजयी गराउन उसले संयुक्त प्रचारप्रसार अभियान चलाउने भएको हो । उक्त अभियान आश्विन ३१ गते सोमबारदेखि चिसापानीबाट शुरु हुन लागेको जानकारी प्राप्त भएको छ । उनका अनुसार सोमबार चिसापानीबाट शुरु हुने उक्त संयुक्त कार्यक्रममा प्रदेशसभा १ (ख) का उम्मेदवार माओवादी केन्द्रका नेता युवराज चौलागाईसहितको टोली सहभागी हुने कार्यक्रम रहेको छ । अभियानमा नेपाली काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका जिल्ला, प्रदेश र पालिका स्तरका नेताहरुको सहभागिता हुने जानकारी पनि श्रेष्ठले गराएका छन् ।
दुवै पक्षको संयुक्त बैंठक बसेर निर्माण गरेको कार्यतालिका सम्बन्धित गाउँ टोल घर दैलो, टोल भेला र ठाउँठाउँमा आमसभा गर्दै चुनावी अभियान तिहारका कारण कात्तिक ९ गते भटौलीमा आएर स्थगित हुने छ । कात्तिक १० र ११ गते दुई दिन भने दीपावली मान्नलाई सबै जना घर घरमा नै रहनु पर्ने भन्दै उसले दुई दिन मात्र विश्राम लिने अभियान सञ्चालन गर्न लागेको जानकारी पनि श्रेष्ठले गराए ।
उनका अनुसार चिसापानीको प्रदेशसभा १ (ख) बाट शुरु हुने अभियानमा नेपाली काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका जिल्ला, प्रदेश र पालिका स्तरका नेताहरुको सहभागिता हुनेछ । अभियान त्यसपछि खाँडादेवी र मन्थली नगरपालिकामा केन्द्रित हुनेछ । प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार काँग्रेस नेता कान्छाराम तामाङसहितको माओवादी केन्द्रका प्रदेश सभा १ (क) का उम्मेदवार तारानारायण श्रेष्ठसहितका नेता कार्यकर्ताहरु सहभागी हुने जानकारी पनि श्रेष्ठले गराए । उक्त अभियान प्रदेश क तर्फको प्रचार अभियानमा हुनेछ । ख प्रदेशका लागि कान्छारामसहितको टोलीले फेरी दोहोरियाएर घर दैलो अभिानमा सामेल हुने छन् ।
जसमध्ये काँग्रेस गठबन्धनले दुवै पक्षले आप्mनो जिल्लामा अन्य राजनीतिक पार्टी र स्वतन्त्र उम्मेदवारहरु पनि निर्वाचन आचार सहितको सही कार्यान्वयनको पक्षमा जोड दिनु भएको थियो । निर्वाचनको चुनावी सभामा जुटेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले रामेछाप प्रदेशसभा ‘ख’ ले संयुक्त रुपमा चुनावी सभा गर्ने भएको छ । सोमबार ३१ गतेदेखि मन्थली नगरपालिकाबाट सुरु भएर आउँदो कात्तिक १५ गते मन्थली नगरपालिकामै टुङ्ग्याउँदै सभा गर्न लागेको नेपाली कांग्रेस प्रदेशसभा ‘ख’ का सभापति राजेशकुमार श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा क–कसले सम्बोधन गर्ने र को को सामेल हुने भन्ने कुरामा अझै टुँगो भने नलाग्दामा अन्यौलता भएको हो । बाँकि रह्यो कार्यक्रम हुने स्थानमा भने सम्बन्धित पालिकाका सभापति, अध्यक्षहरूले सहभागिता जनाएर सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उक्त पहिलो चरणको संयुक्त कार्यक्रम १५ गते मन्थली नगरपालिकामा कार्यक्रमको समीक्षासहित सम्पन्न हुने कार्यतालिका रहेको पनि श्रेष्ठले जानकारी गराए । विगतमा नेकाका उमेद्वार एक्लै चुनाव लड्दा पनि प्रतिस्पर्धामा आएको रामेछापका संघ र प्रदेश गरी ३ वटै सिटमा गठबन्धनका साझा उम्मेदवारले जित्ने दावी नेपाली काँग्रेस रामेछापका उप सभापति लेखबहादुर कार्कीले गरे । चुनावी सभा गर्न लागेको मन्थली नगरपालिका, दोरम्बा शैलुङ् र खाँडादेवी गाउँपालिकाका विभिन्न वडाहरूमा चुनावी सभा हुन लागेको हो ।
रामेछाप- रामेछाप नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वार रहेका पुर्ण बहादुर तामाङ कान्छारामले आफू सांसद भएपछि पाउने तलब भत्ता कमजोर आर्थिक अबस्था भई अफ्टेरोमा परेका परिवारलाई सहयोग गर्ने उदघोष गरेका छन् । लिखुतामाकोशी गाउँपालिका वडा नं ४ बिजुलीकोटमा मंगलबार आयोजित वडा सभामा आफ्नो भनाई राख्ने क्रममा उनले मंसिर ४ को निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि आफूले संसदबाट पाउने तलब भत्ता कमजोर आर्थिक अबस्था भई अफ्टेरोमा परेका परिवारलाई सहयोग गर्ने उदघोष गरेका हुन् ।
२०७४ को निर्वाचनमा थोरै मतले पराजित भएपनि त्यतिबेला जनताको घरमा गएर गरिएका बाचा आफ्नै खर्चमा पुरा गरेको स्मरण गर्दै मंसिर ४ मा निर्वाचित भएपछि सरकारको कोषबाट करोडौ रकम ल्याएर रामेछापको विकास गर्ने प्रतिबद्धता जनाए ।
प्रतिनिधि सभाका उम्मेद्वार पुर्ण बहादुर तामाङ कान्छाराम र रामेछाप प्रदेश सभा (क) का उम्मेद्वार तारानारायण श्रेष्ठ सहितको टोली सोमबार देखि वडा तहको चुनाबी सभामा निस्केका छन् ।
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संविधानको रक्षा र प्रतिगमनलाई रोक्न सत्ता गठबन्धन बनेको बताएका छन् ।
शनिवार काठमाडौंमा आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सक्वन्धमा नेपाली कांग्रेस रामेछाप(काठमाडौं सम्पर्क समिति र नेकपा (माओवादी केन्द्र) रामेछाप-काठमाडौं सम्पर्क समन्वय समितिले संयुक्त रूपमा आयोजना गरेको चुनावी सभामालाई सम्बोधन गर्दै प्रवक्ता महतले सो कुरा बताएका हन् ।
सम्बोधनकै क्रममा उनले रामेछापसहित देशैभरीका गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह समेत गरे । महतले गठबन्धन निर्वाचनपछि समेत निरन्तर अघि बढ्ने बताए । संविधानलाई संस्थागत रूपमा कार्यान्वयन गर्नका लागि गठबन्धन प्रतिबद्धत रहेको उनको भनाइ छ ।
त्यस्तै नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले देशको आवश्यकता र संविधानको रक्षाका लागि गठबन्धन जन्मिएको भन्दै गठबन्धन आवश्यक रहेको बताए । नेपाली कांग्रेस र माओवादी नमिले फेरि मुलुकमा प्रतिगमनको खतरा हुने उनको भनाइ छ ।
सभालाई सम्बोधन गर्दै गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका सभापति पुर्णबहादुर तामाङ (कान्छाराम) ले जिल्लाको विकास निर्माणदेखि संघ तथा प्रदेशमा नीति निर्माणका लागि गठबन्धनको उम्मेदवारहरूलाई जिताउन आग्रह गरे ।
यसअघिको निर्वाचनमासमेत उम्मेदवार रहेका तामाङले पराजित भएरपनि जनता सामु गरेका कयौँ बाचा व्यक्तिगत रूपमा पूरा गरेको बताउँदै अब निर्वाचित भए जिल्लामा पुल, सडक, जलविद्युत्, कृषि र सडकहरूको स्तररोन्नती तथा कालोपत्रे गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सभालाई सम्बोधन गर्दै गठबन्धनबाटै उम्मेदवार रहेका माओवादी केन्द्रका प्रदेश सभा ‘क’ र ‘ख’ का उम्मेदवार द्वय युवराज चौलागाई र तारा नारायण श्रेष्ठले गठबन्धनका उम्मेदवारलाई जिताउन चुनावी अभियान सक्रिय रूपमा सहभागी हुन आग्रह गरे ।
राजधानी काठमाडौंबाट नजिकै रहेको जिल्ला भएपनि विकासको दृिष्टबाट निकै पछि रहेको उल्लेख गर्दै विजयीपश्चात विकास र समृद्धिका काममा सक्रिय भूमिका खेल्ने उम्मेदवार द्वयले संयुक्त रूपमा प्रतिबद्धता व्यक्त गरे ।
प्रदेख ‘ख’ का उम्मेदवार युवराज चौलागाईले जिल्लामा पूर्वाधार विकासको अवस्था सामान्य देखिए पनि समग्रमा पूर्वाधार, सामाजिक एवं मानव विकासको अवस्था कमजोर रहेकाले आमनागरिकको जीवनस्तर रूपान्तरणका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सभामा उपस्थित दबै पार्टीका नेताहरूले निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउने गरी चुनावी तयारीमा लाग्न आफ्ना कार्यकर्ताहरुलाई अपिल गरेका थिए ।
नेपाली कांग्रेस रामेछाप-काठमाडौं सम्पर्क समितिका सभापति राजनारायण श्रेष्ठको सभापतित्वमा सम्पन्न सभामा दुवै दलका तर्फका उमेदवार र प्रमुख नेताहरु तथा रामेछापबाट काठमाडौंमा विभिन्न पेशा व्यवसाय गरेर बसेका सयौँ कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
रामेछाप । सत्ता गठवन्धनका बलिया उमेदवार पूर्णवहादुर तामाङ (कान्छाराम) संग प्रतिस्पर्धा गर्न तम्सिएको रामेछाप एमालेका उमेदावार कैलाश प्रसाद ढुंगेललाई पहिलो गाँसमै ढुङ्गा परेको छ ।
एमालेले निर्वाचन परिचालन र प्रचार प्रचार प्रसारको क्रममा लिखु तामाकोशी गाउँपालिकाको धोविमा शुक्रबार आयोजना गरेको पहिलो कार्यक्रममानै स्थानीयले उपस्थिति नजनाएपछि ढुङ्गेल लगाएतका एमाले कार्यकर्ता तिल्मिलाएका छन् । धोविमा उमेदवार सगैं गएका एमाले जिल्ला र पालिका स्तरका नेताहरु बाहेक औंलामा गन्न सक्ने स्थानीय कार्यकर्ताहरुको मात्र उपस्थिति रहेको थियो ।
देशमा बहुदलिय व्यवस्था आएपछि २०४८ साल देखि लगातार संसदीय निर्वाचनमा उम्मेदवार वनेका कैलाश ढुङगेलले अरु योग्य नेताहरुलाई अवसर नदिएर आफै मात्र पद हत्याउन उद्धत रहेको भन्दै एमाले भित्र तिव्र असन्तुष्टि छ ।
एमालेका नेता माधव ढुंगेल, रत्न गौतम जस्ता नेताहरुले उनी बाँचुन्जेल सम्म अवसर नपाउने भन्दै एमालेका कार्यकर्ताहरु गुनासो गर्दै हिडेका छन् । प्रदेश निर्वाचनमा उमेदवार भएका शान्तिप्रसाद पौडेलले समेत गएको ५ बर्षमा सिन्को नभाँचेको भन्दै गुनासो गर्ने गरेका छन् ।
पहिलो दिनको कार्यक्रममानै आशा गरेको जस्तो जनसमूहको उपस्थिति नदेखेपछि एमाले नेताहरु न्याउरी मुख लगाएर शनिबार रस्नालु आईपुगेका छन् । एमालेको आधार इलाका भनेको रस्नालुमा गएको स्थानीय निर्वाचनमा एमालेलाई झड्का लागेको थियो । आउदो चुनावमा रस्नालुबाट एमालेले स्थानीय चुनावको भन्दा पनि थोरै मत ल्याउने आंकलन गरीदैछ ।
रामेछाप । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा गठवन्धनका उम्मेदवारहरुलाई विजयी गराउन बिहिबार काठमाण्डौंमा रणनीतिक भेला सम्पन्न भएको छ ।
नेपाली काँग्रेसका प्रदेश ख का सभापति राजेश श्रेष्ठ र माओवादी केन्द्रबाट प्रतिनिधि सभाकी समानुपातिक तर्फकी उम्मेदवार सुनिता गौतमको पहलमा काठमाण्डौंमा भएको भेलामा दुवै दलका तर्फका उम्मेदवार र प्रमुख नेताहरुको सहभागिता रहेकाे थियाे ।
भेलामा प्रतिनिधिसभा सदस्य उमेदवार पूर्णवहादुर तामाङ (कान्छाराम) र प्रदेश १(१) का तारानारायण श्रेष्ठ र १(२) का युवजार चौलागाईले विगतमा पार्टीले रामेछाप जिल्लामा विकास निर्माण र सामाजिक कार्यमा गरेको योगदानको आधार र दलिय घोषणा पत्रका आधारमा सहज जित हुने वताए । सवै साथिहरुले इमान्दारिताका साथ भूमिका निभाउने र मतदानका लागि मतदाताको घर दैलोमा पुग्दा मात्र गठवन्धनका उम्मेदवारको सहज जित हुने भएकाले उक्त कार्यमा एकजुट भएर लाग्न आग्रह गरेका थिए ।
टिकट वितरणमा असन्तुष्ट भई प्रदेश सभामा बागि उम्मेदवार हालेका माओवादी केन्द्रका नेता तथा संविधानसभा सदस्य डिल्लीमान तामाङले जसरी पनि गठवन्धनका उम्मेदवारलाई विजय गराउनु पर्ने अवस्था भएकाले दुवै दलले निष्टापूर्वक भूमिका खेल्न कसर बांकी राख्न नहुने वताए ।
रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिकाबाट काठमाडौं जादै गरेको बा ३ ख ४०४८ नम्बरको रिर्जभ बस खाँडादेवी गाउँपालिका–३ भिरपानीको गुन्डुखोला भन्ने ठाउँमा दुर्घटनामा परेको छ ।
दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइते हुनेहरुमा जिल्ला रामेछाप खाँडादेवि ७ पात्ले बस्ने बर्ष ३४ को युबराज तामाङ, ऐ ऐ बस्ने बर्ष २९ को अजय तामाङ, बर्ष २७ को सुस्मिता तामाङ, बर्ष २३ को रस्मि तामाङ, बर्ष १८ की सपना तामाङ, बर्ष ३० को रमेश तामाङ, बर्ष २४ को बास्ना घिसिङ, बर्ष २४ को बिकाश तामाङ, बर्ष ३३ को श्याम लामा, बर्ष ४२ की रिता घिसिङ, खाँडादेवि ३ बस्ने बर्ष १५ की प्रेरणा श्रेष्ठ, खाँडादेवि ७ बस्ने बर्ष २८ की सुमित्रा कार्की, र २८ को धनराज तामाङ घाइते भएका छन् ।
घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले जानकारी दिए । उनका अनुसार रिजर्भ बस ओरालो मोडमा अनियन्त्रित भई सडक छेउमा पल्टिदा बसमा सवार १६ जना मध्ये १३ जना घाइते भएका हुन् । डिएसपी थिङका अनुसार घाइतेहरुको उद्दार गरी थप उपचारको लागि धुलिखेल अस्पताल पठाइएको छ ।
रामेछापको खाँडादेवी गाउँपालिका–३ भिरपानीस्थित सित्खामा करिब ५५ बर्षीय बिबी माझीको विभत्स हत्या गरेको आरोपमा प्रहरीले २३ जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ । प्रहरीले घटनाको अनुसन्धान गर्नको लागि १६ जना पुरुष र ७ जना महिलालाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान सुरु गरेको हो । पक्राउ परेकाहरुले प्रहरी समक्ष पितृ चढेको मानिसहरूले पितृ चढेपछि के के भयो, के के गर्यो, घटना के कसो भएको भन्ने केही कुरा थाहा नभएको बयान दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रारम्भिव अनुसन्धानको क्रममाा अन्धविश्वासको कारण यस घटना घटेको देखिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख राजकुमार थिङले बताए ।
यी हुन पक्राउ पर्नेहरु
जिल्ला रामेछाप खाँडादेवी गा.पा.-३ सित्खा बस्ने वर्ष १९ को राजेश माझी
ऐ.ऐ.स्ने वर्ष १७ की सपना माझी
ऐ.ऐ.बस्ने वर्ष १७ की मनिषा माझी
ऐ.ऐ.बस्ने वर्ष १६ की सबिना माझी
ऐ.ऐ.बस्ने वर्ष २६ को धन बहादुर माझी
ऐ.ऐ.बस्ने वर्ष १६ को सिरिस भन्ने राम कुमार माझी
ऐ.ऐ.बस्ने वर्ष २३ की बिन्दा माझी
ऐ.ऐ.बस्ने वर्ष १९ को भरत माझी (सानो)
ऐ.ऐ.बस्ने वर्ष २० को सुरज माझी
ऐ.ऐ.बस्ने वर्ष ४० की राधिका माझी
ऐ.ऐ.बस्ने वर्ष ३७ को शिब बहादुर माझी
ऐ.ऐ.बस्ने वर्ष २२ की सिर्जना माझी
ऐ.ऐ.बस्ने वर्ष २४ को भरत माझी (ठुलो)
ऐ.ऐ.बस्ने वर्ष २४ को कुमार माझी
ऐ.ऐ.बस्ने वर्ष २४ को उदय बहादुर माझी
ऐ.ऐ.बस्ने वर्ष २४ को पुसमान माझी
ऐ.ऐ.बस्ने वर्ष ३२ को सुक्र बहादुर माझी
ऐ.ऐ.बस्ने वर्ष १९ को रामहरी माझी
ऐ.ऐ.बस्ने वर्ष ३० को विज्ञान माझी
ऐ.ऐ.बस्ने वर्ष ५४ को धर्म बहादुर माझी
ऐ.ऐ.बस्ने वर्ष २६ को सुक्रे माझी
ऐ.ऐ.बस्ने वर्ष २९ को राजु माझी
ऐ.ऐ.बस्ने वर्ष २० की संगिता माझी
रामेछाप । पितृ खुशी नभएको भन्दै भेला भएका माझी समुदायको कुटपिटबाट ५५ बर्षिय बिबि माझीको हत्या भएको छ । जिल्लाको खाँडादेवी गाउँपालिका–३ भिरपानीको सित्खामा रहेको माझी समुदायमा पितृ आइतवार भेला भएका माझी समुदायले कुटेर माझीको हत्या गरेका हुन् ।
माझीहरुको कुटाईवाट मृतककी ७० बर्षिय आमा सुनमाया माझीको अवस्था गम्भिर रहेको छ । उनलाई घटनास्थलबाट उद्धार गरि मन्थलीमा रहेको तामाकोशी अस्पतालमा उपचार गरिरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले बताए ।
डिएसपी थिङका अनुसार उक्त घटनामा संलग्न भएको आरोपमा ७ जना महिला सहित २३ जनालाई प्रक्राउ गरिएको छ । आफुले मृतकलाई कुटपिट नगरेको र पितृ खुशी नभएको कारण पितृले नै आएर कुटपिट गरि मारेको बयान प्रक्राउ परेका सबैजनाले दिएका छन् ।
सोह्रश्राद्ध माझि समुदायको पितृ तार्ने सबैभन्दा ठूलो पर्व हो । उनीहरुको संस्कार अनुसार सोह्रश्राद्धमा मरेका पितृहरुलाई (नदी) घाटमा गएर बोलाउने चलन छ । यसरी पितृलाई बोलाउँदा शरिमा पितृ आउने ,त्यो बेला काम छुट्ने र परिवारको कुनै एक सदस्यको शरिरमा पस्ने गर्छ भन्ने विश्वास माझी समुदायमा रहेको छ । जसको शरिरमा पितृ पस्ने वित्तिकै ऊ काम्ने गर्दछ् । घाटवाट काम्दै गरेको व्यक्तिलाई लिएर घर फर्कने र भोली पल्ट एकदिन सत्कार सहित घरमा पाल्ने गरिन्छ र पर्सिपल्ट बिहानै झिसमिसे (उज्यालो नहुँदै) घाटमा लगेर विधिपूर्वक पितृ बिर्सजन गर्ने (नदीमा) चलन छ ।
नदीमा बगाउने बेला पितृ पसेको व्यक्ति काम्न छाड्ने गर्दछन् । यसरी पितृ बगाउँदा उनीहरुको शरिरमा पितृ खुशी हुन्छन् भन्ने विश्वास माझी समुदायको रहेको छ । यो सँगै उनीहरुको विशेष चाड सोह्रश्राद्ध सकिन्छ । तर यसपटक भने बिगत वर्षको जस्तो भएन । पितृलाई बगाउँदा समेत काम्ने व्यक्तिलाई पितृले नछाड्दा कामी रहे । उनीहरुले पितृले गर्दा काम्न नछोड्नुमा दोषी गाउँकै बिबि माझीको रहेको निष्कर्ष माझी समुदायले निकाले ।
त्यस पश्चात उनीहरु बिबि माझी र उनकी आमा सुनमाया माझी बसिरहेको घरमा काम्दै पुगे । बिबिलाई चामलको अक्षताले हान्दै उनिहरूले कुटपिट गर्न थाले । त्यही समयमा घुम्दै एउटा बिरालो बिबिको घरमा आइपुग्यो । माझी युवायुवतीले उक्त विरालो समाते । उनिहरूले त्यो बिरालोलाई त्यही काटेर आँगो बालेर त्यही घटनास्थलमा नै पोले । त्यती बेलासम्म बिबिको मृत्यु भइसकेको थियो । उनीहरुले बिबि माझी बोक्सी भएको र उसको शरिरवाट बिरालो उत्रिएकाले बिरालो काटेपछि बिबि मरेकी माझी समुदायको निष्कर्ष थियो ।
छोरीको मृत्यु भएपछि उनकी आमा सुनमायालाई घरवाट आँगनमा निकालेर युवायुवतीले कुटपिट गर्न थाले । सो घटनाको बिषय स्थानियले जानकारी पाएसँगै उनीहरु घटनास्थल पुगे । घटनास्थल पुगेका स्थानियले उद्धार गर्न नसकेपछि उनीहरुले प्रहरीमा खबर गरेका थिए ।
घटनाको जानकारी पाएसँगै घटनास्थल पुगेको प्रहरीले पहिलो पटक उनीहरुलाई नियन्त्रण लिन सकेन । बल्लतल्ल प्रहरीको दोश्रो प्रयासमा सुनमायाको उद्धार गर्न सफल भयो । प्रहरीले नियन्त्रणमा लिएका सबैजनालाई प्रहरीले जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतमा राखेर थप अनुसन्धान अघि वढाएको छ ।
शरिरमा पितृ चढेको भन्दै काम्दै कुटपिट गर्ने युवायुवतीले सो घटनाको बारेमा आफुहरुलाई केही थाहा नै नभएको प्रहरी समक्ष बताएका छन् । उनीहरुले मृतक बिबिलाई पितृ नै आएर कुटपिट गरेर मारेको बताएका छन् । उनीहरुले पितृ आफ्नो शरिरमा चढेपछि आफुहरुलाई केही पनि थाहा नहुने भएकाले सो घटनाको बिषयमा आफुहरु अनविज्ञ रहेको प्रारम्भिक बयान प्रहरी समक्ष दिएका छन् ।
हेटौंडा । बागमती प्रदेश सभा सदस्य तथा राप्रपाका निर्वाचित केन्द्रीय सदस्य रिता माझी राप्रपा नेपाल प्रबेश गरेकी छन् ।
आज बागमती गाउँपालिका-३ मा आयोजित कार्यक्रममा माझिलाई स्वागत गर्दै राप्रपा नेपाल अध्यक्ष कमल थापाले अब कोहि पनि अलमलमा नपरी, भ्रमित नबनी राप्रपा नेपाललाई बलियो बनाउन कस्सिएर लाग्नुपर्नेमा जोड दिए ।
मुलुकलाई एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकता भएको र त्यो शक्ति राप्रपा नेपाल बन्न सक्ने थापाको ठम्याई रहेको थियो । उनले मकवानपुरको विकासको अधुरो काम सम्पन्न गर्न आउने निर्वाचनमा उम्मेदवारी दिन लागेको समेत जानकारी दिए ।
हेटौंडा-काठमाडौं सुरुङ्ग मार्ग, चक्रपथ निर्माण, विश्वविद्यालय स्थापना, औद्योगिक क्षेत्रको विकास आफ्नो प्राथमिकतामा रहेको समेत थापाले बताए । कार्यक्रममा बोल्दै प्रदेश सांसद रिता माझिले इमानदारीता, निष्ठा र कर्तब्यबोधका कारण राप्रपा नेपाल रोजेको बताइन् ।
रामेछाप । संस्कृति , पर्यटन तथा नागरिक उडड्यन मन्त्री जिवनराम श्रेष्ठले मन्थली एअरपोर्ट संचालनमा वेवास्ता गरेका छन । मन्त्रालयका उच्च अधिकारीहरु सहित मन्थली आईपुगेका मन्त्री श्रेष्ठले काम मन्थली विमानस्थलको निरीक्षण गरेको भएपनि स्थानिय बासिन्दाले विमान स्थल संचालनका लागि गरेको मागको कुनै सम्बोधन गरेनन् ।
विभिन्न कम्पनीका प्रतिनिधि र नागरिक उडड्यन प्राधिकरणका अधिकारीले मन्त्री श्रेष्ठलाई विमानस्थलको समस्या र समाधानका बारेमा पनि जानकारी गराएका थिए । निजी क्षेत्रको समिट एयरको चार्टर जहाँज चढेर दिउँसो विमानस्थलमा उत्रिएको मन्त्री सहितको टोलीले विमानस्थलका पूर्वाधार र त्यहाँको अबस्थाका बारेमा जानकारी मात्रै लिए तर विमानस्थल सञ्चालानका लागि कुनै चासो देखाएनन् ।
स्थानिय हरुले मन्त्री श्रेष्ठलाई हप्तामा कम्तिमा पनि रामेछापबाट काठमाण्डौका लागि एउटा उडान राख्नका लागि अनुरोध गरेका थिए । तर उक्त अनुरोधलाई मन्त्री श्रेष्ठले खासै चासो देखाएनन् ।
यस अघीका पर्यटन मन्त्री प्रेम आलेले पनि करिब ५ महिना अघि रामेछापको गाल्वामा आयोजित पार्टिको कार्यक्रममा जहाज चलाउने बचन दिएको भए पनि उक्त बचन पनि पुरा भएन् । रामेछापका नागरिक आसै आसमा बसे ।
रामेछाप विमानस्थलबाट ब्यवसायीक उडान गर्दै आएका निजि विमान कम्पनीहरुले रामेछाप काठमाण्डौ उडानमा यात्रु नहुने भन्दै प्राधिकरणको आँखामा छारे हाल्दै आएका छन् । स्थानीयले केहि बर्ष देखिनै रामेछाप देखि काठमाण्डौका लागि यात्रु बाहक हवाई सेवा संचालनको माग गरेपनि विमान कम्पनी र सरकारले त्यसको कुनै वास्ता गरेका छैनन् ।
पंचायतकालमा निर्माण भएको विमानस्थललाई कालो पत्रे गरेर स्तरोन्नति गरीएको भएपनि लामो समय देखि यस एरपार्टमा कुनै पनि कम्पानिले जहाज अवतरण गरेका छैनन् । तर नेपाल नागरिक उडड्यन प्राधिकरणले भने सोलुजाने पर्यटकहरुका लागि असोज ९ देखि मन्थली एअरपोर्ट बाट लुक्लाका लागि जहाज उडाउने तयारी गरेको छ । त्यस बाहेक तारा, सिता र समिट एयरले पनि पर्यटक केन्द्रीत उडान भर्ने तयारी गरेका छन् ।
काठमाण्डौंको विमानस्थलमा हुने हवाई चापलाइ कम गर्न रामेछाप विमानस्थलबाट लुक्लाका लागि उडान हुन लागेको हो । लुक्लाको मौसम राम्रो हुदा रामेछापबाट अधिकतम उडान गर्ने योजना वायुयान संचालकको छ ।
काठमाण्डौंबाट लुक्ला जाने यात्रुहरुलाई गाडिमा राखेर विपी राजमार्ग हुदै रामेछाप विमानस्थल सम्म लैजाने र त्यहि बाटो काठमाण्डौ फर्काउने विगतको कार्य यस बर्ष समेत निरन्तरता दिईने भएको छ ।
काठमाण्डौंबाट रामेछाप विमानस्थल सम्मको सडक मार्ग यात्राका लागि करिव ४ घण्टाको समय लाग्ने भएकोले पनि ब्यवसायीहरुको रोजाईमा मन्थली विमानस्थल परेको हो ।
रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले सञ्चालन गरेको एक हप्ते एकीकृत घुम्ती शिविर सेवामा ५ सय भन्दा बढीले सेवा लिएका छन् । भदौ ३० गते वडा नं ७ भुजी देखि सुरु भएको शिविर वडा नं १ गुम्देलमा सम्पन्न भएको हो ।
शिविर मा २४३ जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । १४० जनाले ज्येष्ठ नागरिकको प्रमाणपत्र , ३८ जनाले अपाङ्गता परिचयपत्र लिएका छन् । जसमा ‘क’ वर्ग १ जनाले, ‘ख’ वर्गको १९ जनाले, ‘ग’ वर्ग १० जनाले र ‘घ’ वर्ग ६ जनाले लिएको प्रमुख प्रशासकीय दिलकृष्ण श्रेष्ठले जानकारी दिए ।
शिविर मा ७४ वटा योजना सम्झौता भएका छन् । त्यस्तै व्यावसायिक दर्तातर्फ १२६ वटा ,नवीकरण २७ वटा र इजाजत पत्र १०८ वटा वितरण गरिएको प्रशासकीय श्रेष्ठले जानकारी दिए ।
३०८ जना नागरिकको सामान्य स्वास्थ्य जाँच गरिएको जानकारी पालिका स्रोतले दिएको छ ।
पालिकाले सञ्चालन गरेको शिविरमा पालिका अध्यक्ष शेरबहादुर सुनुवार, उपाध्यक्ष सावित्री सुनुवार, प्रमुख प्रशासकीय अधिकृत दिल कृष्ण श्रेष्ठ र लाप्चाने सेवा केन्द्रका प्रशासकीय प्रमुख उदयराज गौतम सहितको टोलीले स्थानीयको आवश्यकतालाई ध्यानमा राख्दै गाउँघर केन्द्रित सेवा प्रदान गरेको पालिकाले जनाएको छ ।
रामेछाप ।नजिकिँदो चाडपर्वलाई लक्षित गरी रामेछापको रामेछाप नगरपालिकाले रामेछाप बजारमा अनुगन गरेको छ । नगरपालिकाले रामेछाप बजारमा रहेका किराना पसल,मासु पसल र होटलहरुको अनुगमन गरेको हो ।
चाडपर्वको मौका छोपेर दैनिक उपभोग्य वस्तुमा हुनसक्ने कालोबजारीलाई नियन्त्रण गर्न बजार अनुगमन गरिएको नगरपालिकाका राजश्व शाखा प्रमुख हरिभगत श्रेष्ठले बताए । चाडपर्वको बेला धेरै कारोबार हुने मासु, चिनी, दालचामल,पियपदार्थ सहितका खाद्यान्न,मसला लगायतका बस्तुलाई केन्द्रीत गरेर म्याद सकिएका समाग्रीहरु रहेनरहेको बारे बजार अनुगमन गरिएको उनले भने।
साथै व्यवसाय दर्ता,नविकरण,मुल्य सुची रहेनरहेको बारे पनि अनुगमन गरिएको थियो । रामेछाप बजार अनुगमन गर्दा अखाध्य सामाग्री खासै फेला नपरेको श्रेष्ठले बताए ।वडा नं ८ का वडाअध्यक्ष सन्तोष तामाङको संयोजकत्वमा प्रहरी,पत्रकार,रामेछाप नगर उद्योग वाणिज्य संघ र रामेछाप नगरपालिकाका कर्मचारीले बजार अनुगमन गरेका हुन ।रामेछाप नगरपालिकाले हरेक वर्ष चाडपर्वको बेला बजार अनुगमन गर्दै आएको छ ।
न्युयोर्क । शिकागोको एक आवासीय भवनमा विस्फोट हुँदा कम्तीमा आठ जना घाइते भएका स्थानीय अग्नि विभागका अधिकारीहरूले बताएका छन् । स्थानीय समयअनुसार मंगलबार विहान पौने दश बजे उक्त विस्फोट भएको अग्नि नियन्त्रण विभागका अधिकारीहरुले जनाएका छन् ।
वासिंटन बुलेभार्ड र सेन्ट्रल एभिन्यु नजिकै विस्फोट भएको हो । विस्फोटका घाइते तीन जनाको अवस्था गम्भीर रहेको छ । विस्फोट भएको स्थान नजिकै रहेको भवन खाली गर्ने काम भइरहेको दमकल अधिकारीहरुले बताएका छन् । विस्फोटबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
काठमाडौं । परराष्ट्र सचिव भरतराज पौड्यालले ‘लोकतन्त्रले जनतालाई डेलिभर गर्छ’ भन्नेमा नेपालले विश्वास गर्ने बताएका छन् ।
संयुक्त राष्ट्रसंघको ७७ औँ महासभाको अवसरमा मंगलबार अमेरिकाको न्यूयोर्कमा आयोजित ‘डेमोक्रेसी डेलिभर्स’ विषयक उच्चस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।
‘हामी लोकतन्त्रका ‘त्रिदिशात्मक’ नतिजा अर्थात शान्ति, मानवअधिकार र विकासमा केन्द्रित भएकाले ‘लोकतन्त्रले जनतालाई डेलिभर गर्छ’ भन्नेमा नेपाल विश्वास गर्छ,’ उनले भने ।
कार्यक्रममा बोल्दै परराष्ट्र सचिव पौड्यालले नेपालको संविधानले सर्वव्यापी रूपमा स्वीकार्य लोकतान्त्रिक सिद्धान्तलाई मान्यता दिएको, समानुपातिक प्रतिनिधित्व र राष्ट्रिय जीवनमा समाजका सबै वर्गको सहभागिताको प्रत्याभूति गरेको बताए ।
राजनीतिक मुद्दा टुंगिएपछि अहिले नेपाल गरिबी, अल्पविकसित र पछौटेपनविरुद्ध लडिरहेको उनले जनाए ।
यसको लागि नेपालको प्राथमिकतामा कृषिको आधुनिकीकरण, पूर्वाधार विकासको तीव्रता, जलविद्युतको विशाल सम्भावनाको उपयोग, पर्यटन र जनशक्ति विकास रहेको उनले जानकारी दिए ।
परराष्ट्र सचिव पौड्यालले कार्यक्रममा निजी क्षेत्रका लागि सिर्जना गरिएको सक्षम वातावरण र स्वदेशी तथा विदेशी लगानीलाई जोगाउन तयार गरिएको बलियो कानुनी तथा नीतिगत संरचनाबारे प्रकाश पारेका थिए ।
एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशमा आंशिक सैन्य परिचालनको आदेश दिएका छन् । राष्ट्रपति पुटिनले युक्रेनमाथि आक्रमण जारी राख्दै अर्थतन्त्रलाई ‘युद्धकालीन चरणमा’ राख्नको लागि देशमा आंशिक सैन्य परिचालनको घोषणा गरेका हुन् ।
देश भरि टेलिभिजनमा प्रशारण गरिएको पूव रेकर्ड गरिएको भाषणमा पुटिनले यो निर्णय ‘मातृभूमि, यसको सार्वभौमसत्ता र क्षेत्रीयताको रक्षा गर्न’ लिएको बताए। यदि हाम्रो देशको क्षेत्रीय अखण्डता खतरामा छ भने, हामी हाम्रा जनताको रक्षा गर्न सबै उपलब्ध साधनहरू प्रयोग गर्छौं’, पुटिनले भने ।
रामेछाप । जिल्ला अस्पताल रामेछापले पहिलोपटक रक्तसञ्चार केन्द्र (ब्लड बैंक)को स्थापना गरेकोछ । संविधान दिवसको अवसर पारेर रामेछाप नगरपालिकाको सहयोगमा अस्पतालमै ब्लड बैँकको स्थापना गरिएको हो ।
रगत अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस भनेर आफुहरुले जिल्ला अस्पतालमै ब्लड बैँकको स्थापना गरेको रामेछाप नगरपालिकाका नगरप्रमुख लवश्री न्यौपानेले बताए ।
अस्पतालमा आउने जटिल किसिमका बिरामीलाई आवश्यक पर्ने रगत अब सहज रुपमा जिल्ला अस्पतालमै उपलब्ध हुने भएकोले भैपरि आउने जोखिमबाट केहि हद सम्म राहत मिलेको जिल्ला अस्पताल रामेछापका निमिक्त मेडिकल सुपरिटेन्डेण्ट डाक्टर गगन अधिकारीले बताउछन् । यहि दशैँ तिहारपछि जिल्ला अस्पतालमै डाइलसिस सेवा सुरु गर्ने तयारी भैरहेको पनि अधिकारीले बताए ।
जिल्ला अस्पतालको हाल संचालनमा रहेको सेवाहरुलाई अझ सुदृढ गर्दै लैजाने क्रममा रहेको अस्पताल विकास समितिका अध्यक्ष यम पाख्रिनले बताए । जिल्ला अस्पतालमै ब्लड बैंकको स्थापना भएपछि प्रसुती गराउने आमाहरु, दुर्घटनामा परेका घाइते तथा अपरेशन गर्नुपर्ने बिरामीको लागि तत्काल आवश्यक रगत व्यवस्था गर्न समस्या नपर्ने उनले बताए ।
अस्पतालले अहिले विभिन्न रोगहरुको अपरेशन,आकस्मिक प्रसुतिजन्य शल्यक्रिया लगायत विभिन्न सेवा सुविधाहरु थप गरेसँगै उपचार गर्न आउने सेवाग्राहीको चाप पनि बढेको अध्यक्ष पाख्रिनले बताए ।
यसैगरी संविधान दिवसको अवसरमा जिल्ला अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन । ब्लड बैँकको उद्धघाटन रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले गरेका थिए ।
काठमाडौं । काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउने कार्यलाई तीव्रता दिएको छ ।
बुधबार बिहान महानगरको टोलीले काठमाडौंको वसुन्धारा क्षेत्रमा रहेका अनधिकृत संरचनालाई डोजर लगाएर हटाएको छ । सो क्षेत्रमा नक्सापासविपरीत बनाइएका घरटहरा र सडक मिचेर बनाइएका कम्पाउन्ड पनि भत्काइएको छ ।
महानगरले सडकछेउमा फुटपाथ अतिक्रमण गरेर व्यापार नगर्न चेतावनी दिएको छ । महानगरले नक्सापास नगरी निर्माण गरिएका र नक्सामा उल्लेखभन्दा फरक रूपमा प्रयोग गरिएका संरचना हटाउने कार्यलाई तीव्रता दिएको जनाइएको छ ।
रामेछाप । आफ्नै भतिजि बुहारीलाई जर्वजस्ती करणी उद्योग गरेको अभियोगमा रामेछाप उद्योग बाणिज्य संघका कोषाध्यक्ष एवं मन्थलीका व्यवसायी पबन कठायत जेल चलान भएका छन् ।
जिल्ला अदालत रामेछापमा मंगलवार भएको इजलाशले कठायतलाई जर्बजस्ती करणी उद्योगमा पुर्पपक्षको लागि जेल चलान गर्ने निर्णय गरेको हो ।
कठायतले आफ्नै भतिजी बुहारी बिनु यादबलाई मन्थली नगरपालिका–१ भैश्वेश्वरमा रहेको घरमा बुहारी याबद एक्लै बसिरहेको मौका छोपी जर्बजस्तीकरणी गर्न खोजेका थिए ।
उक्त घटनाको बिषयमा कान्छा ससुरा बिरुद्ध बुहारी बिनुुले जिल्ला प्रहरी कार्यालय रामेछापमा साउन महिनामा किटानी जाहेरी दर्ता गरेकी थिइन । सोही जाहेरीका आधारमा प्रहरीले भदौ १ गते कठायतलाई मन्थलीवाट पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान अघि बढाएको थियो । प्रहरीले स्थगलत मुचुल्का सहित तयार पारेको राय सरकारी कार्यालयमा बुझाएको थियो ।
सोही रायका आधारमा जिल्ला सरकारी वकील कार्यालयले अभियोग पत्र तयार गरी जिल्ला अदालत रामेछापमा पेश गरेको अभियोग–पत्र उपर जिल्ला अदालत रामेछापका न्यायाधिश इन्दिरा शर्माको इजलासले आरोपित कठायतलाई पुर्पक्षको लागि जेल चलान गर्ने निर्णय गरेको हो । कठायतलाई मंलगलार साँझ नै कारागार कार्यालय रामेछाप पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए ।
जाहेरी दिने पिडीत बिनु यादवको तर्फवाट जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ता बिना खड्का र वकील योगेन्द्र प्रसाद ढुुंगेलले बहस गरेका थिए । त्यस्तै आरोपित कठायतको तर्फवाट अधिवक्ता झम्क कडेल, सौजन्य प्रसाद सत्याल र यादव प्रसाद दाहालले बहस गरेका थिए ।
काठमाडौं । आगामी ४ मंसिरमा हुने निर्वाचनको लागि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रामेछाप जिल्ला समितिले उम्मेदवार सिफारिस गरेको छ । भदौ २० गते बसेको रामेछाप जिल्ला समितिको बैठकले संघ र प्रदेशको लागि उम्मेदवार सिफारिस गरेको हो ।
बैठकले प्रतिनिधिसभाको लागि प्रत्यक्षमा ६ जनाको नाम सिफारिस गरेको छ । जसमा बहालबाला सांसद श्याम कुमार श्रेष्ठ पोलिष्टव्यूरो सदस्य युवराज चौलागाईं, पूर्वसांसद डिल्लीमान तामाङ, पूर्वदोरम्बा सैलुङ गाउँपालिका अध्यक्ष कमान सिंह मोक्तान, पूर्वसांसद लक्ष्मी गुरुङ र विक्रम राना मगर रहेका छन् ।
समानुपातिक तर्फ ५ जनाको नाम सिफारिस भएका छन् । जसमा नरेशबाबु श्रेष्ठ, श्याम नारायण श्रेष्ठ, सुनिता गौतम, उद्धव रम्तेल र श्रीबहादुर माझी रहेका छन् ।
प्रदेशसभा तर्फ प्रत्यक्षमा ९ जनाको नाम सिफारिस भएको छ । जसमा प्रदेशसभा ‘क’ तर्फ पूर्वसांसद तारानारायण श्रेष्ठ, पूर्ण बहादुर कार्की, प्रदिप रावत, रविन्द्र पौडेल र शिशिर खड्गी रहेका छन् । त्यस्तै प्रदेशसभा ‘ख’ तर्फ अम्बिका प्रसाद गजुरेल, दिपक राज प्रसाईं, धावा लामा र मान बहादुर तामाङ रहेका छन् ।
समानुपातिक तर्फ प्रदेशसभामा १४ जनाको नाम सिफारिस भएको छ । जसमा प्रदेशसभा ‘क’ तर्फ इन्दिरा बख्रेरल, केशर कुमार कालिकोटे, नारायण नेपाली, बिष्णु कुमार कार्की, भक्तराज थापा, मदन कुमार कालिकोटे, सरिता कार्की (रसाइली) र सरोज कटुवाल रहेका छन् । भने प्रदेशसभा ‘ख’ तर्फ कर्णखर चौलागाईं, गंगा बुढाथोकी, टिकामालबुके, दिपक हेल्मु, धनमाया श्रेष्ठ र नेत्र मोक्तान रहेका छन् ।
यसअघि जिल्लाका ८ वटा स्थानीय तहका पार्टी समितिहरुले पनि उम्मेदवार सिफारिस गरेका थिए । जिल्लाका ८ स्थानीय तह सहित सम्पर्क समन्वय समिति समेत गरी ९ स्थानीय समितिले प्रतिनिधिसभामा चौंलागाईंको नाम सिफारिस गरेका थिए । प्रतिनिधिसभामा श्रेष्ठको पक्षमा ७ र गुरुङको पक्षमा ४ वटा स्थानीय समितिहरुले संस्थागत मत सहित सिफारिस पठाएका थिए। रामेछाप जिल्ला माओवादीको प्रभाव क्षेत्र मानिदै आएको छ।
महोत्तरी । बर्षासँगै बाँध भरिएर पानी कुलोमा सोझिँदा महोत्तरी एकडारा–६ कि सरस्वती यादव अहिले निक्कै चिन्तित् छन । रातु नदीबाट सोझै कुलोमा थेग्नै नसक्ने पानी खेतमा पसेपछि सरस्वतीको करिब एक बिघा खेत डुबानमा परेको छ ।
अव्यवस्थित कुलोमा आएको पानी खेत र बारीमा पसेपछि त्यहाँ लगाइएका तरकारी र खेतमा क्षति हुन पुगेपछि सरस्वती चिन्तित् बनेकी हुन् ।
वाँध र कुलो व्यवस्थित हुन नसक्दा सरस्वती मात्र हैन रामवती मण्डलको पनि उस्तै अवस्था छ । बर्षात्को कारण बर्सेनि डुबानको समस्या झेल्दै आएकी मण्डलले अघिल्ला वर्षको तुलनामा यस वर्ष बढी क्षति व्यहोर्नुपरेको बताउँछिन् ।
थोरै खेतमा हुने उत्पादनबाट ५ जनाको परिवार धान्दै आएकी रामवतीलाई यसपालि कसो गर्ने होला भन्ने चिन्ता थपिदै गएको छ । ‘अब खै यसपालि त भोकमारी नै लाग्ला जस्तो छ,’ उनले भनिन् । सरस्वती र रामवतीको जस्तो खेतबारी डुवान मात्र हैन एकडारा –६ गनरापुरामा कयौँ घरसमेत बाढीको चपेटामा परेका छन ।
गनरापुराका कै रविशंकर दासको परिवार यतिबेला घर न घाटको बनेका छन । कुलोसँगै जोडिएको उनको घर डुमानमा परेको छ । पानी पस्न नपाएको एउटा कोठामा परिवारका सबै सदस्य बसेर गुजरा गरिरहेको दासले बताए ।
बाढीले खेत गेग्रानमा परिणत भएका छ । लगाइएको धानबाली नष्ट भएको छ भने खेल पोखरीजस्तै देखिएका छन् । बाढीले सडक सञ्जाल पनि नोक्सान गरेको छ ।
‘सानो वर्षापछि आएको बाढीले त बितन्डा मच्चाइरहेको छ भने ठूलो वर्षा भएमा के हुन्छ होला,’ ७० बर्षिय सुरदेव यादव चिन्ता व्यध्m गर्छन् । अघिल्लो बर्ष रातु नदीको २ सय घर परिवारलाई नोक्सान पुर्याएको थियो ।
हामीलाई यो कुलोले निक्कै समस्या बनाउदै आएको छ । बसेनि यही कुलाको कारण धेरै घरबारविहीन बन्नुपरेको थियो,’ विगत सम्झिँदै जगदिश दास भन्छन् ।
कुलोमा आउने वाढीले एकडाराको गनरापुरा मात्र हैन पर्सा, बटुलिया, कन्कार, सखुवा, हलखोरी, थरवाइ, सक्री, नेनी, बासुपट्टीलगायत स्थान डुबानमा पर्ने गरेका छन् ।
यस वर्ष आएको बाढीले करिब तीन सय बिघा खेत डुबानमा परेको छ भने ३० घरपरिवार जोखिममा छन् । स्थानीय सरकारले आफूहरुको समस्यालाई बेवास्ता गरेको पीडितहरुको गुनासो छ । तर, उनीहरुको समस्याप्रति आफूहरुको ध्यानाकर्षण भएको एकडाराका गाउँपालिकाका अध्यक्ष दिपनारायण यादवले बताए ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठमाथि कानुन नमानेको अभियोगमा अनुसन्धान गर्न माग गरेका छन् ।
सोमबार प्रहरी हिरासतमा रहेका शेरजंग कुँवरलाई भेटेपछि लामिछानेले उनलाई स(सम्मान रिहा गर्न माग गर्दै नियम मिचेर लाइन नबस्ने मन्त्री श्रेष्ठलाई कानुन नमानेको अभियोगमा अनुसन्धान गर्न माग गरेका हुन् ।
कुँवरले आफू निर्दोष रहेको भन्दै मन्त्रीलाई कुनै दुर्व्यवहार नगरेको लामिछानेले बताएका छन् ।
‘प्रहरी हिरासतमा रहेका शेरजंग गुरुङसँग भेटेर उहाँलाई धन्यवाद दिएर आएको छु। कानुन सबैलाई बराबर हुन्छ। शेरजंगजी भन्नु हुन्छ– ‘गुरुङको छोरो आवाज अलि ठूलो भयो होला, तर मैले कुनै दुर्व्यवहार गरेको छैन। मन्त्री भन्ने मलाई थाहा पनि भएन । थाहा भए पनि डिउटी त गर्नै पर्यो ।’ यदि उहाँको भनाइ सत्य हो भने उहाँलाई थुनामा राख्ने होइन ससम्मान रिहा गरियोस्। दण्डित होइन पुरस्कृत गरियोस्। नियम मिचेर लाइन नबस्ने मन्त्रीलाई चाहिँ कानुन नमानेको अभियोगमा अनुसन्धान गरियोस्,’ लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन् ।
आइतबार क्यानडाको भिसा प्रोसेसका लागि छायाँ सेन्टर पुगेका मन्त्री श्रेष्ठ र उनका सुरक्षाकर्मीलाई सेक्युरिटी गार्ड कुँवरले लाइनमा बस्न भन्दै रोकेका थिए । तर, मन्त्री श्रेष्ठले शक्तिको दुरुपयोग गर्दै साँझ नै कुँवरलाई पक्राउ गर्न लगाई हिरासतमा राख्न लगाएका छन् ।
रामेछाप । नेपाली कांग्रेस रामेछापले मंसिर ४ मा हुने संघको निर्वाचनका लागि समानुपातिकतर्फ ९ जनाको नाम सिफारिस गरेको छ ।
आज बसेको कांग्रेस रामेछापको बैठकले ९ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको कांग्रेस रामेछापका सचिव दीपक खड्काले जानकारी दिए ।खड्काले भने- समानुपातिक उम्मेदवारको लागि दावी गर्नेहरु सबैको नाम केन्द्रमा सिफारिस गरिएको हो।
उनका अनुसार समानुपातिकतर्फ सिफारिस हुनेहरुमा संविधानसभा सदस्य आङटावा शेर्पा, नेता ग्याज्जे लामा शेर्पा, पूर्व महाधिवेशन प्रतिनिधि, मुक्त बहादुर महते, पूर्व महाधिवेशन प्रतिनिधि डा. सुमन कर्माचार्य, पूर्व महाधिवेशन प्रतिनिधि विद्यासागर योञ्जन, नेता सुरेन्द्र कुमार घिसिङ,हिमाल दास र नेता सुशीला मिश्र र मञ्जु पुर्वे रहेका छन् ।
बागलुङ । आसन्न आमनिर्वाचनका लागि प्रधानमन्त्री शेरबहादुर देउवापत्नी तथा कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवा बागलुङ क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस भएकी छन् ।
प्रत्यक्षतर्फ १० जना उम्मेदवार आकांक्षीको नामावली संकलन गरी सिफारिस पठाउने क्रममा देउवापत्नी पहिलो नम्बरमा परेकी हुन् ।
महाधिवेशन प्रतिनिधि तथा पूर्वक्षेत्रीय सभापति द्रोण कुँवर वारेस रहेर देउवाको नाम प्रस्ताव गरेका थिए । प्रस्तावपछि क्षेत्रीय समितिले देउवासहित १० जनाको नाम सिफारिस गरेको कांग्रेस क्षेत्रीय सभापति जोकलाल बुढाले बताए ।
अन्य आकांक्षीमा पार्टी सभापति जितबहादुर शेर