आर्सनलको इंग्लिस प्रिमियर लिगमा विजयी सुरुवात


काठमाडौँ । आर्सनलले इंग्लिस प्रिमियर लिगमा विजयी सुरुवात गरेको छ । शुक्रबार राति भएको सिजनको पहिलो खेलमा क्रिस्टल प्यालेसलाई उसकै मैदानमा २-० गोलअन्तरले पराजित गर्दै आर्सनलले विजयी सुरुवात गरेको हो ।

आर्सनलका लागि खेलको २०अ‍ौं मिनेटमा ग्याब्रिएल मार्टिनेलीले अग्रता दिलाए भने क्रिस्टलका क्याप्टेन मार्क गुएहिले ८५औँ मिनेटमा आत्मघाती गोल गरे । त्यसपछि पाहुना टोली २-० ले विजयी बन्याे ।

जितसँगै आर्सनलले पहिलो खेलमै ३ अंक जोडेको छ । यसपटक युरोपका चर्चित खेलाडी अनुबन्ध गर्दै आर्सनलले उपाधी दाबेदार प्रस्तुत गरेको छ । क्रिस्टल अंकविहिन छ ।

तपाईको प्रतिकृया दिनुहोस्