एक २० बर्षिया युवती आफ्नो पेटमा भएको भ्रुणको उमेर थाहा नभएको भनेर भिडियो एक्सरे गर्न आइन । उनीसंग भर्खर प्रेम बिबाह गरेकी श्रीमान र दिदी थिइन । उनको प्रेम बिबाह भएको ४ महीना मात्र भएको रहेछ । तर महीनावारी धेरै समय देखि नभएको बताइन । भिडियो एक्सरे गर्दा थाहा भयो, उनको भ्रुण ६ महीनाको थियो । उनीहरुको प्रेम सम्वन्ध झण्डै २ बर्ष पार गरिसकेको थियो । एक बर्ष देखि उनीहरुको यौन सम्पर्क भएको थियो । सायद उनीहरुलाइ थाहा भयोकि भएन, उनी गर्भवती थिइन । जव मैले थाहा पाएँ, उनी घरबाट निस्केर प्रेमीको घर बस्न गएकी ४ महीना मात्र भयो, तव यसले उनलाइ हाम्रो सामाजिक परिवेशले पर्ने समस्याका बारेमा आकलन गर्न लागे । यसको गम्भिरतालाइ बुझेर मैले यो कुरा उनको सहमति बिना श्रीमान र दिदीलाइ नभन्ने निर्णय गरेर सोधे, के भन्ने मैले ?उनले भनिन्, श्रीमानलाइ भन्न सकिन्छ । मैले उनको श्रीमानलाइ बोलाएर अवस्थाका बारे बताए । उनले सहजै स्विकार गरे । मलाइ अलि हलुको भयो । तर दिदीलाइ बताउन ठीक ठानिएन ।
यी यस्ता घटनाहरु हरपल जहातही घटिरहेका हुन्छन् । कतिपय समयमा प्रेमका बहानामा युवतीहरुसंग यौनसम्पर्क राख्दछन् र गर्भ आएपछि केटा भागेका घटनाहरु पनि छन् । यसले एक युवतीको जीवनलाइ तहसनहस बनाइदिन सक्छ । प्रेम साँचो या झुठो जाँच्ने कतै कसि छैन । यौवनावस्थामा एकले अर्काको मन जितेपछि यौन सम्पर्क स्वाभाविक प्रक्रिया हो । यो प्रकृतिले हरेक मानिसहरुलाइ दिएको हुन्छ । तर महिलाले गर्भ बोक्नुपर्ने बाध्यताका कारणले गर्दा उनीहरुको जीवन काँचको घर जस्तो बन्न जान्छ । यो हाम्रो सामाजिक रितीररिवाज र परिबेशले गर्दा पनि भएको हो । आजभन्दा अघि जुन बेला सुरक्षित गर्भपतनको ब्यबस्था थिएन, ती बेलामा ती कलिला युवतीहरु आत्महत्या गर्न बाध्य भएका घटनाहरु पनि छन् ।
एकातिर प्रेमबिबाहलाइ समाजले स्विकार्दैनथ्यो, अर्कातिर सेवाका अभाव र देशमा कानुनका अभावमा उनीहरुले गर्भपतन गराउन सक्दैनथे ।
त्यसैले यौवनावस्थाका किशोरकिशोरीहरुले आफ्नो यौवनका आवेगलाइ ब्यबस्थापन गर्न जान्नुपर्छ । आफुहरु बिचमा धेरै छलफल र निष्कर्षपछि मात्र यौनसम्पर्कको अवस्थामा पुग्नु राम्रो हुन्छ । एक आपसका प्रेम सम्वन्ध स्वाभाविक र प्राकृतिक हो । बरु यदि उमेर भएपछि पनि यो आकर्षण आएन भने के कुराको कमी भयो भनेर खोज्नु पर्ने हुन्छ ।
अप्राकृतिक यौन क्रियाहरु पनि प्रेम सम्वन्धका बेलाका लागि उपयुक्त हुन सक्दछन् । यसका तरिकाहरुका बारेमा नेपालमा खुला छलफल र बहस हुन सक्दैनन किनभने हाम्रो सामाजिक रितिरिवाजले यसलाइ बर्जित गरेको छ । तर यस्ता बिषयमा चिकित्सक तथा स्वास्थ्यकर्मी तथा यौन बिशेषज्ञहरुसंग खुला रुपमा सम्वाद गर्न सकिन्छ ।
यो समस्या धेरै समय छुटिएर बस्नु पर्ने श्रीमान श्रीमतिहरुमा पनि लागु हुन्छ । उनीहरुले आफ्नो यौन प्यासलाइ कसैलाइ पनि हानी नपुग्ने गरि अप्राकृतिक तरिकाले सन्तुष्टी दिन सक्दछन् । हाम्रो मुख्य समस्या के हो भने हामी यो कुराहरुलाइ भन्ननै चाहन्नौ । बुझ्ना र सोध्न चाहन्नौ । बनावटी कुरा गर्छौ । यो मेरो आवश्यकता होइन भन्छौ तर गलत बाटो लिइरहेका हुन्छौ ।
खाना, नाना, छाना पछिको कसैले ब्यक्त गरेपनि नगरे पनि मानव तथा सबै प्राणीको आवश्यकता हो, मैथुन । त्यसैले यसलाइ लुकाएर गलत बाटोबाट जिवनलाइ बर्बादीतिर लानु भन्दा कसैलाइ हानी नहुने बाटो रोज्नु बुद्धिमता हुन्छ र लाज नमानी सम्वादमा आउनु राम्रो हुन्छ ।
प्राकृतिक यौनसम्पर्कमा पनि रोगहरुबाट जोगिन र गर्भ हुनबाट जोगिन ढालको प्रयोग अति उपयोगी हुन्छ । यस्तै गर्भबाट जोगिन अन्य धेरै उपायहरु छन् । नहिच्किचाइ छलफलमा आउन जरुरी छ । आफ्नो अध्ययन पुरा नगरेका यौ्रबनावस्थाका जोडीहरुले भविष्यमा बिहे गर्ने योजना भएतापनि यी कुराहरुमा सधै सजग रहनुपर्छ ।
यौन जरुरी हो तर त्यो भन्दा जरुरी आफ्नो अध्ययनलाइ सुचारु गरेर भविष्य निर्माण पहिलो प्राथमिकता हो । यौन महत्वपुर्ण तत्व भएता पनि आफ्नो भविष्य बनाउन चाहिने सिप र ज्ञानहरु नभएसम्म यौनमा अल्झेर गर्भ र बच्चा हुन गयो भने जीवनभर आर्थिक समस्याले पिरोल्छ । आर्थिक समस्या आउनसाथ खाना, नाना, छाना जुन आधारभुत आवश्यकता हो, त्यो भनेजति बनाउन सकिन्न । अनि चौथो आधारभुत आवश्यकता पुरा गर्ने लोभले जिवनभर दुख पाइन्छ ।
यसैले यौनका बारेमा र यसको सही ब्यबस्थापनका बारेमा सम्वादमा आउन जरुरी छ । अस्पताल तथा ल्किनिकमा जाने सबै जोडीहरुले के बिचार गर्नुपर्दछ भने तपाइहरुसंग भएका सम्वादहरु कहिले पनि कसैलाइ त्यहाका स्वास्थ्यकर्मीहरुले बताउदैनन् । यदा कदा कच्चा परामर्शदाताहरुले मानिसहरुका गोप्य कुराहरुलाइ बाहिर भन्ने गरेका छन् भनेपनि आफ्नो पेशाको मर्यादालाइ कायम राख्दै आफ्नो सपथ अनुसारको आचरण गर्नुपर्दछ ।
यदि एकजनाको पनि कुरा बाहिर आयो भने पेशाकर्मीको बिश्वसनियतामा आँच आउनेछ । यसले जीवनभर पेशामा संकट ल्याउन सक्दछ । त्यसैले आफ्ना यौन सम्वन्धी जिज्ञासा र समस्याहरुलाइ गोप्य रुपमा अस्पताल, स्वास्थ्य संस्था तथा परामर्श केन्द्रहरुमा गएर समाधान गर्नु सफल जीवनका लागि धेरै महत्वपुर्ण हुन आउछ भने पेशाकर्मीहरुले यसलाइ जीवनभर गोप्य राख्नुपर्दछ ।
लेखक जनरल फिजिशियन तथा स्वास्थ्य सेवा ब्यबस्थापन बिशेषज्ञ हुनुहुन्छ
मन्थली, रामेछाप ।
मोवाइल फोन ९८४१४००२७१
skarma_2005@yahoo.com