Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

केटाले जबर्जस्ती गरे बलात्कार हुने केटीले जबर्जस्ती गरे चमत्कार हुने ?

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in विचार
0
केटाले जबर्जस्ती गरे बलात्कार हुने केटीले जबर्जस्ती गरे चमत्कार हुने ?
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

हुनत मैले उठान गर्न खोजेका कुराहरू कमै आउँछन् र पनि म लेख्न बाध्य भएँ । मैले लेखेका यी हरफ तथा शब्दावलीको प्रयोगले आम नेपाली दिदीबहिनीहरु आक्रोशित हुनुहुन्छ होला । म यसमा क्षमाप्रार्थी छु । मेरी हजुरामा, आमा, दिदी बहिनी, काकी, सानिमा र श्रीमती पनि महिला हुन् । म महिलालाई बेहद् सम्मान गर्छु । साँझमा दियो नबलेको घर र महिला बिनाको परिवार एकै हुन् । दुबै शून्यशून्य लाग्छन् । महिला भएको घरमा नै देवताको बास हुन्छ भन्ने धार्मिक मान्यता छ ।

अझ बुझ्ने भाषामा भन्ने हो भने धर्ती भन्नु र माता भन्नू बराबर हुन् र त भनिन्छ नि । आज म मनमा ढुङ्गा राखेर सत्यकुरा लेख्दै छु । मैले आज उठाउन खोजेको कुरा सत्य हो, तसर्थ यो सत्यकुरा केही तीतो लाग्नु अस्वभाविक होइन । आजभोलि हामीले विभिन्न संचारमाध्यममा दैनिक बलात्कारको समाचार सुन्नु र हेर्नु परिरहेको छ । सडकमा हिँड्ने महिलाहरुको अनुहारमा दिनदहाडै एसिड छ्यापिन्छ । आखिर किन ? हुन त यसमा दोष सरकारकै हो ।

किनकी महिला मात्र बालत्कार हुँदैनन् । पुरुष पनि बलात्कारमा पर्छन् भन्ने कुरा कानुनमा किन उल्लेखित भएन ? केटाले जबर्जस्ती गरे बलात्कार हुने केटीले जबर्जस्ती गरे चमत्कार हुने ? यो विषयमा कानुनमा दख्खल राख्ने हरु समेत उल्लेख गर्छन् । हुन त खुलेर भन्ने हो भने हाम्रो समाजमा शारीरिक सम्बन्धलाई जटिल मानेर पनि हो । अझ विवाह अगाडिको यौनलाई समाजले वर्जित भन्छ । पाप भन्छ र भोलि अर्थात् मरेपछिको समयलाई बचाउन पनि यो पाप नगर्न भन्ने यही समाजै हो ।

मनमौजु रासलिला सकिएपछि जब समाजको कान र आँखामा घटनाहरु डेब्यु हुन्छन् तब महिलाले आफ्नो इज्जत बचाउन केटालाई फसाउँछन् । उदाहरणका लागि नेपाल सरकारकै विभिन्न उच्चहोदामा बसेका बरिष्ठहरु नै जबर्जस्ती करणीको मुद्धा प्रमाणित भएरै जेलमा थुनिएका छन् । घटना शून्य हो भन्दा हाँसो उठ्छ । आजकालका मनमिल्ने जोडिहरु चितवनदेखि पोखरासम्म बारम्बार आउने, शारीरिक सम्बन्ध राख्ने अनि भियाग्रा जस्तो लागू मेडिसिन प्रयोग गरेरै सँगै यौनको क्रियाकलापका साथ रमाइलो गर्दै नाङ्गै बसेर मध्यपान गर्ने, अनि पैसाको बार्गेनिङमा कुरा नमिलेपछि जबर्जस्ती भयो भन्ने ?

आखिर पुरुष मान्छे होइन ? महिला र पुरुषमा के फरक छ ? के पुरुषको इज्जत हुँदैन ? तर लाग्छ, आजभोलि महिलाले पुरुषको इज्जत नै हुँदैन जस्तो गर्छन् ।

विगतदेखि आजका दिनसम्म मेरो देशको न्यायालय र कानुनका ठेकेदारहरुले सुन्ने यस्तै भाषा होइन ? महिलाले तुरुक्क आँशु चुहाएर म अन्यायमा परें भन्दैमा अन्याय परेको हो भन्नु र पुरुषलाई समाधिकराको नाममा बोल्दै नदिइनु कति सम्मको समन्याय हो ? हरे शिव, मेरो देशको कानुन अनि महिलाहरुको सोच् ? घटना सरकारका उच्चहोदामा बसेकाहरु मात्रैको होइन यस्ता मानेमा दोषी थुप्रै छन् । आखिर पुरुष मान्छे होइन ? महिला र पुरुषमा के फरक छ ? के पुरुषको इज्जत हुँदैन ? तर लाग्छ, आजभोलि महिलाले पुरुषको इज्जत नै हुँदैन जस्तो गर्छन् ।

फेरि स्वास्थ्यको रिसर्च अनुसार भन्ने हो भने पुरुष भन्दा ३ गुणा बढी महिलालाई यौन उत्तेजना हुन्छ भन्ने तथ्याङ्क छ । तर अहिलेसम्म मैले सुनेको छैन, महिलाले पुरुषलाई जबर्जस्ती करणी भयो भनेर । त्यसैले कुवाको पानी सबैले प्रयोग गर्छन् तर घर भित्र गाग्रोको पनि तपाईंले दिनु भयो भने मात्र पाउँछु । नत्र बाहिरबाट हेर्ने मात्र हो । त्यो गाग्रोमा चिसो छ या तातो, त्यो अनुभव तपाईंले नदिई थाहा पाउन सकिँदैन । त्यसैले यदि तपाईं महिला हुनुहुन्छ ।

सम्बन्ध राख्न मन छ भने राख्नुस् कति सँग राख्न चहानुहुन्छ । कति सँग मनमिल्छ । त्यो तपाईंको अधिकारको कुरा हो । झन अहिले यौन खेलौना (सेक्स टोय) सामग्री बजारमा प्रसस्त छन् । प्रयोग गर्नुस तर आफ्नो स्वार्थ पुरा नभएको र तपाईंले चाहेजति रकम नदिएको हकमा रिसइवी स्वरुप कोही कसैको इज्जतमा दाग लाउने कसैलाई अधिकार छैन र यो अधिकार कुल्षित मानसिकता बोकेर आफलाई नङ्ग्याउन पछि नपर्ने तपाईं महिलालाई पनि छैन ।

समाजको पवित्र शब्द ‘नारी’ लाई तपाईंका हरेक काला योजना र व्यवहारहरुले सबैको मुखमा कालो पोत्ने अधिकार तपाईंलाई छँदै छैन । आजकाल एउटा ‘ट्रेन’ नै बसेको छ । राजधानी तथा शहरतिरकाको कुनै एउटा गेष्ट हाउस भित्र केटी आफैं यौन सम्पर्क गर्ने प्रष्ट उद्देश्यका साथ जान्छिन् ।

समाजको पवित्र शब्द ‘नारी’ लाई तपाईंका हरेक काला योजना र व्यवहारहरुले सबैको मुखमा कालो पोत्ने अधिकार तपाईंलाई छँदै छैन । आजकाल एउटा ‘ट्रेन’ नै बसेको छ । राजधानी तथा शहरतिरकाको कुनै एउटा गेष्ट हाउस भित्र केटी आफैं यौन सम्पर्क गर्ने प्रष्ट उद्देश्यका साथ जान्छिन् । केटा र केटी दुबै राजिखुशी र पूर्ण होसहवासमा विभिन्न पोजिसनमा शारीरिक सम्बन्ध राख्छन् । रात बिताउँछन् त्यो पनि विभिन्न सेक्स सम्बन्धी भिडियो हेरिहेरी ।

बिहान केटीका आफन्तले भेट्छन्, थाहा पाउँछन् । अनि औकात देखाउँछन् । यो मानेमा दोष सबै केटाकै हुन्छ । केटी त पूर्ण रुपमा अबला देखिन्छिन् । मानौं की उनलाई सेक्सको बारेमा केही थाहा नै छैन यस्तो बेला महिलालाई अस्पताल लगिन्छ । विभिन्न टेस्ट गरिन्छ र उनलाई जर्बजस्ती करणी गरेको भन्ने प्रमाणित गराइन्छ । बिचरा त्यो पुरुष, आफूहरुको सहमतीको सम्बन्धलाई नै धिक्कार्दै आफू बलात्कारी भएको महसुस् गर्छ । रातभर विल्कुलै सहमतीमा सम्बन्ध भएको हो भन्ने कुरा न कानुनले सुन्छ, न न्यायमूर्तिले नै उसको आवाजलाई सुन्ने हिम्मत गर्छ ।

जब उसको त्यो हर्कतलाई न्यायको कसीमा घोटीघोटी बलात्कारी करार गराइन्छ तब त्यो निर्दोष केटा मान्छे जेल जान्छ । १० वर्ष कम्तीमा पनि । महिला बिचारा बन्छे । सबैको सहानुभूति पाउँछे । यो समाजले स्वीकारे पनि नस्वीकारे पनि ऊ यही समाजमा स्वतन्त्र हुन्छे । ऊ खुलेआम हिड्छे । यस्ता घटनाहरमा महिला अधिकारकर्मी अगाडि सर्छन्, ति अधिकारकर्मीहरु महिलाको लागि मात्रै पैरवी गर्छन्, एकोहोरो, एकतर्फ, आइकभर लाएको घोडा जस्तो ।

महिलाले कण्डम किनेर ल्याउँछिन् अनि सम्बन्ध सकिए पछि जबर्जस्ती भयो भन्छिन् भने पुनः अवलोकन हुनुपर्छ । अर्को कुरा एसिड जस्तो घातक वस्तु मानिसको अनुहारमा छ्यापिनु दुःखदायी घटना हो ।

यति भन्दै गर्दा मैले महिला बलात्कार हुँदै हुँदैनन् र भएकै छैनन् भन्न खोजेकै होइन । गलत अर्थले बुझ्न पाइन्न । यदि बाटो हिँड्दा कसैले जबर्जस्ती गर्छ वा फकाएर होटल या कोठमा लैजान्छ र यस्तो गर्छ वा कराउँदा चिच्याउदा पनि जबर्जस्ती गर्छन् भने फाँसी दिनु पर्छ । तर महिलाले कण्डम किनेर ल्याउँछिन् अनि सम्बन्ध सकिए पछि जबर्जस्ती भयो भन्छिन् भने पुनः अवलोकन हुनुपर्छ । अर्को कुरा एसिड जस्तो घातक वस्तु मानिसको अनुहारमा छ्यापिनु दुःखदायी घटना हो ।

यसमा कानुनले आफ्नो हातलाई अझै लामो बनाउँदै जन्मकैद जेल हाल्नु पर्छ । अथवा रगतको बदला रगतै भनेर त्यसलाई नि त्यति नै एसिड छ्यानु पर्छ । अर्को कुरा महिला दिदीबहिनीहरु आफू आफ्नो ठाउँमा बस्नु पर्छ । महिला हो तर सर्वेसर्वा त होइन नि । बराबर हो, पुरुष भन्दा माथि त होइन नि । सबै हामी मानिस एकै हौं भन्ने बुझ्न जरुरत छ । महिला र पुरुषको सामाजिक अस्तित्व एकै हुनुपर्छ भन्ने कहिले बुझ्ने ?

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कृषकको मकै जंगली जनावरले नष्ट, काम गर्ने कालु मकैखाने भालु भनेजस्तै भएको कृषकको गुनासो

Next Post

गोरु काटेको अभियोगमा पक्राउ

Next Post
सामाजिक संजाल प्रयोग गरी ठगी गरेको अभियोगमा ७ जना पक्राउ

गोरु काटेको अभियोगमा पक्राउ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.