पछिल्लो समय सामाजिक सञ्जाल यति धेरै चर्चामा छ कि, मानौँ आधाउधी प्राण सामाजिक सञ्जालमै छ । अझ फेसबुक कति सहज छ, कति सरल सबैको पँहुचमा पुग्न सक्ने । अब जन्म, मृत्यु, भ्रमण, महसुस लगाएत व्यक्तिको धेरै जसो जानकारी दिने सामाजिक सञ्जाल फेसबुक नै भएको छ । फेसबुककका जन्मदाता मार्क जुकरवर्गको सायदै कमैले जानकारी राखेका छन् तर, फेसबुक भनेको चाहिँ सबैलाई थाहा छ ।
पछिल्लो समय सामाजिक सञ्जालमा एउटा तस्विर निकै भाइरल भएको छ । उक्त तस्विरमा पिठ्युँमा बच्चा बोकेर काममा निस्किएका एक व्यक्ति थिए । उनी नेपालको पश्चिम भेग कैलाली जिल्लाका अर्जुन विक रहेछन्् । उक्त तस्विर साथै विभिन्न भिडियोहरु सर्वाधिक चर्चा बनाइएको छ । यसो हेर्दा निकै जिम्मेवार, बच्चा प्रतिको माया, ममता, स्नेह, कर्तव्य सबै–सबै देखिन्छ, भनिन्छ नि तस्बिरले धेरै कुरा बोलेको हुन्छ ।
यो प्रेम, स्नेह र जिम्मेवारी सन्तानप्रति सबै बाबुआमाको हुन्छ र हुनुपर्छ पनि । तस्विरमा एकजना पुरुषले सानो बच्चालाई पिठ्युँमा बोकेर रिक्सामा छन् । होलान् उनी काममा जाँदैछन् । उनी आफ्नो जिम्मेवारी पुरा गर्देैछन् । यो तस्विरलाई हेरेर धेरैले आश्चर्यबोधक प्रतिक्रिया दिने गरेका छन्, जस्तै ः कारुणिक ! विचरा ! अहो ! लगाएत धेरै धैरै । यसरी काम र बच्चाको हेरचाह दुबै हुनुमा उनी स्वयम् र उनकी श्रीमतीको काहाँ र कस्तो भूमिका छ, यो पनि जान्ने कोसिस गरौँ न ?
तपाईंलाई लाग्दैन, यो तस्विरले किन यति धेरै चर्चा पायो भनेर ? उनलाई बनाइदिएको यस्तो तस्वीर माथिको सन्सनी आवश्यकता कि बाध्यता ? किन पुरुषले चाहिँ आफ्नो सन्तान पिठ्युँमा बोकेर सडकमा निस्कन नहुने हो र ?
यसरी सडकमा दैनिक दिनाचार्यामा निस्कनुमा यिनी स्वयम् अर्जुन र उनकी श्रीमती दुवैको कुनै न कुनै दोष अवश्य छ । होइन भने यो तस्विरले भाइरल हुने अवसर पाउने थिएन होला । कोही कसैको विचराको संज्ञा यो तस्विरले पाउने पनि थिएन नै । न त यो बालककी आमाले अनेकौँ शब्द प्रहार खप्नुपथ्र्याे । कस्ती मान्छे होला यति सानो बच्चा छोडेर जाने, कति निर्दयी होलिन् ? माफ गर्नुस्, यो सभ्य भाषामा अनुवाद गरिएको हो । महिलाप्रति व्यक्त गरिएका तुच्छ शब्दहरु यो लेखमा अटाउन सकिएन ।
तपाईंलाई लाग्दैन, यो तस्विरले किन यति धेरै चर्चा पायो भनेर ? उनलाई बनाइदिएको यस्तो तस्वीर माथिको सन्सनी आवश्यकता कि बाध्यता ? किन पुरुषले चाहिँ आफ्नो सन्तान पिठ्युँमा बोकेर सडकमा निस्कन नहुने हो र ? बच्चा बोकेर कामका निस्किएका यिनी अर्जुनलाई उच्च सम्मान छ । यसरी पिठ्युँमा बच्चा बोकेर काम गर्ने सयौं महिला थिए र छन् पनि । किन उनीहरु यसरी भाइरल भएनन् ? जन्मनुअघि पेटमा र जन्मिएपछि पिठ्युँमा बोकेर सङ्घर्ष गर्ने महिलाहरु अनगिन्ति छन् । किन उनीहरुको पिठ्युले यस्तो खाले सन्सनीपूर्ण महत्व पाएन होला ?
महिलाले पिठ्युँमा बच्चा बोकेर श्रम गर्दा तपाईं हाम्रो आँखा किन पुगेन ? युट्युवका प्रयोगकर्ताहरुले महिलाहरुका यस्ताखाले कहानी बुझ्ने सामाथ्र्य किन राखेनन् होला ? किन होला ? महिला र पुरुषलाई हेर्ने दृष्टि आकास पाताल पाउँछु म ? फेरि जे कुरामा पनि महिला र पुरुषबीच विभेद गर्नुपर्छ र ? भनेर पनि नभन्नु होेला । सबैले सबै कुरा पचाउन÷स्वीकार्न कहाँ सक्छन् र ? यो जरुरी पनि छैन, जसरी मैले यो तस्विरलाई लिएर दिएको विचराको उपमा पचाउन÷स्वीकार्न सकिँन ।
केहि दिनदेखि मनमा दोहोरी खेलेको कुरा यति मात्रै हो, यी र यस्ता तस्विरमा महिलालाई देख्दा किन स्वभाविक ठानियो ? किन महत्वको विषय हो भन्ने हेक्का राखिएन ?
यो भन्दै गर्दा पुरुषप्रति अपमान गरेको वा विभेद गरेको कहिँ कतै तपाइँलाई महसुस हुन्छ भने त्यो तपाईंको कमजोरी हुन सक्छ । म मेरो बाबालाई सबै भन्दा बढी माया गर्छु भने, पुरुषको कामलाई हल्का रुपमा लिन वा पुरुषलाई अपमान गर्न म कसरी सकुँ ? केहि दिनदेखि मनमा दोहोरी खेलेको कुरा यति मात्रै हो, यी र यस्ता तस्विरमा महिलालाई देख्दा किन स्वभाविक ठानियो ? किन महत्वको विषय हो भन्ने हेक्का राखिएन ?
किन फेसबुकको भित्ताहरुले स्थान पाएन ? यी सबै प्रश्नको जवाफ खै कहाँ छ ? यहि काम महिलाले सदियौँदेखि गर्दा नदेख्ने तर, पुरषले गर्दा सबैको दिल र दिमाग छुने किन ? बच्चा हुर्काउने जिम्मा महिलाको मात्रै हो भन्ने सोच कहिलेसम्म राख्ने ? कतै तपाईं हाम्रो सोच र आँखामा दरिद्रताको लेपन लागेको त छैन ? के भयो त हिजो महिलाले पेटमा राखेर जन्म दिइन्, आज पिठ्युँमा राखेर पुरुषले हुर्काउँदैछन् ? यहि काम महिलाले गर्दा सामान्य लाग्ने सहज लाग्ने तर, पुरुषले गर्दा किन यति धेरै पहाड बनाएको ? पितृसत्तात्मक सोचले तपाईं हाम्रो मथिङ्गल कतिसम्म जकडिएको छ भन्ने कुरालाई पुष्टि गर्न अब अरु प्रमाण पेश गर्नुपर्ला र ?
सबैभन्दा पहिला त हामी त्यो समाजमा बाँचिरहेछौँ, जहाँ महिला र पुरुषको काम छुट्याइएको छ । जन्मिदै लिङ्ग छुट्टिएर जन्मिएका तपाईं हामीमा समाज र सामाजिक मान्यताले धेरै कुरामा भिन्नता उमारिदिएकोे छ । जो सदियौँदेखि निर्धक्क हुर्किरहेछ तपाईं हाम्रो मानसपटलमा । घरमा एक छाक खाना बाबाले बनाउँदा, घर कसिङ्गर लगाउँदा, आफ्नो लुगा आफैँ धुँदा, किन तपाईं हामीलाई असहज लाग्छ ? जुन काम त आमाले हर दिन गर्नुहुन्छ ।
सन्तान हुर्काउने जिम्मा महिला पुरुष दुवैको हो । पिठ्यूँ महिलाको पनि हुन्छ, तपाईंहरु मध्ये धेरै प्रतिशत् महिला अर्थात् आमाकै पिठ्युँमा धेरै समय रहनुभयो यसमा कुनै दुईमत छैन ।
यसरी किन अप्ठ्यारो लागेको होला ? यो भन्दै गर्दा हाम्रा बाबाले पैसा कमाउँछन् । आमाले होइन पनि नभन्नुहोला । धेरै महिलाहरु कामकाजी छन्, पैसा कमाउने काम पुरुषको मात्रै हो भन्ने सोच बन्द गरौँ । उसो त घरमै बस्ने महिलाहरुको श्रमको खोई त सम्मान ? अब आफ्नै सोचमा पनि परिवर्तन गर्न ढिला गर्नृुहुन्न । सन्तान हुर्काउने जिम्मा महिला पुरुष दुवैको हो । पिठ्यूँ महिलाको पनि हुन्छ, तपाईंहरु मध्ये धेरै प्रतिशत् महिला अर्थात् आमाकै पिठ्युँमा धेरै समय रहनुभयो यसमा कुनै दुईमत छैन ।