Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

लकडाउनमा आमाको सम्झना

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in विचार
0
लकडाउनमा आमाको सम्झना
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

अनिता थापा मगर रामेछाप (संचारकर्मी)

आमा हजुर मेरो जन्मदाता , हजुर मेरो पहिलो खुसी अनि जीवनमा पहिलो चोटी मैले उचारण गरेको शब्द हो आमा । हजुरको बारेमा जति बोल्छु उति कम हुन्छ । आमा अरुको लाख भन्दा हजुरको काख निकै प्यारो हून्छ ।  आमा जुन शब्द जतिपटक उच्चारण गर्छु त्यति पटक उच्च सम्मान र महसुस गर्दा न्यायो पनको आभास हून्छ । आमा, लकडाउनले यतै थुन्यो। भेट्न पाईन, देख्न पाईन ।

म घरकी माइली छोरी , म भन्दा माथी एकजना दिदि अनि म भन्दा मुनी एकजना बहिनी र एउटा भाइ अनि आमा बुबा । घरको सबैभन्दा छुच्ची र जिद्दी स्वभाबको म । जाँगर चलेको बेलामा म सबै कामहरु गर्थे । स्कुलका हरेक कार्यक्रममा म सहभागी हुन्थे । धेरै कार्यक्रमहरुमा त मैले बिजय पनि हासिल गरेको थिए । त्यतिबेला सबैभन्दा खुसी मेरी आमा हुनुहुन्थ्यो । आमाले सधै आशिर्बाद र हौसला दिनुहून्थ्यो ।

आमा एउटा कुरा याद छ हजुरलाई । म कक्षा ८ मा पढ्नेबेला म  मात्रै १३ बर्षको थिए त्यतिबेला हाम्रो घरमा सानो पसल थियो । अनि म जब स्कुलबाट पढेर आउथे त्यतिबेला  हजुरले बाख्रा बस्तु लगिसक्नुभएको हून्थ्यो । भाइबहिनी अगाडि नै आउथे ,खाजा खाएर खेल्न जान्थे । दिदि कक्षा ११ मा पढ्नुहुन्थ्यो । घर भन्दा अलि टाढा जानुपर्ने भएकाले दिदि ढिलो आउनुहुन्थ्यो ।

एकदिन मैले घरको दराजबाट एक काटुन चाउचाउ चोरेर खाएको याद आयो  । एक काटुन चाउचाउँ मैले खाए अरुलाइ पनि दिए ।  चाउचाउ नखाइसकेपछि धानको भकारी भित्र लुकाएर राखे । बेलुका आमा आउनुभयो । त्यतिबेला मलाइ धेरै कुट्नुभएको थियो अनि गाली गर्नुभएको थियो ।  म धेरै चोरेर खान्थे । एकदमै छुच्चो,कसैले भनेको नमान्ने,घमन्डी स्वभाबको थिए ।

तर पनि आमाको माया न हो म बेस्सरी रोएको देख्दा आमाले सहन सक्नुभएन । मलाइ आएर काखमा राखेर नरोन भन्नुभयो । अनि सुमसुम्याउनु भयो । अब यस्ता काम कहिले नगर है गर्न हुदैन भन्नुभयो ।

त्यसभन्दा पछाडि पनि धेरै पटक त्यस्ता काम गरेको छु । पछि उमेर बढेसंगै त्यस्ता कामहरु गर्नुहून्न भन्ने लाग्दै गयो र त्यो चोर्ने बानी म बाट हट्दै गएको हो । अहिले सम्झिदा लाग्छ भुल गरिएछ ।

त्यसपछि आमाको महत्वको कुरा गरम अथाह माया र प्रेम परिपुर्ण एउटै ब्यक्ति हुनुहून्छ आमा । गहिरो प्रेमको औचित्य पनि आमालाइ नै थाहा हून्छ । ९ महिना लामो आन्तरिक संघर्ष र प्रसव पीडालाइ आमाको सबैभन्दा ठुलो सहनशक्तिको मानक मानिन्छ ।  एउटा सन्तान जन्मिदा हजारौँ कोषिका चुडिएको कठोर पिडालाइ  आमाले सन्तानको मधुर चिच्याहटमा भुलिदिन्छन् । हजारौँ वजनको भारीलाइ नदेखाएर भुल्न सक्ने ताकत सिर्फ आमामा मात्रै हुन्छ ।

हाम्रो समाजमा चलन छ ,हाम्री आमा झुत्री,मैलो,अनि टालेको लुगा लगाउनुभएको छ भने अरुको अगाडी उहाँ मेरो आमा भन्न समेत हिचकिचाउछौ । आमा भनेको आमा नै हुनुहन्छ त्यसैले आमालाइ नराम्रो कदापी गर्नुहुदैन् ।

आफुले पाउका हरेक पीडालाइ कठोरताका साथ सहन सक्ने भएकाले नै होला त्यो इश्वरीय वरदान, त्यो स्वर्गीय आनन्द ,सन्तान उत्पादन भगवानले आमालाइ नै सुम्पिएको । त्यसैले त आमा हामी यो संसारमा छौ होला । अझै आज हामी छोरी भोली हामी त्यसैगरी आमा हुदै हजुरआमा सम्म बन्छौ । एउटा भनाइ छनी मलाइ एउटा असल आमा देउ म तिमीलाइ एक असल राष्ट्र दिनेछु ।

एक बैज्ञानिकले भनेकाछन् ः जीवनमा एक दिन मात्रै त्यस्तो दिन आउने गर्छ , जुन दिन सन्तान रुँदा आमा मुस्कुराउँछिन्,त्यसपछि त्यो दिन जीवनमा कहिल्यै पनि आउँदैन कि एक सन्तान रुँदा आमा मुस्कुराउन्  । सन्तान जीवनमा असफल हुदा होस् , वा सन्तानले सय मुरी दुख पाउदा होस् वा सन्तानले नराम्रो काम गर्दा हो पहिलो पीडा आमालाइ नै हून्छ । 

आमा पहिलो औषधि हुन् । अँध्यारोको दीप पनि आमा नै हुन् ।  सन्तानलाइ पुग नपुग खुवाइसकेपछि रित्तो भाडोमा पानी खन्याउँदै मलाइ त भोक छैन आज भनेर सुत्ने पनि आमा नै हुन ।

आमा सम्बन्धी केहि भनाइहरु छन् जुन एकदमै मन छुन्छ ,आमा चाहे पढेको होस् वा अनपढ होस् तर संसारको सबैभन्दा बहुमुल्य ज्ञान आमाबाटै प्राप्त हुने गर्दछ ।

त्यस्तै म रातभर स्वर्गको आनन्द उठाईरहे ,जब निन्द्राबाट ब्युजिए तब थाहा भयो म त आमाको अंगालोमा पो निदाएको रहेछु ।

त्यस्तै जीवनमा यति कुरा भगवान संग माग्नु कि आमा बिनाको घर कसैको नहोस् र कुनै आमा बेघर नहोस्  र अन्तिम भनाइ  मर्नको लागी त धेरै बाटोहरु छन तर जन्म लिनको लागी एउटा मात्रै बाटो छ त्यो हो आमा  ।

जीवनमा सबैभन्दा खुसी पनि आमाकै काखँमा मिल्छ । आमाले जस्तो सुकै पीडा सजिलै टार्न सक्छिन् ।  तर आफ्नो सन्तान गुमाएको पीडा उसलाइ असह्य हुन्छ 

आमा भगवानको अर्को रुप हुनुहून्छ । आमालाइ घृणा हैन माया गरौँ ,स्नेह गरौँ ,आमालाइ बृद्धाआश्रम होइन आफुले जे खानुहून्छ त्यहि दिएर घरमै संगै राखौ ,राम्रोसंग पालनपोषण र हेरबिचार गरौँ ।

आमाको मुख हेर्ने दिन बर्षमा एकचोटी आउने गर्छ । जबदेखी म घर भन्दा टाढा गए त्यसदिनदेखी आमाको मुख हेर्ने दिनमा म आमालाइ भेट्न गएको छैन् । यो बिशेष दिनमा मात्रै राम्रो गर्ने अरु दिन बेवास्था गर्ने भन्दा पनि सदाबहार आमालाइ हेर्ने दृष्टिकोण अनि स्याहारसुसार देखी पालनपोषणमा समेत बिशेष ध्यान दिन जरुरी छ ।

जब म अमा बन्छु मँ तपाइ जस्तो बन्न चाहान्छु ,जसले हरेक कुरालाइ राम्रो देख्छ र हरेक खराबीलाइ माफी गर्दछ  । त्यसैगरी संसारको लागी तपाई एक आमा हुनुहुन्छ भने हाम्रो लागी आमा संसार हुनुहून्छ । 

अझै एउटी आमा हुनुहुन्छ जसले अन्य सबैको ठाउँ लिन सक्छिन्् तर जसको ठाउँ अरु कसैले लिन सक्दैन् ।  एकदिन खुसी राख्ने,मिठामिठा खान दिने अनि ३६४ दिन रुवाउने बरु सदाबहार मायालाइ माया गर्ने गर्न जरुरी छ । यति कुरा पनि बुझौ आज हामी हाम्री आमालाइ हेला गर्छौ भने भोली तपाइहामीको पनि आमा बन्ने पालो आउछ है यो कुरा कदापि नभुलौ ।

यिनै आमा हुनुहून्छ जसले हामीलाइ यो संसारमा जन्मदिनुभयो , पाइला चाल्दै ताते गर्दै सिकाउनुभयो , देवीको प्रतिरुप अनि ममताकी खानी हुनुहून्छ आमा जस्ले आफ्ना इच्छाहरु मारेर सन्तानको खुसीको लागी दिनरात ,घामपानी नभनि लागिरहनुहून्छ ।

जन्मदिनुहुने अनि कर्म दिनुहुने सम्पुर्ण आमाहरुलाइ आमाको मुख हेर्ने दिनको धेरै शुभकामना छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

प्रधानमन्त्री ओली पदमुक्त

Next Post

सिस्नु मौलायो गंगालालको जन्मघरमा, बढेन पार्कको काम अगाडी

Next Post
सिस्नु मौलायो गंगालालको जन्मघरमा, बढेन पार्कको काम अगाडी

सिस्नु मौलायो गंगालालको जन्मघरमा, बढेन पार्कको काम अगाडी

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.