Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

राजनीतिक मा युवाहरू

देवी खड्का by देवी खड्का
November 30, 2022
in विचार
0
राजनीतिक मा युवाहरू
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

नेपाली युवा हरेक राजनीतिक उपलब्धि र परिर्वतनका संवाहक हुन् ।
वास्तवमा भन्नू पर्दा युवाहरू नै राष्ट्रको परिवर्तनगामी शक्ति हुन्। त्याग, बलिदान, जुझारुपन, निष्ठा, र नव(निर्माणको सुन्दर भावनाद्वारा प्रतिबद्ध युवाहरू राष्ट्रको अमुल्य निधि एवम् उदयीमान् शक्ति मानिन्छ। युवाहरू स्वभावैले विद्रोही र परिवर्तनकारी हुन्छन्। उनीहरुको नशा(नशामा क्रान्तिकारी परिवर्तनको नविन उर्जाहरु सल्बलाईरहेको हुन्छ र सत्यलाई समर्थन गलतलाई खण्डन गर्ने सामर्थ्य हुन्छ।
यथास्थितिबाट आफू र आफ्नो समाजमा मुक्ति दिँदै सामाजिक रुपान्तरण र समाजवादको महाअभियानमा समेत युवा वर्गले अग्रिम भूमिका निर्वाह गरिरहेका हुन्छन्।
विश्व इतिहासलाई सिमहा अवलोकन गर्दै नेपालको गौरवमय इतिहासको पाना पल्टायौं भनेपनि विसं। १९९६ को राणाविरोधी आन्दोलनमा गंगालालहरुको भूमिकादेखि यता विसं। २००६, विसं। २०४६ को जनआन्दोलन, विसं। २०५२ देखि संचालित सशस्त्र जनयुद्ध र मुख्यतस् विसं। २०६२र६३ को जनआन्दोलनमा युवाहरुको योगदान अतुलनीय थियो।
विगतदेखि वर्तमानसम्म आइपुग्दा जनमुक्ति जनजीविका अनि राज्य स्वाधीनताका लागि निरंकुश शासनका दानवीय छायालाई परास्त गर्दै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको विशाल राजमार्ग निर्माण गर्ने कार्यमा नेपाली युवाहरूले प्रदर्शन गरेको वीरता विश्वकै लागि अनुपम एवम् ऐतिहासिक सन्देश बन्न पुगेको थियो।
यस्ता इतिहासका कठिन मोडमा समेत विचलित नभईकन रास्ट्र निर्माणको महा(अभियानमा समर्पित बन्न चाहने अपरिमित शक्ति र सामार्थ्यका धनी नेपाली युवाहरूले आज बेरोजगारीको पीडासँगै स्वदेशको माटोमा भन्दा खाडी मुलुकको यात्रा लम्काउन विवश बनेका छन्।
मुटुमाथी ढुंगा राखेर भन्नुपर्छ कि आज लाखौं लाख उर्जाशील युवायुवती विदेशी भूमिमा श्रम बेच्न बाध्य छन्।
वैदेशिक रोजगारमा गएका युवा(युवतीहरुको रगत र पसिनाबाट प्राप्त हुने सिमित आर्थिक लाभांशको आधारमा समग्र मुलुकको विकास गर्न सकिन्छ भन्ने आत्मारती अनि गलत मनोविज्ञानबाट अब छिट्टै ब्युँझनु आजको आवश्यकता हो।
हालै सम्पन्न भएको आम निर्वाचनपछिको परिणाम हेर्दा अब देशमा युवा नेतृत्वको आवश्यकता देखिन थालेको छ।देशले नयाँ सरकार बनाउने अवसर पाएको छ ।सबै जातिले अपनत्व महशुस गर्न पाउने छन।
युवा भनेको देशको अनमोल, अनन्त शक्ति हो। देशको भविष्यको सबैभन्दा ठूलो पुँजी हो। युवा वर्गको विशिष्ट शक्तिलाई राष्ट्र निर्माणको सन्दर्भमा समेट्नु आजको आवश्यकता हो।
तसर्थ अब युवा शक्तिलाई निराशामा होइन, आशामा बदल्नुपर्छ। जे(जे भयो, भयो। अब विगतको चिन्ता होइन, भविष्यको चिन्तन गर्नुपर्छ। जय(जयकार होइन, स्वविवेक प्रयोग गर्नुपर्दछ।
राजनीति फोहोरी खेल हो भन्दै पन्छिने होइन, फोहोर पोखरीमै पसेर सफा गरेर निस्कने आँट गर्नु पर्दछ। पूर्व(मेचीदेखि पश्चिम(महाकाली सम्मको विशाल सेरोफेरोमा फैलिएको नेपाली भूगोलको सुन्दर, सभ्य, समुन्नत एवम्ं विकसित मार्गचित्र तयार गरी कर्णाली, जाजरकोट, मुस्ताङ लगायत देशका विकट वस्तीहरुमा बसोबास गर्ने आम(नागरिकहरुको दुखान्त कथा र व्यथालाई समेट्न सक्नु पर्दछ।
महान् तथा अमर सहिदहरुको त्याग र बलिदानको कदर गर्न सक्नुपर्छ। मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक विकास निर्माण लगायत हर क्षेत्रमा नेतृत्वदायी र हस्तक्षेपकारी भूमिका खेल्नुपर्छ।
सम्पूर्ण युवाहरूलाई म यो कुरा अवगत गराउन चाहान्छु कि, मण्डेला, ओबामा, गान्धी, बुद्ध, जनक, आइन्स्टाइन, वीपी, गणेशमान, केपी, जीपी, प्रचण्ड, बाबुराम, मदन, मनोमोहन सबैले आ(आफ्नो युवा अवस्थामा गरेको ऐतिहासिक कार्यबाट आज विश्व आश्चर्यचकित मात्रै होइन लाभान्वित समेत भएको छ।
त्यसैले आउनुस्, हामी पनि युवा अवस्थामा केही रचनात्मक र उदाहरणीय काम गरौँ।

Author

  • देवी खड्का
    देवी खड्का

    View all posts
Previous Post

न्यायका लागि सर्वोच्च पुगेकी विनु गेटबाटै प्रहरीको नियन्त्रणमा

Next Post

नेपाल प्रहरिको सेवा प्रवाह जनअपेक्षा अनुरुप हुन्छ – डिआइजी बज्राचार्य

Next Post
नेपाल प्रहरिको सेवा प्रवाह जनअपेक्षा अनुरुप हुन्छ – डिआइजी बज्राचार्य

नेपाल प्रहरिको सेवा प्रवाह जनअपेक्षा अनुरुप हुन्छ - डिआइजी बज्राचार्य

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.