Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

अमेरिका त आखिर ब्रोइलर कुखुरो नै पो रहेछ

Kumar Shrestha by Kumar Shrestha
April 29, 2020
in विचार
0
अमेरिका त आखिर ब्रोइलर कुखुरो नै पो रहेछ
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कोरोना विशेष अन्तर्वार्ता :

(रामविक्रम थापा समकालीन नेपाली आधुनिक कथाकार र कवि हुनुहुन्छ । उहँको जन्म दिक्तेल रूपाकोट मझुवागढी –३, बाम्राङ, खोटाङमा २०२६ साल पुसमा भएको हो । पेसाले शिक्षक र रूचिले लेखक थापाका ‘पात्रहरू’ लघुकथासङ्ग्रह : २०५५), ‘छरिएका कविता’ (कवितासङ्ग्रह : २०५६), ‘बालपोष’ (बालकवितासङ्ग्रह : २०६४ ) र ‘सुनापातालको सुनाझाँक्री’ (बालचित्रकथा : २०७३) लगायत ९ वटा पुस्तकहरू प्रकाशित भएका छन् । सरस्वती मावि दिक्तेल, खोटाङमा विगत् लामो समयदेखि माध्यमिक द्वितीय श्रेणीमा रहेर गणित÷विज्ञान शिक्षण गर्नु हुने थापासँग यो बन्दाबन्दीको समयमा हाम्रा सहयोगी तथा साहित्यकार पेशल आचार्यज्यूले कोरोना विशेष लामो इमेल वार्ता गर्नुभयो । प्रस्तुत छ सोही वार्ताको सम्पादित अंश – सम्पादक)


१) सर, आरामै हुनुहुन्छ ? यो बेला कहाँ र के गर्दै हुनुहुन्छ ?
– आरामै छु शारीरिक रूपमा । लकडाउनको पालना गर्दै मोरङ घरमा चुपचाप बसिरहेको छु ।
२) कोरोनाका बारेमा विभिन्न चर्चा÷परिचर्चा र अफवाह पनि चलेका छन् यसका बारेमा विस्तृतमा बताइदिनु होस् न । यो खासमा कस्तो रोग हो ?
– विस्तृतमा यथार्थ कुरा त भाइरोलोजिष्ट डाक्टरले त बताउन सकेका छैनन्, मेरो के पिताम ! विज्ञान र प्रविधियुक्त विश्वका शक्तिशाली राष्ट्रहरूलाई समेत त्राहीमाम पार्ने कोरोना एउटा नवीन भाइरस रहेछ । यो एउटा विश्वव्यापी महामारी रोग रहेछ ।

अमेरिकाको दादागिरीलाई त यसले चकनाचुर नै पारिदियो । खै ! त त्यहाँको प्रविधि र औषधि ? पर्दा त अमेरिकाले पनि केही गर्न नसक्ने कुरा विश्वसामु घामजत्तिकै छर्लङ्ग भयो त ।


३) कोरोना किन धनी र शक्तिशाली देशमा बढी संक्रमणका रूपमा फैलियो ?
– उतै जन्मेर उतै बढ्नु अस्वाभाविक होइन । चाल सम्बन्धी न्यूटनको तेस्रो नियम यहाँ लागू भएको हो कि जस्तो पनि मलाई लाग्छ । क्रिया बराबरको विपरीत प्रतिक्रिया भएर यसो भएको होला ।
४) समग्र युरोप र अमेरिकालाई तवातवा पार्ने कोरोनाले दक्षिण पूर्वी एसियाका देशहरू नेपाल, भुटान, श्रीलंका र भारतमा अपेक्षाकृत रूपमा किन कम संक्रमण भैरहेको देखिन्छ ?
– यस्ता अविकसित देशमा आधुनिक प्रविधिको अल्प विकासले रोगको प्रशारणमा अवरोध पु¥याएरै यस्तो भएको होला कि ! ग्लोबलाइजेसनको न्यून प्रभावले पनि हुन सक्छ ।
५) कोरोना अवश्य पनि एक दिन नियन्त्रणमा आउला तर यो नियन्त्रणमा आइहाल्यो भने पनि समग्र विश्व अर्थतन्त्र कस्तो होला भन्ने ठान्नु हुन्छ यहाँ ?
– विश्व अर्थतन्त्र त भयावह र धान्न नै नसक्ने होला । यसको ठूलो असर र प्रभाव भने नेपालजस्ता गरिब राष्ट्रहरूमै बढी पर्छ । बेरोजगारी र भोकमरी समस्याले सताउने निश्चितप्रायः देखिन्छ । बूढाहरूले पहिलेपहिले भन्ने गरेको कुरा (उत्तम खेती, मध्यम व्यापार र निर्घिणी जागिर) अब प्रमाणित होला सायद !
६) नेपालको सन्दर्भमा भन्दा न पूर्व तयारी नै थियो न अहिले चित्तबुझ्दो पाराले ¥यापिड् टेष्ट (पिसिआर) नै भैरहेको छ तर यस्तो अवस्थामा पनि नेपालमा भयावह स्थिति किन नदेखिएको होला? के नेपालीहरूमा कोरोना पचाउने शक्ति या इम्युनिटी पावर नै हाइ भएर हो कि ?
– हो, नेपालीहरूको इम्युनिटी पावर नै हाइ भएर यो अवस्था भएको हुनसक्छ । नेपालको वातावरण र हावापानी तथा वंशानु गुणको कारणले पनि होला । परीक्षणको दायरा धेरै साँघुरो भएकाले रोग लुकेर बसिरहेको अवस्था पनि हुन सक्ने सम्भावना छ ।
७) नेपालको अर्थ व्यवस्था त्यसै त संघीयता कार्यान्वयनका सिलसिलामा अनावश्यक प्रदेशका लफडाहरूले बजेटको सत्यानाश भएको थियो अहिले झन् यो महामारीका अवस्थामा के ती प्रदेश देशका लागि घाँडा सावित भएनन् र ?
– प्रदेश र जिल्लाको काम त अब के छ र ? आर्थिक भार बढाउने बिकामे निकायहरू भङ्ग गर्नु राम्रो ।
८) यो महामारीलाई यहाँ कुन रूपमा लिनु हुन्छ ? कतिले त विना हातहतियार लडिएको ‘तेस्रो विश्वयुद्ध’ सम्म पनि भन्न भ्याएका छन् । के बास्तवमा यो सुपरपावरहरूका बीच ‘को फष्ट’ हुने भन्ने लडाइँ नै हो त ?
– एक किसिमले सोच्दा यो त्यस्तै जुँगेहरूको लडाइँ हो कि जस्तो नलाग्ने होइन । तर यति साह्रो त नगर्नु पर्ने हो । कसैको कुनै आविष्कारजन्य त्रुटिले यस्तो भएको पनि हुन सक्छ । बाँचिएछ भने यसको जवाफ भविष्यले पक्कै दिने छ ।
९) अब यो कोरोनाको अन्त्य पछि ‘कोरोना अघि’ र ‘कोरोना पछि’ भन्ने मानकको विकास हुुन्छ भनेर केही मानिसहरू अहिलेदेखि नै चिच्याउन थालिसके के यो कु्रा साँचो हो त ?
– अर्थ, शिक्षा, साहित्य, प्रविधि, औषधिजस्ता हरेक क्षेत्रमा कोरोना अघि र पछिको मानक त अवश्य बन्छ नै ।
१०) यो संक्रमणले संसारको मसिहा भनिने अमेरिकालाई नै किन यति आपतमा पा¥याहोला ? प्लिज गतिलोसँग निर्मम ढंगले विश्लेषण गरिदिनुहोस् न ।
– अमेरिकाको दादागिरीलाई त यसले चकनाचुर नै पारिदियो । खै ! त त्यहाँको प्रविधि र औषधि ? पर्दा त अमेरिकाले पनि केही गर्न नसक्ने कुरा विश्वसामु घामजत्तिकै छर्लङ्ग भयो त । सत्य कुराको वकालत गर्ने विश्व स्वास्थ्य संगठनमाथि धावा बोल्नु अमेरिकाको कायरता हो । अहिले आएर बुझियो ः ‘अमेरिका त आखिर बोइलर कुखुरो नै पो रहेछ ।’
११) संसारमा महामारीको शृङ्खला केकस्ता रहेका छन् ? तपाईंलाई यो नै त्यस्तो महामारी हो जो पहिलो र अन्तिम पनि हुन सक्छ जस्तो लाग्छ कि लाग्दैन ?
– महामारी त शृङ्खलाबद्ध रूपमै आइरहेका छन् । तर यो अलिक मात्र हैन निकै भयावह् महात्रासदी र गम्भीर रहस्यमय हुन गयो । यही नै अन्तिम होला जस्तो मलाई लाग्दैन । हामीले भोग्न बाँकी महामारीहरू अझै आउलान् जस्ता लाग्छन् ।
१२) कोरोना कहरपछि नेपालको आर्थिक, सामाजिक, राजनीतिक, धार्मिक र शैक्षिक स्थिति कस्तो भएर जाने संभावना आंकलन गर्नु भएको छ यहाँले ?
– नेपालमा यी सबै क्षेत्रमा ठूलो गिरावट आउने पक्का हो । यो क्षतिको खाडल पुर्न नेपाललाई दसकौँ लाग्न सक्छ र तपाईँले भनेका क्षेत्रहरूमा व्यापक परिवर्तन पनि हुने छ ।
१३) अहिले आएर यो भाइरस अमेरिकाका एक जानीमानी प्रोफेसरले चीनको बुहान युनिभर्सिटीमा गएर पैसा लिएर बनाएको भन्ने पनि समाचार अनलाइनहरूमा देखिनथालेका छन् । के यो भाइरस मानवनिर्मित जैविक हतियार नै हो त ? फेरि अमेरिकी प्रोफेसर र चीनको विश्वविद्यालय यस्ता कन्टोभर्सी समाचार के फेक नै हुन् ? यहाँको भित्री मनले चाहिँ के भन्छ ?
– खै ! यस्तो कुरा त फेक नै जस्तो लाग्छ मलाई त । यदि यो मानवनिर्मित जैविक हतियार नै हो भने अत्यन्तै दुर्भाग्य मात्र हैन, खतराकै सङ्केत हो जैविक विश्वयुद्धको शुरूआत ।
१४) जैविकहतियारहरूको प्रयोग गरेर संसारका महाशक्तिहरू एकापसमा को ठूलो भन्ने अहम्वादी रोगले अघि नै बढ्या हुन त ?
– यो पुष्टि गर्ने अहिले नै कुनै आधार छैन । तर निकट भविष्यमै सत्य कुरा ज्ञात हुनेछ ।
१५) यो कोरोना महामारीको पटाक्षेप कसरी होओस् भन्ने कामना गर्नु हुन्छ यहाँ ?
– कोरोना महामारीको पटाक्षेप भएर मात्र के गर्नु ? यो भन्दा बढी क्षति नगरी यसको पूर्ण अन्त्य यही अवस्थामा प्राकृतिकरूपमै भैदिए हुन्थ्यो भन्ने मेरो कामना हो ।
६५) नेपालमा भुइँचालो जान्छ केही स्वनामधन्य बुद्धिजीवीहरू ‘भूकम्पविद्’ बनेर निस्किन्छन् र नेपालीहरूलाई ताई न तुईको अर्ती बुद्धि दिन्छन् अनि फेरि विश्वव्यापी कोरानाको महामारी नेपालमा पनि शुरू हुन्छ यसबेला पनि अर्काथरी स्वघोषित बुद्धिजीवीहरू ‘कोरोना विशेषज्ञ’ बनेर निस्किन्छन् । के हो यो नेपालीहरूको मानसिकता ? कि नेपालीहरूको खास काम नै नभएर हो कि ?
– बाठो पल्टेर जान्ने हुनुपर्ने हामी नेपालीहरूको बानी नै हो । कपोलकल्पित भूmट्टा कुरा गर्नमा माहीर नै छौँ हामी नेपालीहरू । अरूको त के कुरा स्वास्थ्य क्षेत्रका डाक्टरहरू नै धामीपाराले औषधि लेख्छन् यहाँ ।
१७) विश्व अर्थतन्त्र अबका दिनमा के हुन्छ ? सबै पाटालाई सूक्ष्म रूपले केलाइदिनुहोस् न ।
– सूक्ष्मरूपले त अर्थशास्त्रीहरूले केलाउलान् । बेरोजगारी र महङ्गी बढेर विश्व अर्थतन्त्र अबका दिनमा तहसनहस होला जस्तो मलाई लाग्छ । नेपाल जस्ता देशहरूमा त भोकमरीको पनि समस्या हुन सक्छ ।
१८) यो बास्तवमा मानवनिर्मित जैविक हतियार नै हो भने यसले आगामी दिनमा के सङ्केत दिन खोज्या हो ?
– यदि त्यस्तै हो भने मान्नुस् आधुनिक तेस्रो विश्वयुद्धको प्रारम्भ भयो अब । विज्ञान र प्रविधिको चरम दुरूपयोग पनि हो यो । धर्मशास्त्रले भने अनुसार कलियुगको अन्त्य भएर सत्ययुग फर्कने सङ्केत त होइन कतै ?
१९) संसारका २०८ देशहरूमा यो फैलिई सक्दा पनि भुटान र तुर्कमेनिस्तान जस्ता केही देशमा यो संक्रमण नफैलिनुको रहस्य के होला ?
– यो कुरा अलिक अनौठै छ । कोरोना संक्रमित संवाहकहरू यी देशमा नछिरेर प्रशारण हुन नपाएको हुनुपर्छ मेरो विचारमा । यी देशले रोग लुकाएको त होइन होला । पैmलावटको क्रम क्रमशः बढिरहेकाले त्यता नपुग्ला भन्ने पनि ठाउँ रहेन ।
२०) के पृथ्वीबाट मानव अस्तित्व लोप नै हुन लाग्या हो त ?
– यस्तो कुरामा ल्याप्चे लगाउनु अहिल्यै अलिक हतारको निर्णय होला । पूर्ण लोप त होइन, मानव छाँट्ने काम पक्कै हुँदै जाला कि ।
२१) यो वार्तामा हामीले सोध्न छुटाएका तर तपाईंले भन्नै पर्ने केही प्रसङ्गादि भए कृपया उल्लेख गरिदिनुहोस् न ।
– लकडाउनको यो बन्दी जीवनमा आफ्ना कुरा यसरी राख्ने मौका दिनु भएकोमा धन्यवाद् । मनमा लागेका हाइपोथेसिस कुरा मात्र मैले यहाँ राख्ने प्रयास गरेको हूँ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

सामुदायिक अस्पतालले बाढ्यो स्थानीय मजदुरलाई राहत

Next Post

अत्यावश्किय आयोजनाहरु सुचारु गर्न संसदीय समितिको निर्देशन

Next Post
अत्यावश्किय आयोजनाहरु सुचारु गर्न संसदीय समितिको निर्देशन

अत्यावश्किय आयोजनाहरु सुचारु गर्न संसदीय समितिको निर्देशन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.