रामेछाप खाँडादेवी गाँउपालिकाका उपाध्यक्ष मखमली श्रेष्ठ सँग जनता भ्वाईसकालागि बोहरा अंकलले तयार पार्नु भएको भलाकुसारीको सम्पादित अंश । –प्रधान सम्पादक ।
गाउँपालिकामा कोरोना भाईरस (कोभिड १९) संक्रमणले निम्त्याएको संकट समाधान गर्न कस्तो तयारी गर्नु भएको छ ?
अहिले हामी काठमाडांै लगाएत तराई जिल्लाहरूबाट नागरिक गाउँ पालिका भित्रिन दिँदैनौँ । जसको लागि सुरक्षाकर्मी तैनाथ गरेका छौं । साथै प्रत्येक वडाका वडाध्यक्षज्यू लगायत जन प्रतिनिधिहरुलाई नागरिकको समस्यासँग नजिक रहन भनेका छौँ । रोग सम्बन्धि केही लक्षण देखा परेर नागरिकले लुकाईछिपाइ राख्छन् भनेर प्रत्येक वडामा स्वयं सेवकलाई प्रोत्साहन भत्ता सहित परिचालन गरेका छौं ।
राहतको कस्तो व्यवस्थापन गर्नु भएको छ ?
हामीले नागरिकहरुलाई आह्वान गरेका छौं कि, वृद्धवृद्धा र दीर्घरोगी हरुलाई वडा मार्फत राहत घरमै पु¥याउन लगाएका छौँ । काम गर्न सक्नेलाई रोजगारीको व्यवस्थापन गरेका छौँ । यसो गर्दा नागरिकहरू खुसी देखिनु भएको छ । आफ्नो गाँउमा रोजगारी पाउँदा फेरि आफ्नै गाउँ विकासमा पनि टेवा पुगेको पनि छ । अहिले सामाजिक दुरी कायम गरेर विकास निर्माणको कार्य भैइरहेको छ ।
स्थानीय स्तरमा सिर्जना हुने रोजगारीको अवसरमा पार्टी कार्यकर्तालाई मात्र प्रवेश गराइयो भन्ने आरोप छ नि, के भन्नुहुन्छ ?
पार्टी हिजो चुनावको बेलामा थियो । त्यो बलो नै हामीले हाम्रा पार्टी र कार्यकर्तालाई मात्र हेरेका थियौं । तर आज समय बदलिएको छ । आज खाँडादेवी गाउँपालिकाका सम्पूर्ण जनसमुदायहरुप्रति हाम्रो उत्तिकै दायित्व छ । सो दायित्व पुरा गर्ने क्रममा हामी कुनै पनि कसर बाँकी राख्दैनौं । मेरो आफ्नो सिद्दान्त र विचार आफ्नो ठाउँमा छ । तर यतिबेला म जनप्रतिनिधि हूँ । मैले सबैलाई समान रुपले हेर्नु मेरो कर्तव्य हो । कहिल्यै अवसरको कुरा आउँदा पक्ष र प्रतिपक्ष भनेर कित्ताकाट गर्न सक्दिन । म मेरा नागरिकहरुलाई दिने सेवामा एकरुपता कामय होस् भन्ने कुरामा सदैव सचेत छु । गाउँपालिका प्रमुखज्यू र मैले हाम्रा सबै वडाहरुका वडाध्यक्षज्यूहरुलाई नागरिकहरुलाई दिने सेवमा एकरुपता गर्नुस् भनेर भनिसकेका छौं । मलाइृ लाग्दैन कि, गाउँमा आउने अवसरलाई पार्टीकरण गरियोस् ।
बन्दाबन्दीको समयमा शहर या अन्यत्रबाट गाउँ भित्रिएका आफ्ना नागरिकहरु कसरी बसेका छन् ? जानकारी दिनुस् न ।
खाँडादेवी गाउँपालिकालाई कोरोना भाइरसको कारणले आएको महामारीलाई अवसरको रुपमा नागरिकहरुले लिएका छन् जस्तो मलाई लाग्छ । हिजोदेखि बाँझा बसेका आफ्ना जमिनहरुलाई बाहिरबाट आप्mनो घर फर्किएका युवाहरुले खनजोत गर्न लागेका छन् । यो देख्दा लाग्छ, जन भएमात्रै धन हुने रहेछ । अब यस्तै तरिकाले गाउँमा भएका बाँझा जमिनलाई खानजोत गर्ने हो भने हाम्रो गाउँपालिकाको आर्थिक वृद्धिहुन समय लाग्दैन ।
यहाँहरु त स्थानीय सरकार, नागरिकहरुको उच्चतम् आकाँक्षा चाहिँ यहाँहरुप्रति के रहेछ ?
यो गाउँपालिकाका सबै नागरिकहरु सक्षम छन् भन्ने लाग्छ । किनकी यो कोरोना भाइरसको चरम महामारीको अवस्थामा पनि गाउँपालिकामा राहत चाहियो भनेर कोही नागरिकहर आइपुग्नु भएको छैन । यसले हेर्दा के लाग्छ भने उहाँहरुलाई दैनिक छाकटार्न समस्या छैन । तर सहुलियतदरको मल र बिउ बिजनको भने अध्याधिक माग रहेको छ । त्यसै भएर पनि हामीले नागरिकहरुलाई ५० प्रतिशत सहुलियतदरमा रासायनिक मलको व्यवस्था गरेका छौं ।
लामो समय सम्म लगडाउन भयो भने पनि खाँडादेवी गाउँपालिकाले भोकमरी बेहोर्नु पर्दैन भनेर बुझ्दा हुन्छ ?
लाग्छ, हाम्रो गाउँपालिकाले आसन्न सम्भावित संकट व्यहोर्नु पर्दैन । कृषि उत्पादनमा ठूलै संख्यामा नागरिकहरू लागेका छन् । यदि मौसमले साथ दियो भने हाम्रो गाउँपालिकाले अर्को साल खाद्यान्न आयात गर्नु पर्दैन । हामीले त्यही अनुरुप बीउ मलको व्यवस्थापन गर्दै छौँ । हाम्रो गाउँपालिका अन्तर्गत वडाहरुमा, वडा आफै र स्थानीय क्लबसँग सस्थागत रुपले कोरना कोष निर्माण गरेका छन् । आपत् आइपर्यो भने समाधान गर्न । उक्त कोषमा खुशीले आफ्नो गाउँ आफै बनाउनु पर्छ भनेर । यस्तो आपतकालीन अवस्थामा नागरिकले ठूलो सयोग गर्नु भएको छ । जसले गर्दा काम गर्न सयोग पुगेको छ म सम्पूर्णलाई धन्यवाद् दिन चाहन्छु ।
यो संकटको बेलामा गाउँमा कालोबजारीले पनि त राम्रै स्थान पाएको होला नि हैन ?
यो बारेमा गुनासो सुन्नमा आएको हुँदा गाउँपालिकाको गम्भिर ध्यानाकर्षण भएको छ । पालिका प्रमुखज्यू लगायत वडाध्यक्षहरुले समेत यसलाई सुक्ष्म रुपमा नियाल्नु भएको हुँदा यहाँले भनेजस्तो कालोबजारीले राम्रो स्थान पाएको छ भन्ने कुरालाई म नकार्छु । यदाकदा भएका कालोबाजारीहरुलाई पनि अनुगमनको रुपबाट हामी नियन्त्रण गर्छौं । जहाँ, जसले कालोबजारी गरेको भएता पनि हामी त्यसलाई कारबाही गरी नियन्त्रण गर्न तर्फ लाग्दैछौं ।
यो संकटमा प्रतिपक्षले कस्तोे सहयोग गरेका छन् ?
हाम्रो गाउँपालिकामा हाम्रा प्रतिपक्षहरुले हामी र हाम्रो काममा कुनै बाधा व्यवधान खडा गरिरहनु भएको छैन । सहकार्यको राम्रो नमुना प्रस्तुत गरिरहनु भएको छ । कोभिड १९ को यो विश्वव्यापी महामारीको परिप्रेक्ष्यमा सबै मिलेर यसको समाधान गर्नुपर्छ भन्नेमा हामी सबैको एक मत छ । काम गर्न सजिलो छ ।
धन्यवाद् यहाँलाई यो संवाद् र समयका लागि ।
हुन्छ, यहाँलाई पनि धेरे धन्यवाद् । यहाँको मिडिया मार्फत मलाई मेरा कुरा राख्ने महत्वपूर्ण अवसर प्रदान गर्नु भएकोमा ।