अनिता थापा मगर (लघुकथा)
कुनै ठाउँमा एक असल र एक खराब मान्छे बस्दा रहेछन । खराब नियत भएको मान्छेले सधै असल मान्छेलाइ बिभिन्न कुरा निकालेर गाली गर्दो रहेछ । एक दिन एक बिद्धान त्यहि बाटो भएर आयो । रात छिप्पिसकेको थियो । ति बिद्धानलाइ आफ्नो आश्रममा जानको लागी अझै केहि समय कष्ट गर्नुपर्ने थियो । उसले आज यतै बास मागेर जाने निधो गर्यो । त्यो बिद्धानले बाटैमा रहेको घरमा बास माग्यौ । त्यो घर त्यहि खराब मान्छेको थियो । त्यो खराब मान्छेले बास नदिने भनेर रुखो बोलीमा भन्यौ । त्यसै बखत छिमेकी असल मान्छेले बास म दिन्छु भनेर लिएर गयौ ।
त्यो देखेर खराब मान्छे डाहाले भुतुक्कै भयो अनि उ नजिक नजिक आयो । त्यो बिद्धानले भन्यो हामीले जस्तो ब्यबहार अरुलाइ गछौ त्यसको परिणाम पनि त्यस्तै भौग्छौ ।
असल मान्छेले भन्यौ मसंग त त्यस्तो धनिले खाने मिठामिठा परिकार छैन तर म जे खान्छु त्यहि हजुरले मिठो मानेर खाइदिनुहोला भनेर फापरको रोटी हालेर दियो । अनि बस्नको लागी घरको छाप्प्रोमा पराल माथी औछ्यान लगाइदियो । भोलिपल्ट त्यो असल मान्छे उठेर चिया बनाइदियो अनि त्यो बिद्धानले खायो र अब म जान्छु भन्यो । त्यतिकैमा हिजो बास नदिएको पल्लोघरको खराब मान्छेले हेरिरहेको थियो । जानेबेला त्यो असल मान्छेलाइ बिद्धानले आफ्नो झोलाबाट हिराको हार निकालेर दियो । त्यो देखेर खराब मान्छे डाहाले भुतुक्कै भयो अनि उ नजिक नजिक आयो । त्यो बिद्धानले भन्यो हामीले जस्तो ब्यबहार अरुलाइ गछौ त्यसको परिणाम पनि त्यस्तै भौग्छौ ।