कविता
बूढापाकाहरू भन्छन् –
छिमेकी
पर्दाका जन्ती
र मर्दाका मलामी हुन् ,
अदृश्य भाइरस रोक्नका लागि
उत्तर तिरकाले
कीटाणु परीक्षण गर्ने कीट पठायो
के पठाऊँ के पठाऊँ भनेर बरा !
दक्षिण तिरकाले
ह्वारह्वारी बिरामी पठाइदियो,
हामी तिनै बिरामीहरूको
ग्राफ देखाउँदै
जनतालाई बन्दाबन्दीको
पिँजडामा थुनेर
सत्ताको विन बजाइरहेछौं ।