Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

एनसेलले ल्यायो ‘ट्राभलर्स सिम’

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in अर्थतन्त्र, समाचार
0
एनसेलले ल्यायो ‘ट्राभलर्स सिम’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । विश्वका विभिन्न कुनाबाट बिदा मनाउन वा व्यावसायिक कामको लागि नेपाल भ्रमणमा आउने पर्यटकले अब एनसेलको ‘ट्राभलर्स सिम’ मार्फत आकर्षक भ्वाइस तथा डेटा बण्डलिङ्ग सेवाको फाइदा लिन सक्ने भएका छन् । 

एनसेल प्रा. लि.ले यहि मंगलबार (वैशाख ३१) देखि लागु हुने गरी ‘ट्राभलर्स सिम’ योजना ल्याएको छ । यस अन्तर्गत, नेपाल भ्रमणमा आउने विदेशी पाहुनाले मात्र रु ११० (कर सहित) मा सजिलै ट्राभलर्स सिमको स्टार्टर प्याक खरिद गर्न सक्नेछन् । यसका साथै पर्यटकले आफ्नो आवश्यकता तथा नेपालमा रहने अवधि अनुसार विभिन्न भोल्युमका कम्बो प्याकहरुबाट फाइदा लिन सक्नेछन् । 

स्टार्टर प्याकको खरिदमा पर्यटकले ट्राभलर्स सिमसहित रु ३० को मेन ब्यालेन्स र तीन दिनको लागि मान्य हुने ३०० एमबी डेटा प्राप्त गर्नेछन् । यसरी प्राप्त हुने मेन ब्यालेन्स एनसेल नेटर्वक भित्र कुरा गर्न प्रयोग गर्न सकिनेछ । 

‘ट्राभलर्स सिम’ अन्तर्गत स्टार्टर प्याक सुचारु भएपछि पर्यटकहरुले आफ्नो आवश्यकता अनुसार रु ४९० देखि रु १,९६० सम्मका विभिन्न समयसिमा रहेका भ्वाइस तथा डेटा बण्डलिङ्ग गरिएको कम्बो प्याकहरु खरिद गर्न सक्नेछन् । यो योजनामा अन्तर्गत कम्बो प्याकमा लाइट, मिडियम, हेभि र सुपर गरी चारवटा विकल्पहरु रहेका छन् । 

पर्यटकले ७ जिबी डेटा र २० मिनेट अन नेट टक टाइम रहेको लाइट प्याक कर सहित मात्र रु ४९० मा सुचारु गर्न सक्नेछन् । यो प्याक सुचारु गरेको दिन देखि ७ दिनसम्म मान्य रहनेछ । अलि लामो समयको लागि नेपाल भ्रमणमा आउने पर्यटकले  मिडियम तथा हेभि प्याक लिन सक्नेछन् । मिडियम प्याक अन्तर्गत ग्राहकले कर सहित रु ९८० मा १४ जिबी डेटा तथा ३० मिनेट अन नेट टक टाइम प्राप्त गर्नेछन् र यो १४ दिनको लागि मान्य रहनेछ । त्यस्तै हेभि प्याक अन्तर्गत कर सहित रु १ हजार ४७० मा २१ जिबी डेटा र ४० मिनेट अन नेट टक टाइम पाइने छ । यो २१ दिनको लागि मान्य रहनेछ । 

नेपाल भ्रमणमा रहेको बेला भ्वाइस तथा डेटा भोलुम बढि चाहिने ग्राहकले कर सहित मात्र रु १ हजार ९६० मा सुपर प्याक सुचारु गर्न सक्नेछन् ।  यो प्याक अन्तर्गत ग्राहकले २८ दिन समयसिमा रहेको २८ जिबी डेटा र ५० मिनेट अन नेट टक टाइम पाउनेछन् ।  ‘ट्राभलर्स सिम’ योजनाको कम्बो प्याक ग्राहकले एस्ट्रिक्स१७१०५ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार सुचारु गर्न सक्ने एनसेलले जनाएको छ ।

विश्वका विभिन्न देशहरुबाट नेपाल भ्रमणमा आउने पर्यटकहरुका लागि भ्वाइस र डेटा सेवा बण्डल गरी ‘ट्राभलर्स सिम’ योजना संचालनमा ल्याउन पाएकोमा कम्पनि हर्षित रहेको एनसेलले जनाएको छ ।  सुरुमा यो सिम एनसेलको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको एनसेल काउण्टर र देशका विभिन्न भागमा रहेका एनसेल सेन्टरहरुमा उपलब्ध हुने जारी विज्ञप्तिमा उल्लेख छ । 

र, पछि बिस्तारै एनसेलका सबै प्वाइन्ट अफ सेल्सहरुबाट पनि लिन सकिनेछ । यो सिम लिनका लागि पर्यटकले आफ्नो एक थान पासपोर्ट साइज फोटो र पासपोर्टको फोटो कपि बुझाउनु पर्दछ । 

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

फेरि सच्याइयो मर्यादाक्रम

Next Post

विज्ञान अनुसन्धानमा युगान्तकारी परिवर्तन आवश्यक

Next Post
विज्ञान अनुसन्धानमा युगान्तकारी परिवर्तन आवश्यक

विज्ञान अनुसन्धानमा युगान्तकारी परिवर्तन आवश्यक

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.