Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

गैर सरकारी संस्था महासंघको कार्यालयमा ताल्चा

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in जनता स्पेसल, समाचार
0
गैर सरकारी संस्था महासंघको कार्यालयमा ताल्चा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । गैर सरकारी संस्था महासंघ रामेछापले घरभाडा नतिरे पछि घर धनिले गैसस महासंघ रामेछापको कार्यालयमा ताला लगाईदिएका छन् ।घर धनि रमेश ढुङ्गेलका अनुसार गैसस महासंघ रामेछाप तीन बर्ष देखि भाडा तिरेको छैन। घरधनी रमेश ढुंगेलका अनुसार गैसस महासंघ रामेछापका पूर्व अध्यक्ष मिलनकुमार घिसिङको कार्यकालको ३९ हजार रुपैयाँ र बर्तमान अध्यक्ष भुवनकुमार श्रेष्ठको कार्यकालको १ लाख १७ हजार गरी कुल १ लाख ५६ हजार भाडा तिर्न बाँकी छ।


घरधनि ढुङ्गेलका भने– बर्तमान अध्यक्ष भुवनकुमार श्रेष्ठले २०७५ साल मंसिरमा निर्वाचित भएर आए देखि अहिले सम्म घर भाडा तिरेका छैनन् । पूर्व अध्यक्ष मिलनकुमार घिसिङको कार्यकालको समेत भाडा तिर्न बाँकी थियो । घरभाडाको रकम पटक–पटक माग्दा पनि भाडा नतिरेपछि संस्थाको कार्यालयमा थप ताल्चा लगाएको हो। संस्थाले भाडा भुक्तानी नगरे सम्म लगाएको ताल्चा खोल्दिन ।
गैर सरकारी संस्था नविकरणका लागि जिल्ला प्रशासन कार्यालयले गैर सरकारी संस्था महासंघको सिफारिस अनिवार्य गरेको छ । यता गैर सरकारी संस्था महासंघ रामेछापको कार्यालयमा तीन महिना देखी ताल्चा झुण्डिएको छ । झनै घर भाडा नतिरेको भन्दै घर धनिले अर्को ताल्चा लगाए पछि गैसस रामेछापको कार्यालयमा जोडी ताल्चा भएको छ ।कार्यालयमा ताला लागेपछि सिफारिस लिन समस्या परेको छ ।
दुई दिन भित्रै सबै समस्याको समाधान हुने गैर सरकारी संस्था महासंघ रामेछापका अध्यक्ष भुवनकुमार श्रेष्ठ बताउछन् । उनि भन्छन्– हामी छलफलका क्रममा छौँ, दुई दिनमा सबै समस्याको समाधान हुन्छ ।हामी नियमित कार्यालय सञ्चालन गर्ने छौँ ।अध्यक्ष श्रेष्ठका अनुसार –मन्थलीको मदन आश्रीत चोकमा रहेको गम्भिर विकको पसलवाट अहिले काम चलाईएको छ ।
अधिवेशनमा तछाडमछाड गरि नेतृत्व लिएको अहिलेको समितिले घरभाडा समेत तिर्न नसक्नु जिम्मेवारीबाट भागेको आरोप पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे लगाउँछन् । संस्थाले कार्यालयको भाडा नै तिर्न नसक्ने भए पछि पहिले नै केहि बिकल्प सोच्नु पर्ने उनको भनाई छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

फागुन २ गतेसम्म प्रतिनिधि सभा बैठक स्थगित

Next Post

होटल याक एण्ड यती र त्यसमा रहेको क्यासिनो सञ्चालन नगर्न पर्यटन विभागको निर्देशन

Next Post
होटल याक एण्ड यती र त्यसमा रहेको क्यासिनो सञ्चालन नगर्न पर्यटन विभागको निर्देशन

होटल याक एण्ड यती र त्यसमा रहेको क्यासिनो सञ्चालन नगर्न पर्यटन विभागको निर्देशन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...