Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

अझै केही दिन फोहोर उठाउन सकिँदैन : महानगर

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in समाचार
0
अझै केही दिन फोहोर उठाउन सकिँदैन : महानगर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नियमितरूपमा फोहोर उठ्न छाडेपछि महानगरका मुख्य चोक तथा गल्ली दुर्घन्धित हुन थालेका छन्। कलंकी, कालीमाटी, टेकु, अनामनगर, बानेश्वर, थापागाउँ, कोटेश्वरलगायत स्थानका सडकमा लामो समयदेखि फोहोर थुप्रिएको हो।

महानगरपालिकाले भने सिसडोलबाट बञ्चरेडाँडासम्म जाने सडक मर्मतको काम पूरा नभएकाले मुख्य चोकमा फोहोर थुप्रिन थालेको जनाएको छ। कामपाका प्रवक्ता नवीन मानन्धरले तोकिएको समयमा पनि सडक मर्मतको काम पूरा नभएका कारण फोहोर व्यवस्थापनमा समस्या भएको जानकारी दिए।

बाटो मर्मतको काम सम्पन्न गर्न अझै समय लाग्ने भएकाले अझ केही दिन सबै स्थानको फोहोर व्यवस्थापन गर्न कठिन हुने उनको भनाइ छ। यसअघि यही साउन ४ गते काठमाडौँ महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक हप्ताका लागि घर बाहिर फोहर ननिकाल्न आग्रह गरेको थियो।

यता बञ्चरेडाँडाका बासिन्दाले भने सम्झौताअनुसार काम नभएको भन्दै आगामी भदौ १ गतेदेखि फोहर व्यवस्थापन गर्न नदिने चेतावनी दिएका छन्। समयमा नै सडक मर्मतको काम नगरेको, फोहोर बोक्ने गाडीमा ९लिचड ट्यांकी० फोहरको लेदो रहने भाँडो व्यवस्था नगरिएको, स्थानीयको स्वास्थ्य बीमा, शिक्षाको प्रत्याभूतिजस्ता विषयबारे बेवास्ता गरिएको भन्दै उनीहरूले फोहोर व्यवस्थापन गर्न नदिने चेतावनी दिएका छन्।

कामपाले बञ्चरेडाँडाका स्थानीयको माग सम्बोधनको चरणमा रहेको जनाउँदै उपत्यकाको कुहिने फोहोर यही व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम गरिरहेको जानकारी दिएको छ। त्यसका लागि उपत्यकाको अन्य नगरपालिकासँगको सहकार्यमा जग्गा पहिचानको काम भइरहेको बताइएको छ।

यसअघि हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको थियो। सबैभन्दा बढी कामपामा पाँच सय मेट्रिक टन फोहोर निस्कन्छ। उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहोरमध्ये करिब ७५ प्रतिशत उक्त स्थानमा व्यवस्थापन गरिँदै आएको थियो।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

श्रीलंकाका सरकारी कार्यालय शुक्रबार पुनः खुला हुने

Next Post

इरानमा बाढीमा परेर ८० जनाको मृत्यु

Next Post
इरानमा बाढीमा परेर ८० जनाको मृत्यु

इरानमा बाढीमा परेर ८० जनाको मृत्यु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.